Skip to main content

Posts

Showing posts from January 10, 2010

इन्डो नेपाल २०-२० मा नेपाल विजयी

बीरगञ्ज, २६ पुस । इण्डो-नेपाल ट्वान्टी ट्वान्टी अन्तर्रर्ाा्रय क्रिकेट प्रतियोगिता अर्न्तर्गत आज भएको खेलमा बीरगन्ज क्रिकेट एकेडेमी र बाराको कलैया क्रिकेट टोली विजयी भएको छ। आदर्शगर रंगशालामा भएको पहिलो खेलमा भारतको लखनउलाई बीरगन्जको वीक्रिएले १०० रनको विशाल अन्तरले पराजित गरेको थियो। १८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको लखनउ १४ ओभर तीन बलमै अलआउट भएपछि बीरगंजले खेल जितेको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बीरगन्जले पुरा २० ओभरमा ४ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो। बीरगन्जका लागि आकाश परियारले ५६, पुनित थापाले ३९ र सन्तोष साहले ३७ रनको योगदान दिएका हुन्। प्रतियोगिताको म्यान अफ दि म्याच सन्तोष साह भएका थिए। दोश्रो खेलमा भारतको दिल्लीलाई बाराको कलैयाले ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। दिल्लीले दिएको ५१ रनको विजय लक्ष्य कलैयाले केवल एक विकेटको क्षतिमा पुरा गरेको थियो। टस जितेर ब्याटिङमा उत्रिएको दिल्ली ५० रनमै सीमित भएका थिए। नेपालको कलैयाका विनय साह दोश्रो खेलको म्यान आफ दी म्याच घोषित भएका थिए।

बजेट बाँडफाँडमा कमी भएको भन्दै तालाबन्दी

मकवानपुर, २६ पुस। गाउँको विकास बजेट बाँडफाँडमा कमी भएको भन्दै स्थानीयवासीले आज बिहान १० बजे फापरवारी ७ स्थित गा.वि.स भवनमा ताला लगाएका छन्। गत २५ गते गाउँ परिषद बैठकमा वडा नं ९मा बजेट बाँडफाँडमा कमी भएको भन्दै आज वडा नं ९ का स्थिानिय १५।२० जनाका समुहले ताला लगाएका हुन्।

राष्ट्रपतिको फोटो सरकारी कार्यालयमा

धनुषा, २६ पुस। राष्ट्रपतिको फोटो सम्पूर्ण सरकारी कार्यालयमा राख्नु पर्ने माग राख्दै ३० मिनेट जनकपुरमाको पिडारी चोक अवरुद्ध भएको थियो। धनुषाको जनकपुर-८ पिडारी चोकमा आज बिहान १० बजे ने.बि.संघको केन्द्रिय सहमहामन्त्री नवल किशोर यादवको नेतृत्वमा जनदबाब भएको हो।

स्याउलीबाङको निरिक्षणमा गृहमन्त्री रावल

ज्ञानेन्द्र शर्मा लिवाङ रोल्पा पौष २६ गते। दुइ दिन अघि स्याउलीबाङका ५, ६ र ७ नम्बर वडामा भएको आगलागीको क्षतिबारे जानकारी लिन प्युठान पुग्नु भएका गृहमन्त्री भीम रावलले आज त्यस क्षेत्रको जानकारी लिनु भएको छ। निरिक्षण टोलीमा एमाले संसदीय दलका प्रमुख सचेतक थममाया थापा, नेपाली काग्रेसका लक्ष्मण घिमिरे लगायतको सहभागिता रहेको थियो। अहिले पिडत परिवार प्रत्येक घर परिवारलाई ५ सय रुपैया नगद, भाडाँकुदाँ, खाद्यान्न, लत्ताकपडाहरु सरकारको तर्फाट उपलब्ध गर्राईएको छ। गृहमन्त्री भिम रावललाई स्थानिय राजनैतिक दलहरुले आगलागी पिडितहरुको पुन स्थापनाको व्यवस्था गर्नुपर्ने लगायतका माग राखी ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै गुहमन्त्री भिम रावलले पिडितहरुलाई क्षतिपूर्ति दिनको लागि सरकारले आवश्यक पहल गर्ने बताउनु भएको छ। यसैगरी एकिकृत नेकपा माओवादीका सभासदहरु पैदल मार्गबाट आज घटनास्थल तर्फलाग्नु भएको छ। सभासदहरु दिपक के.सी र नारायण प्रसाद अधिकारी, जिल्लार् इन्चार्ज धनेश्वर पोख्रेल लगायत माओवादी नेताहरु आजै घटना स्थल तर्फलाग्नु भएको छ। यसैगरी आगोलागी पिडितहरुका लागि वाई सि.एल प्युठा

