Skip to main content

Posts

Showing posts from January 3, 2010

प्रमं नेपालको मोबाइलबाट सम्बोधन

वीरगंज, १९ पुस । दुइ दिने राष्ट्रिय नागरिक सम्मेलन वीरगंजमा सुरु भएको छ। आज नेपाल नागरिक समाज पर्साद्वारा दुइ दिने राष्ट्रिय नागरिक सम्मेलनको वीरगंज उद्योग वाणिज्य संघमा उद्घाटन गर्ने कार्यक्रम प्रधानमन्त्री माधवकुमार नेपालले गर्नेभए पनि मनसुन प्रतिकूलताका कारण आउन नसकेपछि प्रमले मोबाइलबाट सम्मेलनलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री माधवकुमार नेपालले सम्मेलनमा पठाउनुभएको सन्देशमा दलहरु आपसमा नमिलेर समयमा नै संविधान नबन्ने हो कि भन्ने आशंकालाई व्यवहारबाट मेटाउनु सक्नु पर्दछ उल्लेख छ। माओवादीले एकतर्फी रुपमा गणराज्यको घोषणा गर्दै हिंडेको छ भन्दै उसले सत्ताकब्जाको नीति अघि सारेको उल्लेख छ।

अन्सारी पक्राउ परेपछि जाली नोटका तस्करहरुवीच खैलबैला

१९ पुस, वीरगंज । भारतिय जाली नोटको कारोबारमा संलग्न राष्ट्रिय जनता दलका अध्यक्ष यूनिस अन्सारी काठमाडौंमा पक्राउ परेको समाचारसंगै मध्य तराईको बारा, पर्सा र रौतहट जिल्लाका जालि नोटको कारोबारीहरु विच ठुलो हलचल मच्चिएको छ । जाली नोट कारोवारीमा अन्तराष्ट्रिय गिरोहका प्रमुख नाईके समेत कहलिएका युनुस पुर्व मन्त्रि सलिम मियाँ अन्सारीका छोरा हुन् । अन्सारी २० लाख भन्दा बढी नक्कली भारतिय रुपैयाँ सहित शनिबार राजधानिमा पक्राउ परेपछि मध्य तराई क्षेत्रमा जाली नोटको सञ्जाल फैलाउने सो गिरोहका सदस्यहरुवीच अहिले खैला बैला मच्चिएको छ । प्रहरीले विगतमा जालीनोटको कारोबारमा संलग्न भएको आरोपमा वीरगंजको गहवाबाट साजिद अन्सारी सहितको गिरोहलाई पक्राउ गरेपछि यस धन्दामा पुर्व मंत्रि सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीको संलग्नता रहेको आशंका गरीए पनि प्रमाण नभेटिएको कारण पक्राउ गर्न नसकिरहेको अवस्थामा २० लाख भन्दा बढी भारतिय जालि नोट सहित अंसारी पक्राउ परेपछि अव सो कारोबारमा संलग्न सञ्जालको पर्दाफास हुने दाबी पर्सा प्रहरीले गरेको छ । युनिसको पक्राउपछि उनको कारोवारलाई सघाउंदै आएकाहरुले समातिने डरले भ

