Skip to main content

फोरम मधेशको आमसभा सुरु हुंदै

वीरगंज, २८ असार। मधेशी जन अधिकार फोरम मधेश पर्साको आमसभा आज दिउंसो ३ बजे घण्टाघर वीरगंजमा सुरु हुंदैछ। बिहानै देखि आयोजकले तयारी गर्दै घण्टाघर नजिकै सभा तथा व्यापक प्रचारप्रसार गरेको छ।
आमसभालाई मधेशी जन अधिकार फोरम मधेशका राष्ट्रिय अध्यक्ष भाग्यनाथ गुप्ता लगायत केन्द्रीय सदस्यहरुले संवोधन गर्ने छन्।
आमसभाको तयारी पूर्व हिन्दी भाषामा छापेर व्यापक रुपमा वितरण गरिएको पर्चा, अपिलमा मधेश आन्दोलन २०६३/६४ का शहीदहरुले समग्र मधेश, एक स्वायत्त प्रदेश, आत्मनिर्ण्र्ााो अधिकार, पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली र हिन्दी भाषालाई राजकीय मान्यताका लागि शहादत दिएका थिए तर २२ बुंदेको नाममा फोरम नेपाल -उपेन्द्र) र आठ बुंदाका नाममा संयुक्त मधेशी लोकतान्त्रिक मोर्चा -उपेन्द्र, महन्थ र राजेन्द्र महतो) ले आन्दोलनलाई धोका दिएर संविधानसभा निर्वाचनबाट मन्त्री बन्नका लागि बांदर झैं लडेका छन्। सरकारी वार्ता टोलीका संयोजक महन्थ ठाकुरले मधेश, आन्दोलनमा बिहारी गुण्डाहरुको घुसपैठ भन्दै ४२ जना मधेशीलाई आन्दोलनमा मराउने काम गरे, उपेन्द्र यादवले ५४ मधेशी सपुतलाई मार्न लगाएर माओवादी सरकारमा सामेल भए जो गौर हत्याकाण्डका खलनायक थिए। फोरमले अन्तरिम संविधान जलाएर आन्दोलनको सुरु गरेको र त्यस संविधान मस्यौदामा हृदयेश त्रिपाठीको दस्तखत छ। राजेन्द्र महतो कहिले पनि आन्दोलनको पक्ष्ँधर भएनन्, मधेशीहरुको कफन बेचेर हरेक सरकारमा सामेल हुंदै आए, गिरिजाको धोकापर्ूण्ा संवोधनको र्समर्थन गरेर मधेशको ९८ प्रतिशत मांग पूरा हुने बताए । अतः यस्ता गद्दारहरुबाट होशियार रहन आह्वान गरेको उल्लेख छ।
सो अपिलमा मधेशी जन अधिकार फोरम मधेशले संविधानसभा धोका हो, संविधान बन्दैन भनेको थियो जुन कुरा आज सतप्रतिशत सत्य सावित भएको छ। मन्त्रीमण्डलमा जानका लागि उपेन्द्रको पार्टर्ीीुट्यो, माधव नेपालको मन्त्रीमण्डलमा अधिकांश व्यक्ति चुनावमा पराजित तथा नेपालको संविधान २०४७ लागू गर्ने पक्ष्ँधर हुन् । अब गणतन्त्र र संघीयतामाथि स्पष्ट खतरा देखिएको छ। नेपाली कांग्रेसको संघीयताको स्वरुप मधेश विरोधी छ भनी उल्लेख गरिएको छ ।
आज मधेश जलिरहेछ, मधेशको माटो मधेशीहरुको खुनले -रगत) लाल -रातो) भयो तर पनि गद्दार मधेशी नेताहरुको कारण आजसम्म मधेशीहरुले आप\mनो अधिकार पाएका छैनन्, गद्दार नेताहरुले आप\mनो स्वार्थका लागि कर्ुर्सर्ीीे लोभमा फसेर ५४ शहीदको सपना बेचेका हुंदा संविधानसभा, सरकार तथा दलहरुद्वारा मधेशीहरुका विरुद्ध गरिएको षडयन्त्रको पर्दाफाश गर्न, सावधान गर्न आयोजित आमसभामा ज्यादाभन्दा ज्यादा संख्यामा सहभागी हुन अनुरोध गरिएको उल्लेख छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।