Skip to main content

माओवादीले कम्युनिस्टकै बदनाम गरेको केसीको आरोप

झलनाथसँग स्पष्टीकरण लिने कृष्णगोपालको चेतावनी
राष्ट्रिय जनमोर्चालाई प्रतिबन्ध लगाउनर्ुपर्छ - यमी

काठमाडौं, पुस २६। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजधानीजस्तो ठाउँमा दिनदहाडै शान्तिपर्ूण्ा विरोध गरिरहेकालाई आक्रमण गरेर माओवादीले कम्युनिस्टकै बदनाम गरेको आरोप लगाए। आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षँत्कार कार्यक्रममा उनले भने- पेरु र कम्बोडियाको कम्युनिस्ट आन्दोलन पनि माओवादी जस्तै फासिस्ट शैलीका कारण सकिएको हो। अब माओवादी आफ्नै कारण सकिँदैछ।
३, ३ दिनसम्म राजधानी बन्द र १३ दिनदेखि ताप्लेजुङ बन्द गरिरहेको माओवादीले बन्दका क्रममा आफ्ना दर्जनौं कार्यकर्तालाई खुँडा र खुकुरी लिएका मरणासन्न हुने गरी आक्रमण गर्दा पनि प्रहरी रमिते बनेको उनले आरोप लगाए। संविधान निर्माण नहुँदै, राज्य पर्ुनर्संरचना आयोग नबन्दै संघीयताको विरोध गर्न नदिने माओवादीको कदम फासिस्ट भएको उनको भनाइ थियो। उनले भने- संघीयतामा गए मुलुक टुक्रन्छ। संविधानसभामा हाजिर नपुर्‍याउने संविधान बनाउन नसक्ने ठोकुवा उनले गरे।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षँत्कार कार्यक्रममा भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहले माओवादी अराजकता, हिंसा र अनैतिकता जारी राखे मधेसी जनताले 'गौर हत्याकाण्ड' दोहोर्‍याउने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लबमा आफूलाई माओवादी नेतृ हिसिला यमीले बहिष्कार गर्नुलाई उनले सफायाको राजनीतिक गर्नेको स्वाभाविक कदम भएको टिप्पणी गरे। उनले भने, 'माओवादीसँग १२ बुँदे समझदारी गर्नु नै राष्ट्रिय भूल हो, माओवादी युद्ध वा द्वन्द्वको भाषा बोलिरहे मधेसी जनताले सहन सक्दैनन्।'
राज्यमन्त्री साहले प्रधानमन्त्रीको सहभागिताविना आफ्नो दलमा कमजोर भएका तीन दलका नेताहरुले राजनीतिक संयन्त्र गठन गरेर षड्यन्त्र गरेको आरोप लगाए। उनले भने- यो राम्रो नियतले बनाएको होइन। शान्ति र संविधानलाई यसले सहयोग पुर्‍याउँदैन।
कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य हिसिला यमीले संघीयता विरोधी राष्ट्रिय जनमोर्चालाई अफगानिस्तानमा अलकायदा जस्तै प्रतिबन्ध लगाउनुपर्ने बताइन्। संघीयताविरोधी बन्दको जनताले भण्डाफोर गर्नु स्वाभाविक भएको र त्यस क्रममा झडप हुनु सामान्य भएको बताइन्। उनले भनिन्- यो नेवाः राज्य हो। यहाँ संघीयताविरोधी कार्यक्रम गर्ने कसैलाई छाडिने छैन। शान्ति र संविधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु राम्रो भएको उनको धारणा थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनयध्वज चन्दले जातीय र क्षेत्रीय आधारमा बन्ने संघीयता सफल नहुने बताए। संघीयता मजाक र ख्यालख्यालको विषय नभएको भन्दै चन्दले माओवादी संघीय राज्य घोषणाले मुलुकमा सामाजिक विघटन सुरु भइसकेको बताए।
उच्चस्तरीय राजनीतिक संयन्त्र पार्टी केन्द्रीय समितिमा कुनै पनि छलफल नभएको, यो सरकारलाई लंगडो बनाउन र राजनीतिक अस्थिरता निम्त्याउनभन्दा पनि शान्ति र संविधान सफल पार्न केन्द्रित हुनुपर्ने उनको धारणा थियो। उनले भने- माधवकुमार नेपाल नेतृत्वको सरकारको विकल्प छैन। विकल्प खोज्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो।
कार्यक्रममा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले उच्चस्तरीय राजनीतिक संयन्त्र सरकार ढाल्ने षड्यन्त्र भएको आरोप लगाए। उनले भने- यो कुनै पनि हालतमा सफल हुँदैन। पार्टीभित्र कमजोर रहेका तीनै जना नेताले बलियो हुने षड्यन्त्रको तानाबाना बुनेका हुन्। श्रेष्ठले पार्टीमा छलफल नगरी संयन्त्रमा बसेका एमाले अध्यक्ष झलनाथ खनाललाई आगामी केन्द्रीय समितिको बैठकमा स्पष्टीकरण लिने बताए। उनले भने- झलनाथजी फेल भइसकेका छन्। उनी पार्टीमा अल्पमतमा छन्। उनले भनेका कुरा लागू हुँदैनन्। संघीयताको विरोधमा उत्रेकामाथि आक्रमण गर्ने वाइसिएलको चरित्र फासिस्ट भएको उनले बताए।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले आवास तथा भौतिक योजना राज्यमन्त्री साहले बोल्न बोलाउँदा पहिले मञ्चमा सँगै बसिरहेकी माओवादी नेतृ यमी मन्त्रीसँग नबस्ने र बहिष्कार गरेको भन्दै बाहिरिन खोजेकी थिइन्। क्लब अध्यक्ष धमलाले राज्यमन्त्रीलाई कोठाभित्र लगेर राखेपछि बल्ल उनले बोलेकी थिइन्। उनी गएपछि राज्यमन्त्रीले आफ्ना कुराहरु राखेका थिए। त्यस क्रममा केही समय कार्यक्रम अवरुद्ध भएको थियो।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।