Skip to main content

Posts

Showing posts from July 12, 2009

बहराइनमा दुइ नेपालीको गाडी ठक्कर बाट मृत्यु

-सन्तोष दाहाल- बहराइन, २८ असार । वैदेशिक रोजगारीका लागि केही महिना आएका दुइ युवकको दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा दुलेगौडा गाविस वडा नं. ८, तनहुका २२ वर्षीय अविवाहित केश बहादुर थापा र कास्की जिल्ला लेखनाथ नगरपालिकाका ३४ वर्षीय गोपाल सुनार रहेका छन्। थापा चार महिना अघिमात्र बहराइन आएका थिए र उनी अल डेक्व अलुमीनीयम कीचेन कम्पनीमा कार्यरत थिए । दुइ छोरीका बाबु सुनार २१ महिना अघि अल दुक्वा कन्ट्रक्टीङ कम्पनीमा कार्यरत थिए । मृतक दुबै जनाको स्पोन्सर एकै हुन् । मृतक गोपाल सुनारका आफनै जेठान अन्त बहादुर बिक जो मृतकहरु संगै बस्ने र सोही कम्पनीमा कार्यरत हुन र उनको भनाइ अनुसार मिति ०८ जुलाइ २००९ का दिन मृतक दुबै जना बिहान ६ बजे तीर बहराइनको सीत्रा स्थित आफनो कोठा बाट काम तिर गईरहेको अवस्थामा सोही दिशाबाट आइरहेको मीनीबसले ठक्कर दीएको थियो । घटना भएको आधा घण्टा पछी गोपाल सुनारको मृत्यु भएको थियो भने केश बहादुर थापाको उपचारको क्रममा सलमानीया हस्पीटलमा मुत्यु भएको कुरा अन्त बहादुर बताउछन् । मृतकको लाश नेपाल लैजाने तयारी भई रहेको छ । सो मीनीबसका चालक बहराइनी हुन र चालकलाई ट्रफीक प्रहर

तेश्रँे लिंगीले चाहेको व्यक्तिसंग विवाह गर्न पाउनुपर्ने

वीरगंज, २८ असार । तेश्रो लिंगीले आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउने अधिकार हुनुपर्ने मांग गरेका छन्। आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा निलहिरा समाज पर्साले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको सवालमा मानव अधिकार विषयक कार्यपत्र प्रस्तुत गरेका हुन्। अवधारणा पत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अन्य सिमान्तकृत तथा अल्पसंख्यक समुदायजस्तै छुट्टै पहिचान, मान्यतासहितको विशेष आरक्षण दिनुपर्ने, तेश्रो लिंगीले आफनो लैंगिक पहिचान सहित तेश्रँे लिंगीको नागरिकता प्राप्त गर्ने अधिकार हुनुपर्ने, रोजगारी, सामाजिक सुरक्ष्ँा र सामाजिक न्याय, समुदायको संरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको छुट्टै आयोगको व्यवस्था र आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउनुपर्ने उल्लेख छ। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, क्लबका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए।

सडक दुर्घटना र सडक अवरुद्ध

वीरगंज, २८ असार । विभिन्न स्थानमा दुर्घटना र सडक अवरुद्ध भएको छ। आज बिहान वीरगंज -१९ इनर्वामा रहेको हनुमान मन्दिरमा तोडफोड भएको विरोधमा स्थानीयवासीले सो सडकखण्ड अवरुद्ध गरेका छन्। गए राति बाइपासको नगवा चोकमा एचआर २९ जी ए ०१९३ नं.को टयाकंरको ठक्करबाट पर्सा अपौनी निवासी बालक आकाशकुमार घाइते भएका छन् भने स्थानीयवासीको कुटाइबाट भारतीय चालक संजय रावलाइ कुटपिट गरेका थिए। घाइते दुवैको नाउक्षे अस्पतालमा उपचार भइरहेको छ। आज विहान थाक्रे-९ नजिकै ना३ख ५३३७ नं.को ट्रक ना३ख ५५७४ नं.को ट्रक ठोक्किदा दुवै ट्रकको चालक सहित ९ जना घाइते भएका छन्। गए राति दारेचोक-३ चुम्लिङटार नजिकै रोकीराखेको ना२ख २२३ नं.को कन्टेनरमा बा१प ८११७ नं.को मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा रहेका भिम गुरुङ -२४) गोर्खा निवासी सरिता सोताङ -२८) घाइते भइ उपचारको लागी भरतपुर अस्पताल पठाइएको छ। गए राति गजुरी-२ नजिकै आरजे ०२१ जी१३२१ नं.को मार्बल लोड ट्रक उकालोबाट ब्याक भएपछि सोही ट्रकका खलासी भारतको राजस्थान निवासी बबल सिंह -२४) घाइते भएका छन्, उनको उपचार काठमाडौंमा भइरहेको छ।