माओवादीले कम्युनिस्टकै बदनाम गरेको केसीको आरोप

झलनाथसँग स्पष्टीकरण लिने कृष्णगोपालको चेतावनी राष्ट्रिय जनमोर्चालाई प्रतिबन्ध लगाउनर्ुपर्छ - यमी काठमाडौं, पुस २६। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजधानीजस्तो ठाउँमा दिनदहाडै शान्तिपर्ूण्ा विरोध गरिरहेकालाई आक्रमण गरेर माओवादीले कम्युनिस्टकै बदनाम गरेको आरोप लगाए। आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षँत्कार कार्यक्रममा उनले भने- पेरु र कम्बोडियाको कम्युनिस्ट आन्दोलन पनि माओवादी जस्तै फासिस्ट शैलीका कारण सकिएको हो। अब माओवादी आफ्नै कारण सकिँदैछ। ३, ३ दिनसम्म राजधानी बन्द र १३ दिनदेखि ताप्लेजुङ बन्द गरिरहेको माओवादीले बन्दका क्रममा आफ्ना दर्जनौं कार्यकर्तालाई खुँडा र खुकुरी लिएका मरणासन्न हुने गरी आक्रमण गर्दा पनि प्रहरी रमिते बनेको उनले आरोप लगाए। संविधान निर्माण नहुँदै, राज्य पर्ुनर्संरचना आयोग नबन्दै संघीयताको विरोध गर्न नदिने माओवादीको कदम फासिस्ट भएको उनको भनाइ थियो। उनले भने- संघीयतामा गए मुलुक टुक्रन्छ। संविधानसभामा हाजिर नपुर्‍याउने संविधान बनाउन नसक्ने ठोकुवा उनले गरे। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षँत्कार कार्यक्रममा भौतिक यो

माओवादीले कम्युनिस्टकै बदनाम गरेको केसीको आरोप

झलनाथसँग स्पष्टीकरण लिने कृष्णगोपालको चेतावनी राष्ट्रिय जनमोर्चालाई प्रतिबन्ध लगाउनर्ुपर्छ - यमी काठमाडौं, पुस २६। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजधानीजस्तो ठाउँमा दिनदहाडै शान्तिपर्ूण्ा विरोध गरिरहेकालाई आक्रमण गरेर माओवादीले कम्युनिस्टकै बदनाम गरेको आरोप लगाए। आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षँत्कार कार्यक्रममा उनले भने- पेरु र कम्बोडियाको कम्युनिस्ट आन्दोलन पनि माओवादी जस्तै फासिस्ट शैलीका कारण सकिएको हो। अब माओवादी आफ्नै कारण सकिँदैछ। ३, ३ दिनसम्म राजधानी बन्द र १३ दिनदेखि ताप्लेजुङ बन्द गरिरहेको माओवादीले बन्दका क्रममा आफ्ना दर्जनौं कार्यकर्तालाई खुँडा र खुकुरी लिएका मरणासन्न हुने गरी आक्रमण गर्दा पनि प्रहरी रमिते बनेको उनले आरोप लगाए। संविधान निर्माण नहुँदै, राज्य पर्ुनर्संरचना आयोग नबन्दै संघीयताको विरोध गर्न नदिने माओवादीको कदम फासिस्ट भएको उनको भनाइ थियो। उनले भने- संघीयतामा गए मुलुक टुक्रन्छ। संविधानसभामा हाजिर नपुर्‍याउने संविधान बनाउन नसक्ने ठोकुवा उनले गरे। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षँत्कार कार्यक्रममा भौतिक यो

हिमशिखरमा नयाँ नेतृत्व, नेतृत्व विकास कार्यक्रम सम्पन्न, कविता प्रतियोगिता

कविता प्रतियोगिता कुमार नेगी मकवानपुर, २६ पुस। श्री कालिका माध्यमिक विद्यालय नामटारमा क्रियाशील कालिका बाल क्लबको आयोजनामा तहगत कविता प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्राथमिक तहमा सजिना थापा प्रथम, सुसन विक द्वितीय र सगुन प्रजा तृतीय भएका थिए। त्यसैगरी मावि/निमावितर्फमिलन पुडासैनी प्रथम, कोपिला बर्तौला द्वितीय र शुभद्रा रेग्मी तृतीय भएका थिए। कार्यक्रममा रामप्रसाद बर्तौला, राजाराम पराजुली, रमेशमोहन अधिकारी, देवकी उप्रेती, सपना बर्तौला, सन्चमाया बुलुन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। र्सर्मिला हटवालको अध्यक्ष्यतामा सम्पन्न सो कार्यक्रमको पुरस्कार प्रयोजन सिविन नेपालले गरेको शिक्षक रमेशमोहन अधिकारीले जानकारी दिनुभयो। नेतृत्व विकास कार्यक्रम सम्पन्न कुमार नेगी मकवानपुर, २६ पुस। जनवादी सांस्कृतिक मञ्च दामनले नेतृत्व विकाससम्बन्धी कार्यक्रम दामनको विकास घरमा शनिबार सम्पन्न गरेको छ। जन आवाज सांस्कृतिक मञ्चका केन्दिय सदस्य दिप शक्ति क्षेत्रिको प्रमुख आतिथ्य तथा जनवादि सांस्कृतिक मञ्चका अध्यक्ष विकास नेपालिको सभाध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा प्रमुख अतिथि क्षेत्रिले

