Skip to main content

Posts

Showing posts from September 22, 2009

सुपथ मूल्य बजारको उद्घाटन

वीरगंज, ६ असोज । महंगीको मार झेलिरहेका सर्रर््वसाधारणलाइ राहत दिन विजयादशमी, तिहार तथा छठको अवसरमा वीरगंज उद्योग वाणिज्य संघले सुपथ मूल्यको पसलको आयोजना गरेको छ। आज वीउवासंघको हाताभित्र आयोजित सुपथ मूल्य बजारको उद्घाटन जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिअ दुर्गा प्रसाद भण्डारीले गरेका थिए। कार्यक्रममा व्यापारी, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति थियो । यसैवीच वीरगंज उद्योग वाणिज्य संघले आज आफ्नै सभाकक्ष्ँमा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

वीरगंज, ६ असोज । विजयादशमी २०६६ को अवसरमा शुभकामना आदान -प्रदान तथा चियापान कार्यक्रम आज एक समारोहबीच पत्रकार महासंघको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा प्रस युनियनका उपाध्यक्ष युवराज खडका, प्रेस चौतारी पर्साका अध्यक्ष जीवनलाल श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष शत्रुघन नेपाल, शिवशंकर साह, क्रियाशील युवा पत्रकार मंच नेपालका उपाध्यक्ष विन्दूभूषण साह, सदस्य मनोज पटेल, प्रगतिशील भोजपुरी साहित्य परिषदका धु्रवलाल सहनी लगायतले शुभकामना व्यक्त गर्नुको साथै पत्रकार मंचलाइ उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । क्रियाशील युवा पत्रकार मंच नेपाल पर्साका अध्यक्ष प्रणय कुमारको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए ।

दुर्घटनामा एकजनाको मृत्यु

वीरगंज, ६ असोज । दशैंको आगमनसंगै सडक दुर्घटनामा वृद्धि भएको छ। आज बिहानदेखि अवरुद्ध रहेको पूर्व-पश्चिम महेन्द्र राजमार्गको निजगढ-१ नजिकैको सडकखण्ड सुचारु भएको छ। सडक दुर्घटनामा मृत्यु भएका आफन्तजनका परिवारले क्षतिपुर्तिको मांग गर्दै अवरुद्ध गरेको सडक करिब दुइ घण्टापछि सुचारु भएको हो। आज बिहान काठमाडौबाट विराटनगर तर्फजांदै गरेको ना.३ख २६११ नं.को बसले सोही ठाउ“ बस्ने बर्ष४५ को भवनाथ चौलागाईलाई ठक्कर दिंदा उनको घटना स्थलमा नै मृत्यु भएको थियो। आज बिहान मकवानपुर, बसामाडी-१ नजिकै रोकी राखेको ग.१क ११६२ नं.को स्कूल बसलाई ना.२ख ७९४५ नं.को बसलेे ठक्कर दिंदा ६ जना बसका यात्रु घाइते भएका छन्। बिहान हेटौडा-९ नजिकै ना.१ख ७३९२ नं.को रोकी राखेको ट्रकलाई बा.२ ख ३०४५ नं.को बसले ठक्कर दिंदा सोही स्थानमा आईरहेको ज.१ख ५४६ नं.को ट्रकले बा.२ख ३०४५ नं.को बसलाई पछाडीबाट ठक्कर दिंदा बसका यात्री मध्ये ८ जना र्घाईते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। बिहान १० बजे हेटौडा १० टेम्पोपार्क नजिक बा.३प ७४३१ नं.को मोटरसाइकलले बसामाडी-२ बस्ने को श्याम पण्डीतलाई ठक्कर दिंएर घाइते बनाएको छ। आजै बिहा

