Skip to main content

Posts

Showing posts from June 16, 2009

प्रकाशन समाजद्वारा ज्ञापन पत्र पेश

काठमाण्डौं, २ असार । प्रकाशन समाज रुपन्देहीको प्रतिनिधी मण्डलले मंगलवार न्यनतम पारीश्रमिक कार्यान्वयन समितिका अध्यक्ष सुरेश आचार्य सहितका पदाधिकारीहरु र सूचना तथा संचार मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीलाई भेटेर ५ बुंदे ज्ञापन पत्र बुझाएको छ। समाजका अध्यक्ष वालकृष्ण चापागाईको नेतृत्वमा गएको टोलीले रुपन्देहीमा श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन भएको जानकारी गराउंदैं बुझाएको ज्ञापन पत्रमा सरकारले मोफसलका सञ्चारगृहहरुको समस्यालाई पहिचान गरी संस्थागत तथा दिगो विकासको नीति अवलम्बन गर्नु पर्ने, जिल्ला स्थित सरकारी तथा गैहृसरकारी कार्यालयहरु र उद्योग व्यवसायी प्रतिष्ठानका विज्ञापनहरु स्थानीय सञ्चार माध्यमलाई दिईने व्यवस्था हुनु पर्ने,गुणस्तरीय पत्रकारिताका निम्ति योग्यता, दक्षता, अनुभवका आधारमा पत्रकारहरुको पनि वर्गीकरण हुनु पर्ने , पत्रकारहरुको काम, कर्तव्य र अधिकार सहितको आचारसंहिता प्रष्ट रुपमा मुखरित हुने गरी कार्यान्वयन हुनु पर्ने तथा संचार संस्थाको स्थापनामा न्यूनतम मापदण्ड के हुने र स्थापना भैसके पछि त्यसलाई कसरी बचाउन भन्ने वारे राज्यले उचित निति लिनुपर्ने उल्लेख गरिएको छ

संसदीय दलको नेताका लागि चुनाव लड्छुु-पौडेल

काठमाडौं, २ असार । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संसदीय दलको नेताको निर्वाचन लड्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आफ्नो पक्षमा उल्लेख्य र्समर्थन रहेकाले चुनाव जित्ने दाबी गरे । आफूलाई सभापति गिरिजाप्रसाद कोइरालाको पनि र्समर्थन रहने बताए। संसदीय दलको चुनाव हुनर्ुपर्छ भनेर आफूले सबैभन्दा बढी आवाज उठाएको स्मरण गराउदै भने,' म चुनावबाट पछि हट्दिन । कार्यवाहक सभापति सुशील कोइरालाले पद अनुसारको सक्रियता देखाउनुपर्नेमा जोड दिए । पार्टर्ीीे कार्यवाहक सभापति भएकाले तदअनुरुप पार्टर्ीीे संगठनलाई चुस्त दुरुस्त बनाउन सक्रियता देखाउनुपर्ने बताए । पछिल्ला समयमा जथाभावी बन्द गरेको बताउदै भने, 'आफू सरकारमा रहदा बन्द सधैका लागि बन्द भन्ने अनि अरु सरकारमा बस्दाचाहिँ दिनदिनै बन्द गरेर माओवादीले बोली र व्यवहारमा फरक देखाइरहेको छ ।'माओवादीले शब्दमा अग्रगमनको कुरा गरेर व्यवहारमा पछाडि र्फकने काम गरिरहेेको आरोप लगाए।

विद्युत प्राधिकरण चपुरमा तालाबन्दी

वीरगंज, २ असार । विद्युत आपूर्ति गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै रौतहटको गैडाटारका बासिन्दाले विद्युत प्राधिकरण चपुरमा तालाबन्दी गरेका छन्। आज गैंडाटार संघर्ष समितिको अगुवाइमा गएको समूहले नेपाल विद्युत प्राधिकरण रौतहट, चपुरमा तालाबन्दी गरेका हुन्। विद्युत प्राधिकरणले जेठ मसान्तभित्र गैडाटारमा विद्युत आपूर्ति गर्ने सहमति जनाए पनि त्यसको कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले तालाबन्दी गरेका हुन्।

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

वीरगंज, २ असार । अरनिको राजमार्गको काभ्रेमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना सामान्य घाइते भएको छ। गए राति दोलालघाटको ५४ किलो भन्ने स्थानमा बा.३०.प.८७२५ नं.को मोटरसाइकललाइ ना.२.ख.१६७१ नं.को ट्रकले ठक्कर दिदा काठमाडौ -१३ कालीमाटी निवासी ४५ को कृष्णहरि अर्यालको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक सामान्य घाइते भएको छ। ठक्कर दिने चालकले गाडी छाडेर फरार भएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ। 

