Skip to main content

सडकको पानी घारामा ल्याउन

भक्तपुर, १६ असार। सहरमा खानेपानीको समस्या भए पनि खेल्ने पानी भने यथेष्ट छ। बषर्ातको पानी सडकमा फाल्ने गरिएको छ। सहरीयाहरू बषर्ातमा पानीमा सडकमा बगेपछि सवारीसाधनमा जलयात्रा गर्न तम्सिन्छन्। तर आकासेपानी संकलन गर्न कुनै वास्ता गर्दैनन्। आइतवारदेखि यस क्षेत्रमा काम गरिरहेका र्सार्क क्षेत्रका उच्च पदाधिकारीहरू सोल्टी होटेलमा गफ गर्न बसेका छन्। सोल्टीमा भने आकाशे पानी संकलन गर्ने प्रबिधि जडान गरिएको छैन। हरेक बर्षसरकारले बषर्ातको पानी संकलन गर्न भनेर तालिम दिने गरेको छ। तालिमको ब्यवहारिक प्रयोग भने हुने गरेको छैन।
      खोप इन्जिनियरीङ कलेजका सबैजसो बिद्यार्थीहरूले पनि यस बिषयमा तालिम हासिल गरेका छन्। कलेजको २५ रोपनी जग्ाामा बनेका कुनै पनि भवनबाट बषर्ात्को पानी संकलन हुन सकेको छैन। मनसुन सुरू भएको छ। मनसुन धान रोप्ने सिजन मात्र नभएर सुख्खायामको लागि पानीको बन्दोबस्त गर्ने ऋतु पनि हो।
      बषर्ाको पानी हाम्रो लागि प्रकृतिको उपहार हो। बषर्ाको पानीमा कुनै पनि किसिमको मिसावट नहुने कुरा बैज्ञानिकहरूले पुष्टि गरिसकेका छन्। त्यसैले बषर्ातको पानीलाई आस्था राख्नेहरू र्स्वर्गबाट देबी-देबताले दिएको अमृत मान्ने गरेका छन्। यही अमृतलाई उपयोग गर्न जम्मा गर्नु नै आकाशे पानी संकलन गर्नु हो। यसलाई हामी बिभिन्न उपयोगमा ल्याउन सक्दछौ। तर, पानी पर्दा आप\mनो घर, कार्यालयको छाना वा कौसीबाट झार्ने पानी सडकमा झार्दा बाटो ब्रि्रने सम्भावना छ। अग्ला घरबाट यसरी पानी सिधै तल झार्न भवन निर्माण निर्देशिकाले निषेध गरेको छ। बषर्ातको पानी छुट्टै पाइपद्वारा तल झारी ढलमा पठाउने वा जमिनमुनी सोकपिट बनाई पुनःपुरण गर्नु पर्ने नियम छ। तर हामीले जानी नजानी आकाशे पानीलाई सिधै सडकमा खसाएर सामाजिक अपराध गर्दै आईरहेका छौं।
      छानाबाट सिधै सडकमा पानी झार्दा धेरै बेफाईदा हुने गरेको छ। एकातिर उपयोगमा ल्याउन सकिने पानी खेर जान्छ भने अर्कोतिर धेरै माथिबाट झरेको पानीले सडकको पीच बिर्गाने काम गर्दछ। बषर्ातको पानी ढलमा नअटाएर सडकमा भरिने त नेपालका शहरहरूको समस्या नै भएको छ। ढलको पानी सडकमा बहदा आवागमन गर्न त गाह्रो हुने नै भयो यसका साथै रोगको महामारी फैलिने खतरा समेत यसले निम्त्याउंछ। ठूलो बषर्ा हुंदा खोलाहरूमा अचानक बाढी आई कोसीमा जस्तै ठूलो धनजनको क्षति हुन्छ।
      आकाशे पानी सडकमा नझारी संकलन गर्दा भने फाईदै-फाईदा हुन्छ। यसबाट पानीको दैनिक आवश्यकता सजिलै पूरा गर्न सकिन्छ। सुखायाममा पनिर् इनारमा प्रशस्त पानी रहन्छ। जमिनमुनिको पानीको सतह बढ्न गई माटो मजबुत भई जमिन भासिने खतरा हुंदैन। पानी अड्डाबाट बितरण हुने पानीको कम खपत भई महशुल पनि कम मात्र तिरे पुग्ने हुन्छ। यसबाट आर्थिक राहत मिल्ने त भईहाल्यो साथै जनतालाई ठूला पानी आयोजनाको सपना देखाएर झुक्याइरहेका सरकारी निकायलाई पनि झस्काउन सकिन्छ।
      आकाशे पानी संकलन गर्ने प्रबिधि निकै सजिलो छ। छाना वा कौसीको बलेसीबाट झर्ने आकाशे पानीलाई छुट्टै पाइपद्वारा टयाङकी, ड्रम वा खाडलमा जम्मा गर्न सकिन्छ। बढी भएको पानीलाई इनारमा भर्न सकिन्छर्।र् इनार नभएमा जमिनमा सोकपिट बनाई पुनःपुरण गर्न सकिन्छ।
      आकाशे पानीको प्रयोग जहां पनि गर्न सकिन्छ। हरेक ठाउंमा यसको प्रयोग गर्न सकिन्छ। उचित तरिकाले संकलन गरिएको बषर्ातको पानी खानको लागि पनि उपयुक्त हुन्छ। घरायसी सरसफाई लुगा धुनको लागि पनि प्रयोग गर्न उत्तम मानिन्छ। बगैचाको सिचाई गर्न र गाडी, मोटरसाइकल धुन पनि बषर्ाको पानी प्रयोग गर्नु बुद्धिमानी हुन्छ।
      घर घरसम्म निःशुल्क आउने आकाशे पनि संकलन नगर्दा हिउंदमा पानीको जोहो गर्न घण्टौं हिंडेर वा हजारौ रूपियां खर्च गरेर पानी किनेर प्रयोग गर्नेहरूले बैलैमा बुद्धि पुर्‍याउन सकेमा श्रम, समय र धन बचत गर्न सकिने तथ्य बुझ्न आबश्यक छ। -रविन राचलिका हरित समूह

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।