Skip to main content

Posts

Showing posts from September 16, 2009

इमान्दारिताको खडेरीमा प्रतिलिपी अधिकार

हेटौडा ३१ भदौ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्टले इमान्दारिताको खडेरी परेपछि प्रतिलिपि अधिकारको कुरा उठेकोमा बताएका छन्। आज हेटौडामा ँप्रतिलिपी अधिकार संरक्षँणको आवश्यकता कानून कार्यान्वयनका जटिलता र सरोकारवालाहरुको दायित्व विषयक एक दिवसीय क्षेत्रीय गोष्ठीमा उनले सो कुरा बताएका हुन्। संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले प्रतिलिपी अधिकार देशले स्वीकार गरीसकेको विकसित हुँदै गइरहेको नीति हो भन्नुभयो। कार्यक्रममा विभिन्न क्षेत्रबाट कार्यपत्र प्रस्तुत गरिएको थियो। नारायणी अंचलको बारा पर्सा रौतहट मकवानपुर र चितवनका पत्रकार साहित्यकार प्रहरी निकाय लगायतको उपस्थिति थियो।

बिहीवार र शुक्रवार बाबा विश्वकर्माको पूजाआजा

वीरगंज ३१ भदौ। विशेषगरी तराइमा मनाइने विश्वकर्मा पूजा बिहीवार र शुक्रवार परेको छ। फलाम धातु कलकारखाना अफसेट कलपूर्जामा आबद्ध रहेका कर्मचारीहरुले धूमधामका साथ बाबा विश्वकर्माको पूजाआजा गरी मनाउँछन्। वीरगंजमा भने विश्वकर्मा पूजाको छुट्टै रौनक देख्न पाइन्छ। सो दिन बाबा विश्वकर्माको मूर्ति तथा तस्बिर राखी विभिन्न सजावट गरी दुइ दिनसम्म हर्षोल्लासपूर्वक मनाइने गरिन्छ। सोही अवसरमा वीरगंजमा बेच्न राखिएको सजावटको सरसामानहरुमा पनि चर्को मूल्य वृद्धि भएको छ।

सुमधुर औद्योगिक सम्बन्ध कायम गरिने

वीरगंज ३१ भदौ । वीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त तत्वावधानमा औद्योगिक सम्बन्ध र निजी क्षेत्रका उद्योग प्रतिष्ठानको अवस्था विषयक अध्ययन सर्वेक्षण छलफल कार्यक्रम संघका अध्यक्ष ओमप्रकाश सिकरियाको अध्यक्षतामा संघकै कार्यकक्षमा सम्पन्न भयो। सो अवसरमा अध्यक्ष सिकरियाले उद्योग प्रतिष्ठानको वर्तमान अवस्था र औद्योगिक सम्बन्ध सुदृढ भए मात्र औद्योगिकीकरणका प्रयासले सार्थकता पाउने बताए। श्रम क्षेत्रका समस्या न्यूनीकरणको लागि देशभरिको श्रम सम्बन्धी तथ्यांक संकलनको काम नेउवामहासंघले थालनी गरेको छ । यो काम अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा भइरहेको छ । तथ्यांक संकलनको उपादेयता सम्बन्धमा नेउवामहासंघका हंसराम पाण्डेयले प्रकाश पारेका थिए। कार्यक्रममा संघका नि। अध्यक्ष गणेश लाठ महासचिव गोपाल केडिया सचिवद्वय दीपक टिबडेवाल र पिताम्बर मुन्का लगायत वीरगंज-पथलैया कोरिडोरका प्रमुख उद्योगहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन संघका उपाध्यक्ष अशोक बैधले गर्नुभएको थियो भने कार्यक्रम संचालन मनोज उपाध्यायले गरेका थिए।

ुराष्ट्रपतिको असंवैधानिक कदम नसच्चाए मुलुकमा ठूलो दुर्घटना

काठमाडौं ३१ भदौ। एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधवकुमार नेपाल नेतृत्वको सरकार नहटेसम्म नागरिक सर्वोच्चता स्थापित हुन नसक्ने बताएका छन्। बुधबार रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले माओवादी आपुनै पार्टीको नेतृत्वमा सरकार बनाउने पक्षमा रहेको दाबी गरे। ुहाम्रो आन्दोलनको मुख्य लक्ष्य आपुनै नेतृत्वको राष्ट्रिय सरकार बनाउने होु कांग्रेस नेतृ सुजाता कोइरालाको नेतृत्वमा सरकार बनाउने योजना भइरहेको छ नि भन्ने प्रश्नमा उनले भने ुकांग्रेस नेतृत्वको सरकार बनाउने कुरा गलत हो हामीले अन्य विकल्पको कल्पना समेत गरेका छैनौं।ु उनले राष्ट्रपतिको असंवैधानिक कदम नसच्चाए मुलुकमा ठूलो दुर्घटना हुने बताए। श्रेष्ठले नागरिक सर्वोच्चता स्थापनाका निम्ति प्रमुख दलहरुले पहल नगरे जनआन्दोलनले नै माधव नेपाललार्य बर्खास्त गर्ने दाबी पनि गरे। अब राष्ट्रपतिको असंवैधानिक कदम नसच्चाई र नागरिक सर्वोच्चता स्थापित नगरी संसद् चलाउनुको कुनै अर्थ छैनु उनले भने ुसंसदको अवरोध माओवादीले होइन वर्तमान सरकार र प्रमुख दुई पार्टी कांग्रेस-एमालेले गरेका हुन्।ु रिपोर्टस्र क्लबका अध्यक्ष

