Skip to main content

Posts

Showing posts from July 15, 2009

स्थानीय निकाय कर्मचारी संघद्वारा दोश्रो चरणको आन्दोलन

वीरगंज, ३१ असार । स्थानीय निकाय कर्मचारी संघ पर्साले आफूहरुको ५ बुंदे मांग पूरा नभएको विरोधमा दोश्रँे चरणको आन्दोलनको घोषणा गरेको छ। आज पत्रकार सम्मेलन गरी कर्मचारी संघ पर्साका अध्यक्ष मंकेश्वर ठाकुरले साउन १ गते कार्यालयका कामकाज ठप्प पार्ने, २ गते बिहान १० बजेदेखि २ घण्टा कोणसभा र मांगप्रति कुनै सुनवाइ नभएसाउन ४ गते पुनः तेश्रो चरणको आन्दोलनको घोषणा गर्ने बताए। स्थानीय निकायमा कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने, शैक्ष्ँिक योग्यताको आधारमा श्रेणी तोक्नुपर्ने, लगायत मांग राखी आन्दोलनरत छन्।

महिला हिंसाविरुद्ध महिलाहरुको संजाल

वीरगंज, ३१ असार । महिला हिंसाविरुद्ध आआफनो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्य बोकेर आज वीरगंजको कुम्हाल टोलमा हामी सक्छौ पर्सा जिल्ला संजाल कमिटी गठन भएको छ। नारी सीप सिर्जना केन्द्र हेटौडाद्वारा आयोजित कार्यक्रममा ११ सदस्यीय संजालको संयोजक शशि बस्नेत र सदस्यहरुमा अर्चना श्रीवास्तव, ललिता शाह, रुवि महर्जनलगायत छन्। यसैगरी वीरगंज-२ पार्वती नगरका उपभोक्ता समितिले वीउमनपामा पटक पटक विकास निर्माणको लागि बारम्बार ताकेता गर्दा पनि कुनै सुनवाइ नभएको वीरगंज उपमहानगरपालिकामा आज धर्ना दिएका छन्।

धनुषामा दुर्घटना चारजना घाइते

धनुषा, ३१ असार । धनुषाको ढल्केवर-जनकपुर सडकखण्डको दुइ स्थानमा दुर्घटना हुंदा चारजना घाइते भएका छन्। गए राति ढल्केवर-५ नजिकै नं.नखुलेको एम्बुलेन्सले ज२प १९६० नं.को मोटरसाइकललाई ठक्कर दिंदा सर्लाही घुर्कौली-५ बस्ने उमेश चौधरी र सुशीलकुमार चौधरी घाइते भएका छन्। आज बिहान सपही, राजदेवी मन्दिर अगाडी ना१ख ७१६१ नं.को ट्रकले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिंदा ढल्केबर-३ बस्ने सत्यनारायण सिंह र सतेन्द्र सिंह घाइते भएका छन्। दुइजनाको जनकपुर अंचल अस्पताल र दुइजनाको रामदैया मेडिकलमा उपचार भइरहेको छ।

चटयाङबाट तीनजना घाइते

दोलखा, ३१ असार । दोलखाको विभिन्न स्थानमा चटयाङ पर्दा ३ जना घाइते भएका छन् भने आधा दर्जन बाख्राको मृत्यु भएको छ। हिजो सांझ काभ्रेको नुमन्तेश्वर उ.मा.वि.मा कक्षा-८ मा पढ्ने १५ वर्षीया डोल्मा शेर्पा चट्याङ लागेर बेहोस भएकी छन् । किरातीछाप ठूलो ढुंगा बस्ने हरि बहादुर खत्री सामान्य र्घाईते र उनको २१ वर्षीया छोरी सरस्वती खत्री पनि चटयाङबाट बेहोस भएकी छन्। तीनैजनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

