Skip to main content

Posts

Showing posts from November 1, 2009

बिजुलीको पोल छ, बिजुली छैन

वीरगञ्ज, १५ कात्तिक । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जलाई आर्थिक नगरीका रुपमा परिभाषित गरिए पनि पर्सर्ााे दुर्गम वस्तीहरुमा अझै पनि बत्ती पुग्न नसकेपछि स्थानीयवासीहरु टुकीको भरमा रात काट्न बाध्य छन् । सदरमुकाम वीरगञ्जबाट ६८ किलोमिटर सुदूरउत्तरमा रहेको ठोरी र सोही गाविसमा जोडिएको निर्मलवस्ती गाविसका १५ सय भन्दा बढी परिवार अझै पनि टुकीको भरमा रात बिताउन बाध्य भएका हुन् । छिमेकी देश भारतसँग जोडिएका यी गाविसका स्थानीयवासीहरु भारतमा बलेको बिजुली हेरेर चित्त बुझाउनुबाहेक अर्को विकल्प नभएको गुनासो गर्छन् । करिब दुइ वर्षअघि निर्मलवस्ती ठोरी विद्युतीकरण योजनाअनुसार सो गाविसमा बिजुलीको पोल गाडिएको भए पनि हालसम्म बत्ती आउन नसकेपछि गाउँलेहरु चिन्तामा परेका छन् । तत्कालीन समयमा गाडिएको बिजुलीको पोल पनि जीर्ण बन्दै गइरहेको र बिजुली वितरणको सम्बन्धमा आफूले पटकपटक सरोकारवालासँग माग गरे पनि सुनुवाइ नभएपछि आफू हैरान भएको उपभोक्ता समितिका अध्यक्ष आशबहादुर गुरुङले गुनासो गर्नुभयो ।रासस

गविसका सचिव साह र जिबिसका यादवले गाविसको रकम हिनामिना गरेको आरोप

बारा, १५ कातिक। बाराको पकडिया गाविस सचिव राजारामप्रसाद साह तथा जिबिसका भरतप्रसाद यादवले मनोमानि तरिकाले गाविसको बजेट हिनामिना गरेको भन्दै स्थानीयबासिन्दा तथा राजनैतिक दलका प्रतिनिधिहरुले आज जिल्ला प्रशासन कार्यालय बारामा एक ज्ञापनपत्र दिदै छानबिन गरी उनीहरुलाई कारवाही गर्न माग गरेका छन। चार सुत्रिय माग उनीहरुले ज्ञापनपत्रमा गर्दै पाँच दिनभित्र पुरा नभएमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन।

गढीमाईको मेला व्यस्थापन समिति परिवर्तन

बारा, १५ कातिक । बाराको बरियापुर स्थित बिश्व प्रसिद्ध गढीमाई मन्दीरको यही मंसिरमा लाग्ने मेलाको लागि एकिकृत नेकपा माओबादीका सभासद शिवचन्द्र कुशवाहाको अध्यक्षतामा गठन भएको मेला व्यवस्थापन समितिलाई खारेज गदै गढीमाई मन्दीर बिकास तथा व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आज मेला व्यवस्थापन समिति गठन भएको छ। स्थानीय बासिन्दाहरुले सभासद कुशवाहाको अध्यक्षतामा गठन भएको समिति बिधान बिपरित भएको भन्दै आन्दोलन सुरु गरे पछि जिल्ला प्रशासन कार्यालय बारामा भएको र्सबदलिय बैठकले साहको अध्यक्षतामा सो समिति गठन हो।

लागुपदार्थ नियन्त्रण सम्बन्धी अर्न्तक्रिया कार्यक्रम सम्पन्न

बारा, १५ कातिक। बाराको कलैया नगरपालिका -१४ बिश्वमरपुरमा आज लागुपदार्थ नियन्त्रण गर्ने बिषयमा अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। युएसआईडिको आर्थिक सहयोगमा सहकार्य नेपाल बारा शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको सहकार्य नेपाल बारा शाखाका जिल्ला सुपरिबेक्षक अजय साहले बताउँनु भयो। स्थानीय सहजकर्ता जादोलाल कुशवाहाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा राजनीतिक दलका स्थानीय नेता, बुद्धिजिबि लगाएतकाले सम्बोधन गर्नुभएको थियो।

