Skip to main content

Posts

Showing posts from January 5, 2010

चिसोका कारण सर्लाहीमा दुइ र धनुषामा एकजनाको मृत्यु

वीरगंज, २१ पुस । चिसोका कारण सर्लाहीमा थप दुइजनाको मृत्यु भएको छ। लक्ष्मीपुर-७ बस्ने इगायल मन्सुरको छोरा बर्ष १४ को कुऔत मन्सुर र सिसौरिया-५ बस्ने बर्ष ५८ को रामएकवाल साहको शितलहरको कारणले मृत्यु भएको प्रहरीले आज जनाएको छ। यसैवीच जनकपुरको गंगासागर पोखरीको दक्षिण भागमा ३३ वर्षीय एक पुरुष व्यक्तिको लास बेवारिसे अवस्थामा फेला परेको छ।

तरलोक सिंह स्मृति रनिङ क्रिकेट प्रतियोगिताको दोश्रो दिन

वीरगंज, २१ पुस । तरलोक सिंह स्मृति रनीङ क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज पहिलो खेल ज्ञान ज्योती मा. वि र एम इ एस मा बि र दोश्रो खेल अल्पाइन मा बि र बीरगंज पब्लिक मा बि बीच भइरहेको छ। हिजो सेन्ट जेबियर विद्यालय र गौतम माध्यमिक विद्यालय बीच भएको खेलमा गौतम माध्यमिक विद्यालय १२ रनले बिजय भएको थियो।

नागरिक समाजको १९ बुंदे वीरगंज घोषणापत्र जारी

वीरगंज, २१ पुस । गत पुस १९-२० गते वीरगंजमा सम्पन्न राष्ट्रिय नागरिक सम्मेलन पछि आज नेपाल नागरिक समाजले १९ बुंदे वीरगंज घोषणापत्र जारी गरेको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै समाजका महासचिव डि.पी. अर्यालले दलभन्दा माथि उठेर नागरिक समाजले काम गर्ने बताए।

मिथिला कलाको प्रवर्द्धन

वीरगंज, २१ पुस । जनकपुर नारी विकास केन्द्रकी अध्यक्ष प्रेमा मिश्रले तराइ क्ष्ँेत्रमा व्याप्त विभिन्न भेदभावको अन्त्य गर्न तथा गरिब महिलाहरुलाइ रोजगारीको व्यवस्था र मैथिली कलाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको बताएकी छन्। आज एक पत्रकार सम्मेलनमार्फ उनले मिथिला कलाका बारेमा जानकारी गराइन्। उनले विभिन्न जातजाति, भाषा, धर्मलाइ समेट्न मैथिली भित्ते चित्र ७५ स्थानमा कोरिएको बताइन्।

भाषाको विवादमा उपराष्ट्रपतिलाइ निस्क्रिय बनाउन नहुने- मन्त्री कर्ण

वीरगंज, २१ पुस । विना विभागिय मन्त्री लक्ष्मणलाल कर्णले भाषाको विवादमा उपराष्ट्रपतिलाइ निस्क्रिय बनाउन नहुने कुरामा जोड दिएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले उपराष्ट्रपतिको सम्बन्धमा पहल भइरहेको बताए। राजनीतिक गतिरोध समाप्त भइ समयमै संविधान निर्माण हुने कुरामा मन्त्री कर्णले जोड दिएका थिए।

माओवादीले नचाहिदो मुद्दा उठाएर देशलाइ अनिर्णयको बन्दी बनाएको निधिको आरोप

वीरगंज २१ पुस । नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधीले माओवादीका कारण सहकति हुन नसकेको आरोप लगाएका छन्। आज नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीले एक्लै संविधान लेख्न खोजेको आरोप लगाएका हुन्। उनले भने संविधान निर्माण प्रकृयामा माओवादीले अवरोध सिर्जना गरेको कारण तथा नचाहिंदो मुद्दा उठाएर देशलाइ अनिर्णयको बन्दी बनाइरहेको छ । माओवादी जनसेनाको व्यवस्थापन र राज्य पुर्नःसंरचना आयोग गठन हुन सके मात्र र कांग्रेसले शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउने र तोकिएको समयमा संविधान निर्माण गर्ने दुईवटा राष्ट्रिय एजेण्डा लिएको बताउदै कांग्रेस महामन्त्री निधीले भन्नुभयो, संविधान निर्माण हुनु पूर्वनै माओवादी लडाकु र हतियारको व्यवस्थापन हुनुपर्ने कांग्रेसको माग रहेको रहेको उनले बताए।

