वीरगंज, २१ पुस । तराइमा तीन दिनपछि बल्ल तराइमा आज दिउंसो २ बजेदेखि पारिलो घाम उदाएको छ। दुइ दिनदेखि मध्य तराइमा अत्यधिक चिसो बढ्नुको साथै शितलहर र चिसो सिरेटोको कारण दर्जनौं बालक तथा वृद्धहरुको मृत्यु भइसकेको छ।
विहानैदेखि घाम नलागे पनि हिजो रातिदेखि चिसो सिरेटो रोकिएको तथा हुस्सु नलागेपछि आज बिहान देखि अलि राहतको महसुस स्थानीय जनताले गरेका छन्। जाडोका कारण विभिन्न रोगबाट बालकहरु ग्रसित भएका छन् । अहिले पारिलो घाम ताप्न मानिसहरु घरको छत तथा चउरमा बसिरहेका छन्। बिहान बेलुकी अत्यधिक चिसोका कारण मानिसहरु आगो ताप्ने गरिरहेका छन्। यस्तै जाडोको कारण पर्साको जानकीटोलाका शेख महम्मदका १० वर्षीय छोरा लाल महम्मदको मृत्यु भएको छ ।
तस्बिर . उत्तम खडगी

Comments
Post a Comment