शहिद रम्भु यादवको ६ औं स्मृति दिवश सम्पन्न

बारा, १५ कातिक। मातृका यादवले नेतृत्व गरेको नेकपा माओबादी बाराले आज शहिद रम्भु यादवको ६ औ स्मृति दिवश कलैयामा मनाएको छ। भोजपुरार् इन्चार्ज सुधिर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा माओबादी पर्सर्ाार् इन्चार्ज छोटेलाल साह, राष्ट्रिय मुक्ति मोर्चा बाराका अध्यक्ष बिजय चौधरी शहिद परिवारको तर्फाट प्रभु यादव लगाएतका बक्ताहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए। सोही कार्यक्रमका बीच उमेश यादव, बीरेन्द्र पासवान, नागेन्द्र यादव, रामएकबाल पटेल, मनोज पटेल, उमेश राम लगाएतका तीन दर्जन नेताहरु एकिकृत नेकपा माओबादी पार्टर्ीीरित्याग गरी नेकपा माओबादीमा प्रबेश गरेका छन्।

मधेश तर्राई फोरमद्वारा आन्दोलनको घोषणा

काठमाडौं, कात्तिक १५। मधेश तर्राई फोरमले आन्दोलनको घोषणा गरेको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मधेशको अधिकार सुनिश्चित गर्न भन्द्यै कात्तिक २५ देखि आन्दोलन गर्ने घोषणा गरेको हो। घोषित कार्यक्रम अनुसार बांकेमा कात्तिक २५, कपिलवस्तुमा २७, लुम्बिनीमा २९, मंसिर २ मा रौतहट, ४ गते पर्सर्ाा , ६ गते धनुषामा, ७ गते सिराहामा, ९ गते सप्तरीमा, १० गते सुनसरीमा र मंसिर २५ गते वीरगञ्जमा आमसभा गर्ने जनाइएको छ। राष्ट्रिय झण्डा र चिन्ह फर्ेर्नुपर्ने, देशको नामै फर्ेर्नुपर्ने, उपराष्ट्रपतिलाई क्रियाशील पार्न आवश्यक व्यवस्था गर्नुपर्ने, निजामती प्रशासनमा मधेशीको उचित प्रतिनिधित्व हुनुपर्नेलगायतको माग राखी आन्दोलनको घोषणा गरेको अध्यक्ष अमर यादवले बताए। वीरगञ्जमा सम्पन्न दोस्रो विस्तारित बैठकले मधेशको अधिकारका लागि सशक्त हुने निर्णय गरेको यादवको भनाई छ।

विराट सत्संग समारोह २०६६ सम्पन्न

काठमाडौं, १५ कार्तिक । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा पशुपति क्षेत्र बनकालीमा यहि कार्तिक १४ र १५ गते दर्ुइ दिवसिय विराट सत्संग समारोह सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री माधवकुमार नेपालज्यूबाट शिलालेख अनावरण गरी श्री हंस मण्डपको समुद्घाटन गरेका थिए। नेपाल मानव धर्म सेवा समितिका प्रणेता सद्गुरुदेव सतपाल जी महाराजको आहृवानमा निर्माण भएको उक्त मण्डप नेपालकै पहिलो आध्यात्मिक मञ्चको रुपमा स्थापित भएको छ। हरेक धार्मिक संघसस्थाहरुले सम्पे्रषण गर्ने विचारहरु सम्पूर्ण मानव जातीको हित र कल्याण तर्फअग्रसर हुनुपर्ने विचार राख्दै प्रधानमन्त्री माधव कुमार नेपालले पशुपति क्षेत्र भित्र अत्याधुनिक मञ्च निर्माण गरेकोमा नेपाल सरकार र व्यक्तिगत तर्फाट श्री सतपाल जी महाराज एवं नेपाल मानव धर्म सेवा समिति प्रति आभार व्यक्त गरे। कार्यक्रमका विशिष्ट अतिथि एवं मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजले नेपाल र भारत बिचको सामाजिक, आर्थिक, सांस्कृतिक, तथा धार्मिक अन्तर सम्बन्धको ब्याख्या गर्दै श्री पशुपतिनाथ मन्दिर प्रति नेपाली तथा भारतिय दुवै नागरीकले उच्च महत्व दिएको प्रसङ्ग