स्वास्थ्य क्षेत्र अव्यवस्थित हुनुमा सबै जिम्मेवारः राज्य मन्त्री बस्याल

काठमाडौं, ६ असोज । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री खड्गबहादुर बस्यालले स्वास्थ्य क्षेत्र अव्यवस्थित हुुनुमा सबै जिम्मेवार भएको बताउनु भएको छ । क्यान्नसर सोसाइटी नेपालले रिपोर्र्टर्स क्लब नेपालमा आयोजीत पाचौं राष्ट्रिय क्यान्सर र्सतर्कता दिवसको अवसरमा क्यानसर विरुद्धको अभियान र हाम्रो दायित्व विषयक कार्यक्रममा राज्य मन्त्री बस्यालले सो कुरा बताउनु भएको हो । उहाँले क्यान्सर लाग्नु भन्दा त्यसको रोगथाम तर्फलाग्न सबैलाई आग्रह गर्नुभयो । पर्ूव गृह राज्य मन्त्री एवं राष्ट्रिय सहकारी संघका अध्यक्ष दिपकप्रकाश बास्कोटाले क्यान्सर रोकथाम गर्न सहकारीे स्वास्थ्यसंग सहकार्य गर्न तयार रहेको कुरा बताउनुभयो । उहाँले सरकार राजनीतिक र्सवाेच्चतामा मात्र सिमित रहेकोले जनताको स्वास्थयमा ध्यान नदिएको आरोप समेत लगाउनुभयो । कार्यक्रममा विपि कोइराला क्यान्सर अस्पतालका अध्यक्ष डा. गिसुप निख प्रसीकोले विश्वमा २००७ मा एक करोड क्यान्सरका रोगी भएको अनुमान गर्दै नेपालमा एकिन डाटा नभए पनि ४० देखि ५० हजारको संख्यामा भएको बताउनुभयो । उहाँले सर्ुर्तीजन्य वस्तु र खानपानमा ध्यान दिए ४३ प्रतीसत रोगि घटाउन सकिने जान

सकेट बम पडकिदा प्रहरी जवान घाइते

वीरगंज, ६ असोज । सशस्त्र प्रहरी क्याम्प भित्र सकेट बम पडकिदा एक प्रहरी जवान घाइते भएका छन्। गए राति सवा दश बजे वीरगंज उपमहानगरपालिका वडा नं. -१९ स्थित चिनी मिल कारखानामा रहेको सशस्त्र प्रहरी क्याम्प भित्र सुतली बम पड्कदा सहायक प्रहरी जवान राज कुमार पाण्डे र्घाईते भएका हुन्। घाइतेको नाउक्ष्ँे अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

सकेट बम राख्ने दुइजना घाइते

वीरगंज, ६ असोज । सकेट बम राख्ने क्रममा विस्फोट हुंदा दुइजना घाइते भएका छन्। आज बिहान सवा १० बजे पिपरा सिमरा-२ स्थित बन कार्यालय र नेपाल दूरसंचार कार्यालयको बीचमा बम राख्ने क्रममा बाराको मनहर्वा-५ बस्ने ३६ वर्षीय हिरालाल यादव र वडा नं. ३ बस्ने २५ वर्षीय विष्णु मण्डल घाइते भएका हुन्। दुवैको प्रहरीको निगरानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

हतियारसहित लुटेरा पक्राउ

महोत्तरी, ६ असोज । हतियारसहित प्रहरीले एक लुटेरालाइ पक्राउ गरेको छ भने अन्य लुटेराहरु फरार रहेका छन्। आज बिहान १० बजे रामगोपालपुर तर्फजांदै गरेका हात्तीर्सवा निवासी सुरेन्द्र ठाकुरको ज.२प ५३३५ नं.को मोटरसाइकल लुटेर लुटेराहरु फरार भएपछि प्रहरीले पेस्तोलसहित मनोज साहलाई पक्राउ गरेको छ भने अन्य फरार रहेको प्राप्त जानकारीमा उल्लेख छ। साह किसान नगर-८ निवासी हुन्। घटनामा बिजलापुरा-९ बस्ने बासु पासवान र लगायत अन्य ३/४ जना रहेको प्राप्त जानकारीमा उल्लेख छ।

लुटेरालाइ पक्राउ गर्नुपर्ने मांग गर्दै सडक अवरुद्ध

चितवन, ६ असोज । लुटेरा समूहले एक र्सवसाधारणलाइ लुटेपछि घटनाको विरोधमा पीडित पक्षले अवरुद्ध गरेको महेन्द्र राजमार्गको झुरझुरे सडकखण्ड गए राति १० बजेदेखि सुचारु भएको छ। प्रँप्त जानकारी अनुसार नं.नखुलेको बसमा यात्रा गरी आएका सोही ठाउं बस्ने रबिन्द्र कार्कीलाइ अज्ञात लुटेराहरुले पेस्तोल देखाइ नगद ४५ हजार र मोबाइल लुटेका थिए। लुटेराहरुमाथि कारबाहीको मांग गर्दै कार्की पक्ष्ँधरले अवरुद्ध गरेको सडक प्रहरीले ५ दिनभित्र लुटेराहरुलाई पक्राउ गरी कारबाही गर्ने शर्तमा सुचारु गराएको थियो।

