Skip to main content

Posts

Showing posts from August 29, 2009

वीरगंजका निजी तथा सरकारी अस्पतालको इमर्जेन्सी र ओपीडी दोश्रो दिन पनि बन्द

वीरगंज, १३ भदौ । अस्पतालका चिकित्सकलाई कुटपिट गरेको विरोधमा आज दोश्रो दिन पनि वीरगंजको सम्पूर्ण निजी तथा सरकारी अस्पतालको इमर्जेन्सी तथा बहिरंग सेवा ठप्प भएको छ भने अधिकांश प्राइवेट क्लिनिक पनि अनिश्चितकालीन बन्द भएको छ । वीरगंज-२ का राजदेव चौरसियाले आफनो बच्चालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याउँदा इमरजेन्सीमा रहेका चिकित्सक पप्पु जैसवालले विरामीलाई नहेरेपछि चौरसियाले बिरामीलाई एएमसी अस्पतालमा उपचार गराउन लगेको केही बेरपछि १५-२० जनाको समूहमा आएको व्यक्तिहरुले नारायणी उपक्षँेत्रीय अस्पतालका चिकित्सक पप्पु जैसवाललाई कुटपिट गरेका हुन्। सो घटनाको विरोध गर्दै वीरगंजभरिका चिकित्सकहरुले आज दोश्रो दिन पनि नारायणी उपक्षेत्रीय अस्पताल तथा निजी अस्पतालको इमर्जेन्सी तथा बहिरंग सेवा बन्द गरेका हुन् । चिकित्सकहरुले प्राइभेट क्लिनिक समेत अनिश्चितकालीन बन्द गरेपछि सेवाग्रहीहरु मर्कामा परेका छन्।

विभिन्न संघसंस्थाद्वारा रक्तदान

वीरगंज, १३ भदौ । रक्तसंचार केन्द्रमा रगतको अभाव भएपछि आज लायन्स क्लब वीरगंज र मधेश मिडिया मिशनले वीरगंजमा विभिन्न संघसंस्थाद्वारा रक्तदान कार्यक्रम गरेको छ। लायन्स क्लब अफ वीरगंज थ्रीजे र लायन्स क्लब अफ वीरगंज संस्कृतिले संयुक्तरुपले आज बिहान टिवडेवाल धर्मशालामा आयोजित रक्तदान कार्यक्रमको करिब पांच दर्जन व्यक्तिहरुले रक्तदान गरेका थिए। यसैगरी मधेश मिडिया मिशन नेपाल पर्साले घण्टाघरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

फोरम मधेशद्वारा कालो दिवस

वीरगंज १३ भदौ । मधेशी जन अधिकार फोरम मधेश पर्साले कालो दिवस मनाएको छ। आज भदौ १३ गते हातमा कालो पट्टि बांधेर वीरगंजको घण्टाघरमा फोरम मधेशका जिल्ला अध्यक्ष केदारप्रसाद साह सति श्रीवास्तव हरिओम गुप्ता लगायतले विरोध भाषण गरेका थिए। विरोध सभामा वितरित प्रेस विज्ञप्तिमा मधेशी नेताहरुले आपुनो निजी स्वार्थको लागि ५४ मधेशी शहीदको आत्मालाई बेचेर आफनो परिचय दिएका छन्। उपेन्द्र यादवले ५४ वीर सपूतहरुको कुरबानीलाई आफनो खुट्टाले किल्चिएर २०६४ भदौ १३ गतेको दिन मधेश आन्दोलनको मूल मांगमाथि लात मारेर २२ बुंदे सम्झौता गिरिजा सरकारसंग गरेर मधेशको लिखित रुपमा बेचिदिएका छन् । सोही दिन मधेशीहरुको लागि कालो दिन थियो। भने आज भदौ १३ गते सो पाटीले कालो दिवस मनाउंदै चार बुंदे माग पूरा गराउन सडक आन्दोलन गर्ने उल्लेख छ।