चिसो सिरेटोका कारण आईतबार ४ जनाको ज्यान गयो

वीरगंज १९ पुस । विगत केही दिनदेखि बाक्लो हुस्सोसंग चलेको चिसो सिरेटोका कारण मध्य तथा पूर्वी तराईमा जाडोले कठ्यांग्रीएर आईतबार ४ जनाको ज्यान गएको छ । चिसोका कारण कठ्यांगि्रएर बाराको गञ्जभवानीपुर-२ की ४८ वषिर्या फुलमती देवी वीरगंज-१८ का ६० वषिर्य जयसिंह राउत रहेका छन् । बाक्लो हुस्सोसंगै चलेको चिसो शितलहरले मध्य तराईको बारा, पर्सा र रौतहटमा कोल्ड डायरिया, निमुनिया, रुघाखोकी, दमलगायतका रोगबाट ग्रसित विरामीहरुको अस्पतालमा भिड लागेको छ । चिसोका कारण वृद्धवृद्धा र बालबालिकाहरु बढी प्रभावित भएका छन भने बजारमा सर्वसाधरणको चहल पहल निक्कै कम भएको छ । चिसो बढेका कारण बीरगन्जका शिक्षणस्ंथाहरुमा पनि विधार्थीहरुको उपस्थिती न्यून रहेको छ भने दैनिक मजदुरी गरेर गुजारा चलाउने रिक्सा, ठेला चालकहरुलाइ निक्कै अप्ठयारो परेको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएका कारण सडकमा गुड्ने सार्वजनिक सवारीसाधन पनि पातलीएका छन् । त्यस्तै विगत चार दिन देखि लागेको बाक्लो हुस्सुका कारण बाराको सिमरा विमानस्थलमा हवाइ उडान पनि प्रभावित भएको छ । विमान अवतरणका लागि १२ फिट माथि आकाशबाट धावन मार्ग देखिनुपर

सार्वजनिक जग्गा व्यक्तिको नाममा

दिनेश यादव, रौतहट १९ पुस । देवाही गाविसमा स्थित दलितहरुले बसोवास गरि रहेका जग्गा व्यtmिको नाममा रजिष्टेशन भएको कारण दलित समुदाय अलपत्रमा परेका छन्। सो गाविसका वाड न ९ मा किता नम्बर ४९ र ५० मा रहेका ४ विग्ाहा १० धुर जग्गामा दलितहरु बसोबास गर्दै आएका थिए। उtm जग्गा ऐलानी भएकोले दलितहरुलाइ बसोवास गर्न गाउलेहरु भने पछि दलित बस्ति कायम भएको कुरा समाजसेवी पुनित प्रसाद कुर्मीले बताएका छन्। जिल्ला मालपोत कार्यालय गौरबाट सो जग्गा व्यtmिको नाममा भएको भनी सो गाउंका एक महाजनले जग्गा खाली गर्न भने पछि दलितहरु अलपत्रमा परेका हुन्। सार्वजनिक जग्गालाइ व्यtmिको नाउमा गराउनेलाइ कारवाही गर्न दलितहरुले सम्बन्धित निकायमा उजुरी दिएका छन्। यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी डा कमलेश्वर कुमार सिन्हासग सम्पर्क गर्दा थाहा नभएको बताउनु भयो। जिल्ला मालपोत कार्यालय रौतहटमा सर्म्पर्क गर्दा व्यtmिको नाउमा रजिष्टेशन नभएको बताइएको छ।

पत्निमाथि आगजनी गरेको आरोपमा एकजना पक्राउ

वीरगंज, १९ पुस । आफनै पत्नीमाथि आगजनी गराएको आरोपमा प्रहरीले एक व्यक्तिलाइ पक्राउ गरेको छ। गए राति १०ः३० बजे सर्लाहीको हरपूर्वा-६ निवासी नविन साहको २२ वर्षीया पत्नी किरण देवी आगोमा जलेर गम्भीर घाइते भएपछि उनको जनकपुर अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले नविनलाइ पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

आगलागीमा गाइ जल्यो

वीरगंज, १९ पुस । पर्साको अलौ गाविस वडा नं.-२ निवासी बैद्यनाथ उपाध्यायको गोठमा आगलागी हुंदा करिब ९० हजारको धनमाल नष्ट भएको छ। गए राति २ः४५ बजे लामखुट्टे धपाउन बालेको धुरबाट आगलागी हुंदा १ वटा गाइ पनि जलेर नष्ट भएको र प्रहरी, स्थानीय जनता र बारुणयन्त्रको सक्रितामा राति ३ः१० बजे नियन्त्रणमा लिइएको प्राप्त जानकारीमा उल्लेख छ।

