Skip to main content

महायज्ञको भव्य समापन

-बिजय तिमलसिना, हेटौडा, १९ पुस/ स्थानिय ज्योति निम्न माध्यमिक बिद्यालय
र ओम वृद्धाश्रमको सहयोगार्थ चौकिटोलमा आयोजित श्रीमद्भागवत् सप्ताह
ज्ञान महायज्ञको शनिवार भव्य समापन गरिएको छ।
पांच करोड संकलन लक्ष्यसहित संचालित महायज्ञ अवधिभर तीनकरोडभन्दा बढी
रकम संकलन भएको महायज्ञ आयोजक मूल समितिले जानकारी दिएको छ। हामीले पांच
करोड संकलन लक्ष्य लिएकोमा तीनकरोडभन्दा बढी रकम जम्मा गर्‍यौ।, महायज्ञ
आयोजक मूल समितिका उपाध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो ँहामी
सामाजिक, सांस्कृतिक र धार्मिक एकताको सन्देश दिन सफल बनेका छौ' उहांले
थप्नुभयो।
महायज्ञ समापनको क्रममा प्रमुख वाचक पण्डित दीनबन्धु पोखरेललाई
हात्तिमा चढाइ नगरपरिक्रमा गराइएको थियो। महायज्ञ मूल आयोजक समितिका
अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षता तथा वाचक पोखरेलको प्रमुख
आतिथ्यता र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलको आतिथ्यतामा
कार्यक्रम सम्पन्न भएको थियो। समापन कार्यक्रममा बोल्दै प्रजिअ पौडेले
धार्मिक कार्यमार्फ सामाजिक उत्थानका े प्रयास गरिएकोमा सह्राहना
गर्नुभयो।
महायज्ञले लिएको लक्ष्य पुरा भएको भन्दै आयोजक समिति अध्यक्ष समितिका
अध्यक्ष अरुणराज सुमार्गीले महायज्ञबाट सामाजिक, सांस्कृतिक र धार्मिक
उत्थानमा टेवा पुगेको बताउनुभयो। महायज्ञ समापनसंगै वाचक पोखरेल शनिवारै
काठमाडौ प्रस्थान गर्नुभएको छ।
सात दिनसम्म चलेको महायज्ञमा पांच हजार भक्तजन अटाउन सक्ने क्षमताको
पण्डाल व्यबस्था गरिएको थियो। मञ्च र स्टेज निर्माणमा आयोजकको जांगरको
वाचक पोखरेलले खुलेरै प्रशंसा गर्नुभयो।
महायज्ञस्थलमा गंगा सुवेदीको नेतृत्वमा रहेको महिला टोलिले गृहिणीहरुलाई
साक्षर बन्न आव्हान गर्दै १० हजार पम्प्लेट वितरण गरेको थियो।
महायज्ञको अन्तिम दिन ५० लाख बढी रकम संकलन भएको आयोजकले जनाएको छ।
वाचक पोखरेलले आफूले पाउने पारिश्रमिकबाट १५ हजार ११ रुपियां महायज्ञलाई
दान गर्नुभएको छ। अन्तिम दिन रामजी दाहालले आफ्नी श्रीमतीको छैठौ पूण्य
तिथिको अवसरमा १५ हजार एकसय ११ रुपियां दान गर्नुभएको छ। महायज्ञको
अन्तिम दिन ७३ जनाको सामुहिक व्रतबन्ध गरिएको जानकारी आयोजकले दिएको छ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।