Skip to main content

Posts

Showing posts from June 24, 2009

दलित आन्दोलनलाई नयां गति दिने

काठमाडौं, १० असार । स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले छुवाछुत र विभेदरहित समाज निर्माणका लागि दलित आन्दोलनलाई नयाँ गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल दलित संघद्धारा तेस्रो राष्ट्रि्य महाधिवेशनबारे जानकारी गराउन रिपोर्र्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा दलितहरु आफ्नो अधिकारका लागि अझै सशक्त रुपमा प्रस्तुत हुनुपर्ने बताएका हुन् । राज्यमन्त्री बस्यालले राज्यको सबै निकायमा दलितको सहभागिता र अवसरको सुनिश्चिताका लागि सरकारमा बसेर आफू सधै सक्रिय हुने बताए । दलितमाथि अझै शोषण र विभेद भइरहेकाले परिवर्तनलाई आत्मासाथ गरी अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा दलित संघको तेस्रो महाधिवेशन यही असार १३, १४ र १५ गते चितवनको भरतपुरमा आयोजना हुने जानकारी गराइएको थियो ।  

साना किसानद्धारा ऋण मिनाहाको माग

काठमाडौं, १० असार । साना किसानले ऋण मिनाहाको माग गरेका छन् । आज अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई भेटी सम्पूर्ण साना किसानको ऋण मिनाहाको माग गरेका हुन् । साना किसान सहकारी संस्था लिमिटेड मैदी धादिड.का कृषकहरुले मन्त्री पाण्डेलाई भेटेका थिए । उनले साना किसानको मागमा सकारात्मक भएको बताए । संस्थाका अध्यक्ष एकबहादुर अर्याल, संस्थापक अध्यक्ष गुणनिधि तिवारी, प्रबन्धक बद्रीप्रसाद तिवारीसहितको टोली भेटमा सहभागी थिए ।

पर्सा, महोत्तरी र मलगंवामा यातायात ठप्प

वीरगंज, १० असार । प्रहरी र यातायात व्यवसायीबीच झडप भएपछि यातायात व्यवसायीहरु सडकमा ओर्लिएका छन्। आज बिहान वीरगंजको घण्टाघर, बसपार्क लगायतको स्थानमा यातायात व्यवसायी, मजदुरहरुले सडक अवरुद्ध गर्दै दोषीलाइ कारबाहीको मांग गरेका छन्।  मलको विषयलाइ लिएर यातायात व्यवसायी र प्रहरीबीच मंगलवार झडप भएको यातायात व्यवसायीले जनाएको छ। यता प्रहरीले ४ बोरा चना काठमाडौ पठाउन लाग्दा भाडाको कुरामा विवाद भएपछि झडप भएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ । यसैगरी मलंगवा बसपार्कको लागि बजेट निकासा नभएको भन्दै यातायात व्यवसायी संघले सर्लाहीमा सवारीसाधन बन्द गरी आन्दोलनमा उत्रिएका छन्। उता गा.वि.स.को परिषद वैठकमा सचिव नआएको बिषयलाई लिएर महोत्तरीको सरपल्लो नजिकै स्थानियबासीहरुले आज बिहान टायर बाली बाटो अवरोध गरेको प्राप्त जानकारीमा उल्लेख छ।

चटयाङबाट बारामा थप १ को मृत्यु

वीरगंज, १० असार । वर्षासंगै परेको चटयाङको कारण बारामा एकजनाको मृत्यु भएको छ भने पर्सामा एकजना घाइते भएका छन्। आज बिहान पिपरपाती-५ बस्ने ४० वर्षीया राजकुमारी पण्डितको चटयाङका कारण मृत्यु भएको छ भने पर्साको विश्रामपुर-४ बस्ने ३० वर्षीया पार्वती महरालाइ आज बिहान चट्याङ लाग्दा बेहोस भएपछि उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ। मंगलवार रौतहटको सन्तपुरनिवासी कविता साह, धिरज साहको चटयाङबाट मृत्यु भएको थियो भने मुडवाल-१ बस्ने ललिता यादव, मायावती यादव घाइते भएकी थिइन्। र्सलाहीको विभिन्न स्थानमा परेको चट्याङबाट मुरलीदेवी महतो, भुखल राय, बुधन देवी, पछन्नु राम र निजको श्रीमती आनन्द देवी राम, रघुविर राउतको मृत्यु भएको प्रहरीले जनाएको छ। 

पर्सा र बारामा पानीमा परेपछि कृषकहरुमा खुशीको लहर

वीरगंज, १० असार । विगत लामो समयदेखि पानी नपरेपछि काकाकूल तराइमा आज बिहान सबेरैदेखि पानी पर्न पाएपछि किसान, र्सवसाधारण सम्पूर्ण वर्गमा खुशीको लहर देखिएको छ । पानी नपरेपछि किसानहरुले रोपेको धानको बिउ खेतमै सुक्दै गइरहेको थियो भने र्सवसाधारणहरु प्रचण्ड गर्मीमा आहत भएका थिए । चटयाङसंगै आएको वर्षाले धरतीलाइ केही राहत दिए पनि चटयाङका कारण करिब १५ जनाको मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ । गर्मी र खडेरीका कारण जनजीवन प्रभावित हुन थालेपछि विभिन्न स्थानमा स्थानीय बासिन्दाले महादेवलाई खुशी पार्न जलधारा गरेका थिए । हर हर महादेव पानी पारी देउ भन्ने पुकारा गर्दै स्थानीय बासिन्दाले दिनभरि पञ्चैबाजा बजाउंदै एक आपसमा पानी छ्यापेर जलधारा गरेका थिए।

लोकसाहित्यका अध्येता न्यौपाने थाइल्याण्ड जाने

पोखरा, १० असार/ नेपाली लोक साहित्यका अध्येता कुसुमाकर न्यौपानेले तयार पार्नु भएको नेपाली लोक रामायण विषयक कार्यपत्र विश्व लोकसाहित्य सम्मेलनका लागि छनौटमा परेको छ । यही असार १८ र १९ गते थाईल्याण्डस्थित सेल्पकोन युनिभर्सिटीमा हुने विश्व लोक साहित्य सम्मेलनका लागि अध्येता न्यौपानेद्वारा तयार पारिएको लोक रामायण छनौटमा परेको हो । छनौटमा परेको कार्यपत्र अध्येता न्यौपाने स्वयंले सम्मेलनमा प्रस्तुत गर्न अध्येता न्यौपाने थाईल्याण्ड जाने कार्यक्रम तय भएको छ । दर्ुइ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न ६६ मुलुकका लोकसाहित्यका अध्येताहरुले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताएको छ । 'मलाई अहिले मन्त्री पदमा नियुक्ति पाएको यौटा राजनीतिककर्मीलाई भन्दा बढी खुशी लागेको छ ।' आफूले तयार पारेको नेपाली लोक रामायण विषयक कार्यपत्र छनौटमा परेको समाचारको खुशी बाँड्दै न्यापानेले भने-'निरन्तर लागिपरेपछि एक दिन मौका आउँदो रहेछ ।'