आनीको मृत्यु भएको १२ दिनमा संस्कार

कुमार नेगी मकवानपुर, २६ पुस। मकवानपुरको दामनस्थित प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर महादेव मन्दिर नजिक गुम्बामा बस्दै आएकी एक बृद्ध आनीको मृत्यु भएको १२ दिनमा शनिबार अन्तिम संस्कार गरिएको छ। स्वयम्भु र बौद्धबाट आएका १३ जना लामाहरुले बौर्द्धधर्म विधिअनुसार ८६ बषिर्या आनी बजैको अन्त्येष्टि गरिएको दामनका स्थानीयबासी सप्तरत्न मानन्धरले बताउनुभयो। आनीको परिवार ५५ बर्षघि भुटानबाट ऋषेश्वर मन्दिर नजिक गुब्बामा आएर बस्दै आएको छ। श्रीखण्ड, रक्तचन्दन, घिउ, जौ, छो र तिलले मन्दिर नजिक रहेको धर्मशाला छेउमा उनको अन्त्येष्टि गरिएको हो।

माघ १ गते २०१० को पहिलो सूर्य ग्रहण

वीरगंज, २६ पुस। आगामी माघ १ गते शुक्रबारका दिन नेपाली आकाशमा सन २०१० को पहिलो खण्डग्रास सूर्यग्रहण्ँ देखिने भएको छ। सो सूर्यग्रहण्ँलाई नेपालका सबै भागबाट देख्न सकिने भए पनि यसलाई नाङगो आंखाले हेर्ने नहुने वैज्ञानिकहरू बताउंछन् । सूर्यग्रहण्ँ मध्याह्न १२ बजेर २४ मिनेटमा सुरु भएर ३ बजेर ४० मिनेटसम्म रहने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिले जनाएको छ। सो सूर्यग्रहण्ँ वाइनाकुलर वा टेलीस्कोपको प्रयोग गरेर सीधा हेर्ने नहुने सो समितिले जनाएको छ साथै, एक्स-रे प्लेट, ध्वांसोलगायतको ऐना तथा पानीमा छायां पारेरसमेत हेर्ने नहुने बताइएको छ। ग्रहण्ँ हेर्ने चश्मा वा शिशामा एक सेन्टिमिटरको प्वाल बनाएर सूर्यको किरण्ँ भित्तामा पर्दामा उतारेर भने हेर्ने सकिन्छ। सो सूर्यग्रहण्ँ उर्त्कर्षमा पुग्दा राजधानीको आकाशबाट सूर्यलाई ग्रहण्ँले ५७.७ प्रतिशतसम्म ढाकेको देख्न सकिनेछ

१६२ औं प्रभात काव्ययात्रा सम्पन्न

वीरगंज, २५ पुस। १६२ औं प्रभात काव्ययात्रा अरुण विक्रम शाहको संयोजकत्वमा वीरगंजको घण्टाघर परिसरमा सम्पन्न भयो। कार्यक्रमको प्रमुख अतिथि नेपाल भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष रामअयोध्या कर्ुर्मी -पर्ूव मास्टर तारा सिंह) र अतिथिहरुमा नेपाल राष्ट्रवाद संघ पर्साका कोषाध्यक्ष नन्दकिशोर गोयल, डा. शशिभूषण वर्ण्र्ााल र समाजसेवी गंगाबहादुर थापाको उपस्थिति थियो। कवि धु्रवलाल शास्ती, साविर अन्सारी, आदर्श बिसी, विनोद तिमल्सिना, यमुना प्रधान, नरेश कुशवाहा, नरेन्द्रकुमार सिंह, प्रणय कुमार, सर्ुदर्शन अर्याल, विजय श्रेष्ठ, अमित अग्रवाल, सुनील वस्नेत, ललन सिंह, नेहाल खांन लगायतले कविता तथा गीत, गजल वाचन गर्नुभएको थियो।