Skip to main content

Posts

Showing posts from July 4, 2009

नक्कली उत्पादन गर्ने उद्योग बन्द गर

वीरगंज, २० असार । मणी एभरी स्टोन उद्योग, वीरगंजले आज रिपोर्टस क्लब नेपाल पर्सामा एक पत्रकार सम्मेलन गरी रौतहट, गरुडास्थित जयसवाल एभरी स्टोन उद्योगले आफनो टे्रडमार्क चोरी गरी नक्कली चक्की पत्थर उत्पादन गरेको भन्दै क्षतिपूर्तिको मांग गरेका छन्। मणी एभरी स्टोन उद्योग, वीरगंजका प्रोप्राइटर अध्यानन्दप्रसाद कलवारले पत्रकारमा बोल्दै सो उद्योगले टे्रडमार्क दर्ता नगराइ चोरी गरी जयसवाल एभरी स्टोन उद्योग संचालन गरेकोमा सो उद्योग बन्द गर्न गरे। जयसवाल एभरी स्टोनद्वारा उत्पादित नक्कली गुणस्तरहीन चक्की पत्थर नेपालको विभिन्न स्थानमा बिक्री वितरण भइरहेको भन्दै तत्काल सो सामान जफत गरी उद्योगलाइ कारबाही गर्न मांग गरे।

राष्ट्रपतिको कदम नसच्चिएसम्म सदनमा बोल्न दिदैनौं-गजुरेल

काठमाडौं, २० असार। एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य सीपी गजुरेलले सेनापति थमौतीको कदम सच्याएसम्म र राष्ट्रपति डा.रामवरण यादवलाई सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै कदम नसच्चिइ प्रस्तुत भए रोष्टम घेरी नारावाजी गरिने स्पष्ट पारे। नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवालीले पूरा बजेट ल्याउन माओवादीले अवरोध सृजना गर्न नहुने बताए। बजेट जस्तो महत्वपर्ूण्ा विषयलाई रोक्ने अधिकार माओवादीलाई नभएको बताए।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले माओवादीले तत्काल सदनको अवरोध अन्त गरी बजेट आउन दिनुपर्ने बताए। बजेटमा अवरोध खडा गरे माओवादी राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा बदनाम हुने बताए। उनले भने, तत्काल सदनको अवरोध अन्त नगरे माओवादीकै लागि प्रत्युत्पादक हुनेछ। मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य समेत रहेका अर्थविद डा.तिलक रावलले बजेट ल्याउने समयमा सदन अवरुद्ध ठिक नभएको बताए। सरकारको नीति तथा कार्यक्रम र पूरा बजेट समयमै आउनुपर्ने बताउदै भने, माओवादीले परिस्थितिको गम्भीरतालाई बुझेर हठ छाड्नर्ुपर्छ

चार सय करोडको लागतमा निर्मित अस्पतालको उदघाटन

वीरगंज, २० असार । निजी क्षेत्रको नेपालकै बिग एण्ड बिगेष्ट टिचिङ हस्पिटलको उदघाटन हुने भएको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसिरुद्दिन अंसारीले सन् २००१ मा ४०० करोडको लागतमा निर्मित सो हस्पिटलको उदघाटन प्रधानमन्त्री प्रधानमन्त्री माधवकुमार नेपालले असार २६ गते बिहान गर्ने जानकारी गराए। वीरगंज-१८ भेडियाही स्थित नेशनल मेडिकल कलेज नजिकै निर्मित सो अस्पतालमा बारा र पर्साका सम्पूर्ण पत्रकारहरुलाई औषधि बाहेक उपचार निशुल्क गर्ने प्रतिबद्धता अंसारीले गरेका छन्।

वीर गणेशमान स्मृति कप बुंदोकै दो सम्पन्न

काठमाडौं, २० असार । वीर गणेशमान स्मृति कमप तथा चौंठो इण्डो नेपाल बुंदोकै दो प्रतियोगिता सम्पन्न भएको छ। आज सम्पन्न भएको प्रतियोगितामा नेपालले १० स्वर्ण जितेको छ भने भारतले १ स्वर्ण जितेको छ । पुरस्कार विजेतालाई रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले पुरस्कार वितरण गरेका थिए । उनले खेललेनै देशको प्रतिष्ठा बढाउने भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । खेल क्षेत्रमा बजेट बढाउन आग्रह समेत गरे । तीन दिनसम्म सम्पन्न खेलमा नेपाल र भारतका खेलाडीहरु सहभागी थिए ।

