Skip to main content

Posts

Showing posts from November 5, 2009

बम हो कि हौवा ?

वीरगंज, १९ कार्तिक । वीरगंजको मुख्य बजार माइस्थानमा प्लाष्टिकको झोलामा शंकास्पद बस्तु फेला परेपछि आज राति सवा सात बजे सो स्थान तनावग्रस्त भएको छ। बेवारिसे अवस्थामा झोलामा भेटिएपछि स्थानीयवासीले बम रहेको आशंकामा प्रहरीको बम डिस्पोज टोलीलाई खबर गरिएको थियो।

माओवादीद्वारा ज्रि्रका घेराउ

वीरगंज, १९ कार्तिक । एकिकृत नेकपा माओबादीले आज जिल्ला प्रशासन कार्यालय पर्सामा घेराउ गरेका छन्। आज बिहान ९ बजेदेखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि मूल गेटमा बाजागाजा र झाडू लिएर घेराउ गरेका थिए । यसैगरी माओवादीले बाराको जिल्ला प्रशासन कार्यालय घेराउ गरेको बाराबाट हाम्रा संवाददाता अजय यादवले जनाएका छन्।

बेवारिसे बम विस्फोटमा पांच जना गम्भीर

- कुबेरचन्द्र गौतम वीरगंज, १९ कार्तिक । धान काटिरहेका पांच जना किसानहरु बेवारिसे बम विस्फोटमा परी घाइते भएका छन्। आज बिहान पर्सा परवानीपुरस्थित राजहंश घ्यू उद्योग नजिकै धान काटिरहेका लिपनीबिर्ता वडा नं. ५ बस्ने दरोगा महतो, दुखनी देवी, फुलेना महतो, रमलवानी खातुन, रामचन्द्र महतो बेवारिसे बम विस्फोटमा परी घाइते भएका हुन्। घाइतेको थप उपचारको लागि दिउंसो हेलिकप्टरद्वारा काठमाडौं लगिएको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था गम्भीर रहेको छ।

कलैया बजार अनिश्चितकालका लागि बन्द

वीरगञ्ज १९ कात्तिक । उद्योग बाणिज्य संघ बाराले आजदेखि बारा सदरमुकाम कलैया बजार अनिश्चितकालका लागि बन्द गराएको छ । गएको असोज ३ गते बेपता भएको कलैया ८ का १३ बषिर्य बालक राहुल शर्माको खोजबिनमा स्थानीय प्रहरी प्रशासनले गम्भीरता नदेखाएकाले बन्द गर्नु परेको संघका अध्यक्ष संजय गुप्ताले जानकारी दिनुभयो । ब्यापारीहरुले कलैयाको भरतचौकमा प्रदर्शन गरेका छन । यसै बिच सहपाठीको खाजी कार्यमा स्थानीय प्रसासनले चासो नदेखाएको आरोप लगाएउदै बाराको कलैया स्थित जनदीप इङ्गलीस बोडि्ङ स्कुलका बिद्यार्थीहरुले आज बिहान दस बजे देखी मध्यान्ह साढे बाह्र बजे सम्म साढे दुइ घण्टा जिल्ला प्रशासन कार्यलय बाराको मुल गेटमा धर्नामा बसी बिरगंज कलैया सडकखण्ड समेत अवरुद्ध पारेका थिए ।

खनालद्वारा भारतीय गृहमन्त्रीसंग भेट

ऋषि धमला, नयां दिल्ली १९ कार्तिक । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भारतीय गृहमन्त्री पी चिताम्बरमसंग भेटेका छन्। आज नयां दिल्लीमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, माओवादी आन्दोलनलगायतका विषयमा छलफल भएको छ। भेटपछि ऋषि धमलासंग कुरा गर्दै नेता खनालले शान्ति प्रक्रियाको पछिल्लो चुनौतीबारे छलफल भएको बताए। चिताम्बरमले नेपालको शान्ति प्रक्रियामा आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेको बताए। स्रोतका अनुसार चिताम्बरमले राजनीतिक दलहरुबीचको एकतामा जोड दिएका छन्। उनले माओवादी आन्दोलनबारे चासो राखेका थिए। नेपाली भूमी भएर हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि सहयोगको आग्रह गरे। खनालले नेपाली भूमीबाट भारतविरोधी गतिविधि हुन नदिनेबारे प्रष्ट पारेका छन्। खनालले यसअघि भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता वर्द्धनेसंग भेटेका थिए। उनले आजै भारतीय कम्युनिष्ट पार्टीका महासचिव प्रकाश करात र भारतीय विदेशमन्त्री एस एम कृष्णासंग भेट्ने तय भएको छ।