अवरुद्ध राजमार्ग सुचारु

वीरगंज, १९ पुस । चितवन, भरतपुरको पारस बसपार्क व्यवस्थित गर्नुपर्ने मांग राख्दै स्थानीय क्लबका युवाहरुले अवरुद्ध गरेको पूर्व-पश्चिम राजमार्ग सुचारु भएको छ। आज मध्यान्ह १२ः२५ बजेदेखि अवरुद्ध रहेको सडक प्रहरीले सामान्य बल गरी सुचारु गराएको हो। टोल बिकास संस्था समन्वय समिति-९ भरतपुर, युवा समाजले बसपार्कको सरसफाइ, इन्ट्री लगायतको मांग राखी सो चक्काजाम गरेका हुन्।

दूरसंचारका सुपरभाइजर कुटिए

मकवानपुर, १९ पुस । दूरसंचारका सुपरभाइजरलाई कुटपिट गरेको आरोपमा एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। गए राति ८ बजे हेटौडा-१० स्थित ओभरसिज होटलमा अज्ञात व्यक्तिको कुटाइबाट दुर्गा ढुंगाना र रामहरी तिमल्सिना घाइते भएका हुन्। प्रहरीले कुटपिट गरेको आरोपमा याकु श्रेष्ठलाइ पक्राउ गरेको छ। र्घाईते रामहरी तिमल्सिनाको उपचार भरतपुरमा भइरहेको छ।

महायज्ञको भव्य समापन

-बिजय तिमलसिना, हेटौडा, १९ पुस/ स्थानिय ज्योति निम्न माध्यमिक बिद्यालय र ओम वृद्धाश्रमको सहयोगार्थ चौकिटोलमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको शनिवार भव्य समापन गरिएको छ। पांच करोड संकलन लक्ष्यसहित संचालित महायज्ञ अवधिभर तीनकरोडभन्दा बढी रकम संकलन भएको महायज्ञ आयोजक मूल समितिले जानकारी दिएको छ। हामीले पांच करोड संकलन लक्ष्य लिएकोमा तीनकरोडभन्दा बढी रकम जम्मा गर्‍यौ।, महायज्ञ आयोजक मूल समितिका उपाध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो ँहामी सामाजिक, सांस्कृतिक र धार्मिक एकताको सन्देश दिन सफल बनेका छौ' उहांले थप्नुभयो। महायज्ञ समापनको क्रममा प्रमुख वाचक पण्डित दीनबन्धु पोखरेललाई हात्तिमा चढाइ नगरपरिक्रमा गराइएको थियो। महायज्ञ मूल आयोजक समितिका अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षता तथा वाचक पोखरेलको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। समापन कार्यक्रममा बोल्दै प्रजिअ पौडेले धार्मिक कार्यमार्फ सामाजिक उत्थानका े प्रयास गरिएकोमा सह्राहना गर्नुभयो। महायज्ञले लिएको लक्ष्य पुरा भएको भन्दै आयोजक समिति अध्यक्ष समित

धान चोरेको आरोपमा कुटपिट हुंदा १ वर्षीया बालिकाको मृत्यु

वीरगंज, १९ पुस । धान चोरेको आरोपमा छिमेकीको कुटाइबाट एक बालिकाको मृत्यु भएको छ। गए राति १ बजे बारा बबुआइन-८ निवासी बासुदेव यादवको घरमा धान चोरेको आरोपमा सोही ठाउं बस्ने मुसाफिर यादव र उनकी १ वर्षीया बालिकालाई बासुदेव लगायत अन्य चारपांच जनाले आज बिहान १० बजे कुटपिट गरेका थिए। कुटपिटबाट मुसाफिर यादव र उनकी छोरी प्रतिमा कुमारी घाइते भएपछि उपचारको क्रममा बालिकाको कलैया अस्पतालमा मृत्यु भएको हो। कुटपिट गर्ने फरार छन्।