अस्पताल सञ्चालनका लागि बृहत महायज्ञ

काठमाण्डौं, असार २८ । असाहय र तथा गरिबहरुका लागी सेवा उपलब्ध गराउँदै आएको शान्ति सेवा गृहले गरिब तथा विपन्न वर्गको सेवाका लागी अस्पताल सञ्चालन गर्ने भएको छ । अस्पता सञ्चालनका लागी श्रीमद्भागवत सप्ताहज्ञान मायज्ञ सञ्चालन गर्ने भएको छ । आइतबार रिपोर्टस ब्लब नेपालमा पत्रकार सम्मेलनगरी शान्ति सेवा गृह महायज्ञ मूलसमारोह समितिले आगामि साउन २ गते देखि महायज्ञ सञ्चालन गर्ने जानकारी दिएको छ । महायज्ञमा वाचनप्रवीण पण्डीत दिनबन्धु पाखरेलले वाचन गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । अध्यात्मिक चिन्तनबाट सामाजिक विकास गर्दै, धार्मिक अभियानमा यूवा संलग्नता र वाताबरण बचाउनका लागि बाताबरण मैत्री वस्तहरुको प्रयोग भन्ने मूल मान्यताका साथ महायज्ञ सञ्चालन गर्न लागीएको हो । पत्रकार सम्मेलनमा महायञ मूलसमारोह समितिका संयोजक निर्मल गुरुङले दीन दुःखी, असाहय विरामीहरुको सेवाका लागी अस्पताल बनाउने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले काठमाण्डुको तिलगंगा अस्पताल सँगै आफ्नै भवनमा १०० शैयाको अस्पताल निमार्ण्र्ाार्न लागेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा ससस्थाकि सचिव प्

कुटपिट गरी महिलाको हत्या

वीरगंज, २८ असार । घरायसी विवादका कारण छिमेकीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ। गए राति पर्साको तुलसीबर्वा-२ बस्ने लुक्तल डोमको पत्नी समारु देवी -६० वर्ष) लाइ छिमेकीहरु चोकट राउत डोम र बुवर राउत डोमले कुटपिट गरेर हत्या गरेका हुन्। कुटपिट गर्ने दुवै फरार रहेको प्रहरीले जनाएको छ ।

गैडाको खागसहित एकजना पक्राउ

काभ्रे, २८ असार । गैडाको खागसहित एकजनालाइ प्रहरीले पक्राउ गरेको छ। आज बिहान फोक्सिङटार -३ घर भइ हाल धुलिखेल-९ मा डेरा गरी बस्ने मिनबहादुर मोक्तान -४२ वर्ष को कोठाको दराजबाट प्रहरीले गैंडाको खाक सहित पक्राउ गरेको हो।

नेकपा माले विकास निर्माणमा सक्रिय

वीरगंज, २८ असार । नेकपा माले पर्साले विभिन्न विकास निर्माण कार्य गरेको जनाएको छ। आज वीरगंजको नेशनल टे्रडिङ नजिकै आयोजित एक कार्यक्रममा सोही स्थान नजिकै निर्माण गरिएको शौचालयको उदघाटन गरिएको थियो। मालेका सभासद राजेन्द्र खेतानको संसदीय विकास कोषबाट सार्वजनिक शौचालय, पर्सा जिल्लाका विद्यालयहरुलाइ पंखा, श्रीपुर वडा प्रहरी कार्यालयलाई पंखा, युवा स्पोर्टस क्लब, क्रिकेट क्लबलाई खेलकूद सामग्री, सरस्वती प्रावि चर्पी, रानीगंजमा पुष्पलाल चौतारा जस्ता विकास निर्माण गरिएको मालेका अध्यक्ष शत्रुघन उपाध्यायले बताए।

दुर्घटनामा दुइ घाइते, एक गम्भीर

वीरगंज, २८ असार । ट्राफिक प्रहरीको सवारी र टेम्पो एक आपसमा ठोक्किदा दुइजना घाइते भएका छन् भने एक महिलाको अवस्था गम्भीर घाइते भएकी छन्। आज बाराको नितनपुर नजिकै बा ३ झ ७८४० नम्बरको ट्राफिक प्रहरीको गाडी र ना १ ह ७४१ नं.को टेम्पो ठोक्किदा पर्सा, बेलवा निवासी रामबहादुर भण्डारी र उनकी पत्नी चम्पा घाइते भएका हुन्। चम्पाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ भने रामबहादुरको वीरगंजमा उपचार भइरहेको छ।

