Skip to main content

Posts

Showing posts from June 14, 2009

विद्यालयका उत्कृष्ट ४८ बिद्यार्थीहरु पुरस्कृत

-सुभाषप्रसाद साह । बारा, ३१ जेठ । बाराको कोल्हबी स्थित अनुपदिपनी उच्च माबिमा अध्ययनरत बिद्यार्थीहरुमध्ये बिभिन्न बिद्यामा उत्कृष्ट ४८ विद्यार्थीलाइ आज पुरस्कार बितरण गरिएको छ। कक्षा एक देखी कक्षा नौ सम्मका प्रथम, द्वितीय र तृतीय तथा सरसफाइ एवं अनुशासनमा राम्रो गरेका ४८ जनालाई पुरस्कार दिइएको हो। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम चौधरीको अध्यक्षतामा बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको स्थानीय गोबिन्द पौडेलले बताए। सभालाई बिद्यालयका प्राचार्य केवलप्रसाद चौधरीले सम्बोधन गर्दै ग्रामिण स्तरको यस बिद्यालयलाई जिल्लाकै उत्कृष्ट बिद्यालय बनाउँ लागि परेको तथा त्यस कार्यमा सबै अभिभावक, बिद्यार्थी तथा शिक्षा प्रेमीले सहयोग गर्नु पर्ने बताए । सभालाई बृजलाल काफले, कपिलदेव चौधरी लगायतकाले सम्बोधन गरेका थिए।

ग्यालेक्सी फाइनल खेलमा प्र्रवेश

सुभाषप्रसाद साह बारा, ३१ जेठ / जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा ग्यालेक्सी पब्लिक इंगलिस बोर्डिङ स्कुल कलैयाले बिजयी हासिल गरी फाईनल खेलमा प्रवेश गरेको छ । आज बाराको सदरमुकाम कलैया स्थित सिद्धेश्वर राष्ट्रिय क्रिकेट मैदानमा टस जिति बैटिङ गरेको ज्ञानदिप इंगलिस बोर्डिङ कलैयाले २० ओभरमा सबै बिकेट गुमाई ६८ रन बनाउन सफल भएको छ। ग्यालेक्सीले तीन बिकेट गुमाई ६९ रन बनाएर बिजयी भएको छ। आज भएको खेलमा तीन बिकेट २४ रन लिएर ज्ञालेक्सीका सुरज गुप्ता मैन अफदि मैच घोषित भएका छन्। भोलि दोस्रो चरणको सेमिफाईन खेल कंकालि माई मावि स्रि्रौनगढ र नेरामावि मदर्सर्ाालैया बीच हुने आयोजक संस्था जिल्ला खेलकुद बिकास समिति बाराका अध्यक्ष राजेश्वर गौतमले बताए।

जनसंकल्प पब्लिकेशनले ५ जनालाइ पुरस्कृत गर्ने

काठमाडौं, ३१ जेठ । विगत ७ वर्षेखि नेपाली पत्रकारिताको दुनियांमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र देशको उन्नति तथा प्रगतिको पक्षमा निरन्तर पहरेदारी गर्दै आएको जनसंकल्प पब्लिकेशन प्रा.लि. ले केही महिनाअघि २५ लाख रुपैयांको मार्गदर्शन फाउन्डेशन अक्षयकोष स्थापना गरी विविध ५ विद्याका उत्कृष्ट व्यक्तित्वलाई सम्मान गर्ने जनाएअनुरुप यस वर्ष पत्रकारिता क्षेत्रमा लागी शान्ति, विकासमा निरन्तर लागिरहने व्यक्तिमध्येबाट एक, नेपाली भाषी अन्तर्रर्ााट्रय व्यक्तित्वमध्ये एक, प्रशासनतर्फका एक उत्कृष्ट प्रशासक, उद्यमी व्यवसायीतर्फा एक र गीतसंगीतको क्षेत्रका उत्कृष्ट एक व्यक्तित्व गरी जम्मा पांच व्यक्तिलाई मार्गदर्शन सम्मान प्रदान गर्ने निर्ण्र्ाापब्लिकेशनको बैठकले गरेको छ। यस वर्षो मार्गदर्शन सम्मान पाउने व्यक्तित्वहरुमा पत्रकारिताको क्षेत्रमा लागेर नागरिकलाई सुसूचित गर्न गर्न अहोरात्र लागिरहने वरिष्ठ पत्रकार युवराज घिमिरे, विदेशी भूमिमा रहेर नेपाल र नेपाली जनताको हितमा निरन्तर खटिरहने एनआरएनका अध्यक्ष डा. उपेन्द्र महतो, नेपाली प्रशासनको क्षेत्रमा इमानदारीका साथ कार्य गर्ने सचिव शंकर कोइराला, नेपाली

