Skip to main content

Posts

Showing posts from June 23, 2009

महिलाहरुलाइ विज्ञापनमा प्रयोग गरेको आरोप

वीरगंज, ९ असार । अस्मिता महिला प्रकाशन गृह संचार तथा श्रँेत संस्थाका महिलाहरुले संचारमाध्यमले महिलाहरुलाइ विज्ञापनको रुपमा प्रयोग गरिरहेको आरोप लगाएका छन्। आज वीरगंजमा आयोजित छलफल कार्यक्रममा संयोजक मन्जु थापाले महिलाहरुमाथि हुने अन्यायका विषयमा संचार माध्यमहरुले आवाज उठाइदिन आग्रह गरिन्। कार्यक्रममा पार्वता चौधरी, अञ्जु न्यौपानेले तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमा ९ महिनासम्म निगरानी गरिएका पत्रपत्रिका, रेडियो र टेलिभिजनका समाचार तथा कार्यक्रमबाट प्राप्त सूचना, ज्ञान र अनुभूति, प्रतिवेदनको सीमा कायम गरिएको थियो।  कार्यक्रममा स्थानीय पत्रकारहरुको उपस्थिति थियो । 

खुकुरी देखाइ लुटपाट

काभ्रे, ९ असार । अज्ञात लुटेरा समूहले हतियार देखाएर काभ्रेमा लुटपाट गरेको प्राप्त जानकारीमा उल्लेख छ। गए राति पनौती-१३ बस्ने श्यामबहादुर भण्डारीको घरमा अज्ञात नकाबधारी लुटेरा समूहले खुकुरी देखाइ नगद र गरगहना लुटेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।

सरकारमा नगएपनि र्समर्थन दिन्छौं -महतो

काठमाडौं, ९ असार। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो दल सरकारमा नजाने चेतावनी दिएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सरकार गठबन्धनको संस्कृतिविपरित चलिरहेको भन्दै सरकारमा नजाने चेतावनी दिएका हुन्। सरकारमा गठबन्धनको संस्कृति छैन, महतोले भने, यही अवस्थामा सरकारमा जादैनौं तर र्समर्थन भने जारी राख्छौं। तत्काल सरकारको विकल्प नभएकाले बाहिरै बसेर भएपनि रचनात्मक सहयोग गर्ने बताए। प्रधानमन्त्री माधवकुमार नेपालसंग पटक पटक भेटी सहमतिको प्रयास गरेपनि निष्कर्षा पुगिनसकेको बताए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा महतोले नेपाली कांग्रेस र नेकपा एमालेले आफूहरुलाई बेवास्ता गरेर मन्त्रालय बांडफांड देखि अन्य निर्णयहरु गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। सहमतिलाई इन्कार गर्ने परम्पराको थालनी भएको भन्दै सरकार लामो समय नजाने अवस्था आउने बताए। तत्काल गल्ती सच्याएर सहमतिको संस्कार विकास गर्न आग्रह गरे।

चटयाङ लागेर दुइ बालकको मृत्यु

रौतहट, ९ असार । रौतहट र सर्लाहीमा चटयाङ पर्दा दुइ बालकको मृत्यु भएको छ। आज बिहान १० बजे सर्लाही, ओरही-७ सागरदिना टोलमा चटयाङ पर्दा किशोरी महत्तोको ३ वर्षीय छोरा रोहीत महत्तोको मृत्यु हुनुको साथै भलही गाविस वडा नं. -५ बस्ने सिताराम साहको २ वटा भैसी पनि मरेको छ। त्यस्तै रौतहट, गौर-२ बस्ने नाग पासवानको घरमा चटयाङ पर्दा उनको १२ वर्षीय छोरा संजिव पासवान घाइते भएपछि उपचारको क्रममा बाटोमा नै मृत्यु भएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

टयाक्टर पल्टिदा चालकको मृत्यु

वीरगंज, ९ असार । टयाक्टर दुर्घटनामा बारामा टयाक्टर चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। आज बिहान मनहर्वा-७, उचिडीह नजिकै ना१त ९८४९ नं.को ट्याक्टर एक्कासी पल्टीदा ट्याक्टर चालक मनहर्वा -३ बस्ने झगरु यादवको घट्नास्थलमा नै मृत्यु भएको छ भने, झिटकैया-४ बस्ने छोटेलाल राम घाइते भएपछि उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ। 