काठ तस्करको मृत्युको क्षतिपुर्तिको मांग गर्दै सडक अवरुद्ध

वीरगंज, २८ असार । सेनाको गोली लागेर मृत्यु भएका पीडित परिवारले उचित क्षतिपुर्तिको मांग गर्दै वीरगंज-गण्डक सडकखण्ड अवरोध गरेका छन्। आज बिहानैदेखि मृतकका परिवारजन र गाउंलेहरुले सडकमा अवरोध सिर्जना गरी दोषीलाइ कारबाहीको मांग गरेका हुन्। शुक्रवार राति पर्सा जिल्ला पचरुखी-७ का इन्द्रजित रायलाइ काठतस्करी गरिरहेको आरोपमा पर्सा बन्यजन्तु आरक्षका सैनिकले गोली प्रहार गरेपछि रायको मृत्यु भएको सैनिक जनसर्म्पर्क निर्देशनालयद्वारा शनिबार जारी वक्तव्यमा उल्लेख छ। आरक्षभित्रको भालु खोला इलाकामा मुडभेड हुंदा गस्ती टोलीको कारवाहीमा उनको मृत्यु भएको र घटनास्थलबाट ५ वटा सालको गोलीया, बन्चरो र साइकलहरु बरामद गरेको उल्लेख छ।

बजेटलाई ठूलो आकार दिए अर्थतन्त्रमा नकारात्मक असर पर्छ -अर्थविदहरु

काठमाडौं, २८ असार। अर्थविदहरुले बजेटको आकार अत्याधिक बढाउनु व्यवहारिक र प्राविधिक रुपमा उपयुक्त नहुने टिपप्णी गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा बोल्दै बजेटको आकार अत्याधिक बढाउदा अर्थतन्त्रमा नकारात्मक असरहरु पर्नसक्ने खतरा औल्याए। र् अर्थविद डा.विश्वम्भर प्याकुरेलले बजेटको आकार अत्याधिक बढाउनु उपयुक्त नहुने बताए। उनले भने, बजेटको आकार २९० अर्ब पुर्‍याए राज्यशक्तिले थेग्न सक्दैन। ५० अर्बको घाटा बजेट हुनसक्ने भविष्यवाणी गर्दै अर्थतन्त्रनै जोखिममा पुग्नसक्ने बताए। देशमा वित्तीय संकट आउनसक्ने भन्दै अति महत्वाकांक्षी नबन्न आग्रह गरे। नेकपा माओवादीका नेता एवं अर्थविद् डा.डिल्लीराज खनालले बजेटको आकार ठूलो बनाइए आर्थिक प्रणालीनै भताभुंग हुनसक्ने बताए। सरकारका अर्थमन्त्री गलत ढंगले रकम खर्च गरेर आर्थिक खर्च बिगार्न शुरु गरिसकेको आरोप लगाउ। उनले भने, अर्थमन्त्रीको कार्यशैलीले अर्थतन्त्र भताभुंग हुने अवस्था आउने लक्षण देखिन्छ। र् अर्थविद डा.शंकर शर्माले बजेटको आकार बढाउनुभन्दा पनि अर्थतन्त्रको दीगो विकास हुनेगरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। बजेट कार्यान्वयनमुखी र धान्न सकिने

शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षमा पुर्‍याइने अरे

-मोल भट्ट ँशान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याइने छ र निश्चित समयमा संविधान निर्माण हुनेछ।’- यो अभिव्यक्ति नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रवार नेशनल मेडिकल कलेज वीरगंजको समुदघाटन समारोहमा संवोधन गर्दै व्यक्त गर्नुभएको हो। प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु नेपाली जनता हर्षे विभोर हुनु हो। त्यहां उपस्थित नागरिकहरूको तालीको गडगडाहटले त्यही संकेत गर्दै थियो। आशा गरौं प्रधानमन्त्रीको बचन र्सार्थक होस्। तर सो भनाइ व्यवहारमा फलिभूत हुन भने सन्देह छ। एउटा निर्धारित कार्यक्रममा उडेर आइपुग्नु त हाम्रो प्रधानमन्त्रीलाई २ घण्टा ढिलो हुन्छ भने राज्यको मूल कानून निर्माण गर्न कति ढिलो होला - करिब दुइ महिनामा पर्ूण्ाता पाउन नसकेको मन्त्री मण्डलको अवस्थाबाट प्रधानमन्त्रीलाई ज्ञात नै होला - भने प्रश्नसूचकले नेपाली मनमा जरा नगाढी रहन सक्दैन। समयको पाबन्दीलाई लत्याउने नेपालीहरूको बानीले परिवर्तनको सम्भावना दिनप्रतिदिन क्षिण बन्दैछ भने प्रधानमन्त्रीको अभिव्यक्ति आकाशको फल नबनोस्। धेरै कार्यक्रमहरूको नजरअन्दाज गर्ने अवसर पाएको यो