मोफसलका सञ्चारगृह र श्रमजीवी पत्रकारहरुको अवस्था

काठमाण्डौं, ३१ जेठ । प्रकाशन समाज रुपन्देहीको प्रतिनिधी मण्डलले आईतवार प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा रेग्मी, सूचना विभागका महानिर्देशक श्रीधर गौतम, पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्द आचार्य लगायतलाई भेटेर प्रकाशन समाज रुपन्देहीसंग सम्बद्ध सञ्चारगृहहरुमा नेपाल सरकारद्धारा जारी श्रमजीवी पत्रकार ऐनको पर्ूण्ारुपमा कार्यान्वयन गरीएको जानकारी गराउदै मोफसलका सञ्चारगृह र श्रमजीवी पत्रकारहरुको अवस्था वारे अवगत गराएको छ। आज प्रकाशन समाज रुपन्देहीका अध्यक्ष एवं दैनिक जनसंर्घष्ाका सम्पादक वालकृष्ण चापागाईको नेतृत्वमा गएको टोलीमा प्रकाशन समाज रुपन्देहीका उपाध्यक्ष तथा मेचिकाली दैनिकका कार्यकारी प्रमुख नर्वुलामा, समाजका सचिव एवं बुटवल टुडे दैनिकका प्रवन्ध सञ्चालक नवराज कुंवर, समाजका सदस्य एवं नवतिलोत्तमाका व्यवस्थापक विष्णु भण्डारीलगायतका सदस्यहरुको सहभागिता रहेको थियो। प्रकाशन समाजको प्रतिनिधी मण्डलले राखेका विभिन्न जिज्ञाशाहरुका वारेमा धारणा व्यक्त गर्दै प्रेस काउन्सिलका अध्यक्ष नारायण प्रसाद शार्माले नेपालको लोकतान्त्रिक तथा प्रेस स्वतन्त्रताको आन्दोलन मोफसलका सञ्चा

वन फडानी गरी शहीद स्मारक

वीरगंज, ३१ जेठ । एनेकपा माओवादीले वन फडानी गरी शहीद स्मारक बनाउने लागेको भन्दै स्थानीयवासिन्दाले जिल्ला वन कार्यालयमा तालाबन्दी गरेको छ। आज भरतपुर-१ जलदेवी वन उपभोक्ता समिति आंपटारीका स्थानीयवासिन्दाले जिल्ला वन कार्यालयमा तालाबन्दी गरेका हुन्। जलदेवी सामुदायिक वन, वागेश्वरीमा माओवादीहरुले बन मासेर शहिद स्मारक बनाउन लागेको आरोप स्थानीयवासिन्दाको छ।

महिलालाइ टुक्रा टुक्रा पारियो

वीरगंज, ३१ जेठ । अज्ञात समूहले एक महिलालाइ दुइ टुक्रामा काटेर चितवन-मुग्लिङ सडकखण्डको झाडीमा फालेको थियो। शनिवार सत्र किलो भन्ने स्थानमा सनाखत हुन नसकेको महिलालाइ टुक्रा पारी २ वटा कार्टर्ुुा प्याक गरी सडक देखी दांयापट्ट िझाडीमा फेला परेको प्रहरीले जनाएको छ।

अपहरण तथा लुटपाट

वीरगंज, ३१ जेठ । अज्ञात समूहले पर्सामा एकजनाको अपहरण गर्नुको साथै लुटपाट समेत गरेको छ। गए राति १२ बजे पर्साको परसवा-२ मा अज्ञात समूहले मिर्जापुुर-९ बस्ने बालक साहलाई कुटपिट गरी उनको साथमा रहेको नगद लुटेको छ भने उनको भाइ मोहन साह अपहरण गरेको हो। अपहरणकारीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

अज्ञात समूहको गोलीबाट पर्सामा एक घाइते

वीरगंज, ३१ जेठ । अज्ञात समूहको गोली लागी पर्सामा एकजना गम्भीर घाइते भएका छन्। आज बिहान भारततर्फ किनमेलको लागी जांदै गरेका पर्सा, लखनपुर-९ बस्ने शेषनाथ पटेललाइ लखनपुर नदिको पुलमा अज्ञात समूहले भरुवा बन्दुकबाट गोली चलाउंदा उनी घाइते भएका हुन्। घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ, उनको छाती र हातमा गोली लागेको छ भने अपराधीहरुको खोजतलास भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।