विभिन्न स्थानमा दुर्घटना, एकको मृत्यु

वीरगंज, १५ कार्तिक । विभिन्न स्थानमा दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। आज बिहान ११.३० बजे पर्साको त्रिवेणी ३ नहर चोकमा ना ६ प ९८४४ नं.को मोटरसाइकलले सोही ठाउं बस्ने मनोज महतोको छोरा वर्ष ३ को अखलेश महतोलाई ठक्कर दिइ गम्भीर घाइते बनाएको छ। उनको उपचार नेशनल मेडिकल कलेज बीरगंजमा भइरहेको छ। गए राति १०ः२५ बजे बाराको छातापिपरा-४ गढीमाई मन्दिर नजिकैना.९प ३८७५ नं.को मोटरसाइकल ट्याक्टरको टेलरमा ठक्कर खा“दा मोटरसाइकलमा सवार दुइजना गम्भीर घाइते भएका छन्। उनीहरुको नाउक्ष्ँे अस्पताल वीरगंजमा उपचार भइरहेको छ। गए राति रौतहटको च.पुर-१ स्थित महेन्द्र राजमार्गमा ना.४प ६१७५ नं.को मोटरसाइकलले डुमरीया-२ बस्ने बर्ष २० को ध्रुव वि.क.लाई ठक्कर दिंइ र्घाईते बनाएको छ भने मोटरसाइकल चालक च.पुर-१ बस्ने बर्ष २५ को मनोज तिमल्सिना समेत र्घाईते भएका छन्। दुवै जनाको नाउक्ष्ँे अस्पताल वीरगंजमा उपचार भइरहेको छ। महोत्तरीको गौरीबास-७ कालापानी स्थित बर्दिबास सिन्धुली सडकखण्डमा शनिवार अनटेस्ट ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका गौरीबास-७ बस्ने गणेश रायमाझीको उपचारको लागि भरतपु

डुबेर एक युवकको मृत्यु, एक बेपत्ता

वीरगंज, १५ कार्तिक । डुबेर सर्लाहीमा एक युवकको मृत्यु भएको छ भने दोलालघाटमा एक युवक बेपत्ता भएका छन्। आज बिहान १०ः३० बजे मलंगवा ४ बस्ने राम विनय रायको छोरा १५ वर्षीय राजेश राय कृष्णमति स्कूलको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। यसैगरी नन्दी मा.वि. काठमाण्डौ नक्शालबाट करिब २५ जना बिद्यार्थीहरु पिकनिक मनाउन दोलालघाट गा.वि.स.स्थितर् इन्द्रावती खोलामा गएको बेला काठमाण्डौ म.न.पा.वडा नं.७ कालोपुल बस्ने शंकरमान तामाङ खोलाले बगाएर बेपत्ता भएका छन्। उनलाई खोलाले बगाएर दक्षिणतिर लगेपछि प्रहरी टोलीले खोजतलास गरिरहेका छन् ।

चीन हुंदै नेपाल भित्रिएका सात व्यक्ति पक्राउ

सिन्धुपाल्चोक, १५ कार्तिक । चीनबाट नेपाल भित्रिएका सात जना व्यक्तिलाइ नेपाल प्रहरीले पक्राउ गरेको छ। शनिवार सांझ ६ बजे प्रहरीले सातजना व्यक्तिलाई माङखा-१ ड्याम र्साईड भन्ने स्थानबाट पक्राउ गरेको आज मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ। नेपाली र अंगे्रजी भाषा बोल्न नजान्ने ती व्यक्तिहरुलाइ लामासांघुबाट खटिगएको प्रहरीको गस्ती टोलीले पक्राउ गरी उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको छ। पक्राउ परेका ७ जनाको नाम, ठेगाना प्रहरीले र्सार्वजनिक गरेको छैन।

चोरद्वारा लाखौंको चोरी

सिन्धुपाल्चोक, १५ कार्तिक । अज्ञात चोरहरुले एक र्सवसाधारणको घरबाट नगद, गरगहना र मुर्ति गरी करिब लाखौंको सामान चोरेर फरार भएका छन्। गए राति गोल्छे-२ सुकुली बस्ने अमरबहादुर सिलवालको घरमा करिब ६ जना लुटेराहरुले सुन, चांदीले निर्मित बनझांक्रीको मुर्ति-१ थान, चांदी ३७ तोला र नगद रु.१७,३००।- बराबर लुटि फरार भएको प्रहरीले जनाएको छ। लुटेराको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