वीरगंजमा साहित्यिक कार्यक्रम

वीरगंज, १३ भदौ । शनिवार वीरगंजमा विभिन्न साहित्य कार्यक्रम हुने गरेको छ। यसै क्रममा आज बिहान गजल साहित्य मंच नेपाल र नयां नेपाल भोजपुरी साहित्य परिषदले साहित्यिक कार्यक्रम गरेको छ। आज वीरगंजको घण्टाघरमा गजल साहित्य मंचको उद्घाटन गर्दै आयोजित गजल तथा सिर्जना वाचन कार्यक्रममा विभिन्न संघसंस्थाका साहित्यकार कविहरुले आ-आफनो रचना वाचन गरेका थिए। संस्थाका अध्यक्ष लक्ष्मी शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि डा। शशिभूषण वर्णवाल अतिथिहरु समाजसेवी तथा साहित्यप्रेमी गंगाबहादुर थापा नेपाल आम संचार मंच फोमनका केन्द्रीय उपाध्यक्ष सुदर्शन राज पाण्डे पर्साका अध्यक्ष महेशचन्द्र गौतम लगायतको उपस्थिति थियो। आज बिहान नयां नेपाल भोजपुरी साहित्य परिषदले ठाराब क्याम्पस वीरगंजमा १७ औं कवि गोष्ठी अनिलकुमार यादवको अध्यक्षँतामा सम्पन्न गरेको छ। कविता वाचन गर्नेहरुमा तपसी साह कानू वीरेन्द्र साह भूपेन्द्रप्रसाद कुशवाहा मुकेशप्रसाद यादव अरुण विक्रम शाह डा। शशिभूषण वर्णवाल लगायतले पाठ गरेका थिए।

कुम्ह फल्चामा कही मेरो

भक्तपुर १० भदौ। दशबर्ष भन्दा पहिले इमेज च्यानलमा हुदाँ हुलाकी दाइको भेषमा पहिलो पटक भक्तपुर आएका निर्देशक आलोक नेम्वाङ गत हप्ता फेरी यहाँ आएका छन्। राजेश बन्सलको प्रस्तुती बन्दै गरेको कही मेरो फिल्मको सुटिङको युनिट सहित उनी भक्तपुरको कुम्ह फल्चामा शुक्रबार देखिए। माटोका भाडा बनाउने सो स्थानमा रहेका कुम्ह फल्चामा अरु बेला मानिसहरु तास खेल्थे। तर त्यस दिन सुटिङको कार्यक्रम हुदाँ तास खेल्नेहरु आएनन्। भक्तपुर नगरपालिकालाई तिर्नु पर्ने सुटिङ शुल्क पनि नेम्वाङ नतिरेको बताइन्छ। फिल्मकॊ ूतिम्रो केसमा छुलादेउन एकक्षण राम्रोसंग नबोलेको पनि भयो धेरै दिनू बोलको गीत यहाँ छायाङकन गरिएको थियो। गीतमा नायक आर्यन सिग्देल र नायिका सिाचता लुइटेलले अभिनय गरिरहेका छन्। हिला पनि आलोकलाई त्यहाँ सुटिङको लागि आएको देखेका जेष्ठ महिला रामदेवी प्रजापतिले उनी अबिवाहित भएको थाहा पाए पछि चाँडै बिवाह गर्न सुझाव दिए। नेम्वाङका दर्जर्नौ म्युजिक भिडियो भक्तपुरमा सुटिङ गरिएका छन्। तर सुटिङ लोकसेनको बारेमा भिडियोमा केही उल्लेख नगरेकोमा स्थानीय युवा प्रेम सुवालले आलोकलाई गुनासो पोखे। हिरोइनले गैडा गफ सुनेनन् भक्तपुर १३ भदौ