गोली प्रहारबाट राजु गम्भीर घाइते

वीरगंज, ३१ जेठ । अज्ञात समूहको गोलीबाट मकवानपुरमा एकजना गम्भीर घाइते भएका छन्। गए राति चुरियामाइ-२ नजिकै अज्ञात समूहको गोली लागी रौतहट जुडीबेला-२ बस्ने राजु के.सी. घाइते भएका हुन्। घाइतेको काठमाडौंमा उपचार भइरहेको छ भने अपराधीहरुको खोजतलास भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ। यसैगरी गए पुण्यक्षेत्रमा दर्शन गरी र्फकदै गर्दा झापा सुरु·ा घर भइ जि.प्र.का.इलाममा कार्यरत प्रहरी नायब निरीक्ष्ँक भिम सिलवाललाइ अज्ञात लुटेरा समूहले लुटपाट गरेको छ।

ममाथि षड्यन्त्र भयो -गायक यम बराल

काठमाडौं, ३१ जेठ । चर्चित गायक यम बराले आफूमाथि नियोजित रुपमा षड्यन्त्र भएको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बरालले हालै पत्रपत्रिकामा घरमा काम गर्नेमाथि श्रम शोषण गरेको भनी गलत र कपोकल्पित प्रचारप्रसार गरिनुलाई षड्यन्त्रको एउटा रुपका रुपमा विश्लेषण गरे। कपोकल्पित समाचारबारे भ्रममा नपर्न आग्रह गर्दै त्यस्ता क्रियाकलापप्रति सचेत हुन आग्रह गरे । गायक बरालले आफू सामान्य परिवारमा जन्मिएर हालको स्थानमा पुगेको उल्लेख गर्दै भने, मलाई विचलित बनाउने अभ्रि्रायले कपोकल्पित प्रचारवाजी गरिएको हो। ६ महिना अगाडि आफ्नो घरमा हरेक हप्ताको शनिबार सीता तामाड. भन्ने युवती लुगा धुने काममा आउनेगरेको उल्लेख गर्दै उसलाई प्रयोग गरी श्रम शोषणको कपोकल्पित आरोप लगाइएको बताए। घरमा चोरी भएपछि अनुसन्धानका क्रममा सीतालाई पनि प्रहरीले सोधपुछ गरेको बताउदै त्यही रिस पोख्न सुनियोजित रुपमा षड्यन्त्रहरु भएको बताए। आफूले कसैमाथि श्रम शोषण नगरेको भन्दै प्रमाणित गर्न चुनौती दिए । उनले भने, मैंले कसैमाथि शोषण गरेको भए प्रमाणित गरुन्, जुनसुकै सजाय भोग्न तयार छु । जुनसुकै षड्यन्त्रलाई चिरेर आफ

अल्पसंख्यक समूहको राष्ट्रिय भेला सम्पन्न

वीरगंज, ३१ जेठ । आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समूहको दुइ दिने राष्ट्रिय भेला सम्पन्न भएको छ। आज वीरगंजमा थारुहट संयुक्त संघर्ष समिति र आदिवासी जनजाति दलित गणतान्त्रिक मोर्चाद्वारा आयोजित दुइ दिने राष्ट्रिय भेलामा वीरगंज घोषणापत्र र्सार्वजनिक गरेको छ। २३ जिल्लाका झण्डै ६०० प्रतिनिधिले प्रतिनिधित्व गरेको सो भेलाको उदघाटन कलम छराहाङ, किशोर विश्वास, लक्ष्मण थारु, उपेन्द्र गच्छेदार, गोपाल दहैत, शैलेन्द्र चौधरी, सरस्वती चौधरी, मुस्लिम, दलित, र अल्संख्यकका अध्यक्षहरुले संयुक्तरुपमा व्यानर अनावरण गरी गरेका थिए।

आज र भोलिको नेपाल बन्दको आहवान नगरेको

वीरगंज, ३१ जेठ । नेपाल पिछडा वर्ग संघ पर्साका अध्यक्ष गोपाल महतोले आज र भोलि नेपाल बन्दको आह्वान नगरेको बताएका छन्। आज नेपाल पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलन बोल्दै महतो असार २ गतेदेखि अनिश्चितकालको लागि मधेश बन्दको घोषणा गरेको बताए। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा विभिन्न ११ बुंदे मांगहरु पूरा नभएको विरोधमा बन्दको आहवान गरेको उल्लेख छ।

