Skip to main content

तीन तारे होटल भिस्वा लथालिङ

वीरगंज, २ असार। वीरगंज नयां बसपार्क नजिकै बाइपास सडकखण्डमा रहेको तीनतारे होटल भिस्वा अहिले व्यवस्थापन पक्षको कमजोरीका कारण ढाबा होटलमा परिणत भइरहेको ग्राहकहरूले गुनासो गरेका छन्।
तराइकै एकमात्र तीन तारे होटलको उपमा पाएको भिस्वा होटलमा ग्राहकहरू भन्छन्- सामान्य होटल सरह अहिले भिस्वा होटलले सेवा, सुविधा, सरसफाइ जस्ता कुरामा ध्यान नपुर्‍याउने गरेबाट होटलको स्तर दिनपरदिन खस्कदै गएको छ। 
त्यसैगरी जेठ २७ गते वीरगंजको पब्लिक डेभलपमेन्ट बैंकले आप\mनो वाषिर्कोत्सव कार्यक्रमको ककटेल रात्रि भोज आयोजना गरेकोमा करिब २ सय ५० जना बैंकका ग्राहक, पत्रकार, बैंक प्रतिनिधि लगायत व्यापारीहरूलाइ निमन्त्रणा गरेकोमा होटल व्यवस्थापन पक्षले उचित व्यवस्थापन नगरेबाट सो कार्यक्रममा उपस्थित भएका व्यक्तिहरूले समेत होटलको खस्कदो अवस्थाका बारेमा टिप्पणी गरेका थिए । 
होटलले स्न्याक्स राखिने दुइवटा सानो टेबुलमा मात्र व्यवस्था मिलाएबाट पत्रकार, बैंक, कर्मचारी, व्यापारीको व्यापक घुंइचो भएको देखेका जोकोहीलाई पनि खान नपाएकोले तंछाड-मछाड गरेको अवस्था रहेको भान पर्न गएको थियो। 
त्यसैगरी यत्र-तत्र छरिएका गिलास, प्रयोग गरिने नेपकिन पेपरको कमि रहेको महसुस गरेका थिए भने भुइंमा छरिएका नेपकिन पेपरको एक डुंगुर फोहर, टेबुलमाथि लामो समयदेखि थुप्रिएर रहेका जुठो भांडा जस्ता कुराले सामान्य होटलको भान दिलाइरहेको उपस्थित पाहुनाहरूले भन्दै हिंडेको पाइयो । 
बैंक व्यवस्थापन पक्षले आप\mना पाहुनाहरूलाई कुनै पनि अप्ठयारो नपरोस् भनि खाना, खाजा एवं मदिरा समेतको पेय पदार्थ व्यवस्था गरी बोलाएका व्यक्तिहरूको संख्याका आधारमा करिब १ लाख ५० हजार रकम खर्च गरेको भए तापनि होटल व्यवस्थापन पक्षको कमजोरी टडकारो रूपमा देखिएको पाइन्छ। 
सोही रात्रि भोजको कार्यक्रममा प्रमुख अतिथि बाराका प्रजिअ तारानाथ गौतमको पि.ए. एवं सुरक्ष्ँागार्ड समेतले होटलले मिलाएको खानपिनको व्यवस्थाको तरिकालाई ढावाभन्दा पनि तल्लो दर्जा होटलसरहको उपमा दिएका थिए। 
यसरी तीन तारे होटलको रूपमा पहिचान पाएको वीरगंजको होटल भिस्वाले आप\mनो पहिचानलाई माथिल्लो दर्जामा नै कायम राख्ने हो भने होटलमा ग्राहकले तिर्ने दाम मात्र तीन तारे सरह नगरी सेवा, सुविधा पनि सोही अनुरूप प्रदान गर्नुपर्ने अवस्था देखिएको छ। आउंदा दिनमा सो होटलले यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने अवस्था टडकारो रूपमा देखिएको छ । 

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।