हिमालय जोगाउन खुम्बु महोत्सब

भक्तपुर, २ असार । लोकोक्ति अनुसार गुरू रिम्पोचे खुम्बु लगायतका हिमालय पर्बतहरूमा भबिष्यमा मानबहरूको रक्षाको लागि अबसान लिएर बसेका छन् । तर त्यही खुम्बु अहिले जलबायु परिबर्तनको कारण संकटमा परेको छ। हिमाली क्षेत्रका परम्परा तथा सास्कृतिक गतिबिधि पर्याबरण मैत्री भए पनि देश बिदेशका पर्यटकहरूको कारण हिमालहरू प्रदूषण भएको ठानेका स्थानीय युवाहरूले असार ५ गते खुम्बु महोत्सब गर्न लागेका हुन्।  गुरू रिम्पोचेको सुरक्षा र हिमालयहरू पग्लन नदिन कामहरू स्थानीयबासीहरूले सुरू गरेका छन्। खुम्बुमा प्रचलित अर्को भनाई अनुसार बुद्धले पृथ्बीलोक छोड्न लाग्दा करूणाका देवता फाक्पा छेरेजिङले लामो समयसम्म बुद्धलाई पृथ्बीमा बस्न गरेको अनुरोध गर्दा अव हिमालइको रक्षा गर्ने पालो त्रि्रो दायित्व हो भनी जवाफ दिएका थिए। बुद्धले भने मेरो समय सकिएको छ, पृथ्बीलोकको रक्षा गर्ने पालो अव यहाँका जिबित मानव जातिको हो। यही कुरालाई मनन गरेका खुम्बुबासीले हिमालय पर्बतहरू जोगाउन खुम्बु महोत्सब गर्न लागेका छन्।

पिछडा वर्गको बन्दको प्रभाव सामान्य

वीरगंज, २ असार । नेपाल पिछडा वर्ग महासंघले आहवान गरेको मधेश बन्दको असर वीरगंज नगरमा मात्र परेको छ।  आज बिहान वीरगंजको मुख्य चोकमा प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका थिए। वीरगंजको मुख्य बजार बिहानसम्म बन्द रहयो। बन्दकर्ताहरुले हातमा बासको फाटा बोकेर वीरगंज बजार बन्द गराएका थिए। बन्द आहवान कर्ताले उद्योग, बजार र शैक्षकि संस्थालाइ बन्द हड्तालबाट मुक्त राख्ने सहमति भए पनि बजार र पसलहरु बन्दै नै छ। पिछडावर्ग महासंघले भन्सार र राजमार्गबाट आवतजावत ठप्प गरी विरोध कार्यक्रम जारी राख्ने जनाए पनि वीरगंजको गण्डकदेखि उत्तरतर्फो सडकखण्डमा सवारीसाधन सुचारु रहेको प्राप्त जानकारीमा उल्लेख छ। विभिन्न ११ सूत्रीय मांग पूरा गर्न नेपाल सरकारलाई दबाब दिन पिछडा वर्गले बन्दको आहवान गरेको महासंघका केन्द्रीय सदस्य तेजप्रकाश सहनीले बताएका छन्।

तीन तारे होटल भिस्वा लथालिङ

वीरगंज, २ असार। वीरगंज नयां बसपार्क नजिकै बाइपास सडकखण्डमा रहेको तीनतारे होटल भिस्वा अहिले व्यवस्थापन पक्षको कमजोरीका कारण ढाबा होटलमा परिणत भइरहेको ग्राहकहरूले गुनासो गरेका छन्। तराइकै एकमात्र तीन तारे होटलको उपमा पाएको भिस्वा होटलमा ग्राहकहरू भन्छन्- सामान्य होटल सरह अहिले भिस्वा होटलले सेवा, सुविधा, सरसफाइ जस्ता कुरामा ध्यान नपुर्‍याउने गरेबाट होटलको स्तर दिनपरदिन खस्कदै गएको छ।  त्यसैगरी जेठ २७ गते वीरगंजको पब्लिक डेभलपमेन्ट बैंकले आप\mनो वाषिर्कोत्सव कार्यक्रमको ककटेल रात्रि भोज आयोजना गरेकोमा करिब २ सय ५० जना बैंकका ग्राहक, पत्रकार, बैंक प्रतिनिधि लगायत व्यापारीहरूलाइ निमन्त्रणा गरेकोमा होटल व्यवस्थापन पक्षले उचित व्यवस्थापन नगरेबाट सो कार्यक्रममा उपस्थित भएका व्यक्तिहरूले समेत होटलको खस्कदो अवस्थाका बारेमा टिप्पणी गरेका थिए ।  होटलले स्न्याक्स राखिने दुइवटा सानो टेबुलमा मात्र व्यवस्था मिलाएबाट पत्रकार, बैंक, कर्मचारी, व्यापारीको व्यापक घुंइचो भएको देखेका जोकोहीलाई पनि खान नपाएकोले तंछाड-मछाड गरेको अवस्था रहेको भान पर्न गएको थियो।  त्यसैगरी यत्र-तत्र छरिएका गिलास, प्रयोग गरिन

प्याज भन्दा आलु महंगो

वीरगंज, २ असार। लामो खडेरी प्रचण्ड गर्मीका कारण तराइमा तरकारीको मूल्य चर्कदै गइरहेको छ।  कृषकहरूले उत्पादन गरेको तरकारीले बजारको मांग भने आपर्ूर्ति गरेको छ।  नेपाल आलु र प्याजमा निर्भर छैन। नेपालको बजारमा आलु र प्याज भारतबाट पैठारी भइ आएका छन्। केही हप्तादेखि वीरगंजको बजारमा आलुको मूल्य चर्किएर प्रतिकिलो रू २४ पुगेको र प्याजको भाउ भने प्रतिकिलो रू २० मात्र रहेको छ। गोलभेंडाको मूल्य चर्कदै प्रति किलो रू ५० पुगेको छ। प्रचुर मात्रामा वषर्ात् नभएको र प्रचण्ड गर्मीका कारण कृषकहरूले आप\mनो खेतमा राखेको धानको ब्याड डढीरहेको छ। मनसुन वषर्ा छिट्टै होला जस्तो पनि छैन। मनसुन वषर्ा पर््रयाप्त नभइ तराइका जिल्लामा धानको रोपाइं समेत हुन सक्दैन।