Skip to main content

Posts

Showing posts from August 27, 2009

तीन कन्टेनर छाला पक्राउ

वीरगंज ११ भदौ । भारत निकासी गर्न प्रतिबन्धित छाला ३ कन्टेर सुख्खा बन्दरगाह भन्सारले पक्राउ गरेको छ। आज बिहान पक्राउ गरेको सो तीनवटा कन्टेनरमा मासु भनि छाला लुकाइ भारत निर्यात गर्न लागिएको हो। काठमाडौं एयरपोर्ट भन्सार कार्यालयले चेकजांच गरी सिलबन्दी छाप लगाई निर्यात योग्य बनाइ पठाएको सो कन्टेनरमा छाला रहेको एक व्यापारीले लिखित उजुरी गरेपछि बन्दरगाह भन्सारले बाध्य भइ निर्यातमा रोक लगाएको हो।

नेपाल बैंक लिमिटेडको काम ठप्प

वीरगंज ११ भदौ । नेपाल बैंक लिमिटेड सिटी अफिसका निमित्त व्यवस्थापक रामहरि मूलको सरुवाको मांग गर्दै आज कर्मचारीले बैंकको कारोबार ठप्प पारेका छन्। आज बिहानैदेखि कर्मचारीले बैंकको कारोबार ठप्प पारेपछि सर्वसाधारण मर्कामा परेका हुन्। मूलले जेनेरेटरको नाममा कमिशन खानुको साथै विभिन्न षडयन्त्र गरेको आरोप लगाउंदै विरोधमा कर्मचारी उत्रिएका हुन्। बैंकका कर्मचारीहरुले संयुक्त हस्ताक्षर गरी व्यवस्थापक मूलको सरुवाको लागि केन्द्रीय कार्यालय काठमाडौंमा पठाउदासमेत कुनै पहल नभएको कर्मचारीले गुनासो गरे।

बेपत्ताहरुको प्रतिवेदन सार्वजनिक

वीरगंज ११ भदौ । बेपत्ता पारिएका व्यक्तिका परिवार र तिनको आवश्यकताको अध्ययन प्रतिवेदन आइसीआरसी र नेपाल रेडक्रस सोसाइटी पसा्रले सार्वजनिक गरेको छ। आज अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आइसीआरसी उपमण्डलक प्रमुख नताशा इमरसनले बेपत्ता पारिएका व्यक्तिहरुहरुको अवस्थाबारे जानकारी गराइन्। सन् १९९६ देखि २००६ को अवधिमा द्वन्द्वको कारणबाट नेपाल अधिराज्यका १० जिल्लाबाट बेपत्ता पारिएका व्यक्तिका परिवारहरु १३४८ जनासंग प्रत्यक्षँ भेटघाट अधिकांशले आफना आश्रितहरु छाडेर गएको बताएका छन्।

राष्ट्रियस्तरको पत्रिका जलाइयो

वीरगंज, ११ भदौ । सर्वोच्च अदालतको निर्णयविरुद्ध मधेशी जन अधिकार फोरम नेपालले आज बिहान वीरगंजको घण्टाघरमा कान्तिपुर र अन्नपूर्ण पोष्ट दैनिक जलाएका छन्। आज बिहान वीरगंज नगर कमिटी अध्यक्ष अजय चौरसियाको नेतृत्वमा राष्ट्रिय स्तरको पत्रिका कान्तिपुर नागरिक दैनिक अन्नपूर्ण पोष्टलगायतको पत्रिकाहरु जलाएका हुन्।