लोग्ने र महिलाद्वारा महिलालाइ कुटपिट

सर्लाही, १५ कार्तिक । । सर्लाहीको दुइ स्थानमा कुटपिट भएको समाचार प्रँप्त भएको छ। आज बिहान हरिवन-९ प्रतापटोल वस्ने वर्ष३० को आत्यसिंह दोङले आप\mनै श्रीमती वर्ष २८ कि हरिमाया दोङलाई मादक पदार्थ सेवन गरी टाउकोमा हिर्काएर घाइते बनाएको छ । घाइतेको नमूना अस्पताल हरिवनमा उपचार भईरहेको छ। यसैगरी हिजो धनकौल-३ बस्ने बुद्धराम ठाकुर हजामको पत्नी ४० वर्षीय शकीला देवीलाइ खेतमा फलेको बदाम हर्ेन गएको बेला सोही ठाउं वडा नं.-७ बस्ने दिनेश हजारी र प्रेम हजारीको पत्नीहरुले कुटपिट गरी गम्भीर घाइते बनाएको छ। घाइतेको ना.उ.क्षे.अस्पताल बीरगंजमा उपचार भइरहेको छ।

मधेश तराइ फोरमद्वारा जनप्रदर्शन

वीरगंज, १५ कार्तिक । मधेश तराइ फोरम पर्साले उपराष्ट्रपतिको सपथ ग्रहणको प्रकरण सम्बन्धमा राज्यले संविधान संशोधन गरेर पाउनुपर्ने सम्पूर्ण उत्तरदायित्व, सुविधा चांडोभन्दा चांडो सुम्पिनुपर्ने दबाब दिंदै आज दिउंसो २ बजे घण्टाघरमा जनप्रदर्शन गर्ने भएको छ। गए राति वीरगंजको घण्टाघरबाट निस्किएको सो मशाल जुलुसले नगर परिक्रमा गरी माइस्थानमा पुगी कोणसभामा परिणत भएको थियो। कोणसभामा जिल्ला अध्यक्ष सुरेश ठाकुर, विद्यार्थी नगर अध्यक्ष राजु पटेल, युवा नगर अध्यक्ष रुस्तम अलि एवं वीरेन्द्र यादवले उपराष्ट्रपति सर्न्दर्भमा सरकारले निर्णय गर्नुपर्ने बताए।

तेक्वान्दो संघका अध्यक्षमा प्रकाशशम्शेर राणा

वीरगंज, १५ कार्तिक । २० वर्ष अगाडि दर्ता भएको नेपाल तेक्वान्दो संघको प्रथम साधारणसभा शनिवार २६ वर्षपछि वीरगंजको होटल सूरजमा सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि सभासद् जीतेन्द्र सोनलले केन्द्रीकृत दृष्टिकोण मोफसलतर्फ नरहे पनि तेक्वान्दो संघ पर्सर्ाा उपलब्धिमूलक कार्य गर्न सफल हुनु ज्यादै खुशीको कुरो हो भने। उनले केन्द्रीकृत दृष्टिकोणका कारण प्रतिभावान खेलाडीले अवसर नपाउने, सही खेलाडीको पहिचान र सम्मान नगरिनु राष्ट्रकै सम्मानमा कमी भएको महसुस हुने बताए। खेलले देशलाई चिनाएको उदाहरण ज्वलन्त रह“दा समेत हाम्रो देशमा खेलाडीहरुको सम्मान नगरिएकै कारण देशलाई चिनाउन नसकिएको हो भने । खेलमा राजनीति प्रभाव पर्ने गरेकोमा दुःख व्यक्त गर्दै सभासद सोनलले राजनीतिदेखि खेलजगतलाई टाढा राख्नुपर्ने कुरामा जोड दिए। साधारणसभाले अध्यक्षमा प्रकाशशम्शेर राणा, महासचिवमा दीपराज गुरुङ र कोषाध्यक्ष्ँमा रविराज सिंहलाइ र्सवसम्मतिले चयन गरेको जनाइएको छ भने अन्य पदका लागि र्सवसम्मतिबाटै छनोट गर्ने प्रक्रिया अगाडि बढिरहेको तेक्वान्दो संघले जनाएको छ।