मेरो कार्यकालमा पत्रकारले असुरक्षित हुनुपर्दैन-प्रधानमन्त्री

काठमाडौं, जेठ ३१ । प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो कार्यकालमा कुनैपनि संचारकर्मीले असुरक्षित हुनुनपर्ने बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा बालुवाटार पुगेको क्लबको प्रतिनिधिमण्डलसंगको भेटमा उनले प्रेसमाथि प्रहार गर्न खोज्ने जोकसैमाथि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिए । म प्रधानमन्त्री रहदा कुनैपनि संचारकर्मीले असुरक्षित महशुश गर्नुपर्दैन, नेपालले भने, पत्रकारहरुको हक, अधिकार र सुरक्षाका लागि सरकार सधै प्रतिवद्ध छ । अहिले मुलुकका सामु ठूलो चुनौती रहेको भन्दै प्रेसको महत्वपर्ूण्ा भूमिका रहने बताए । चुनौतीहरुको सामना गर्न प्रेसबाट ठूलै सहयोग हुने आशा व्यक्त गरे । पत्रकारहरुमाथि भएको दर्ुर्व्यवहारको विरोधमा एक घण्टा बालुवाटारमा धर्ना दिएपछि पत्रकारको हक अधिकारको माग लिएर पुगेको क्लबको प्रतिनिधिमण्डललाई प्रेसको अधिकार सुनिश्चित गर्न गम्भीर भएको बताए । उनले भने, तपाईंहरुको माग जायज छ, म पूरा गराउनेतर्फलाग्छु । पत्रकारलाई सुरक्षाको व्यवस्था गर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउनेतर्फनिर्देशन दिइसकिएको बताए । दोषीमाथि कारबाही गर्ने नाममा धेरै

व्यवस्थापिका संसदको बैठक

-उर्मिशा शाक्य । काठमाडौं, ३१ जेठ । पटक पटक माओवादी सभासदको अवरोधका कारण अवरुद्ध संविधानसभा व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक संसद भवन नया बानेश्वरमा आज दिउ“सो तीन बजे बोलाइएको छ । पुर्ववर्ती सरकारले प्रधानसेनापति अवकासको निर्ण्र्ााउल्टाउने राष्ट्रपतिको कदम सच्याउनुपर्ने र माओवादीको सङकल्प प्रस्तावले सदनमा प्रवेश पाउनुपर्ने मागगर्दै माओवादीले संसदको नियमित कारबाहीले प्रवेश पाउनु अघि नै लगातार बैठक अबरुद्ध गर्दै आएको छ । उसले आफनो माग पुरा नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । यसअघि संसद सुचारुको शर्तबारे एमाले र माओवादीका सचेतकबीच भएको छलफलमा सहमति जुट्न नसकेका कारण आजको बैठक पनि सुचारु नहुने संभावना बढी छ ।

पिछडा वर्गको बन्द

वीरगंज, ३१ जेठ । पिछडा वर्गको विभिन्न सुत्रिय माग पूरा नभएको विरोधमा आह्वान गरेको दुइ दिने बन्दको पहिलो दिन वीरगंजको जनजीवन प्रभावित भएको छ । आज विहान वीरगंजमा हल्का यातायातको साधन रिक्सा, टेम्पो, टाटासुमो, ट्रक लगायतको सवारी साधन सुचारु रहेको थियो भने लामो दूरीको सवारीसाधन बन्द रहेका थिए। शिक्षण संस्थाहरुमा पठनपाठन सुचारु छ। बन्दकर्ताहरुले विद्यालयहरुमा कुनै बाधा व्यवधान खडा नगर्ने जनाएका छन्।

