Skip to main content

Posts

Showing posts from June 30, 2009

निष्काशित मजदूर पुनरबहाली नभए आन्दोलन

वीरगंज, १६ असार । नेशनल पोली प्लाष्टको संचालकले श्रम ऐन विपरित कर्मचारी निष्काशित गरेको आरोप लगाउंदै कार्यरत कर्मचारीले निष्काशित कर्मचारीको पुनरबहाली नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।  आज नेपाल पत्रकार महासंघ पर्सामा एक पत्रकार सम्मेलन गर्दै मजदूरहरुले  एक्कासी केही मजदूरलाई अवकाश दिएको र भाडाको गुण्डा लगाई मजदूरहरुलाइ तर्साउने गरेको आरोप लगाए।  अखिल नेपाल औद्योगिक मजदूर संघ आधिकारिक टे्रड युनियन नेशनल पोलीप्लाष्ट प्लान्ट प्रालिका अध्यक्ष किशोरी राउत कर्ुर्मीले मजदूर अच्छेलाल राउत र शिवकुमार यादवलाइ पुनरबहाली गरी वार्ताद्वारा समस्याको समाधान गर्न जोड दिए।

कृषि बजारको लागि उपभोक्ता समिति गठन

वीरगंज, १६ असार । पर्सा जिल्लाको ग्रमीण अर्थतन्त्रलाई सबल बनाउनु थोक तरकारी बजारको स्थापना गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषि उपज सेड निर्माण तथा अन्य सुविधा विकास व्यवस्थापन सम्बन्धमा वीरगंज उद्योग वाणिज्य संघ, स्थानीय निकाय, वस्तुगत संघ संस्थाहरु संग सहकार्य गरेको छ । जिल्ला कृषि विकास कार्यालय पर्साले जानकारी गराए अनुसार कृषि उपज बजार सेड निर्माण कार्यका लागि गठित उपभोक्ता समितिको संयोजकमा वीउवासंघका का.स.सदस्य नरेश कुमार टिवडेवाल, सचिव श्रीमति मधुराणा, कोषाध्यक्ष सुरेश अग्रवाल तथा सदस्य सचिवमा सुनिल कुमार कण्ठ समेत गरी १३ जना सदस्य रहनु भएको छ । गठित समितिले सम्बन्धित निकायमा सर्म्पर्क तथा समन्वय गरी सेड निर्माण कार्यलाई त्रि्रता प्रदान गर्ने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  

एकलाख बराबरको धनमाल चोरी

-भरत पाण्डेय- गुल्मी १६ असार ।  गुल्मीको मुसिकोट गविसमा सोमबार राती करीव एक लाख बराबरको धनमाल चोरी भएको छ। मुसिकोट गाविस वडा नं ६  रातचौर निवासी कृष्णबहादुर खत्रीको घरमा कोही नभएको समयमा एकलाख ५० हजार नगद, एउटा मोवाईल सेट र तनिवटा घडी चोरी  भएको कौरव खत्रीले बताए। घटनाको वामी प्रहरी चौकीले अनुसन्धान गरीरहेको बताएको छ।  

ट्रकको ठक्करबाट एक गम्भीर

-भरत पाण्डेय- गुल्मी १६ असार । तम्घासबाट पोखरा जांदै गरेको ट्रकको ठक्करबाट गुल्मीको दुविचौरमा एक महिला गम्भिर घाइते भएकी छन्। सोमबार राती ग.१.ख २६२८ नम्बरको ट्रकले गुल्मीको दुवचौरमा ठक्कर दिंदा दुविचौर ४ सिराना बस्ने ३५ वर्षीया उमाकला खत्री र्घाईते भएको स्थानिय कृष्ण बहादुर बस्नेतले बताए। टाउकोमा गम्भिर चोट लागेको खत्रीको जिल्ला अस्पत्ताल गुल्मीमा उपचार हुन नसेकपछि उपचारको लागी पाल्पा तर्फलगीएको छ। ट्रक र चालक जिल्ला प्रहरीकार्यालयमा रहेको प्रहरीले जनाएकेा छ।

