Skip to main content

हसिलो नेपाल बनाउन दन्त मेला

भक्तपुर १३ भदौ। द्वन्द्वकालमा नेपालीहरु चाहेर पनि हाँस्न सकेनन्।
द्धन्द समाप्त भएको भनिए पनि नेपालीहरु हाँस्न सकेका छैनन्। द्धन्दको
मानिसिकतामा गुजि्ररहेका नेपालीहरु आपुनै स्वास्थ्यको कारण हाँस्न नसको
नेपाली दन्त चिकित्सहरुको दावी छ। उनीहरुका अनुसार अधिकतर नेपाली दाँत र
मुख सम्बन्धि रोगहरुबाट ग्रसित भएको कारण हाँस्न नसकेको हो।

भोलिको हँसिलो नेपाल बनाउनको लागि भने नेपाका दन्त चिकित्सा क्षेत्रका
युवाहरुले काठमाण्डौंमा भदौ १२ देखि १४ गते सम्म दन्त मेला आयोजना गरेको
छ। मेलाको उद्घाटन गर्न आएका अभिनेत्री गौरी मल्लले आफु जापानमा हुदाँ
दाँतको समस्याको कारण हाँस्न नसकेको अनुभव सुनाए। त्यतिबेला गिजाँमा
देखिएको समस्याको बारेमा थाहा नहुदा उनले दुख पाएका थिए। ूपछि एकजना
साथीले मेरो समस्या थाहा पाएर गिजाँको उपाचार गराइदिए पछि नियमित रुपमा
डेन्टिस्टका गइ दाँत सफा गरेर हरेक पल हास्न सक्ने भएको छुू उनलै हँसिलो
मुहारमा सभालाई सम्बोधन गरी भने।

करीब ५० वटा दाँत सम्बन्धि स्टलहरुमा बसुन्धारामा आयोजना गरिएको मेलाम
बिद्यार्थीहरुको बाक्लो जमघट थियो। स्कुलका बिद्यार्थीहरु दाँतको ब्रस
कसरी गर्ने भनेर सिक्नमा तल्लिन रहेका थिए। दाँतका मोडेलमा ब्रस राखेर
प्रर्दशकले मस्र्याङदी स्कुल म्शेपीका बिद्यार्थीहरुलाई ूतिमीहरुले
पे_िन्सल समाते जस्तै गरी ब्रस हातमा लिनु पर्छ हातको ब्रसले बिस्तारै
तलमाथि गर्दै दातको सबै भाग यसरी सफा गर्नु पर्दछू भनेर दाँत माँझ्न
तरिका सिकाए।

प्रदर्शकहरुका अनुसार बजारमा तीन किसिमका ब्रसहरु हुन्छन्। कडा मध्यम र
नरम कच्ची भएका ब्रस मध्ये नरम ब्रस नै दाँतको स्वास्थ्यको लागि प्रयोग
गुर्नु पर्ने उनीहरुले भने। बजारमा फ्लोराइड भएको र नभएको दुई थरी
बिभिन्न ब्राण्डका दुथपेष्टहरु पनि मेलामा प्रदर्शनको लािग राखिएको थियो।
फ्लोराइड युक्त पेष्टले दाँत लाग्ने सक्ने ब्याक्टेरिया नास गर्दछ। यसबाट
दाँत बिगि्रन पाउदैन।

मेलामा दन्त बिज्ञानका प्रयोगशालामा प्रयोग हुने सामाग्रीहरु समेत
प्रर्दशन गरिएको थियो। दन्त चिकित्कहरुले प्रयोग साना र मसिना औजारहरु
समेत दर्शहरुले अवलोकन गर्न पाए। दन्तरोगमा प्रयोग हुने आषधिको जानकारी
पनि आगन्तुकहरुलाई गराइएको थियो।

दाँतमा किरा लाग्ने समस्याका बारेमा ब्याच्लर अफ डेन्टल साइन्सका
बिद्यार्थी रोजिना त्वानाबासुले जानकारी गराए। दाँतमा ब्याक्टेरियाको
कारण संकक्रम भइ किरा लाग्ने समस्या हुन्छ। यसले सुरुमा दाँतको बाहिरी
भाग इनामेल र पछि भित्रि भागहरु डेन्टिन पल्प र जरामो समेत आक्रमण गर्दा
दाँत कुहिने झर्ने गर्दछ। यी समस्याको उपाचारको लागि दाँतमा सिमेन्ट
भर्ने बिधिलाई प्राबिधिक भाषामा रुट क्यानल टि्रटमेन्ट अर्थात आरसीटी
भनिन्छ।

