Skip to main content

सरकारले नयां औद्योगिक नीति ल्याउने - उद्योग मन्त्री

काठमाडौं, मंसिर ३०। सरकारले केही दिनभित्रै राष्ट्रिय औद्योगिक नीति ल्याउने भएको छ। नयाँ नीतिलाई शुक्रबारसम्म क्याविनेटमा लैजाने र १५ दिनभित्रै लागू गरिने उद्योगमन्त्री महेन्द्र यादवले जानकारी दिए।
'मजदुरहरुले श्रम ऐन र ट्रेड युनियन ऐनविपरीत गैरव्यावसायिक माग राखेर बन्द, हडताल र चक्काजाम गरिरहेकाले त्यसको अन्त्य गर्न सरकार राष्ट्रिय औद्योगिक नीति ल्याउने निष्कर्षा पुगेको हो,' मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री यादवले भने, 'नयाँ नीतिमा काम नगरेको दिनमा मजदुरले पैसा नपाउने -नो वर्क, नो पे) को स्पष्ट व्यवस्था हुनेछ।'
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री यादवले औद्योगिक क्षेत्र तहसनहस हुनुमा मजदुर दोषी पाइएको बताए। 'व्यापार घाटा, कच्चा पदार्थको संकट, कानुनको अभाव, राजनीतिक दबाब, उद्योग कौडीको भाउमा जाने स्थिति र विद्युत आपर्ूर्तिको कमीले नहुँदा औद्योगिक क्षेत्र धराशायी भएको छ,' उनले भने।
मन्त्री यादवले बन्द, हडतालको अवज्ञा गर्न व्यवसायीलाई आग्रह गरे। 'अब कुनै पनि बन्दको अवज्ञा गर्नोस्, सरकारले पर्ूण्ा सुरक्षा दिन्छ र नियमअनुसार क्षतिपर्ूर्ति पनि दिन्छ,' उनले भने, 'सुरक्षा दिन सरकारले कुनै कसर बाँकी राख्ने छैन।'
उनले एकीकृत माओवादीलाई पुस ५, ६ र ७ को आम हडताल तत्काल फिर्ता लिन आग्रह गरे। 'नलिए शान्ति सुरक्षा कायम राख्न र जिउधनको सुरक्षा दिन सरकारले जस्तोसुकै कदम उठाउन पछि पर्ने छैन,' उनले भने।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले औद्योगिक क्षेत्रमा संकटकाल क्षेत्र घोषणा गर्ने अवस्था आएको बताए। सुरक्षाको प्रत्याभूति नभएकाले उद्योग क्षेत्र संकटमा परेको उनको भनाइ थियो। 'कुनै पनि दल र संघसंस्थाको बन्द कुनै पनि हालतमा बन्द स्वीकार गर्दैनौं,' उनले भने, 'औद्योगिक क्षेत्र तहसनहस हुनबाट रोक्न सरकारले गम्भीर भएर सुरक्षा दिनर्ुपर्छ।'
महासंघले 'बन्द अवज्ञा गर, प्रतिवाद गर र प्रतिकार गर' भन्ने नयाँ नीति ल्याउन लागेको उनले जानकारी दिए। उनले औद्योगिक क्षेत्रलाई जोगाउन दलहरुले राष्ट्रिय सहमति बनाउनुपर्नेमा जोड दिए। 'सरकारले हामीलाई एउटा सुरक्षा देओस् र अर्को क्षतिपर्ूर्ति देओस्,' उनले भने।
आफू सरकारमा हुँदा बन्द सधैंका लागि बन्द गर्ने भन्ने माओवादीले सत्ताबाट हट्नासाथ बन्द गर्ने डबल स्ट्यार्न्र्डड देखाएको आरोप उनले लगाए। माओवादीको पर्ूव घोषित आम हडताल रोक्न महासंघले छिट्टै मुख्य तीन पार्टर्ीी शर्ीष्ा नेताको बैठक राख्ने उनले बताए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले बन्द, हडताल तत्काल बन्द नगरे मुलुकको आर्थिक क्षेत्र धराशायी हुने बताए। 'आर्थिक क्षेत्रलाई बचाउने हो भने माओवादीले हडताल फिर्ता लिएर तत्काल सहमतिमा आउनर्ुपर्छ,' उनले भने, 'नत्र हामी एक भएर प्रतिवाद र प्रतिकारमा उत्रन बाध्य हुनेछौं।'
माओवादी निकट राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष कृष्ण आचार्यले बन्द, हडताल राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै समाधान गरिनुपर्ने उनले बताए। 'बन्द हडताल कसैले गनर्ुर्ुुँदैन,' उनले भने, 'तर, पहिले सरकार सुधिनर्ुपर्छ।'

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।