प्ररायु संघ बारा ईलाका नम्बर १४ को भेला सम्पन्न अध्यक्षमा पण्डित

-सुभाषप्रसाद साह- बारा ११ भदौ। नेकपा एमाले प्रजातान्त्रि राष्ट्रिय युवा संघ नेपाल बारा ईलाका नम्बर १४ को ईलाका स्तरीय युवा भेला आज खुटवा गाबिस भवनमा सम्पन्न भएको छ। सम्पन्न सो भेलाले राजेन्द्रप्रसाद पण्डितको अध्यक्षतामा ११ सदसिय १४ नम्बरको ईलाका कमिटि गठन गरेको छ। कमिटिको उपाध्यक्षमा शैलेन्द्रप्रसाद यादव र सचिवमा गौतमकुमार साह रहनु भएको छ। यसैगरी सदस्यहरुमा बसिर मियाँ लालबहादुर साह अनवर आलम अंसारी अवधकिशोर यादव बिष्णु पासवान लगाएतका रहनु भएको छ। बारा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्य धिरज शुक्लाको अध्यक्षतामा सम्पन्न सो भेलामा बिशेष अतिथिको रुपमा रहेका प्ररायु संघका जिल्ला उपाध्यक्ष जफरुल हवारी जिल्ला सदस्य एवं निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सुभषप्रसाद साह जिल्ला सदस्य ध्रुवप्रसाद यादव राजेश यादव रामदर्शन साह लगाएतकाले सम्बोधन गर्नुभएको प्ररायु संघ नेपाल जिल्ला समिति सदस्य एवं निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सुभाषप्रसाद साहद्वारा जारि प्रेस बिज्ञप्तिमा जनाईएको छ।

नदीले बगाएर ल्याएको महिलाको शव

नुवाकोट ११ भदौ । तादी खोलाले बगाएर ल्याएको एक महिलाको लाश फेला परेको छ। आज बिहान गणेशयात-४ नयां पुल नजिकै करिब २६ वर्षीया महिलाको लाश फेला परेको प्रहरीले जनाएको छ। मृतकको नाम थर खुल्न नसकेको प्राप्त जानकारीमा उल्लेख छ।

वीरगंज र गरुडामा कुटपिट

वीरगंज ११ भदौ । आपसी विवाद र झैंझगडामा दुइ पक्षबीच कुटपिट हुंदा एकजना गम्भीर घाइते भएका छन्। आज बिहान परसौनी भाटा बस्ने अम्तर मियांलाई सोही ठाउं बस्ने मजुल होजाले कुटपिट गरेर फरार भएका छन् । घाइतेको ना।उ।क्षे।अस्पताल वीरगंजमा उपचार भइरहेको छ। यसैगरी रौतहट गरुडा बैरिया-६ नजिकै दुइ पक्षबीच झडप भएपछि मलाहि-२ बस्ने सुखल सहनी लालबाबु सहनी वडा नं।-१ बस्ने परिक्षण सहनी घाइते भएका छन्। प्रहरीले झडपमा संलग्न रहेको आरोपमा ७ जनालाइ पक्राउ गरेको छ।

भारतीय प्रहरी पक्राउ ‘गुपचुप’ रिहा

वीरगन्ज,११ भदौ/ अत्याधुनिक हतियारसहित पक्राउ परेका भारतीय प्रहरीको एक समूह वडा प्रहरी कार्यलय वीरगन्जबाट ‘गुपचुप’ रिहा भएका छन्। युपी ६४–१६४१ नं. को स्कारपिओ गाडीमा आएका उनीहरुलाई वडा प्रहरी कार्यालय विर्ताले बिहीबार बिहान ९ बजे हतियारसहित घन्टाघरबाट पक्राउ गरेको थियो। भारतीय महावाणिज्य दूताबास वीरगन्जका अधिकारी जोन सिल्सी र जिल्ला प्रहरी कार्यालय पर्साका नायव प्रहरी उपरीक्षक मसाउद अलि खानबीचको आधा घन्टाको ‘गोप्य’ कुराकानीपछि उनीहरु आफैंले गाडी चढाएर पौने १२ बजे सीमावर्ती भारतीय सहर रक्सौलतर्फ लगेका हुन्। उनीहरुको तस्बिर लिन सञ्चारकर्मीले अनुमति पाएका थिएनन्। प्रहरीले हतियारसमेत सञ्चारकर्मीलाई देखाएन। उक्त घटनाबारे पर्साका प्रमुख जिल्ला अधिकारीले भने कुनै जानकारी नरहेको बताए। ‘मलाई यसबारे केही थाहा छैन ‘, प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बताए। पक्राउ परेका उनीहरु उत्तर प्रदेशको शक्तिनगरस्थित विना थानाका प्रहरी उपनिरीक्षक विनोद मिश्रा , सिपाही रामसुन्दर मौर र रमेश सिंह रहेको प्रहरीले बतायो। साथै उनीहरुको साथमा अन्य एक एनवल हक र चालक रंजित सिंह थिए। उनीहरुले आफू अपराधी पक्राउ

