Skip to main content

Posts

Showing posts from June 15, 2009

पिछडा वर्गको विरोधको कार्यक्रम

वीरगंज, १ असार । नेपाल पिछडावर्ग महासंघले ११ सूत्रीय माग पूरा गराउन दबाबस्वरुप असार २ गतेदेखि विरोध कार्यक्रमको घोषणा गरेको छ। नेपाल सरकार र पिछडावर्ग महासंघबीच भएको सम्झौता कार्यान्वयन नभएको भन्दै विरोधको कार्यक्रम घोषणा गरेको महासंघका केन्द्रीय सदस्य तेजप्रकाश सहनीले बताए। विरोध कार्यक्रमबाट शैक्षिक क्षेत्र, उद्योग, व्यापार र आम जनजीवन प्रभावित नहुने गरी संचालन हुने गरी नागरिक समाजले पिछडावर्ग महासंघलाई नागरिक समाजले अनुरोध गरेको छ। वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा संघका अध्यक्ष लगायतका प्रतिनिधि, शैक्षिक संस्थाको छाता संगठन प्याब्सन, एन. प्याब्सनका प्रतिनिधि र नेपाल पिछडावर्ग महासंघका प्रतिनिधिबीच आज भएको छलफल कार्यक्रममा उद्योग, बजार र शैक्षिक संस्थालाई बन्द हड्तालबाट मुक्त राख्ने सहमति भएको हो। पिछडावर्ग महासंघले भन्सार र राजमार्गबाट आवतजावत ठप्प गरी आप\mनो विरोध कार्यक्रम जारी राख्ने छ ।

वीरगंज घोषणा पत्र जारी

वीरगंज, १ असार । थारु, मुसलमान, आदिवासी, जनजाति, दलित, महिला लगायतको गणतान्त्रिक मोर्चाले वीरगंज घोषणापत्र जारी गरेको छ। आज वीरगंजमा एक पत्रकार सम्मेलनको आयोजना गरी थरुहट संयुक्त संर्घष्ा समिति बारा, पर्सा संयोजक नन्दकिशोर फौज्दारले सवै जनजाति, वर्ग क्षेत्र, लिंग, धर्मले उठाएको मुद्दालाई सम्बोधन गराउन वीरगंज घोषणा पत्र जारी गरेको बताए। जेठ ३१ गते नगर सभागृह वीरगंजमा सम्पन्न दुइ दिने राष्ट्रिय भेलाले घोषणा पत्र २०६६ पारित गरेको जनाउंदै फौज्दारले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न मुद्दाहरु समेटिएको छ।

मुलुक गृहयुद्ध तर्फ- चन्द

काठमाडौं, १ असार । नेकपा माओवादीका सचिवालय सदस्य सीपी गजुरेलले नयां संविधानमा जनगणतन्त्र लेख्नका लागि सदन र सडकमा संर्घष्ा गर्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै जनगणतन्त्र स्थापनामा गर्न कसैले छेक्न नसक्ने बताए।  संविधानसभामा माओवादी सबैभन्दा ठूलो दलका रुपमा रहेकाले वैधानिक निकायबाटै संर्घष्ा गरेर जनगणतन्त्र ल्याउने बताए। उनले भने, 'जनगणतन्त्रका लागि सदन र सडकबाट संर्घष्ा गर्र्छौं।' नेपाली विशेषताको जनगणतन्त्र अवश्यम्भावी भएको बताए। नेपाली सेनाका रथी कुलबहादुर खड्कालाई कारबाही गर्न नमिल्ने जिकिर गरे। खड्काले सेनामा रहेर कुनै गल्ती नगरेको उनको भनाई थियो। गजुरेलले पुनः जनयुद्धमा नर्फकने बताए। आफ्ना कार्यकर्ताको हत्या हुनथालेको बताउदै त्यसले गम्भीर परिस्थिति सृजना हुने बताए। बालाजुमा मारिएका आफ्ना कार्यकर्ताको हत्यामा युथफोर्सको संलग्नता रहेको बताए। नेकपा एमालेका पोलिटब्यूरो सदस्य केशव बडालले मधेशी जनअधिकार फोरमको विभाजनले सरकारलाई पर्ूण्ाता दिन ढिलाई भएको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनयध्वज चन्दले देशमा गृहयुद्धको खतरा बढेको बताए। दल...

