वीरगंज, ३१ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रवक्ता अर्जुन नर िसंह केसीले राष्ट्र विषम परिस्थितिमा रहेको दाबी गरेका छन्।
आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षँमा नेपाल प्रेस युनियन पर्साको विशेष अधिवेशनको उद्घाटन गर्दै उनले प्रजातान्त्रिकवादी पत्रकारहरुले जनता र पार्टीको गतिविधि सम्प्रेषण गर्ने हुंदा उनीहरुको मनोबल बढाउनुपर्ने कुरामा जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपालले प्रेस र अभिव्यक्ति स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिए।
पूर्व मन्त्री डिना उपाध्यायले नेपाललाई क्षतविक्षँत गर्नेहरुको होडबाजी चलेको आरोप लगाइन्।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष समिरजंग शाहले वर्तमान सरकारका संचारमन्त्रीको नियतप्रति आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याए।
Comments
Post a Comment