नेपालीहरु हाँस्न नसकेको कुरा त्यहाँ संकलन गरी राखेको बिश्वका
मानिसहरुको मुखचित्र छर्लङ भएको छ। मुस्कुराइरहेका मानिसहरुको ती
फोटोहरुमा कोही पनि नेपाली थिएनन्। त्यहाँ एक जना मात्र नेपाली अर्थात
हारेर पनि नेपालका नपुसंक प्रधानमन्त्री बनेका माधब कुमार नेपालको हाँस्न
खोजे पनि दाँत खोल्न नसकेको मुखचित्र प्रदर्शन गरिएको थियो।

दाँतको सुरक्षाको लागि गुलियो पदार्थ खाए पछि मुख कुल्ला गर्नु पर्दछ।
बालालिकाहरुमा औंला तोक्ने बानी रोक्न परम्परारुपमा दिइने ललीपपले दाँतमा
ब्याक्टेरिया फैलने खतरा हुन्छ। यसको बिकल्पको रुपमा बाल दन्तचिकित्साको
कक्षमा बुढी औंला छोप्ने पाजाको थम्ब गार्डको प्रर्दशन गरिएको छ। थम्ब
गार्ड औंलाको तुलनामा साह्रो हुने भएकोले बालबालिकाहरुले औंला चुस्न
छोड्छन्।

माछा भ्यागुता बिरालो कुकुरआदि जीबजन्तुका दाँतका नमुनाहरु प्रदर्शनीमा
राखिएको थियो। धेरैले यी दन्तहरुको अभिरुचिपुर्बक अवलोकन गरे। परम्परागत
रुपमा दाँतको उपाचार गर्न शिवजीको पुजा गर्नु पर्ने मान्यता अन्धबिश्वास
रहेकाले दन्त चिकित्सक कै सेवा लिनु पर्ने प्रदर्शकहरुको मत छ। दाँतको
उपाचारबाट बिगतमा समस्या भोगेका मानिसहरुको कुरुप तस्बिरहरु देखेर मेलामा
आएका बिद्यार्थीहरुले नियमित रुपमा दन्त चिकित्सकको राय र सल्लाह लिएमा
दन्तरोग नलाग्ने कुराको हेक्का राख्नु पर्ने सुझाब दिए।

मुख नै सबैरोगको प्रबेशद्धार हो। खानाको माध्यमबाट सर्ने रोगका किटाणुहरु
सबैभन्दा पहिले यही नै प्रबेश गर्ने भएकोले दाँतमै धेरै समस्या देख्ने
गरेको छ। तर हसिलो नेपाल बनाउन यस क्षेत्रमा कम मात्र सरकारी दरबन्दी
रहेको छ। सरकारले दन्त स्वास्थ्यकर्मीको संख्या बढाएमा अन्य रोगका बिरामी
कम हुने देखिएको छ। स्वस्थ दाँत भएका नेपालीले मात्र मधुर मुस्कन छर्न
सक्छन्। सबै नेपालीको मुहार हसिलो बनाउन बर्षमा कम्तीमा दुइ पटक दन्त
चिकित्सकलाई दाँत देखाउनु पर्दछ।

शिक्षाको अवसर

दन्त चिकित्सा क्षेत्रमा धेरै अवसर छन्। हाल नेपालमा एसएलसी पछि नै तीन
बर्षे डिप्लोमा तहको दन्त स्वास्थ्य बिषयको अध्ययन गराउन सिटिइभिटी
अन्र्तगतका तालिम केन्द्रहरु खुलेका छन्। त्यसै गरी चार बर्षे ब्याचलर अफ
डेन्टिस्ट्रीको पनि अध्यापन पनि नेपाल मै हुदै आएको छ। दन्त चिकित्सामा
सम्बन्धि सरकारी नितीको अभावमा हाल यी बिषयमा अध्ययन गरेकाले सरकारी सेवा
नपाए पनि निजी क्षेत्रमा भने प्रशस्त रोजगारीको सम्भावना छ।-रविन राचलिका
हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।