Skip to main content

Posts

Showing posts from December 14, 2009

मधेशलाइ टुक्रयाउन माओवादीले गणराज्य घोषणा गर्दै हिडेको यादवको आरोप

वीरगंज, २९ मंसिर । मधेशी जन अधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशलाई टुक्रयाउन माओवादीले गणराज्य घोषणा गर्दै हिंडिरहेको आरोप लगाए। आज वीरगंजको घण्टाघरमा स्वायत्त मधेश प्रदेशको लागि विशाल जनसभालाइ सम्बोधन गर्दै उनले तेश्रो मधेश आन्दोलन गर्ने चेतावनी दिए। यादवले भने- गिरिजाप्रसाद धृतराष्ट्र र माधवकुमार नेपाल मधेशी विरोधी हो, तमलोपा, सदभावना नेकाको पिठ्यु हो । यादवले उपराष्ट्रपति परमानन्द झालाइ ससम्मान पुनरबहाली गरी सरकारले मधेशी जनताको सामू माफी माग्नुपर्ने बताए। फोरम नेपालका सहअध्यक्ष जयप्रकाश गुप्ताले माओवादीले गणराज्य घोषणा गर्दै जाने हो भने लहान र रौतहटको घटना फेरि दोहोरिन सक्ने चेतावनी दिए।

उपेन्द्र यादवलाइ कालोझन्डा

-उत्तम खड्गी वीरगंज, २८ मंसिर । मधेशी जन अधिकार फोरम नेपालको जनसभाको विरोध गर्दै मधेशी जन अधिकार फोरम मधेशले उपेन्द्र यादवलाई कालोझन्डा देखाइ वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका छन्। फोरम मधेश पर्साका अध्यक्ष केदारप्रसाद साहको नेतृत्वमा रहेका कार्यकर्ताहरुले कालो पहिरन लगाइ उपेन्द्र यादवविरुद्ध चर्को नाराबाजी गरेका थिए।

सूचना तथा संचार मन्त्रालयमा तालाबन्दी गर्ने ११ पत्रकार पक्राउ

-सुदर्शनराज पाण्डे काठमाडौं, २९ मंसिर । पुन वर्गीकरणको मांग गर्दै सूचना तथा संचार मन्त्रालयमा तालाबन्दी गएका ११ जना संचारकर्मीलाइ प्रहरीले पक्राउ गरेको छ। आज बिहान सम्पादक प्रकाशक राष्ट्रिय संघर्ष समितिले संचार मन्त्रालयमा तालाबन्दी गरेपश्चात महानगरीय प्रहरी प्रभाग सिंहदरबारका प्रहरीहरुले विष्णुकुमार प्रसाइ,धीरेन्द्र झा मैथिल, सुदर्शनराज पाण्डे लगायतलाइ पक्राउ गरी महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको बुझिन आएको छ। प्रेस काउन्सिल नेपालले पक्षपातपुर्ण पत्रपत्रिका वर्गीकरण गरेको विरोधमा संघर्ष समितिले आन्दोलन जारी राख्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

बहराइन नेपाली एकता समाजको इकाई समिति बिस्तार

सन्तोष दाहाल, बहराइन, २९ मंसिर। मिति २००९-१२-०४ का दिन बहराइन नेपाली एकता समाज केन्द्रिय समितिले हाँजी हसिन अल अली कम्पनीमा कार्यरत नेपाली मजदुरहरुको एक भेला आयोजना गर्‍यो। शो भेलामा बहराइन नेपाली एकता समाज केन्द्रिय समितिका सभापति तेजमान सिंजाली, सल्लाहकार दलबहादुर गाँहा र अलि एरिया समितिमा सचिव भोला राम बि.क. को विशेष उपस्थिती रहेको थियो। भेलामा बहराइन नेपाली एकता समाजको निति र उद्देश्य माथी प्रकाश पार्दै भेलाले "ए" र "बि" गरी एघार/एघार जना रहने गरी दर्ुइ इकाई समिति गठन गरेको छ। पदाधिकारीहरु यस प्रकार रहनु भएको छ। "ए" इकाई समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव, कोषाध्यक्ष र सदस्यहरु गरी क्रमश पदम सुनार, मनोज थापा, प्रेम पुन, हरि खड्का, कुमार गुरुङ्ग, रमेश थापा, श्याम गुरुङ्ग, कृष्ण रेग्मी, भिम केसी, पदम न्यौपाने र जितबहादुर रहनु भएको छ। "बी" इकाई समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश नरेन्द कार्की, नरेन्द्र श्रेष्ठ, दिलीपकुमार थापा, सुनिल शर्मा, दिलीप लिम्बु, उमेश र्राई, तामबहादुर सारु, तेकबहादुर परियार, दि