कृषि मजदूरहरु पनि आन्दोलित

वीरगंज, १६ असार । कृषी मजदुरहरुले ज्याला वृद्धिको माग गर्दै किसानहरु प्रदर्शनमा उत्रिएका छन्। आज बाराको कलैयामा माओवादी मातृका यादव समूहको अगुवाइमा निस्किएको कृषि मजदूरहरुको एक रयालीले कृषी मजदुर एक होऔं नारा लगाउंदै नगर परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।  कोण्ँसभालाई सम्बोधन गर्दै वक्ताहरुले खेतमा काम गरेवापत ६ केजी अन्न ज्याला नपाएसम्म काममा नर्फकन जोड दिएका थिए।

अवरुद्ध सडकखण्ड सुचारु

वीरगञ्ज, १६ असार । तीन दिनदेखि अवरुद्ध वीरगंज-पथलैया सडकखण्ड सुचारु भएको छ।  आज बिहान दुर्घटनामा परी मृत्यु भएका परिवारजनलाइ क्षतिपुर्तिवापत ३ लाख रुपैया दिने सहमतिपछि सो सडकखण्ड सुचारु भएको हो। केही दिन पहिले ना ३ ख ६१३० नम्बरको ट्रकको ठक्करबाट बारा जितपुर-३ निवासी १२ वर्षीय अजय राउतको मृत्यु भएपछि आफन्तजनले शव राखेर चक्काजाम गर्दै आएका थिए। यसैगरी अविरल बषर्ाको कारण सिन्धुपाल्चोकको गाती गा.वि.स.को बसेरी भन्ने स्थानमा पहिरो गएपछि अवरुद्ध रहेको सो सडकखण्ड आज बिहान साढे नौ बजेदेखि सुचारु भएको छ। 

चटयाङ लागेर एकजनाको मृत्यु

रौतहट, १६ असार । वर्षासंगै चटयाङ पर्दा रौतहटमा एकजनाको मृत्यु भएको छ। गए राति गढहवा-९ झिटकैया निवासी लखन सहनीको ६० वर्षीय छोरा  सत्यनारायण सहनीको गए राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

मुसलधारे वर्षापछि वीरगंज जलमग्न

राजधानीमा आज बिहान परेको सिमसिमे पानीमा घुम्दै युवतीहरु । तस्बिरः उत्तम खडगी, काठमाडौ वीरगंज, १६ असार । मुसलधारे वर्षा पछि वीरगंज नगरको विभिन्न भाग पूरै जलमग्न भएको छ।  आज बिहानैदेखि परेको पानीको कारण वीरगंजको पानीटंकी, लक्ष्मणवा, भिस्वा, कुम्हालटोल, लगायत स्थानहरु जलमग्न भएको छ।  नगरका सडक पानी बग्ने खोलामा परिणत भए । घुंडामाथि सम्म नगरको सडकमा पानी जमेको छ। ढल निकासको उचित व्यवस्थापन, स्थायी समाधानका लागि वीरगंज उपमहानगरपालिकाले कुनै ठोस कार्य गर्न सकेको छैन ।  वीरगंजमा रहेको मूल ढल पूरै पुरिएको छ, मूल ढलमा मिल्ने सहायक ढलहरूको निरन्तर सफाइ छैन । प्लाष्टिकको अति उपयोगले गर्दा, वीरगंज प्लाष्टिकमय भएको छ । सडकमा नालाहरू छन् तर त्यस्को समय समयमा उचित सफाइ नहुंदा ती बेकार सावित भएका छन् । ढल निकास र नालाहरू बन्द भए पछि आकाशबाट परेको पानी सडकमा जम्ने नै भयो । वर्षात आउन नै बांकी छ, वषर्ात्मा नगरपालिकाको दुर्गति हर्ेन लायकको हुन्छ । प्रत्येक वर्ष नगरभित्र करोडौं बजेटमा पीच सडकको मरम्मत हुन्छ र एक झर राम्ँे वर्षात् भएर सडकमा पानी जमेपछि सबै पिच उप्किएर सडकहरू ग्राभेल सडकमा परिणत हुने गरेक