भक्तपुरमा यौन पर्यटनको तयारी

भक्तपुर, १ असार। द्वन्द्वको समयमा नेपालका ग्रामीण क्षेत्रका युवतीहरु भागेर शहरी क्षेत्रमा पलायन भएका थिए। यिनीहरु मध्ये केही भक्तपुरका र्सर्ुयबिनायक, डाँगाचा, डेकोचा, सल्लाघारी, लिवाली, कमलबिनायक, ब्यास्ाी, नगरका भित्रीभाग र डेकोचामा बसेर यौन ब्यापार सग्लग्न हुने गरेका छन्। बाध्यताबस यस पेसा संग्लग्न भएकाहरु गाउँ फर्किने अबस्था अझै पनि छैन। सरकारले ल्याएको २०११ सालमा ल्याउने १० लाख पर्यटकहरु मध्ये केही आफ्नो ग्राहक बन्न कुरामा भक्तपुरका यौनकर्मी महिलाहरु ढुक्क छन्। उनीहरु मध्ये केहीले यहाँका केही ठुला होटेलहरुको सर्म्पर्कमा बिदेसी ग्राहक अहिले पनि पाइरहेको कुरा सुनाए। हालसम्म गैरकानुनी रुपमा रहेको यो ब्यबसायको बारेमा खुलेर बहस गर्न यहाँका पर्यटन ब्यबसायीहरु तयार छैनन्। नाम उल्लेख गर्न नचाहने एक पर्यटन ब्यबसायीका अनुसार भक्तपुरमा प्रचार गरिएको सास्कृतिक पर्यटनको स्कोप नसकिसकेकोले यौन पर्यटनलाई नै मुल उदेश्य लिए मात्र यहाँको पर्यटन उद्योग धान्न सकिने दाबी गरे।   यहाँका पर्यटन ब्यबसायीहरुले भक्तपुरलाई नयाँ पदयात्रा गन्तब्य बनाउन खोजे पनि यहाँको प्रदुशित बाताबरणको कारण बाताबरणबिदहरुले अस...

मोटरसाइकलको ठक्करबाट वृद्धा ठहरै

चितवन, १ असार । महेन्द्र राजमार्ग हुंदै हेटौडाबाट चितवनतर्फ जांदै गरेको मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। आज बिहान चितवनको पिप्ले-७ गड्यौली नजिकै ना११प ३९२२ नं.को मोटरसाइकलको ठक्करबाट सोही ठाउं बस्ने ७० वर्षीय वृद्धा कृष्ण कुमारी राउतको उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

लुटेराले मोटरसाइकल लुट्न नसकेपछि आगो लगाए

वीरगंज, १ असार । अज्ञात लुटेरा समूहले महोत्तरीमा एक व्यक्तिको मोटरसाइकल लुट्न नसकेपछि आगो लगाइदिएको छ। आज बिहान लक्ष्मीनिया-५ नजिकैको जंगलमा उपचारको लागि चितवनतर्फ जांदै गर्दा दिनेश महतोको ज२प ४४० नं.को डिस्कभर मोटरसाइकल ३ जना लुटेराहरुले लुट्न नसकेपछि आगो लगाइ फरार भएको प्राप्त जानकारीमा उल्लेख छ। लुटेरा समूहको खोजतलास भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

शान्ति माध्यमबाट शान्ति खोज्न आग्रह

कायरो, ३१ जेठ । युरोपेली सङ्घका विदेशमामिला प्रमुख हाभियर सोलानाले शान्तिको माध्यमबाट सुरक्षा खोज्न आग्रह गरेका छन्। सञ्चारकर्मीहरूसंग कुरा गर्दै उनले भविष्यमा इजरायलसंग हुने वार्ता उसको व्यवहारमा निर्भर हुने बताए। अबरुद्ध भएको मध्यपर्ूव शान्तिप्रक्रियालाई गतिदिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले चालेको कदम तथा त्यसकालागि अमेरिकी विशेषदूत जर्ज मिचेलले गरेको उक्त क्षेत्रको भ्रमणले पनि अमेरिकी चाहनालाई स्पष्ट गरेको उल्लेख गर्दै 'दर्ुइराज्य समाधानमा इजरायल सहमत हुनुपर्ने बताए। इजिप्टका राष्ट्रपति होस्नी मुबारक र विदेशमन्त्री अबुल गेइटसँगको वार्तापछि सञ्चारकर्मीमाझ प्रस्तुत भएका सोलानाले इजरायल र युरोपेली संघबीच वार्ताभने जारी रहने उल्लेख गरे।

