Skip to main content

Posts

Showing posts from December 15, 2009

प्रेस काउ_िन्सलले पक्षपातपूर्ण वर्गीकरण गरेको विरोधमा सूचना तथा संचारमन्त्रीको पुतला दहन गरिने

वीरगंज ३० मंसिर । प्रेस काउन्सील नेपालले पत्रपत्रिका वर्गीकरणमा पक्षपात विभेद धाँधलीपूर्ण निर्णय गरेको विरुद्ध सम्पादक प्रकाशक राष्ट्रिय संघर्ष समितिले आज सूचना तथा संचार मन्त्रालयमा घेराउ गर्ने क्रममा एक दर्जन पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा संयोजक विष्णुकुमार प्रसाइ धीरेन्द्र झा मैथिल नेपाल प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम भटराइ पत्रकार सुदर्शन राज पाण्डेलगायत एघार जना रहेका छन्। त्यसैगरी संघर्ष समितिले भोलि रत्नपार्कमा सूचना तथा संचार मन्त्री शंकर पोखरेलको पुतला दहन गर्नेछ भने सूचना तथा संचार अन्तर्गत प्रेस काउ_िन्सलको मापदण्ड नीति दहन गर्ने पसर्ि लालटेन जुलुस रिले अनसन र आमरण अनसन गर्ने जनाएको छ । धर्नामा बसिरहेको बेलामा संचारमन्त्रालयले वार्तामा बोलाए पनि आज वार्ता हुन सकेन । यस न्यायपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्ण पीडित पत्रकारहरुलाई आन्दोलनमा आउन संघर्ष समितिले आग्रह गरेको छ। यसैवीच रिपोर्टस क्लब नेपाल पर्साका वरिष्ठ सल्लाहकार एवं पर्साका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको विरोधमा रिपोर्टस क्लब नेपाल पर्साले घोर भत्सर्ना गरेको छ। आज

ब्राउनसुगरसहित एकजना पक्राउ

वीरगंज, ३० मंसिर । ब्राउन सुगर सहित पर्सा प्रहरीले एकजना पक्राउ गरेको छ। जिउमा लुकाई बीरगंजबाट काठमाण्डौ तर्फजाँदै गरेको अवस्थामा बिषेश सुराकीको आधारमा गण्डक प्रहरीले चेक जाँचको क्रममा १० ग्राम ब्राउन सुगर सहित एक जनालाइ पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला काभ्रे बनेपा नगरपालिका ६ निवासी २३ बषर्ीय राज कुमार मान्नधर रहेका छन्। पक्राउ परेका मान्नधरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी निरीक्षक भुवनेश्ार साहले बताएका छन्।

नेकपा एमाले पर्सामा दुइ गुट

वीरगंज, ३० मंसिर । नेकपा एमाले पर्सा दुइ गुटमा विभाजन भएको छ। एमालेको सातौँ जिल्ला कमिटी अधिवेशनमा अध्यक्ष पदको दाबेदारी गर्ने विजय महतो र जयप्रकाश थारुबीच चर्काे विवाद उत्पन्न भएको छ। आज आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै जयप्रकाश थारुले आफू अध्यक्षमा निर्वाचित भएको दाबी गरे भने अर्का गुट विजय महतोले जिल्ला अधिवेशनबाट आफू अध्यक्षमा चुनिएका विज्ञप्तिमार्फ जनाएका छन्।

पत्रकार चौधरीको निधन

काठमाडौं, मंसिर ३०- नेपाल टेलिभिजनका पत्रकार एवं वरिष्ठ कार्यक्रम निर्माता जयप्रकाश चौधरीको ४३ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । एक महिनादेखि पत्थरीको उपचार गराइरहेका चौधरीको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एउटा योग्य प्रतिभा गुमाएको छ भने रिपोर्टर्स क्लब नेपालले आफ्ना शुभचिन्तक गुमाएको छ । विभिन्न सिनेमाको निर्देशन समेत गरेका चौधरीका पत्नी एक छोरा र एक छोरी छन् । एउटा सहकर्मी पत्रकारलाई असामयिक रुपमा गुमाउनु पर्दा क्लब एकदम दुःखी छ । क्लब अध्यक्ष ऋषि धमलाले पत्रकार चौधरीको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