डुबेर बालकको मृत्यु

महोत्तरी, ३१ असार । अत्यधिक गर्मी बढेपछि खोलामा नुहाउन गएका एक १० वर्षीय बालकको डुबेर मृत्यु भएको छ। आज विहान १० बजे रौतहट, भमरापुरा-८ बस्ने रामजी यादवको छोरा बर्मादेव यादव दिग्ही खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। यसैगरी आज बिहान काभ्रेको बतासे-२ बस्ने १९ वर्षीया युवती यसोदा सापकोटा आफनै घरमा झुण्डिएर आत्महत्या गरेकी छन्।

सकेट बम डिस्पोज

वीरगंज, ३१ असार । अज्ञात समूहले जिल्ला शिक्षा कार्यालय बारामा राखेको बम प्रहरी टोलीले निस्क्रिय गरेको छ। गए राति कलैया-६ मा रहेको कार्यालयको भर्याङ मुनि राखेको सो सकेट बम प्रहरीले लठी र डोरीको सहायता र ढुंगा हिर्काएर विस्फोट गराइ डिस्पोज गरेका थिए। विस्फोटबाट कुनै क्षति नभएको प्राप्त जानकारीमा उल्लेख छ।

दुर्घटनाको क्षतिपूर्ति नपाउंदा बाटो अवरोध

वीरगंज, ३१ असार । मृतकका आफन्तजनलाइ क्षतिपूर्ति नपाएपछि वीरगंज- पथलैया सडकखण्ड पुनः अवरुद्ध भएको छ। आज बिहानैदेखि वीरगंज-पथलैया सडकखण्डको जितपुर-३ नजिकै र बाराको पिलुवा सडकखण्डमा मृतकका आफन्तजनलाइ क्षतिपूर्ति दिने सहमति कार्यान्वयन नभएको विरोधमा बाटोमा ढुंगामुढा, टायर, टयाक्टर तेसाइ अवरोध गरेका हुन्। गत असार २४ गते डाबर नेपाल अगाडी बसले मोटरसाइकललाई दिंदा बारा फत्तेपुर-२ बस्ने करिश्मा रायको उपचारको क्रममा मृत्यु भएपछि प्रहरी र बस व्यवसायीबीच छलफल हुंदा ५ दिन भित्र उचित क्षतिपूर्ति दिने सहमति भए पनि सो रकम नपाएको भन्दै पीडित पक्षले सो सडकखण्डमा अवरोध सिर्जना गरेका हुन्।

कर्मचारीको तलब बढ्दैन

काठमाडौं, ३१ असार। अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले स्रोतको अभावका कारण कर्मचारीको तलब बढाउन नसकिएको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दे तलब वृद्धि गर्न सकिने अवस्था नभएकाले मूल्य वृद्धि नियन्त्रणमा सरकार केन्द्रित हुने बताए। तलब वृद्धि गर्न सकिने अवस्था छैन, आचार्यले भने, एक प्रतिशत तलब वृद्धि गर्दा मात्र पनि सरकारलाई झण्डै ११ अर्बको भार पर्छ जुन थेग्न सकिदैन। कर्मचारीको तलब समायोजन गरी भत्ता उपलब्ध गराउने उनको भनाई थियो। विगतमा तलब वृद्धि गर्दा पिएनको तलब नायब सुब्बाको भन्दा बढी हुने अवस्था देखिएबाट समायोजन गरेर मात्र प्रक्रिया थालिने बताए। मन्त्रिपरिषदले समायोजनको टुंगो लगाएर भत्ता घोषणा गर्ने उनको भनाई थियो। प्रधानमन्त्री फर्किएलगत्तै तलब समायोजनको निर्ण्र्ााहुने बताए। बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको बताए। करमा छूट दिने र करको दायरामा बढीभन्दा बढीलाई समेट्ने कार्यक्रम ल्याइएको बताए। बजेट कार्यान्वयन हुने दाबी गर्दै सबैले सहयोग गर्नुपर्ने बताए। नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं अर्थविद डा.विजय पौडेलले बजेटमा नया