नौ विदेशीको अपहरण

काठमाडौं, १ जेठ । सिट्टे व्रि्रोहीलेे उत्तरी यमनको पहाडी भूभागबाट नौजना विदेशीलाई अपहरण गरेका छन् । सरकारको उक्त आरोपको खण्डन गर्दै उक्त समूहले आफूहरूलाई बदनाम गर्न राज्यले त्यस्तो आरोप लगाएको दाबी गरेको छ । उत्तरी सादा प्रान्तमा बनभोजका लागि गएका विदेशीहरू व्रि्रोहीको पञ्जामा परेका गृह मन्त्रालयका एक अधिकारीले बताए ।

२०-२० मा श्रीलंका र इंगल्याण्ड विजयी

काठमाडौं, १ असार । २०-२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर एट अर्न्तर्गत गएराती भएका खेलहरुमा श्रीलंका र इङल्याण्ड विजयी भएका छन्। इङल्याण्डको लर्डस क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ रनले पराजित गरेको हो। टस जितेर पहिले व्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ४४ रनको स्कोर खडा गरेको थियो। जवाफी व्याटिङमा उत्रिएको आयरल्याण्डले सबै विकेट गुमाउंदै १ सय ३५ रनमा समेटिएपछि खेल श्रीलंकाको पक्षमा गएको हो। यस्तै गएराती नै भएको अर्को खेलमा इंग्ल्याण्डले भारतलाई ३ रनले पराजित गरेको छ। इंग्ल्याण्डले लगतार दोस्रो पटक विश्व कप क्रिकेट जित्ने भारतको सपनालाई चक्कानाचुकर पारेको छ । यो हारसंगै भारत प्रतियोगिता बाटै बाहिरिएको छ। १ सय ५४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको भारतले २० ओभरमा ५ विकेट गुमाउंदै १ सय ५० रनमा समेटिए पछि इग्ल्याण्डको जित सुनिश्चित भएको हो । यस अघि पहिले व्याटिङ्ग गरेको इंग्ल्याण्डले भारतका लागि १ सय ५३ रन बनाएको थियो।

उपत्यका बन्दबाट जनजीवन प्रभावित

काठमाडौं, १ असार । आफना कार्यकर्ताको हत्याको विरोधमा एकिकृत नेकपा माओवादीका कार्यकर्ताले आव्हान गरेको उपत्यका बन्दका कारण जनजिवन प्रभावित भएको छ । हत्याको विरोधमा वाईसिएलका कार्यकर्ताहरुले उपत्यकाको बालाजु, गौशाला, सोह्रखेट्टे लगायतका स्थानमा पर््रदर्शन गरेका छन्। बन्दका कारण विहानै देखि उपत्यकामा सवारीका साधन चलेका छैनन् भने बजार पनि खुलेका छैनन् । माओवादीले आफ्ना कार्यकर्ता राजेन्द्र फूयांलको हत्या एमालेका कार्यकर्ताले गरेको आरोप लगाएपछि हिजो सांझ राजधानीको बालाजुमा दुवैपक्षवीच झडप हुंदा ८ जना घाइते भएका थिए । गएको शुक्रवार अचेत अवस्थामा भेटिएका फुयालको बिस सेवनका कारण मृत्यु भएकेा प्रहरीले जनाएको छ भने माओवादीले यर्ुथ फोर्सल गरेको आरोप लगाएको छ। यसैवीच एकिकृत माओवादीले जुम्ला बन्दको आव्हान गरेका कारण त्यहांको जनजिवन प्रभावित भएको छ। बन्दको बढि प्रभाव कालीकोटमा परेको कालीकोट बाट हाम्रा सम्वाददाताले जनाएका छन्। सेनापतिलाई थमौती दिने राष्ट्रपतिको कदम बिरुद्ध भेरी-कर्ण्ााली बन्दका क्रममा एमालेका कार्यकर्ताले प्रतिकार गरेको भन्दै माओवादीले आज जुम्ला बन्दको आव्हान गरेको माओवादीले जनाएको छ...