पानी कतै हाहाकार कतै फालाफाल

काठमाडौं, ३१ जेठ। ललितपुरको गोदावरीमा रहेका पांचधारामा निरन्तर पानी बग्ने गरेको छ । तर ललितपुर कै मंगलबजारमा भने पानी लिन घण्टौं कर्ुर्नु पर्ने अवस्था छ। ललितपुरको नगर क्षेत्रमा पानी लिने बिषयमा दिनहंु झगडा हुने दृश्य देखिन्छ। ललितपुरको पुल्चोकमा जल उत्पन्न प्रकोप बिभाग नामको सरकारी कार्यलय अगाडिको पीच बाटोमा खानेपानीको पाइप चुहेर बगेको पानी संकलन गर्ने मानिसहरु पनि देखिन्छ। नजिकको श्रोत ब्यबस्थापन नगरे मेलम्चीको सपना नागरीकहरुलाई देखाएर सरकारी पैसाको ब्रम्हलुट गर्ने मानिसहरु र संस्थाहरुको खोजी हरीत समूहका प्रतिनिधिहरुले थालेका छन्। यसमा आम नागरीकको सहभागिताको लागि समूहको अनुरोध रहेको छ । गोदावरीको पानी बिभिन्न ब्यक्तिहरुले ट्रकमा राखेर घर घरमा बितरण गर्ने गरेको छ। त्यहाँ एक ट्रक पानी भर्न सरदर १५ मिनेट समय लाग्ने गरेको छ। एकै पटकमा ५ वटा ट्रकमा पानी भर्न सक्ने क्षमता भए पनि स्थानीयबास्ाीहरुले १ पटकमा एउटा मात्र ट्रकमा पानी भर्न दिने गरेको छ। १२ महिना बगिरहने यहाँको पानी ललितपुर क्षेत्रमा पाइप लाइन मार्फ बितरण गर्न सकेमा ललितपुर नगर क्षेत्रमा पानीको हाकाकार हुंदैन। गोदावरीको पानीको स

आज उपत्यकाको विद्यालय बन्द

काठमाडौं, जेठ ३१ । काठमाडौंको बनस्थलीबाट बालिका अपहरणको प्रयास भएको विरोधमा अभिभावक संघ नेपालले आज उपत्यकाभरका विद्यालय बन्द आव्हान गरेको छ। विद्यालय पढ्ने विद्यार्थी अपहरण हुनेक्रम बढ्दा पनि सरकारले सुरक्षा दिननसकेको भन्दे बन्द आव्हान गरेको संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए। भण्डारीले अपहरणकारीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने भन्दै घटनामा संलग्न अन्यमाथि पनि कारबाही हुनुपर्ने माग गरे। अपहरणका घटनाले विद्यार्थीहरु आतंकित हुनथालेको भन्दै शतर्क हुनुपर्ने बताए। कार्यक्रममा अपहरण हुनलागकी बालिकालाई जोगाउने दर्ुइ युवकलाई सम्मान गरिएको छ । अभिभावक संघले रामप्रसाद छत्कुली र बलराम बोहरालाई सम्मान गरेको हो। अपहरणबाट जोगिन सफल बालिका मोनिका पियाले अपराधीमाथि कडा कारबाहीको माग गरिन् । आफू जस्तै अन्यले अपहरणको खतरा मोल्नुनपरोस् भन्दै अगाडि भनिन्, सरकारले हाम्रो सुरक्षा गरोस् । अर्का विद्यार्थी इश्वर छत्कुलीले बालबालिकामाथि अपराध गर्नेमाथि हदैसम्मको सजाय हुने कानुन बन्नुपर्ने बताए । बालबालिका अपराधीबाट सबैभन्दा बढी पिडित हुनेगरेको भन्दै सरकारले ध्यान पुर्याउनुपर्ने बताए।

प्रेस स्वतन्त्रताको पक्षमा धर्ना

काठमाडौं, ३१ जेठ । नेपाली प्रेसमाथिको आक्रमण जारी भएको भन्दै पत्रकारहरुको सुरक्षा र स्वतन्त्रताको पक्षमा तथा प्रेसमाथिको आक्रमणको विरोधमा रिपोर्टस क्लब नेपालले धर्ना कार्यक्रम राखेको छ।आज काठमाडौंमा प्रधानमन्त्री निवास, बालुवाटारमा विहान ८ देखि ९ बजेसम्म रिपोर्टस क्लब नेपालको अगुवामा संचारकर्मीले धर्ना दिने भएका छन्। राज्यले संचारकर्मीहरुको सुरक्षाको प्रत्याभूती दिलाउन नसकीरहेको बेला प्रेसका अपराधीहरुले छुट पाईरहेका छन्। दण्डहिनता बढेको छ। यही विसंगत अवस्थावीच यही जेठ २८ गते विहान नौ वजे एभिन्यूज टेलिभिजनका पत्रकार डिल्लीराज पोखरेल र क्यामरा म्यान निरन बानामाथि सांघातिक आक्रमण भएको थियो भने रिपोर्र्टर्स क्लव नेपालका सहसचिव दिपेन्द्र राज पौडलमाथि भएकोमा क्लबले प्रेस विज्ञप्तिमार्फत भर्त्सना गरेकोछ।