नागरिक सर्वोच्चताको पक्षमा र शैक्षिक माफियाहरुको विरुद्ध

-ज्ञानेन्द्र शर्मा, लिवाङ रोल्पा पौष २१ गते ।अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले आफ्नो संगठन नागरिक सर्वोच्चताको पक्षमा र शैक्षिक माफियाहरुको विरुद्ध लडिरहेको बताउन भएको छ। अखिल क्रान्तिकारी जिल्ला संगठन समिती रोल्पाको १९ औं जिल्ला सम्मेलनलाई आज लिवाङमा सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले यस्तो बताउनु भएको हो। सबै क्षेत्रमा हावी रहेको साम्राज्यवाद र सामन्तवाद अन्त्य नहुँदासम्म विद्यार्थी आन्दोलन राजनीतिक शैक्षिक हुने अध्यक्ष न्यौपानेले स्पष्ट पार्नुभयो। आन्दोलनको दिशा जनताको जनगणतन्त्र स्थापना गर्नु रहेको बताउँदै ठूलो बलिदान पछि प्राप्त गणतन्त्र पनि अभिजात्य वर्गका लागि मात्र हुन थालेकाले जनगणतन्त्रका लागि अर्को संर्घष्ा गर्नुपर्ने स्थिति आएको बताउनु भयो। अध्यक्ष न्यौपानेले गरिब विद्यार्थीहरुले अध्ययन गर्ने भनेर चिनिने त्रिभुवन विश्व विद्यालयलाई विघटन गर्ने षड्यन्त्र भइरहेको बताउनु भयो। विश्व विद्यालयलाई विघटन गर्न शैक्षिक माफियाहरुले चौतर्फी घेराबन्दी गरिरहेको उहाँले खुलासा गर्नुभयो। शैक्षिक माफियाहरु त्रिभुवन विश्वविद्यालयको जागीर खाने तर बाहिर ठूलाठूला श

तीन दिनपछि तराइमा बल्ल घाम उदायो

वीरगंज, २१ पुस । तराइमा तीन दिनपछि बल्ल तराइमा आज दिउंसो २ बजेदेखि पारिलो घाम उदाएको छ। दुइ दिनदेखि मध्य तराइमा अत्यधिक चिसो बढ्नुको साथै शितलहर र चिसो सिरेटोको कारण दर्जनौं बालक तथा वृद्धहरुको मृत्यु भइसकेको छ। विहानैदेखि घाम नलागे पनि हिजो रातिदेखि चिसो सिरेटो रोकिएको तथा हुस्सु नलागेपछि आज बिहान देखि अलि राहतको महसुस स्थानीय जनताले गरेका छन्। जाडोका कारण विभिन्न रोगबाट बालकहरु ग्रसित भएका छन् । अहिले पारिलो घाम ताप्न मानिसहरु घरको छत तथा चउरमा बसिरहेका छन्। बिहान बेलुकी अत्यधिक चिसोका कारण मानिसहरु आगो ताप्ने गरिरहेका छन्। यस्तै जाडोको कारण पर्साको जानकीटोलाका शेख महम्मदका १० वर्षीय छोरा लाल महम्मदको मृत्यु भएको छ । तस्बिर . उत्तम खडगी