चोरीको गाडीसहित चारजना पक्राउ

वीरगंज, २० असार । प्रहरीले विभिन्न स्थानमा चोरीको गाडीसहित चारजनालाइ पक्राउ गरेको छ। आज मध्य क्षेत्र प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय चितवनले पजेरो बिक्री गरेको आरोपमा तीनजनालाइ असार १० गते पक्राउ गरेको बताइएको छ । भरतपुर-२ आंपटारीनजिकै नम्बर नभएको मित्सुबिसी पजेरो गाडीसहित नवलपरासी, सुनौल १ बस्ने बर्ष२६ को बिष्णु पराजुली, कास्कीको पोखरा-३ बस्ने बर्ष५० को कृष्णप्रसाद दुवाल, बर्ष३५ को रामजी पुरीलाइ यातायात व्यबस्था कार्यालय नारायणी बीरगंज, बाग्मती, लुम्बिनीको स्ट्याम्प छाप ३ थान, कार्यालय प्रमुख /शाखा अधिकृत/नायब सुब्वा को स्ट्याम्प छाप ३ थान, बा.३.च ६९७९, बा.५च ९१६८, लु.३प ५८६२ नंं.को सवारी दर्ता प्रमाण पत्रहरुसहित प्रहरीले पक्राउ गरेको हो। असार १२ गते रुपन्देहीमा बा.५च ९१६८ नं.को सेन्ट्रो कारसहित रुपन्देही पर्सरी ५ बस्ने बर्ष४८ को तुफेल पठानलाइ प्रहरीले पक्राउ गरेको छ भने असार १५ गते चितवनको रत्ननगर-१ सौराहचोक को गढीमाइ लजबाट बाघको छालासहित चितवन, चैनपुर ९ बस्ने रमेश गुरुङ र धादिङ, सेल्तुङ ३ बस्ने सोनाम तामाङलाइ पक्राउ गरेको छ।

ट्रेडमार्क चोरी गर्नेलाइ कारबाहीको मांग

वीरगंज, २० असार। टे्रडमार्क चोरी गरी गहुं, मकै पिस्ने चक्की पत्थर नक्कली उत्पादन र विक्री गर्ने उद्योगमाथि कारबाहीको मांग गरेको छ।  आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा एक पत्रकार सम्मेलन गरी गुडविल कमाएको उद्योगको टे्रडमार्क चोरी गरी गहुं, मकै पिस्ने चक्की पत्थर नक्कली उत्पादन र बिक्री गर्ने एक उद्योगको उत्पादित चक्की पत्थर बरामद गरी आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको जानकारी गराएको छ।  पत्रकार सम्मेलन पूर्व हामीलाइ प्राप्त जानकारी अनुसार वीरगंज-९ स्थित मणी एभरी स्टोन उद्योगले पेटेण्ट, डिजाइन र टे्रडमार्क ऐन २०२२ अर्न्तर्गत दर्ता गराइ उत्पादनमा ल्याएको पुखराज, ग्राण्ड कुलर बालाजी, पंकज आदि टे्रडमार्क चोरी गरी हुबहु नक्कली उत्पादन गरी बिक्रीमा ल्याउने रौतहट, गरुडा गाविस-८ स्थित जयसवाल एभरी स्टोन उद्योगले उत्पादन गरेको चक्की पत्थर पर्सर्ााजल्ला सुरक्ष्ँा पोष्टका डिएसपी नारायणराम हुमागाइले नेतृत्व गर्नुभएको सशस्त्र प्रहरी टोलीले बरामद गरी आवश्यक कानूनी कारबाही अगाडि बढाउनुभएको छ।  आदर्शनगरस्थित पशुपति रोड क्यारियर्स प्रालि मार्फ विराटनगर पठाउन लागिएको जयसवाल ए