बेमौसमी सामुहिक तरकारी खेतीका लागि आर्थिक सहयोग

कलैया, १९ कार्तिक। एक्शन एड नेपालको आर्थिक सहयोगमा सँचालित न्यू यंग स्टार क्लव, बाराले कलैया नगरपालिका, भवानीपुरका ५ जनै रिफलेक्ट सहभागीहरुलाई ३ दिने बेमौसमी तरकारी खेती तालिम पश्चात सँस्थाका कोषाध्यक्ष दिपेन्द्र कुमार गुप्ताले कलैया नगरपालिका, भवानीपुरका ५ जना तालिम प्राप्त रिफलेक्ट सहभागीहरुको रोहवरमा रिफलेक्टका अध्यक्ष रम्भा देवी रामलाई बमौसमी तरकारी खेती गर्नका लागि आर्थिक सहयोग स्वरुप रु.५,०००। अक्षरेपी रु. पाँच हजार मात्र हस्तानान्तरण गरेको छ। उक्त सहयोग रकम घुम्ती कोषको रुपमा सँचालन गरिनेछ, पछि रिफलेक्टका अर्को ५ जनाको समूहलाई सहयोग गरी तरकारी खेती गर्न दिइनेछ। -तस्बिर- बाबुराम मेहता

खनाल र यादव भेटघाटमा

-ऋषि धमला, नयां दिल्ली, १९ कार्तिक। भारत भ्रमणका रहेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव राजनीतिक भेटमा व्यस्त छन्। दुवै नेताहरुले भारतीय उच्च राजनीतिज्ञसंगको भेटलाई गति दिएका हुन्। आज खनालले भारतीय गृहमन्त्री शिवराज पाटिल, विदेशमन्त्री एस एम कृष्णा, भारतीय कम्युनिष्ट पार्टीका महासचिवलगायतका नेताहरुसंग भेट्दैछन्। यसअघि उनले भारतीय अर्थमन्त्री प्रणव मुखर्जीलगायतका नेतासंग भेटिसकेका छन्। यसैगरी ऋषि धमलासंग कुराकानी गर्दै कांग्रेस आइका प्रवक्ता अभिषेक मन्नुले राजनीतिक दलहरुबीचको एकतामा जोड दिएका छन्। नेपालको शान्ति प्रक्रिया जतिसक्दो चांडो तार्किक निष्कर्षमा पुगोस् भन्ने भारतीय चाहना रहेको स्पष्ट पार्दै सहयोगको लागि भारत तयार रहेको बताए। उनले नेपालमा शान्ति स्थापना भएमा भारतको पनि हित हुने भएकाले आफूहरुकेा सधै सदभाव रहने बताए। यसैगरी फोरम अध्यक्ष उपेन्द्र यादव भेटमा व्यस्त छन्। उनले कसलाई भेटे भन्नेबारे प्रकाश पार्न नचाहेपनि आफ्नो भ्रमण शान्ति स्थापनाको उद्देश्यले प्रेरित रहेको बताए।

नेताहरुको आरोप-प्रत्यारोप

काठमाडौं, कात्तिक १९। नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले सरकार ढाल्न आन्दोलन नगरेको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नागरिक सर्वोच्चता कायम गर्नु आन्दोलनको उद्देश्य रहेको बताए। 'हाम्रो उद्देश्य नागरिक सर्वोच्चता कायम गर्नु हो,' शर्माले भने,'सरकार ढाल्ने र बनाउने खेलमा माओवादी सामेल भएको छैन।' वर्तमान सरकार अप्राकृतिक र गलत ढंगले स्थापित भएकाले विरोध गरेको बताए। संयुक्त राष्ट्रिय सहमतिको सरकार अनिवार्य भएकाले नागरिक सर्वोच्चता कायम गरी अगाडि बढ्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले माओवादीका सामु आन्दोलन फिर्ता लिनुको विकल्प नभएको बताए। आन्दोलनलाई औचित्यहीन र बेमौसमको बाजा भन्दै मुठभेडलाई बढाएको बताए। उनले भने,'सहमतिका लागि माओवादीले आन्दोलन फिर्ता लिनर्ुपर्छ।' माओवादीले सत्ता प्राप्तिका लागि आन्दोलन गरेको बताए। सडकबाट सरकार परिवर्तन नहुने भन्दै सदनको बाटोबाट आउन माओवादीलाई चुनौती दिए। नेकपा एमालेका केन्द्रीय सदस्य गोकर्ण्र्ााबष्टले सहमतिका लागि आफ्नो दल सरकार बाहिर बस्न तयार रहेको बताए। सर