देहब्यापारमा महिला पत्रकार

भक्तपुर, २१ पुस। भक्तपुरका महिला पत्रकारहरु देहब्यापारमा लागेका छन्। स्थानीय अश्लिल पत्रिकामा कार्यरतहरुको अर्को धन्दा भनेकै देहब्यापार हो। उनीहरु दिउँसो तिन बजेसम्म पत्रिकाको अफिसमा बस्छन्। त्यस पछि शारदा स्कुलमा जान्छन्। जहाँ उनीहरुले त्यहाँ रहेका किशोरीहरुलाई देहब्यापारमा लग्नको लागि फकाउने गर्दछन्। स्कुलको फोन ६६१०२०९ को प्रयोग गरी श्री कृष्ण नामको नेपाली सेनाको सिपाहीलाई दरवार स्क्वाएरमा बोलाउछन्। अनि देह ब्यापारको केन्द्र कमलबिनायकमा लैजान्छन्। यी टोलीका गिरोह एचआइभि एड्स नियन्त्रण गर्ने कार्यक्रमका कार्यकर्ताहरु पनि हुन। यौन रोगको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराउने देखावटी कार्यक्रम बनाएर, उनीहरुले किशोरीहरुलाई देहब्यापारमा लगाउन सफल भैरहेको छ। एनजीओद्धारा सञ्चालित यस किसिमका कार्यक्रमहरुको अभिमुखिकरण स्थानीय एक होटेलमा आवासीय रुपमा हुने गरेको छ। आर्थिक स्थिति कमजोर भएका बिद्यार्थीहरु लक्षित गरी यौन शिक्षा दिने नाममा उनीहरुलाई देहब्यापार लगाउने घृणित कार्य गर्ने ती पत्रकारहरुले राजनितिक संरक्षण मात्र होइन, तिनको भातृसंगठनमा उपल्लो पद पनि पाएका छन्। पढाइ र आर्थिक अवस्था क

१९ औ रोल्पा जिल्ला सम्मेलन

-ज्ञानेन्द्र शर्मा, रोल्पा पौष २१ गते। जनशिक्षा, जनसंबिधान र जनगणतन्त्रको लागि १९ औ रोल्पा जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ अखिल क्रान्तिकारी रोल्पाको १९ औ रोल्पा जिल्ला सम्मेलन आज रोल्पाको लिवाङमा सञ्चालन हुदैछ। सम्मेलनको सुरुवाट हुनुअघि आज बिहान साढे सात बजेदेखी बिद्यार्थीहरुले लिवाङको सुर्खेती डाडाँदेखी १९ औ रोल्पा जिल्ला सम्मेलन सफल पारौ, नागरिक सर्बोच्चता कायम गर सैन्य सर्बोच्चता खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर राष्टिय्र स्वाधिनताको रक्षा गर भन्ने नारासहित एक र्‍याली निकालिए बजार परिक्रमाका साथ जिबिसको हलमा प्रबेश गरेको छ। अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष तुकमान महराको अध्यक्षतामा संचालन हुने त्यस कार्यक्रमलाई अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपाने, नेकपा माओवादीका रोल्पा जिल्लार् इन्चार्ज मान बहादुर बुढा बिकल्प, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्ाूर्ण बहादुर सिंह र रत्न महरा लगातले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा जिल्ला भरीका बिद्यार्थीहरुको सहभागिता रहेको अखिल क्रान्तिकारीले जनाएको छ। जिल्ला सम्मेलन अघि क्रान्तिकारीले संग

नेपाल पत्रकार महासंघ मकवानपुरको भवन निर्माण कार्य थालनी

-सरिता दाहाल हेटौंडा, पुस २१ गते। नेपाल पत्रकार महासंघ मकवानपुरको भवन निर्माणका लागि शनिबार मकवानपुर निर्माण ब्यवसायी संघसग सम्झौतापछि निर्माण कार्य थालनी भएकोछ। हेटौंडा-४ हुप्रचौरमा रहेको महासंघको सात धुर जग्गामा कूल १६ लाख ७७ हजार रुपियाँको लागतमा भवन निर्माण गर्न लागिएको हो। एक तले पक्कि भवन ६ महिनामा निर्माण सम्पन्न गर्नका लागि सम्झौता भएको हो। सम्झौता पत्रमा महासंघका तर्फाट भवन निर्माण समितिका संयोजक एवं पत्रकार महासंघका केन्द्रिय सदस्य प्रताप बिष्ट र जिल्ला अध्यक्ष राममणी दहाल तथा निर्माण ब्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्ग गोपाली र भवन निर्माण समितिका संयोजक एवं संघका महासचिव अर्जुन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले गत भदौ १३ गत भवनको शिलन्यास गर्नुभएको थियो। काठमाण्डौं निवासी निरबहादुर जोशीले महासंघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुभएको हो। भवन निर्माणका लागि जिल्ला विकास समिति मकवानपुर, हेटौंडा नगरपालिका, स्थानीय उद्योगी ब्यवसायी लगायतले सहयोग रकम उपलब्ध गराउने भएका छन्। भवन निर्माणका लागि सहयोग उपलब्

