Skip to main content

विराट सत्संग समारोह २०६६ सम्पन्न

काठमाडौं, १५ कार्तिक । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा पशुपति क्षेत्र बनकालीमा यहि कार्तिक १४ र १५ गते दर्ुइ दिवसिय विराट सत्संग समारोह सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री माधवकुमार नेपालज्यूबाट शिलालेख अनावरण गरी श्री हंस मण्डपको समुद्घाटन गरेका थिए। नेपाल मानव धर्म सेवा समितिका प्रणेता सद्गुरुदेव सतपाल जी महाराजको आहृवानमा निर्माण भएको उक्त मण्डप नेपालकै पहिलो आध्यात्मिक मञ्चको रुपमा स्थापित भएको छ।
हरेक धार्मिक संघसस्थाहरुले सम्पे्रषण गर्ने विचारहरु सम्पूर्ण मानव जातीको हित र कल्याण तर्फअग्रसर हुनुपर्ने विचार राख्दै प्रधानमन्त्री माधव कुमार नेपालले पशुपति क्षेत्र भित्र अत्याधुनिक मञ्च निर्माण गरेकोमा नेपाल सरकार र व्यक्तिगत तर्फाट श्री सतपाल जी महाराज एवं नेपाल मानव धर्म सेवा समिति प्रति आभार व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि एवं मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजले नेपाल र भारत बिचको सामाजिक, आर्थिक, सांस्कृतिक, तथा धार्मिक अन्तर सम्बन्धको ब्याख्या गर्दै श्री पशुपतिनाथ मन्दिर प्रति नेपाली तथा भारतिय दुवै नागरीकले उच्च महत्व दिएको प्रसङ्ग ब्याख्या गर्दै विकसित तथा सम्वृद्घ नेपालको निर्माण प्रति आफू दृढ रहेको विचार व्यक्त गर्दै शान्त एवं समुन्नत नेपालको शुभकामना दिनुभयो। पशुपतिनाथको दर्शन सबैका लागि खुल्ला हुनुपर्ने विचार राख्दै महाराजजीले भन्नुभयो - "जसरी र्सर्ूयको उज्यालो संसार भरी फैलिन्छ त्यसरी नै विश्व भरीका मानव जातीले पशुपतिनाथलाई उच्च महत्व दिएको कारण पनि पशुपतिनाथको दर्शनमा विभेद नर्गन आग्रह गरे।
र् धर्मशास्त्र प्रतिर् इङ्गति गर्दै महाराजजीले भने- धर्मशास्त्रले आध्यात्मिक दर्शनलाई सुत्रबद्घ त गरेको छ तर त्यसलाई जबसम्म प्रयोगात्मक रुपमा व्यवहारमा उर्तादैनौ र केवल पठनवाठन मा मात्र सीमित राख्दछौं त्यसले आध्यात्मिक मर्म पुरा गर्न सक्दैन। आज सुन्दर, शान्त र सम्बृद्घ समाजको निर्माण अपरिहार्य बनेको छ। यसको लागि सबै मानव जातीले कणकणमा रहेको रामलाई जान्नुछ, ब्रह्मलाई चिन्नुछ, आत्मातत्वलाई साक्षात्कार गर्नुछ तव मात्र समाजमा भाईचारा, सद्भावना, त्याग र बलदिानका भावना छताछुल्ल हुनेछन् त्यसलाई हामीले राम राज्य पनि भन्न सकिन्छ। त्यसैले तपाईहरुका पाईला मानव धर्म तर्फबर्ढाई आफ्नो जीवन सफल बनाउनुहोस्।
कार्यक्रमका सभापति, पशुपति विकास कोषका अध्यक्ष एवं संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालले आफ्नो समापन मन्तव्य राख्दै भन्नुभयो सबै धर्म संस्थाहरुले एक आपसमा सद्भाव र सम्मान साटासाट गरी भाईचारा को सम्बन्ध विकास गरुन् भन्ने राज्यको परिकल्पनालाई मानव धर्मले पछ्याउन सकेकोमा प्रसन्नता व्यक्त गर्दै श्री हंस मण्डप निर्माण गरी लोकार्पण भएकोमा सतपालजी महाराज प्रति आभार व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा श्री हंस मण्डप निर्माणको दौरानमा महत्वपर्ूण्ा भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरियो। सम्मान गरिनेहरुमा पशुपतिक्षेत्र विकास कोषका वर्तमान तथा पर्ूव पदाधिकारीहरु, श्री शुसील नाहटा, श्री नरोत्तम वैद्य, श्री परमानन्द शाक्य, श्री गणेश प्रसाद अधिकारी, श्री निर्मल कर्ुर्ंइकेल, श्री ज्ञान बहादुर हमाल लगायतका पशुपति क्षेत्र विकास कोषका सदस्यज्यूहरु हुनुहुन्थ्यो। सोही अवसरमा वरिष्ठ गायिका आनी छोईङ्ग डोल्मा तथा गायक राम कृष्ण ढकाललाई पनि सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरियो। सम्मानित द्घैय व्यक्तित्वले गाउनु भएका भजनहरुले सहभागिहरुलाई मन्त्रमुग्ध बनाएको थियो।
सोहि कार्यक्रममा आत्म ज्ञानले मात्र आध्यात्मिक ढोका खुला हुने विचार व्यक्त गर्दै माता अमृताजी, महात्मा निवासानन्दजी, प्रतिभावाईजी, अम्बिका वाईजी, चमेली वाईजी, डा.जय प्रकाशजीले मार्मिक प्रवचन सुनाउनुभयो। सोहि अवसरमा भक्ति संगीतका कलाकारहरुको शब्द र लयले सहभागिहरुलाई नतमस्तक बनाएको थियो।
झण्डै पचास हजार श्रद्घालु उपस्थित रहेको उक्त कार्यक्रममा निःशुल्क भण्डारा, निःशुल्क स्वास्थ्य शिविर एवं झण्डै आठ सय स्वयम सेवक परिचालन गरिएको र उक्त मण्डपको लागत झण्डै एक करोड रहेको आयोजकले जानकारी गराए। ऐकेश्वर रेग्मीले स्वागत गर्न भएको उक्त कार्यक्रमको सञ्चालन ठाकुर प्रसाद पौडेलज्यूले गरेका थिए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।