कायरो, ३१ जेठ । युरोपेली सङ्घका विदेशमामिला प्रमुख हाभियर सोलानाले शान्तिको माध्यमबाट सुरक्षा खोज्न आग्रह गरेका छन्। सञ्चारकर्मीहरूसंग कुरा गर्दै उनले भविष्यमा इजरायलसंग हुने वार्ता उसको व्यवहारमा निर्भर हुने बताए। अबरुद्ध भएको मध्यपर्ूव शान्तिप्रक्रियालाई गतिदिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले चालेको कदम तथा त्यसकालागि अमेरिकी विशेषदूत जर्ज मिचेलले गरेको उक्त क्षेत्रको भ्रमणले पनि अमेरिकी चाहनालाई स्पष्ट गरेको उल्लेख गर्दै 'दर्ुइराज्य समाधानमा इजरायल सहमत हुनुपर्ने बताए। इजिप्टका राष्ट्रपति होस्नी मुबारक र विदेशमन्त्री अबुल गेइटसँगको वार्तापछि सञ्चारकर्मीमाझ प्रस्तुत भएका सोलानाले इजरायल र युरोपेली संघबीच वार्ताभने जारी रहने उल्लेख गरे।
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...
Comments
Post a Comment