
काठमाडौं, ३१ जेठ। ललितपुरको गोदावरीमा रहेका पांचधारामा निरन्तर पानी बग्ने गरेको छ । तर ललितपुर कै मंगलबजारमा भने पानी लिन घण्टौं कर्ुर्नु पर्ने अवस्था छ। ललितपुरको नगर क्षेत्रमा पानी लिने बिषयमा दिनहंु झगडा हुने दृश्य देखिन्छ। ललितपुरको पुल्चोकमा जल उत्पन्न प्रकोप बिभाग नामको सरकारी कार्यलय अगाडिको पीच बाटोमा खानेपानीको पाइप चुहेर बगेको पानी संकलन गर्ने मानिसहरु पनि देखिन्छ। नजिकको श्रोत ब्यबस्थापन नगरे मेलम्चीको सपना नागरीकहरुलाई देखाएर सरकारी पैसाको ब्रम्हलुट गर्ने मानिसहरु र संस्थाहरुको खोजी हरीत समूहका प्रतिनिधिहरुले थालेका छन्। यसमा आम नागरीकको सहभागिताको लागि समूहको अनुरोध रहेको छ । गोदावरीको पानी बिभिन्न ब्यक्तिहरुले ट्रकमा राखेर घर घरमा बितरण गर्ने गरेको छ। त्यहाँ एक ट्रक पानी भर्न सरदर १५ मिनेट समय लाग्ने गरेको छ। एकै पटकमा ५ वटा ट्रकमा पानी भर्न सक्ने क्षमता भए पनि स्थानीयबास्ाीहरुले १ पटकमा एउटा मात्र ट्रकमा पानी भर्न दिने गरेको छ। १२ महिना बगिरहने यहाँको पानी ललितपुर क्षेत्रमा पाइप लाइन मार्फ बितरण गर्न सकेमा ललितपुर नगर क्षेत्रमा पानीको हाकाकार हुंदैन। गोदावरीको पानीको सदुपयोग हुन्छ। -रविन राचलिका हरीत समूह भक्तपुर
Comments
Post a Comment