लाउड स्पीकरबाट ध्वनी प्रदूषण

वीरगंज ११ भदौ । गणेश चतुर्थी हिन्दुहरुको पावन पर्व हो । विश्वको प्रत्येक भागमा हिन्दुहरु भिन्न भिन्न ढंगले परम कृपालु भगवान गणेश प्रति आफनो आस्था प्रकट गर्ने गर्दछन् । भारतको महाराष्ट्रमा मूर्तिहरु स्थापित गरेर कलात्मक उत्सवको रुपमा यो पर्व मनाउने गरिन्छ। यस वर्ष वीरगंजका केही आस्थावान व्यक्तिहरुले महाराष्ट्रको परम्पराको सिको गरेर यस नगरमा पनि गणेश चतुर्थीको पंडाल बनाएर भजन जागरणको आयोजना गरेका थिए। तर यो काम फोहरी ढंगले गरिएको छ। आयोजकहरुले ठाउँ ठाउँमा सडक छेउमा लाउड स्पीकर झुण्डयाएका थिए । यस्ता लाउड स्पीकरबाट बिहान ६ बजे देखि रात्री ११ बजेसम्म भारतीय फिल्मी धुन भजन बजाएर ध्वनी प्रदूषण फैलाउने काम गरिएको थियो। त्यो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको अनुरोधको बावजुद आयोजकहरुले लाउड स्पीकर बजाउन बन्द गरेनन्। स्थानीय बासिन्दाहरुले स्थानीय स्वायत शासन ऐनको दफा ९६ अनुसार तोकिएको काम कत्र्तव्य अनुरुप जगदीश साउण्ड सर्भिस माथि कारवाही गर्न नगरपालिका कार्यालयमा आवेदन पेश गरेका छन्। नगरपालिकाले आफ्नो कत्र्तव्यको निर्वाह कुन प्रकारले गर्छ यो हर्ने बाँकी छ । धार्मिक अनुष्ठानको नाममा ध्वनी प्रद

घण्टाघरमा चक्काजाम

घण्टाघरमा चक्काजाम -उत्तम खडगी- वीरगंज, ११ भदौ । जिउ मास्ने अभियोगमा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको विरोधमा आज तीनवटा गाविसका महिला पुरुषहरुले वीरगंजको घण्टाघरमा चक्काजाम गरेका छन्। प्रदर्शनकारीले निर्दोषलाइ पक्राउ गरेको विरोधमा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए आज मध्यान्ह १२ बजेदेखि वीरगंजको घण्टाघरमा सडक अवरुद्ध भएपछि सवारीसाधन तथा बजार प्रभावित भएको छ। पिपरा गाविस वडा नं। ६ निवासी भुटी राउत पटेलको ३५ वर्षीय छोरा एवं वाइसिएल सदस्य हरि पटेललाई बुधवार ३ बजे जानकी टोला गाउंको पोखरीबाट शौच गर्ने बेलामा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएका सादा पोशाकका प्रहरीले समातेर बलजफती ल्याएको विरोधमा स्थानीयवासीले वीरगंजको घण्टाघरमा चक्काजाम गरेका हुन्। पर्साको घोडदौड पिपरा निवासी खेदु साहको २० वर्षीय छोरी अनिता कुमारीलाई अपहरण गरी दुइ महिनासम्म बेपत्ता बनाएको आरोप लगाउंदै प्रहरीले जिउ मास्ने अभियोगमा वाइसिएल सदस्य हरि पटेललाइ पक्राउ गरेको बताएको छ। भारतको धमिनाहामा अर्केस्ट्रामा नांचगान गरिरहेको अवस्थामा पिपराबासीले ल्याएर परिवारको जिम्मा लगाएको युवती अनिताले बताएको प्राप्त जानक