जँडयाहाले आफैमाथि छुरा प्रहार गरे

सिन्धुली, ३० मंसिर । एक जँडयाहाले आफनो पत्निसंग झगडा गरी आफैमाथि छुरा प्रहार गरी आत्महत्या गरेका छन्। आज बिहान साढे पाँच बजे भद्रकाली-१ चियाबारी घर भई हाल काभ्रे -४ नयाँ बजारमा होटल खोली बसेका ४५ वर्षीय टिकाबहादुर थापाले रक्सी सेवन गरी श्रीमतीसंग झगडा गरेपछि आफैमाथि छुरा प्रहार गरी आत्महत्या गरेका हुन्।

माओवादी सीमा अनुगमनमा

वीरगंज, ३० मंसिर । एनेकपा माओवादीको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आज बारा र पर्सामा सीमा अनुगमन गरेका छन्। आज बिहान माओवादी भोजपुरा राज्य समितिका इन्चार्ज बिष्णु लामाको नेतृत्वमा निस्किएको मोटरसाइकलमा रयालीले सीमा क्षेत्रको अनुगमन गरेका थिए। यसैगरी बाराका संयोजक बिष्णु लामाको नेतृत्वमा निस्किएको मोटरसाइकल रयालीले बारा, स्रि्रौनगढ र रौतहटमा सीमा अवलोकन गरेका हुन्।

जिविस र वीउमनपामा कामकाज ठप्प

वीरगंज, ३० मंसिर । स्थानीय विकास मन्त्रालयसंग भएको सम्झौता लागू नभएको विरोधमा स्थानीय कर्मचारीहरुले आज पर्सा, बारा, रौतहट, महोत्तरी लगायतको स्थानमा नगरपालिका र जिल्ला विकास समितिको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन्। आज जिल्ला विकास समिति र वीरगंज उपमहानगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेपछि र्सवसाधारण सेवाग्रही मर्कामा परेका हुन्।

चपुर-गौर सडकखण्डमा सवारीसाधन ठप्प

रौतहट, ३० मंसिर । आफूहरुको मांग कार्यान्वयन नभएको विरोधमा रौतहट यातायात व्यवसायी संघले वीरेन्द्र राजमार्गको गौर-चपुर सडकखण्डमा यातायात ठप्प पारेका छन्। आज बिहान संघका कार्यकर्ताहरुले सडकमा गाडी नचलाएपछि यात्रुहरु मर्कामा परेका थिए। करिब डेढ महिना अघि यातायात व्यवसायी संघले सडक मर्मत, बसको छतमा मानिसहरु बस्न नहुने र चक्का जाम गर्न नपाइने भनी सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै सुनवाइ नभएको विरोधमा सवारीसाधन ठप्प पारेका हुन्।

सरकारले नयां औद्योगिक नीति ल्याउने - उद्योग मन्त्री

काठमाडौं, मंसिर ३०। सरकारले केही दिनभित्रै राष्ट्रिय औद्योगिक नीति ल्याउने भएको छ। नयाँ नीतिलाई शुक्रबारसम्म क्याविनेटमा लैजाने र १५ दिनभित्रै लागू गरिने उद्योगमन्त्री महेन्द्र यादवले जानकारी दिए। 'मजदुरहरुले श्रम ऐन र ट्रेड युनियन ऐनविपरीत गैरव्यावसायिक माग राखेर बन्द, हडताल र चक्काजाम गरिरहेकाले त्यसको अन्त्य गर्न सरकार राष्ट्रिय औद्योगिक नीति ल्याउने निष्कर्षा पुगेको हो,' मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री यादवले भने, 'नयाँ नीतिमा काम नगरेको दिनमा मजदुरले पैसा नपाउने -नो वर्क, नो पे) को स्पष्ट व्यवस्था हुनेछ।' रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री यादवले औद्योगिक क्षेत्र तहसनहस हुनुमा मजदुर दोषी पाइएको बताए। 'व्यापार घाटा, कच्चा पदार्थको संकट, कानुनको अभाव, राजनीतिक दबाब, उद्योग कौडीको भाउमा जाने स्थिति र विद्युत आपर्ूर्तिको कमीले नहुँदा औद्योगिक क्षेत्र धराशायी भएको छ,' उनले भने। मन्त्री यादवले बन्द, हडतालको अवज्ञा गर्न व्यवसायीलाई आग्रह गरे। 'अब कुनै पनि बन्दको अवज्ञा गर्नोस्, सरकारले