सीमा क्षेत्रमा अपराधिक क्रियाकलापलाई बढावा

वीरगंज, २९ मंसिर। जिल्लाका ग्रामीण भेग एवं वीरगंज नगरभित्र बढ्दै गएको अपराधिक क्रियाकलापका बावजूद नेपाल-भारत मितेरी पूल नजिकै रहेको रक्सीको अवैध भट्टी संचालन हुनु तस्करीका सामान भित्रिनु, नम्बर इन्ट्रीका नाममा इनर्वा प्रहरी चौकीद्वारा असूलिने नजरानाको भरमा सवारीसाधन चेकजांच बिना छाडिने अवस्थाले पनि अपराधिक क्रियाकलापलाई बढावा दिएको त होइन भन्ने चर्चा चल्न थालेको छ। कानूनी मान्यता, शून्य भएको वर्तमान परिस्थितिमा अपराधीहरुले खुलेआमरुपमा उल्लेखित क्रियाकलापहरु गर्न पाउनुबाट पनि यस स्थितिले बल पाएको अडकल काटिन थालेको छ। वीरगंज भन्सारको मूल नाकाबाटै खुलेआमरुपमा साइकल, टांगा, रिक्सा, ठेला एवं मोटरसाइकलहरुमा अट्ने प्रकृतिका अवैध सामान वीरगंज भित्र्याउने अवस्थाले सुरक्षा स्थितिलाई असर पार्ने रहंदा समेत नियन्त्रण गर्ने सम्बन्धित निकायका केही व्यक्तिहरुको संलग्नताले सो कार्य खुलेआमरुपमा भइरहंदा समेत कसैको ध्यान नपुग्नु आफैमा आर्श्चर्यलाग्दो भएको छ। वारदातका घटना हुंदा सुरक्षा स्थितिको बारेमा प्रश्न उठाउने नागरिक समाजले यस्ता कार्यउपर नियन्त्रणका लागि आवाज उठाउन नितान्त रहेको बौद्धिक वर

शान्ति-सुरक्षाको प्रत्याभूतिः पर्खाइको बिषय

-महेशचन्द्र गौतम वीरगंज नगरमा बिग्रिएको शान्ति सुरक्षाको अवस्थालाई सुधार गर्छु न्ने बात हांक्ने पर्साका प्रजिअ, वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रहरी उपरीक्षकले कहिलेसम्म स्थानीय वासिन्दाहरुलाई शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउने हुन्, पर्खाइको विक्षय भएको छ। शहरको मुटु मानिने आदर्शनगर क्षेत्रका व्यापारी, र्सवसाधारण मात्र नभइ नगर क्षेत्रको अन्य स्थानका बासिन्दाहरु समेत अपराधिक क्रियाकलापबाट अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थाको वृद्धिले सरकारको मातहतमा रहेका सुरक्षाकर्मी प्रमुखहरुको योजनालाई धोती लगाएको भान हुन थालेको छ। यसरी नगर क्षेत्रमा बढ्दै गएको अपराधिक क्रियाकलापलाई सुधार गुर खोक्रो प्रतिबद्धता जाहेर गर्ने सुरक्षा निकायले राज्यद्वारा प्रतिबन्धित गरिएको विस्फोटक पदार्थ वैवाहिक कार्यक्रममा हिजै मात्र निरन्तर २५ औं पटक पडकाएर नगरवासीलाई आतंकित तुल्याउने कार्य गर्दा समेत उक्त कार्यउपर रोक लगाउन नसकेबाट वर्तमान सुरक्षा निकाय प्रमुखको काबिलियतसमेतलाई नागरिक समाजसमक्ष प्रष्टयाएको छ । बिग्रिदै गएको शान्ति सुरक्षाको अवस्थालाई सुधार गर्ने चुनौति रहेको पर्साको सुरक्षा निकायले एक