वीरगंज, २८ पुस । मधेशी जन अधिकार फोरम नेपालले मधेशी समुदायको मुक्तिका लागि तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन्। आज मधेशी मुस्लिम फोरम नेपालले वीरगंजको टिवडेवाला धर्मशाला वीरगंजमा आयोजित स्वागत-सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै उनले संघीयता एवं गणतन्त्र विरोधीहरुले षडयन्त्र गरिरहेको हुँदा माघ २ गतेदेखि संघर्षका कार्यक्रम अगाडि सार्ने बताए। उनले मुस्लिम समुदायको जायज मांग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिए। विभेद रहुन्जेल शान्ति हुंदैन समयमा संविधान बनेपछि सबैलाइ समान अधिकार पाएपछि मुलुकमा शान्ति स्थापना हुने समेत बताए। कार्यक्रममा सभासदहरु, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति थियो ।