स्पाइस मोबाइलप्रति ग्राहकहरूको गुनासो

वीरगंज, ३० मंसिर। टेलिटक प्रालि काठमाडौंद्वारा इम्पोर्ट गरिएको स्पाइस मोबाइल फोनको ब्याट्री कमजोर रहेबाट उक्त फोन खरिद गर्ने ग्राहकहरू ज्यादै पीडित भएको बताउन थालेका छन्। सो कम्पनीले आयात गरेको डि-६६६६ मोडलको स्पाइस मोबाइलको ब्याट्री चार्ज गर्दा एक दिन पनि नचल्ने गरेको गुनासो ग्राहकहरूको छ। उठेका यस्ता गुनासोहरूको सम्बन्धमा उक्त फोन बिक्रेताहरूसंग प्रतिक्रिया लिंदा सिडिएमए सिम प्रयोग गर्दा बढी ब्याट्री खाने हुंदा दैनिक चार्ज गर्नुपर्ने अवस्था सुरूदेखि नै रहेको बताएका छन्। तेश्रो मुलुकबाट उक्त फोन आयात गरिएको सो फोनको बट्टामा नेपालका ग्राहकले मात्र प्रयोग गर्ने भनि लेखिए तापनि सो फोनमा इन्डिया, नोयडा, उत्तर प्रदेश लेखिएको अवस्थाले ग्राहकहरूलाई भ्रममा समेत पारिरहेको बताएका छन्। ब्याट्री कमजोर रहेको कारण हालसम्म बजार ओगट्न नसकेको स्वीकार्ने केही बिक्रेताहरूले यस्ता गुनासो लामो समयदेखि आइरहेको प्रतिक्रिया दिएका छन्। वीरगंजमा प्रमुख डिलर स्मार्ट कनेक्सन एवं करिब ८-१० वटा सबडिलर रहेको अवस्थामा पनि कम्पनीले एक वर्षो वारेन्टी, ग्यारेन्टी दिंदासमेत वीरगंजस्थित डिलरले मोबाइल फर्ेन नमान्ने,

विद्युत प्राधिकरणले समयमा मिटर रिडिङ नगर्दा तीन प्रतिशत छुटबाट ग्राहकहरू वंचित

वीरगंज, ३० मंसिर। नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रको विद्युत मिटर रिडिङ गर्ने कर्मचारीहरू तोकिएको समयमा मिटर रिडिङ नगर्ने भएबाट प्राधिकरणले ग्राहकहरूलाई सात दिनभित्र महसुल बुझाएवापत्को तीन प्रतिशत छुट दिने रकमबाट वंचित हुने गरेको गुनासो उठेको छ। प्राधिकरणले महिनाको २७ र २८ गतेभित्र ग्राहकका मिटरहरू रिडिङ गरी उठेको विद्युत महसुल तिर्नुपर्ने अवस्थामा मिटर रिडिङ गरेको सात दिनभित्र सो रकम तिरेमा तीन प्रतिशत छुट पाउने व्यवस्था मिलाए तापनि समयमा खटिएका कर्मचारी विद्युत मिटर रिडिङ नगरेबाट ग्राहकहरु सो सुविधाबाट वंचित हुनुपर्नेको भएको गुनासो गरेका छन्। प्राधिकरणले खटाएको कर्मचारीहरूले जुन मितिमा मिटर रिडिङ गर्ने हो सो मिति लेखी हस्ताक्षर गरी सोही मितिबाट सात दिनको समय तोकेको अवस्थामा ग्रँहकहरूले उल्लेखित सुविधाहरूबाट वंचित हुन नपर्ने श्रीपुर, मुर्ली-१६ का हरिभूषण प्रधानले बताउनुभएको छ। यसरी कर्मचारीको त्रुटिबाट प्राधिकरणले प्रदान गर्ने सुविधाबाट ग्राहकहरू वंचित हुनुपर्ने अवस्थालाई विद्युत प्राधिकरणले समेत ध्यान पुर्‍याउन नितान्त रहेको आदर्शनगर -१३ का विद्युत ग्राहक प्रकाश बाहेती