Skip to main content

राष्ट्रपतिको कदम नसच्चिएसम्म सदनमा बोल्न दिदैनौं-गजुरेल

काठमाडौं, २० असार। एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य सीपी गजुरेलले सेनापति थमौतीको कदम सच्याएसम्म र राष्ट्रपति डा.रामवरण यादवलाई सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै कदम नसच्चिइ प्रस्तुत भए रोष्टम घेरी नारावाजी गरिने स्पष्ट पारे।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवालीले पूरा बजेट ल्याउन माओवादीले अवरोध सृजना गर्न नहुने बताए। बजेट जस्तो महत्वपर्ूण्ा विषयलाई रोक्ने अधिकार माओवादीलाई नभएको बताए। 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले माओवादीले तत्काल सदनको अवरोध अन्त गरी बजेट आउन दिनुपर्ने बताए। बजेटमा अवरोध खडा गरे माओवादी राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा बदनाम हुने बताए। उनले भने, तत्काल सदनको अवरोध अन्त नगरे माओवादीकै लागि प्रत्युत्पादक हुनेछ। मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य समेत रहेका अर्थविद डा.तिलक रावलले बजेट ल्याउने समयमा सदन अवरुद्ध ठिक नभएको बताए। सरकारको नीति तथा कार्यक्रम र पूरा बजेट समयमै आउनुपर्ने बताउदै भने, माओवादीले परिस्थितिको गम्भीरतालाई बुझेर हठ छाड्नर्ुपर्छ। 
र् अर्थविद डा.चिरञ्जीवी नेपालले पेश्की बजेटलाई अर्थहीन भने। तत्काल पूरा बजेट ल्याउन सुझाव दिदै भने, पेश्की बजेट आयो भने झनै अराजकता बढ्छ। आर्थिक क्षेत्र डामाडोल भएको टिप्पणी गर्दै अराजकता सँगै तानाशाह जन्मने खतरा औल्याए। 

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।