फोरम मधेशको आमसभा सुरु हुंदै

वीरगंज, २८ असार। मधेशी जन अधिकार फोरम मधेश पर्साको आमसभा आज दिउंसो ३ बजे घण्टाघर वीरगंजमा सुरु हुंदैछ। बिहानै देखि आयोजकले तयारी गर्दै घण्टाघर नजिकै सभा तथा व्यापक प्रचारप्रसार गरेको छ। आमसभालाई मधेशी जन अधिकार फोरम मधेशका राष्ट्रिय अध्यक्ष भाग्यनाथ गुप्ता लगायत केन्द्रीय सदस्यहरुले संवोधन गर्ने छन्। आमसभाको तयारी पूर्व हिन्दी भाषामा छापेर व्यापक रुपमा वितरण गरिएको पर्चा, अपिलमा मधेश आन्दोलन २०६३/६४ का शहीदहरुले समग्र मधेश, एक स्वायत्त प्रदेश, आत्मनिर्ण्र्ााो अधिकार, पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली र हिन्दी भाषालाई राजकीय मान्यताका लागि शहादत दिएका थिए तर २२ बुंदेको नाममा फोरम नेपाल -उपेन्द्र) र आठ बुंदाका नाममा संयुक्त मधेशी लोकतान्त्रिक मोर्चा -उपेन्द्र, महन्थ र राजेन्द्र महतो) ले आन्दोलनलाई धोका दिएर संविधानसभा निर्वाचनबाट मन्त्री बन्नका लागि बांदर झैं लडेका छन्। सरकारी वार्ता टोलीका संयोजक महन्थ ठाकुरले मधेश, आन्दोलनमा बिहारी गुण्डाहरुको घुसपैठ भन्दै ४२ जना मधेशीलाई आन्दोलनमा मराउने काम गरे, उपेन्द्र यादवले ५४ मधेशी सपुतलाई मार्न लगाएर माओवादी सरकारमा सामेल भए जो गौर हत

क्षमताभन्दा बढी भारवहनले सडकको अवस्था नाजुक

वीरगंज, २८ असार। मध्यमाञ्चल क्षेत्रीय प्रशासकको अध्यक्षतामा बसेको बैठकले गरेको अत्यावश्यक निर्णयलाई गिट्टी ओसार्ने टिपरका धनीहरूले लंगौटी लगाइ दिंदा क्षमता भन्दा बढी भारवहनका कारण राष्ट्रिय राजमार्गको अवस्था नाजुक भइ सडक दर्ुघटनामा वृद्धि देखा परेको छ। गत वैशाख २५ गते मध्यमाञ्चल क्ष्ँेत्रीय प्रशासक आनन्दराज पोखरेलको अध्यक्षतामा हेटौडा स्थित कार्यकक्षमा बसेको बृहत्त बैठकले टिपर लगायतका ढुवानी साधनहरूले क्षमता भन्दा बढी भारवहन, सडकको अवस्था, सवारीको गतिका सम्बन्धमा छलफल गरी महत्वपर्ूण्ा निर्णय गरेको थियो। सो बैठकले गरेको निर्णयमा मध्यमाञ्चल क्षेत्रमा संचालनमा रहेका ढुवानी संघका सवारीसाधन १० चक्के र ६ चक्के विशेष टिपरहरूले कम्पनीको स्पेशिफिकेशन बमोजिमको बडी बनाएर मात्र संचालनमा ल्याउने, सवारीको ब्लुबुकमा उल्लेखित क्षमतामा नबढाइ ढुवानी सेवा संचालन गर्ने, प्रस्तुत कार्यको अनुगमनका लागि ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय वीरगंजबाट खटि आउने प्रतिनिधिहरूबाट शीघ्र अनुगमनको व्यवस्था मिलाउने, सो कार्यका लागि पथलैयामा इकाइ खडा गर्ने, चुरेदेखि पथलैया सडकखण्डलाई डिभिजन सडक हेटौडाले ग्रेडि