प्राबिधिक शिक्षामा नयाँ बिषय

काठमाडौं १३ भदौ। जलबिद्युतको धनी भनिएको नेपालमा पहिलो पटक स्नातक तहमा जलबिद्युत इन्जिनियरीङ पढाइ हुने भएको छ। यसै बर्षदेखि धुलिखेल क्याम्पसमा स्नातक तहमा मुल बिषयको रुपमा जलबिद्युत सम्बन्धि अध्ययन अध्यापन हुन लागेको हो। यस अघि यो बिषय सिभिल इन्जिनियरीङमा ऐच्छिक बिषयको रुपमा मात्र पढाइ हुने गरेको थियो। <br> पुर्वाधार बिकास देशको मेरुदण्ड हो। दश बर्षमा दश हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारी लक्ष्यलाई साकार पार्न जलबिद्युत इन्जिनियरहरुको अहम भुमिका हुन्छ। नेपालबाटै दक्ष जलबिद्युत इन्जिनियर उत्पादन गर्न यो कोस्र यसै शैक्षिक सत्रबाट सुरु गर्न लागिएको हो।<br> गत बर्षबाट सुरु भएको स्नातक तहमा नापी इन्जिनियरीङ पनि नयाँ बिषयको रुपमा नै रहेको छ। यस बिषयमा बिद्यार्थीहरुले भौगौलिक अवस्थाको सुचनाहरुको निमार्ण गर्न ज्ञान सिक्छन्। यसरी सिकेका ज्ञान जग्गा जमिन नाप्न पृथ्बीका भुसतहको अध्ययन अनुसन्धान गर्न प्रयोग हुने गरेको छ। डिजिटल नक्साको अवधारणा आइरहेको अवस्थामा यो बिषयमा सुचना प्रबिधिलाई जोड दिइएको छ। नेपाल मै पनि हाल सम्म यसरी डिजिटल नक्साको आम नागरीकको पहँुचमा छैन। तर पनि गुगल अर

हसिलो नेपाल बनाउन दन्त मेला

भक्तपुर १३ भदौ। द्वन्द्वकालमा नेपालीहरु चाहेर पनि हाँस्न सकेनन्। द्धन्द समाप्त भएको भनिए पनि नेपालीहरु हाँस्न सकेका छैनन्। द्धन्दको मानिसिकतामा गुजि्ररहेका नेपालीहरु आपुनै स्वास्थ्यको कारण हाँस्न नसको नेपाली दन्त चिकित्सहरुको दावी छ। उनीहरुका अनुसार अधिकतर नेपाली दाँत र मुख सम्बन्धि रोगहरुबाट ग्रसित भएको कारण हाँस्न नसकेको हो।<br> भोलिको हँसिलो नेपाल बनाउनको लागि भने नेपाका दन्त चिकित्सा क्षेत्रका युवाहरुले काठमाण्डौंमा भदौ १२ देखि १४ गते सम्म दन्त मेला आयोजना गरेको छ। मेलाको उद्घाटन गर्न आएका अभिनेत्री गौरी मल्लले आफु जापानमा हुदाँ दाँतको समस्याको कारण हाँस्न नसकेको अनुभव सुनाए। त्यतिबेला गिजाँमा देखिएको समस्याको बारेमा थाहा नहुदा उनले दुख पाएका थिए। ूपछि एकजना साथीले मेरो समस्या थाहा पाएर गिजाँको उपाचार गराइदिए पछि नियमित रुपमा डेन्टिस्टका गइ दाँत सफा गरेर हरेक पल हास्न सक्ने भएको छुू उनलै हँसिलो मुहारमा सभालाई सम्बोधन गरी भने।<br> करीब ५० वटा दाँत सम्बन्धि स्टलहरुमा बसुन्धारामा आयोजना गरिएको मेलाम बिद्यार्थीहरुको बाक्लो जमघट थियो। स्कुलका बिद्यार्थीहरु दाँतको ब्रस कसरी ग