गाउँ गाउँमा सहकारी र घरघरमा रोजगारीको नारालाई महिलाहरुले आत्मसाथ गरे

ज्ञानेन्द्र शर्मा/लिवाङ, रोल्पा १९ पुष। गरेपछ के संम्भव हुदैन र भन्ने कुराको पुष्टी गरका छन् सिर्जनशिल कृषि महिला सहकारी सस्था लिवाङ रोल्पाका महिलाहरुले। उनीहरुले गाउँ गाउँमा सहकारी घरघरमा रोजगारीको नारालाई र्सार्थक पार्न सफल भएका छन्। यस सहकारीबाट ३ जनाले दैनिक रोजगारी पाएका छन्। आफुहरु संग भएको सानो पुजीँलाई आधार बनाई बिभिन्न संघ सस्थाहरुको सहयोगमा सहकारी खोली मध्य पश्चिमाञ्चल बिकास क्षेत्रमै उत्कृष्ट काम गरेबापत पुरस्कृत हुन सफल भएका छन्। नेपाल जस्तो अबिकसित देशका शिक्षाको उज्यालोबाट बञ्चित भएका ग्रामिण भेगका महिलाहरु सधै चुलो चौकोमा जीवन अर्पण गर्न बाध्य भएकाहरुलाई चुनौति दिएका छन् श्रृजनशिल कृषि महिला सहकारी सस्थाका महिलाहरुले। सुरुमा ३६ हजार लगानी गरी समुहमा काम थालेका उनीहरुले गत बर्ष२०६५ साल बैशाख २ गते सहकारी दर्ता गरी परिश्रम र मेहनतको बावजुद २० लाख भन्दा बढी आर्थिक लगानी गर्न सफल भएका छन्। अहिले यस सहकारी सस्थाले कुखुरा पालन, मकै उत्पादन, सिचार्ँइ कार्यक्रम, गाविस स्तरिय नेतृत्व बिकास तालिम, सामुहिक तरकारी खेती, सहकारी पसल, प|mेस हाउस, प्लास्टिक पोखरी निमार्ण्र्ाानर्सरी

पुनः संचालनमा आउंदैछन बाईपासका रेष्टुरेन्ट

-चन्दन रौनियार वीरगंज, १९ पुस। व्यवसाय तथा मेहनत गरेर खान पाउनु सबैको अधिकार हो। यहि अधिकारलाइ प्रयोग गर्दै मानवसमाज अगाडि बढिरहेको छ। तर कतिपय व्यक्तिले यो अधिकारलाई लतयाउदै वा भनौं दुरुपयोग गर्दै अनैतिक कामहरु पनि गर्दै आएका छन्। त्यस्ता अनैतिक काम गर्ने थलोको रुपमा अवैधानिक तरिकाबाट संचालन हुने रेष्टुरेन्टहरुलाई लिन सकिन्छ। वीरगंजको वाईपास क्षेत्रमा संचालन हुंदै आएका रेष्टुरेन्टहरुले समाजमा विकृति फैलाउने, अश्शिल प्रदर्शन गर्ने तथा अपराधिक क्रियाकलापको बढावामा सहयोग गर्ने कुरामा दर्ुइमत छैन। किनभने वीरगंज लगभगका क्षेत्रमा घट्दै आएको घटनाको योजनाहरु त्यस्ता-त्यस्ता ठाउंमा नै बन्ने गरेको कुरा स्वतः प्रमाणित समेत भएको छ। यस्तै अश्लिलता, अपराध, विकृति जस्ता सामाजिक विकृति फैलिएको भन्दै एकपल्ट नगवाबासी जुरमुराएका थिए। नगवाबासीको त्यस्तो जुरमुराहटले अन्ततः नगवा वरपरका रेष्टुरेन्टलाई पूर्णत बन्द नै गराएका थिए। नगरवासीको यो रेष्टुरेन्ट बन्द गराउने कदम निकै नै सराहनीय रहेको थियो। हाल आएर नगरवासीले बन्द गराएका र बन्द गराउन छुटेका रेष्टुरेन्टहरु मध्य केहि रेष्टुरेन्ट संचालनमा आउन थालेका छन्।