माओवादीका ११ नेता कार्यकर्ता मातृका समूहमा प्रवेश

काठमाडौं, ३१ असार । पुनःगठित नेकपा माओवादीमा एकीकृत नेकपा माओवादीका ११ जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पार्टी प्रवेशको घोषणा गरेका हुन् । मातृका नेतृत्वको पुनःगठित माओवादीमा प्रवेश गर्नेहरुमा डिसिएमहरु अनिल लामा, विराट गौतम, उदेश पण्डित, श्याम पहरी, कुमार तिमिल्सिना, वाइसिएल डिसिएमहरु सरोज रोक्का, समिर क्षेत्री, एसिएमहरु जीवन लामा, प्रशान्त थापा, ज्वाला मगर र राजु लामा छन् । एकीकृत माओवादी सम्झौतापरस्त र क्रान्तिबाट च्यूत भएको आरोप लगाउदै पुनःगठित माओवादीको मूलधारमा सहभागी भएको बताए ।

जंगली जनावरको चोरी सिकारी बढ्दो

-रामहरि ओझा- डोटी, ३१ असार। खप्तड राष्ट्रिय निकुञ्ज वरिपरि रहेका सेनाका सुरक्षा पोष्टहरू पुनःस्थापना नहुंदा चोरी सिकार मौलाउंदै गइरहेको छ। यसअघि सुदूरपश्चिमका अछाम, डोटी, बाजुरा र बझाङ जिल्लाको सिमानामा पर्ने खप्तडमा निकुञ्जको वरिपरि आठ ठाउंमा सेनाका पोष्टहरू स्थापना गरिएका थिए। द्वन्द्वको समयमा विस्थापित भएका पोष्टहरू पुनःस्थापना नहुंदा चोरी सिकारी बढ्दै गैरहेको स्थानीय बासिन्दाहरू बताउंछन्। हाल डोटी जिल्लाको झिग्राना र खप्तडमा मात्र सेनाको क्याम्प रहेको छ। निकुञ्जको खुल्ला सिमाना भएकोले सिकारीहरू प्रवेस गरी वन्यजन्तु मार्ने गरेका छन्। निकुञ्जको वरिपरि दुनी, सापराबेटारा, सार्पा, बाब्लालगायत आठ ठाउंमा रहेका सेनाका पोष्टहरू द्वन्द्वको समयमा झिग्राना र खप्तडमा केन्द्रित भएका छन्। सुरक्षा पोष्टहरू पुनःस्थापना नहुंदा खप्तडमा बदेल, भालु, कस्तुरी मृगलगायत अन्य जनावरको चोरी सिकारले दिनंहु वन्यजन्तुको सङ्ख्या घट्दै गैरहेको स्थानीय बासिन्दा भैरू कामीले बताए।

पानी पर्दा घाम लाग्दा विद्यालय नै बन्द

डोटी, ३१ असार । तोलेनी गाविस सेलधारामा अवस्थित देवि प्राथमिक बिद्यालयमा भवनको अभावका कारण पानी पर्दा र चर्को घाम लाग्दा बन्द हुने गरेको छ। बिद्यालयमा चार कोठे एक भवन र दुइ कोठे एक भवन गरी जम्मा ६ कोठा भए पनि दुइ कोठे भवनको छाना हावाहुरीले उडाएको र चारकोठे भवन पनि पुरानो भएका कारण पानी पर्दा चुहिने गरेको स्थानीय गंगादेवी रावलले वताईन। तीनवटा राहत शिक्षक कोटा भएको सो बिद्यालयमा पठनपाठन राम्रो होस भन्नका लागि समुदायले स्थानीय स्रोतवाट तलव भत्ता खानेगरी दुइ जना शिक्षक समेत राखेका छन र भवन अभावका कारण पठनपाठन पूर्ण रूपमा अवरूद्ध छ भने चार कोठे पनि पानी पर्दा चुहिने, माथि माथिबाट माटो खस्ने गरेको छ।