सरकारलाइ पुर्णता दिन शिर्ष नेताहरुको बैठक

काठमाडौं, १ असार/सरकारलाई पूर्णता दिनेबारे गठबन्धनदलका शिर्ष नेताहरुको बैठक आज बस्ने भएको छ। कांग्रेस र एमालेले महत्वपर्ूण्ा मन्त्रालय राखेको भन्दै म्ाधेशबादी ३ दलले आपत्ती जनाएपछि हिजो विस्तार हुने भनेको मन्त्री परिषद विस्तार हुन सकेन । काग्रेस, एमाले, मधेशी जनअधिकार फोरम गच्छदार समुह, तराइ मेधश लोकतान्त्रीक पार्टी र सद्भावना पार्टीेबिच मन्त्रालय बाडफाडमा सहमति हुन सके आज मन्त्रिपरिषद गठन हुने एमालेका महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो । दलहरुबिचको असहमती र आन्तरिक किचलोका कारण सरकार गठन भएको ३ सता भैइसक्दा पनि मन्त्रीमण्डलले पुर्णता पाउन सकेकेा छैन।

दुइ पत्रकारलाइ भारतीय सुरक्षाकर्रर्मीद्वारा यातना

रौतहट, १ असार/रौतहटका दुइ जना पत्रकारलाइ भारतीय सुरक्षँकर्मीले कुटपिट गरि यातना दिएको छ। सदरमुकाम गौरबाट समाचार संकलनका लागि सीमा क्षेत्र बैरगनीया तर्फजांदै गरेका रौतहट एफ एमका उपसम्पादक अनिल ठाकुर र पत्रकार कन्हैया झालाई भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानले गएराति नियन्त्रणमा लिएर कुटपिट गरि यातना दिएका हुन। तस्करीको समाचार प्रशारण गरेको निहुमा पत्रकारद्धय ठाकुर र झालाइ एसएसबीका मेजर जेके जमीनीको कमाण्डमा खटिएका भारतीय सुरक्षाकर्मीहरुले कुटपिट गरि ज्यान मार्ने धम्की दिएपछि उहाँहरु गौर फर्किएको हाम्रा सहकर्मीले बताएका छन्।

चितवन बिहानैदेखि ठप्प

-भरत पाण्डे । चितवन, ०१ असार/ नेपाली कांग्रेशका कार्यकर्ता गोविन्द पौडेलको हत्यारालाई तत्काल कारवाहि गर्न माग गर्दै दवाव समुहले गरेको बन्दका कारण चितवन विहानै देखि ठप्प छ। हत्यारालाई पक्रन र कारवाही गर्न प्रशासनले नसकेको भन्दै आज एक दिनका लागि दवाव समूहले जिल्ला बन्दको आह्वान गरेको हो । बन्दका कारण चितवनका बजार क्षेत्रमा यातायातका साधनहरु चलेका छैनन् । त्यस्तै शिक्षण संस्था, बजार, कलकारखाना सवै बन्द छन् । भरतपुर-१० निवासी "गोपी" भनिने गोविन्दको हत्या भएको एक महिना बितिसक्दा पनि प्रशासनले हत्यारा पत्ता लगाउन सकेको छैन । हत्या भए लगत्तै पटक-पटक प्रशासनलाई घचघच्याउँदा पनि यसको बेवास्ता गरिएको आरोप समूहले लगाएको छ । दवाव समूहले भोलि विहान सांढे १० वजे चितवन जिल्ला अदालतमा धर्ना दिने कार्यक्रम समेत तय गरेको छ । गत जेठ ४ गते हतियारधारी समूहको आक्रमणबाट गोविन्दको ज्यान गएको थियो।