गोली लागेर महिला गम्भीर घाइते

वीरगंज, ९ असार । अज्ञात समूहले महोत्तरीमा एक र्सवसाधारण महिलामाथि गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ। गए राति पौने १ बजे बगडा-८ मध्यपुरा बस्ने रामप्रकाश यादवको पत्नी इन्दल देवीलाइ हतियारसहित आएका एक दर्जन व्यक्तिले घरको मुलढोका फोडेर गोली प्रहार गरेको थियो। पिठ्युमा गोली लागी गम्भीर भएकी इन्दलको जनकपुरमा उपचार भइरहेको छ भने गोली प्रहार गर्ने समूहको खोजी भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ। 

पर्यटकीय नगर भक्तपुर फोहरको थुप्रो

भक्तपुर, ९ असार । भक्तपुरको बिश्वबिख्यात पांचतले मन्दिरबाट करीब सय मिटर ओरालो लागेपछि, फोहोर थुपार्ने स्थान हनुमन्ते खोला छ। त्यहां नपाले फोहर बस्तुबाट मल बनाउने भनिए पनि, उद्देश्यअनुसार कर्माचारीहरु खटाइएको छैन। सो ठाउंमा बर्षौंदेखि फोहर फाल्ने गरिदा स्थानीयबासीको स्थास्थ्यमा नकारात्मक असर परेको छ। फोहर फाल्न छुट्टाइएको कम्पाउण्डमा लगाइएको पर्खाल स्थानीयबासीले भत्कादिएका छन् । तस्विरमा पांचतले मन्दिरको तिनतला छाना समेत देखिएको छ। यसरी फालिएका फोहरबस्तु सो स्थानमा नगरपालिकाले थुपार्दा भने हजारौं मानिसहरु प्रभाबित भएका छन्। यसबाट बर्षोनी डेढ लाख बिदेशी पर्यटकहरु प्रभाबित भएका छन्। त्यसै गरी श्याम धौभडेल अस्पतालमा स्वास्थ्य उपचारको लागि जाने बिरामीहरु फोहरबाट निस्कने दुषित हावाको कारण रोगमा अझ जटिलता उत्पन्न हुने गरेको छ। यसै क्षेत्रबाट बिभिन्न कलेज र स्कुलकाका बिद्यार्थीहरु ओहरदोहर गर्ने गरेका छन् । वाल्यसे स्कुल, प्रदिप क्षेत्री सेकेण्डरी स्कुल, बिद्या बिकास माबि, काठमाण्डौं बिश्वबिद्यालय संगीत बिभाग, खोप कलेज, पद्म उमाबि आदिमा पढ्ने बिद्यार्थीहरु यहाको दुषित बाताबरण हुदै पर्ढाई गर्न

खडेरीबाट आहत कृषकहरू

वीरगंज, ९ असार । लामो समयदेखि पानी नपरेपछि खडेरीबाट आहत भएका छन् कृषकहरु । आज बिहान कालो बादल आकाशमा मडारिएर पानी पर्ला जस्तो गरेपनि बादलहरु हराएर गयो। आज पनि पानी परेन र दिउंसोसम्म प्रचण्ड गर्मी  भयो। नेपाल एक कृषि प्रधान देश हो तर कृषि जीवन निर्वाहका लागि मात्र गरिन्छ । वैज्ञानिक खेती प्रणाली अपनाएर व्यवसायिक खेती गरी खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने योजना, नीति र कार्यक्रम छैन । कूल जनसंख्याको लागि ५ महिनालाई पुग्ने खाद्यान्न मात्र नेपालमा उत्पादन हुन्छ, बा“की नपुग खाद्यान्न भारतबाट वैध र अवैध रूपमा आयात भइ आपर्ूर्ति भइरहेको छ । नेपालमा भारतमा जस्तो एक वर्षा लागि आप\mनो देशको कूल जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्नको बफर स्टक राख्ने नीति आजसम्म छैन । हिजोआज लामो खडेरीका कारण खाद्यान्न संकटको प्रबल संभावनालाई जाने बुझेका ठूला खाद्यान्न व्यापारीले खाद्यान्नको स्टक गरी दिन गुना रात चौगुनाले मूल्य वृद्धि गरी उपभोक्ताको नाजायज शोषण गरी मुनाफा कमाइरहेका छन् । बजार अनुगमन गर्ने निकाय मौन छ भने असंगठित रूपमा रहेका उपभोक्ताहरू पनि खाद्यान्न विक्रेताले कायम गरेको मूल्यलाई सहज ढंगले स्वी