- अजय यादव वीरगंज, ८ पुष। ऐतिहासिक धार्मिकस्थल जनकपुरको रामजानकी मन्दिर लगायत अन्य मठ-मन्दिर, पार्टर्ीीैवा आदि जीर्ण हुंदै गएपछि धार्मिक स्थलको संरक्ष्ँण गर्ने जिम्माबाट सरकार पन्छिरहेको रामजानकी मन्दिरका पूजारीको आरोप छ। नेपालको प्रमुख ठाउं जनकपुरधामका रामजानकी मन्दिरका ७० वर्षीय मूलपूजारी पं. भुवनेश्वर मिश्रका अनुसार विश्वमा प्रख्यात रहेको रामजानकी मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीहरूले मठ-मन्दिरको दुरावस्था देखी आफूसंग गुनासो गरेको बताएका छन्। निकै वर्षेखि सो क्ष्ँेत्रमा पसल संचालन गर्दै आएको धीरेन्द्र झाले नेपालमा अहिले राजनीतिक खिंचातानी भइरहेको बेला ऐतिहासिक एवं धार्मिक स्थलहरू पनि मासिदै गइरहेको बताए। रामजानकी मन्दिरका मूलपूजारी पं. भुवनेश्वर मिश्रका अनुसार मैले यस मन्दिरमा विसं. २०३८ सालदेखि हालसम्म पूजारीको रूपमा काम गर्दै आइरहेका छन् तर सरकारको तर्फाट यस मन्दिरको लागि अहिलेसम्म कुनै ठोस योजना नभएकोमा दुःख व्यक्त गर्नुभयो। रामजानकी मन्दिर प्राचीनकालदेखि नै रहेको त्यहांका स्थानीयवासीले बताएका छन्। भगवान राम र सीताको विवाह जनकपुरमा भएको धर्मशास्त्रमा उल्लेख छ। भगवान राम अ...