हत्याको विरोधमा काठमाडौं ठप्प

असार १ काठमाडौं । एकीकृत नेकपा माओवादीले आफ्ना स्थानिय नेता राजेन्द्र फुयाँलको रहस्यमय हत्या भएको विरोधमा आज काठमाडौं बन्द गराएको छ । बन्दका कारण विहानैदेखि काठमाडौंमा सार्वजनिक तथा नीजि सवारी साधन चल्न सकेका छैनन । बजार तथा कलकारखाना बन्द रहेका छन् भने शिक्षण संस्था पनि खुलेका छैनन् । बन्दको प्रभाव सहरको भित्री भागसम्म परेको छ । सडकमा सुरक्षा नीकाय प्रेस एम्बुलेन्स बाहेकका सवारीसाधन चलेका छैनन् । विहानै देखि सडक र चोक चोकमा माओवादी कार्यकर्ता जम्मा भएर बन्द गराएका हुन् । बालाजु क्षेत्रमा भने बन्दकर्ताले प्रहरीको सवारीसाधन समेत चल्ल दिएका छैनन् । काठमाडौं जिल्ला सेक्रेटरी शैलेन्द्र श्रेष्ठले जेठ २८ गतेदेखि संपर्क विहीन रहेका जिल्ला सचिवालय सदस्य फुँयाल जेठ ३१ गते शिक्षण अस्पतालको शव गृहमा फेला परेको बताउनुभएको छ । प्रहरीले काठमाडौको धर्मस्थलीमा अचेत अबस्थामा फेला पारेर ल्याईएको र अस्पतालले मृत घोषणा गरेको जनाए पनि हत्या रहस्यमय भएको माओवादीको भनाई छ । माओवादीले घटनाको सत्य तथ्य सार्बजनिक गरि हत्यारालाई कारबाही गर्न दवाव दिन बन्द आव्हान गरिएको जनाएको छ । यसैविच राजेन्द्र फुयाँलेको हत्य...

दुर्घटनामा पत्रकारसहित पांचजना घाइते

नवलपरासी, १ असार । राजधानीको बालाजुमा सवारी दुर्घटनामा पत्रकार रविन थपलिया घाइते भएका छन्। माछापोखरीदेखी बनस्थली तर्फजांदै गरेको ना २ प८६२९ नं को भाडाको ट्रकले सोही दिशा तर्फजांदै गरेको बा ३१ प १८२१ नम्बरको मोटरसाइकललाई ठक्कर पत्रकार थपलिया सहित नैकाप २ बस्ने बिमला धिताल घाइते भएका हुन्। घाइते थपलियाको अहिले बि एण्ड बि अस्पताल र गम्भीर घाइते धितालको अहिले शिक्षण अस्पताल महारागञ्जमा उपचार भैरहेको छ। उता, पर्ुव पश्चिम राजमार्ग अर्न्तर्गत नवलपरासीको रजहरमा गएराती भएको सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन्। पश्चिमबाट पुर्वतर्फआउंदै गरेको ना२ख ५३५३ नं.को ट्रक रजहर ६ मा अचानक पल्टंदा सो दुर्घटना भएको हो। घाइते सबैलाइ उपचारको लागी चितवनको भरतपुर ल्याइएको छ। घाइतेमध्ये ३ जनाको भरतपुर अस्पताल र १जनाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

वीउमनपा बन्द भएपछि शहर दुर्गन्धित

वीरगंज, १ असार । कुटपिटको विरोधमा वीरगंज उपमहानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएर अनिश्चितकालीन कार्यालय बन्द गरेपछि वीरगंज नगर दुर्गन्धित भएको छ। आज तेश्रो दिन पनि वीरगंज नगरमा फोहर उठन सकेको छैन भने नेशनल टे्रडिङ नजिकै मेन सडकमा ठेलामा लोड भएको सांढे मरेर डुङडुङती गन्हाएर सो क्षेत्र नै दुर्गन्धित भएको छ। नाला तथा शहरभरि फोहर मैलाको थुप्रो देख्न पाइएको छ। मरेको साढे नपाको ठेलामा लोड भएर वीरगंजको मुख्य सडकमै देखेपछि स्थानीयवासी भन्छन्- सरसफाइ कर्मचारीले आन्दोलन टुंगिएपछि मात्रै मरेको सांढेलाइ तह लगाएपछि हामीलाइ बसिनसक्नु हुन्छ। ठेक्कासम्बन्धी विवादमा तमलोपाको भातृ संगठन तराइ मधेश विद्यार्थी प|mन्टका केन्द्रीय सदस्य देवानन्द यादवले वीउमनपाको कर्मचारीलाइ कुटपिट गरेपछि प्रहरीले यादवलाइ पक्राउ गरी कारबाही नगरेको विरोधमा वीउमनपाका कर्मचारीहरु कार्यालयको कामकाज ठप्प पारी अनिश्चितकाल आन्दोलनमा उत्रिएका हुन्। आइतवार वीउमनपा कर्मचारी एसोसिएसनसंग कार्यकारी अधिकृत, राजनीतिक दल, नपा बोर्डबीच भएकोवार्तामा सहमति नभएपछि वीउमनपामा लगातार तीन दिनदेखि कामकाज ठप्प हुंदा सेवाग्राहीहरु मर्का...