बाख्रीलाई खसी भनेर बेच्ने बगरेहरुलाई कस्ले कारबाही गर्ने -?

वीरगंज, २१ पुस। वीरगंज उपमहानगरपालिका एवं मासु विक्रेता संस्थाबीच बाख्रीको मासु खुल्ला रूपले लेखि बिक्री गर्न पाउने सहमति भएतापनि मीना बजारस्थित रहेका बगरेहरूले बाख्रीलाई खसी बनाई खसीको मासुसरहको मूल्यमा बेचबिखन गरिरहेको गुनासो उठेको छ। मासु बिक्रेताहरूको सामूहिक छाता संगठनसंग वीउमनपाले गरेको सहमति अनुरूप बाख्रीको मासु उल्लेख गरी बिक्री गर्न पाइने एवं खसीको मासुको मूल्य भन्दा सस्तोमा बिक्री गर्नुपर्ने सहमतिका बावजुद बाख्रीलाई खसी बनाई ग्राहकलाई झुक्याएर बिक्री गर्ने कार्यमा संलग्न रहेका मासु-माछा संघ पर्साका अध्यक्ष अन्सार मियांले आफनै दाजु रक्सार मियांमार्फत बाख्रीमा अण्डकोष सिएर खसी बनाई बिक्री गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताले गत शुक्रवार पक्राउ गरेको हो। यसरी ग्राहकहरुलाई झुक्याएर महंगो दरमा बाख्रीलाई खसीसरह बिक्री गर्ने कार्यमा सक्रिय रहेका बगरेहरूलाई सम्बन्धित निकायले नियन्त्रण गर्नुपर्ने स्थानीय उपभोक्ताहरूको गुनासो छ।

श्री महाशिवरात्री महामहोत्सव महायात्रा हुने

वीरगंज, २१ पुस। श्री महाशिवरात्री महामहोत्सव महायात्रा २०६६ इटियाही वीरगंजले एक पत्रकार सम्मेलन गरी सिंघिया खोला किनारमा विश्वकै इतिहासमा प्रथम पटक श्री महाशिवरात्री महामहोत्सव महायात्रा २०६६ मनाउने जानकारी गराएको छ। महायात्रा २०६६ का संयोजक दीपककुमार ढकालले पुस ३० गते १००८ वटा कलश बोकेका महिलाहरूले कार्यक्रम स्थलबाट निस्किएर वीरगंज उपमहानगरपालिकामा परिक्रमा गर्ने माघ १ गते शिवमहायज्ञ र शिव महायात्राको उद्घाटन गरिने, राष्ट्रिय र अन्तर्रर्ााट्रय विशिष्ठ व्यक्तित्वहरू एक महिनाभरि धार्मिक कार्यक्रममा सरिक हुने, २०६६ साल माघ २७ गतेसम्म सनातन हिन्दू धर्म ग्रन्थमा उल्लेखित १००८ देव देवताका मूर्ति तथा विश्व प्रसिद्ध १२ ज्योर्तिलि·हरूको धार्मिक प्रदर्शनी माघ २८ गते सम्पूर्ण मूर्तिहरूलाई बसबाट श्री पशुपतिनाथमा समाहित गर्ने गरी वीरगंजबाट काठमाडौंसम्मको महायात्रा चलाइने बताउनुभएको थियो।