माओवादी नेतृत्वमा सरकार बन्नैसक्दैन-निधि

काठमाडौं, असार १६ । नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले एकीकृत नेकपा माओवादीको नेतृत्वमा अर्को सरकार बन्नैनसक्ने ठोकुवा गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै वर्तमान सरकार संविधानसभामा प्रतिनिधितित्व गर्ने २२ दलको र्समर्थनमा बनेको भन्नै नढल्ने बताए । माधवकुमार नेपालको नेतृत्वको सरकारलाई कसैले ढाल्न सक्दैन, निधिले भने, माओवादीले राष्ट्रि्य संयुक्त सरकारको कुरा गर्नु बेमौसमको बाजा हो । माओवादीकै कारणले उसको नेतृत्वको सरकार ढलेकाले आफ्नै नेतृत्वमा अर्को सरकार बनाउंछु भन्नुमा कुनै तुक नरहेको बताए । सरकार ढाल्न खोज्नुभित्र गलत नियत लुकेको बताए । राष्ट्रि्य सहमति बन्नसक्ने तर राष्ट्रि्य संयुक्त सरकार कहिलेपनि बन्न नसक्ने तर्क गरे । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै निधिले सरकार ढाल्ने र बनाउने खेलमा लागेर माओवादीले अस्थिरता बढाउन खोजेको आरोप लगाए । उनले भने, यो सरकार ढाल्न खोज्नु भनेको अस्थिरता बढाएर शान्ति प्रक्रियालाई खतरामा पुर्याउनु हो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने हो भने माओवादी पनि

एमाले सरकार छिटै ढल्ने प्रकाशको भविष्यवाणी

काठमाडौं, १६ असार । एकीकृत नेकपा माओवादीका संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले वर्तमान सरकार छिट्टै ढल्ने भविष्यवाणी गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै माधवकुमार नेपाल नेतृत्वको सरकारको दिनगन्ती शुरु भएको बताए। सरकार ढाल्नु नै माओवादीको एकमात्र लक्ष्य भएको बताए। नागरिक सर्वोच्चतामाथि प्रहार गरेर सरकार बनेको भन्दै आफै ढल्ने दाबी गरेका हुन्। आन्तरिक कलहबाट सरकार ढल्ने दाबी गरे। वर्तमान सरकार नागरिक सर्वोच्चतामाथि प्रहार गरेर सम्राज्यवादीको सहयोगमा बनेको हो, प्रकाशले भने, यो सरकारलाई ध्वस्त पारेर हाम्रो नेतृत्वमा नयां सरकार बनाउछौं। देश र जनताको विपक्षमा सरकार बनेको भन्दै टिक्ने कुनै आधार नभएको बताए। राष्ट्रिय सरकार बनाउन सबै दलसंग कुराकानी अगाडि बढाएका छौं । सत्तारुढ दलहरुभित्रै वर्तमान सरकारप्रति त्रि्र असन्तुष्टि रहेको दाबी गर्दै राष्ट्रि्य सरकारको विकल्प नभएको बताए। राष्ट्रि्य सरकारको नेतृत्व आफ्नो दलले गर्ने उनको भनाई थियो। राष्ट्रिय सरकारमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहने बताए । सरकारमा माओवादीका तर्फाट भावी प्रधानमन्त्री क

नेपाल खानेपानी संस्थान वीरगंज उप- महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी

वीरगंज, १६ असार। नेपाल खानेपानी संस्थानले गर्दै आएको खानेपानी आपूर्तिको काम केही महिनापछि वीरगंज उपमहानगरपालिकाले गर्ने भएको छ।  वीरगंजस्थित खानेपानी संस्थान शाखा कार्यालय वीरगंज उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने आवश्यक तयारी भइरहेको जानकारीमा आएको छ।  खानेपानी संस्थान शाखा कार्यालय वीरगंजले दैनिक ८० हजार लिटर खानेपानी उत्पादन गरी ७ हजार दुइ सय ग्राहकलाई वितरण गर्दै आइरहेको छ। वीरगंज उपमहानगरपालिकामा १ लाख ५० हजार जनसंख्याको चांप रहेको र घरधुरी संख्या १९ वटामा करिब ३० हजार रहेको एक स्रोतले बताएको छ।  लोडसेडिङ भएको बेला जेनेरेटर संचालन गरेर ग्रँहकहरूलाई नियमित पानी उपलब्ध गराउंदै आएको खानेपानी संस्थान वीरगंज शाखाको पानी महसुल बांकी बक्यौता ४ करोड रूपैयां रहेको छ। पानी महसुल बांकी बक्यौता संकलन गर्न र समयमा पानी महसुल नबुझाउनेलाई जति पत्राचार गरे पनि बडो मुस्किलले पानी महसुल बुझाउन आउने गरेको एक सुपरभाइजरले बताएका छन्।  पानी महसुल वापत मासिक १५ लाख संकलन हुने गरेको खानेपानी संस्थान वीरगंज शाखामा स्थायी कर्मचारी २९, करार कर्मचारी ६ र दैनिक ज्यालादारी २६ जना कार्यरत छन्।  वीरगंजको कू