भंसार क्षेत्र व्यव्स्थापनको जिम्मा निजी क्षेत्रलाई

बीरगंज ६ असोज । / भारत-नेपाल सीमा क्षेत्रमा दिन्हु जस्तै लाग्ने गरेको जामको दृश्य र त्यसबाट आम नागरिकहरुले भोग्नु परेको पीडाबाट सबैजना परिचित नै छन । विश्वमा अन्यत्र यस प्रकारको अव्यवस्थित अंतराष्ट्रिय सीमा क्षेत्र हेर्न पाउनु दुर्लभ नै हुनु पर्छ । यस सम्बन्धमा नागरिक समाजले पटक पटक आवाज उठाउंदै आएको भएता पनि सम्ब्द्ध पक्षहरुले यस विषयमा पटक्कै संवेदनशीलता देखाएका छैनन । ट्राफिक प्रहरीहरु ट्राफिक नियंत्रण भन्दा ट्रकहरुबाट टीप शुल्क उठाउनमा नै मस्त रहेको त्य्हा हेर्न सकिन्छ । अर्को तिर सीमा क्षेत्रको अव्यवस्थाको ठुलो दोष बीरगंज भंसार कार्यालयलाई दिनु पर्ने नै हुन्छ। सडक भनेको सार्वजनिक आवत-जावतको लागि हुन्छ तर बीरगज भंसार बाहिर ठुला ठुला ट्रक र ट्रेलरहरु भंसार जांच पासको लागि दुबै तिर लाईन लगाएर पार्किंग गरिएको दृश्य जहिले पनि हेर्न सकिन्छ । भंसार कार्यालयले पैठारीको माल लिएर आएका ट्रकहरुलाई आफ्नो कम्पाउंड भित्र इंट्री गराएर विधी पुर्वक जांच पास गर्नु पर्ने हो। तर ट्रकहरुलाई मेनरोड मै पार्किंग गराई जांचपास गर्ने गरिएको बाट नै यो समस्या सृजना भएको जानकारहरुको भनाई छ । नेपालको संभवतः सबै

भारतीय गाडी आयातकर्ताको सिंडीकेटको कारण कोरियन गाडीको भंसार मुल्याकन वृद्धि

बीरगंज ६ असोज । बीरगंज भंसार कार्यालयले विगतमा कोरियन टुक्सन गाडीको मुल्याकन 9000 युएसडलर गर्दै आएको थियो । तर भारतीय गाडी आयातकर्ताहरुको सिंडीकेटको दवाबमा त्यस गाडीको मुल्याकन दोब्बर गरिएको छ । युएसडलर 9000 को दरले लागत मुल्य पर्ने भन्ने आकलनले पैठारी गरी ल्याईएका गाडीहरु बीरगंज भंसार र कलकत्ता बंदरगाहमा अल्पत्र परेका छन । स्वीकृत बैकिंग प्रकृयाबाट आयात गरीएको वस्तुमा आफैले कायम गरेको अभिलेख मुल्यलाई समेत लत्याएर पुर्व प्रभावी मितीबाट मुल्याकन वृद्धि गर्नु अन्यायपुर्ण रहेको गुनासो पैठारीकर्ताहरुको रहेको छ । भंसार कार्यालय यदि आफ्नो मुल्याकनमा अडिग रहन्छ भने हाम्रो बिजक अनुसारको वास्तविक मुल्य र कलकताबाट ल्याउनमा लागेको खर्च तिरेर भंसार कार्यालयले नै हाम्रो गाडी खरीद गरी लिनु पर्ने मांग पनि पैठारीकर्ताहरुको रहेको छ । अन्यथा, भंसार कार्यालयले मुल्याकन वृद्धि गर्ने निर्णय गरेको मिती भन्दा पुर्व पैठारी भएको गाडीहरुलाई पहिलेको अभिलेख मुल्य कै आधारमा जांच पास गरीनु पर्ने उनीहरुको अडान रहेको छ । कोर्रियन दुतावासले पैठारी गर्दा नियातकर्ताले बढी मुल्यको बिजक बनाएको कारण मुल्याकन बढाईएको अडान भ

दशैको आगमन संगै पत्रकारहरुको संख़्य़ामा वृद्धी

बीरगंज ६ असोज ।/ बीरगंज पत्रकारहरुको नगरी हो । हरेक वर्ष दशैको आगमन संगै केही कलम चलाउन नजान्नेहरु पनि आफुलाई पत्रकार भनेर दशै खर्च मांग्न सरकारी तथा निजी प्रतिष्ठानहरुमा देखा पर्न थाल्छन । यस प्रवृतिले अनाहकमा पत्रकारहरु कै पेशा बदनाम भई रहेको कुरा कतिपयले अनुभव गरी रहे पनि बोल्न सकी रहेका छैनन । वरिष्ठ संचारकर्मीहरुले यस किसीमको अभ्यासलाई हतोतसाहित गर्नु पर्ने धारणा राखेका छन ।