चीनमा खुटा भएको साप

वीरगंज ३१ भदौ । चीनकी एक ६६ वर्षीया महिला दुआनले आफनो घरमा भित्तामा खुटा भएको साप चढिरहेको देखेपछि अचम्म भएकी छन्। टेलिग्राफ डट को डट युकेको अनुसार महिलाले भनिन् मैले राति केही आवाज सुनेर उठेपछि बत्ती बालेर हेरे एउटा ठूलो साप पर्खालमा चढिरहेको छ। दुआनले भनिन त्यसलाइ हेरेर म धेरै डराए र जुत्ता प्रहार गरे र त्यसलाइ रक्सीको बोटलमा बन्द गरे। १६ इन्च लामो र औला जत्रो चौडाइ भएको सो साप चाइनाको लाइफ साइन्स डिपार्टमेन्टलमा परीक्षँणको लागि राखिएको छ। जानकारहरुका अनुसार म्यूटेशनको कारण या जिनीय गडबडीका कारण पनि यस्तो भएको हो तर सत्य के हो त्यो सबैको सामू आउन बांकी नै छ।

राष्ट्र विषम परिस्थितिमा

वीरगंज, ३१ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रवक्ता अर्जुन नर िसंह केसीले राष्ट्र विषम परिस्थितिमा रहेको दाबी गरेका छन्। आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षँमा नेपाल प्रेस युनियन पर्साको विशेष अधिवेशनको उद्घाटन गर्दै उनले प्रजातान्त्रिकवादी पत्रकारहरुले जनता र पार्टीको गतिविधि सम्प्रेषण गर्ने हुंदा उनीहरुको मनोबल बढाउनुपर्ने कुरामा जोड दिएका थिए। नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपालले प्रेस र अभिव्यक्ति स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिए। पूर्व मन्त्री डिना उपाध्यायले नेपाललाई क्षतविक्षँत गर्नेहरुको होडबाजी चलेको आरोप लगाइन्। प्रेस युनियनका केन्द्रीय अध्यक्ष समिरजंग शाहले वर्तमान सरकारका संचारमन्त्रीको नियतप्रति आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याए।

माओवादी पर्साको दुइ दिने बैठक

वीरगंज ३१ भदौ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी पर्सा जिल्ला संगठन समितिको दुइ दिने बैठक मंगलवारदेखि स्थानीय गोपाल मण्डलीमा सुरु भएको छ। १५१ जना सदस्य रहेको जिल्ला संगठन समितिको बैठकको अध्यक्षता एनेकपा माओवादी पर्साका इन्चार्ज छत्रबहादुर श्रेष्ठ ँअनिल ले र बैठक संचालन सेक्रेटरी विनोद काफ्लेले गर्नुभएको थियो। सो बैठकका प्रमुख अतिथि एनेकपा माओवादी पोलिटब्युरो सदस्य एवं मधेश राज्य समितिका इन्चार्ज भीमप्रसाद गौतमले पार्टीको आवश्यक निर्देशन दिनुहुँदै पर्साको नेतृत्वमा कमी कमजोरी छ सुधि्रने मौका दिइन्छ नसुधि्रए पार्टी कारबाही हुन्छ। संसारभरिका प्रतिकि्रयावादी एक भएर नेपाली क्रान्तिकारी माओवादीलाई सिन्ध्याउन चाहन्छन् तर इमान्दार कम्युनिष्ट नैतिकताका कारण कहिल्यै हामी सिद्धिदैनौं भन्नुभएको थियो। उहाँले मधेशी समस्याको हल गर्न सक्ने एक मात्र पार्टी एनेकपा माओवादी नै हो पद र पैसाका लागि मरिहत्ते गर्नेहरु इमान्दार कम्युनिष्ट बन्न सक्दैनन् माओवादी नेता कार्यकर्ता नेपाली जनताको आँखाको नानी बन्न सक्नु पर्दछ भन्नुभएको थियो। भोजपुरा राज्य समितिका इन्चार्ज अंजना विशंखेले मधेशलाई क्रान्तिकारी