सडकको पानी घारामा ल्याउन

भक्तपुर, १६ असार। सहरमा खानेपानीको समस्या भए पनि खेल्ने पानी भने यथेष्ट छ। बषर्ातको पानी सडकमा फाल्ने गरिएको छ। सहरीयाहरू बषर्ातमा पानीमा सडकमा बगेपछि सवारीसाधनमा जलयात्रा गर्न तम्सिन्छन्। तर आकासेपानी संकलन गर्न कुनै वास्ता गर्दैनन्। आइतवारदेखि यस क्षेत्रमा काम गरिरहेका र्सार्क क्षेत्रका उच्च पदाधिकारीहरू सोल्टी होटेलमा गफ गर्न बसेका छन्। सोल्टीमा भने आकाशे पानी संकलन गर्ने प्रबिधि जडान गरिएको छैन। हरेक बर्षसरकारले बषर्ातको पानी संकलन गर्न भनेर तालिम दिने गरेको छ। तालिमको ब्यवहारिक प्रयोग भने हुने गरेको छैन।       खोप इन्जिनियरीङ कलेजका सबैजसो बिद्यार्थीहरूले पनि यस बिषयमा तालिम हासिल गरेका छन्। कलेजको २५ रोपनी जग्ाामा बनेका कुनै पनि भवनबाट बषर्ात्को पानी संकलन हुन सकेको छैन। मनसुन सुरू भएको छ। मनसुन धान रोप्ने सिजन मात्र नभएर सुख्खायामको लागि पानीको बन्दोबस्त गर्ने ऋतु पनि हो।       बषर्ाको पानी हाम्रो लागि प्रकृतिको उपहार हो। बषर्ाको पानीमा कुनै पनि किसिमको मिसावट नहुने कुरा बैज्ञानिकहरूले पुष्टि गरिसकेका छन्। त्यसैले बषर्ातको पानीलाई आस्था राख्नेहरू र्स्वर्गबाट देबी-देबताले दिएको अ

सुनको ढोकामा फोहरको रास

भक्तपुर, १६ असार। भक्तपुर दरवारमा रहेको सुनढोका केही मिटर अगाडि स्थानीय पर्यटन ब्यवसायीहरूले फोहर थुपार्ने गरेको छ।  यसवाट सुनढोका अशोभनीय देखिएको छ। त्यहां शिव गेष्ट हाउस, प्यालेस रेष्टुरेण्ट, दिनेश बाबु हाडा स्टोर आदिले फोहर फाल्ने गरेको छ।         फोहर फालिएकै स्थानमा पर्यटन ब्यवसायीहरूका बिलासिताका सवारी साधन पनि पार्किङ गर्ने गरेको छ। यसरी पर्यटकीय क्षेत्रलाई पार्किङ स्थल बनाउने पर्यटन ब्यवसायी मध्ये नीलकृष्ण ताम्राकार र कपिलदेव बनेपाली मुख्य हुन। सो फोहर थुपारिएको ठाउं हंुदै पर्यटकहरू सुनढोकाबाट पांचतले मन्दिर जानेका गरेका छन्।  सम्पदा क्षेत्रमा फोहर थुपार्न काम रोक्ने दायित्व बोकेको नगरपालिकाले यस बिषयमा कुनै वास्ता लिएको छैन। -रविन राचलिका हरीत समूह भक्तपुर