ऋषि धमला, नयां दिल्ली १९ कार्तिक । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भारतीय गृहमन्त्री पी चिताम्बरमसंग भेटेका छन्। आज नयां दिल्लीमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, माओवादी आन्दोलनलगायतका विषयमा छलफल भएको छ।
भेटपछि ऋषि धमलासंग कुरा गर्दै नेता खनालले शान्ति प्रक्रियाको पछिल्लो चुनौतीबारे छलफल भएको बताए। चिताम्बरमले नेपालको शान्ति प्रक्रियामा आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेको बताए। स्रोतका अनुसार चिताम्बरमले राजनीतिक दलहरुबीचको एकतामा जोड दिएका छन्। उनले माओवादी आन्दोलनबारे चासो राखेका थिए।
नेपाली भूमी भएर हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि सहयोगको आग्रह गरे। खनालले नेपाली भूमीबाट भारतविरोधी गतिविधि हुन नदिनेबारे प्रष्ट पारेका छन्।
खनालले यसअघि भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता वर्द्धनेसंग भेटेका थिए। उनले आजै भारतीय कम्युनिष्ट पार्टीका महासचिव प्रकाश करात र भारतीय विदेशमन्त्री एस एम कृष्णासंग भेट्ने तय भएको छ।

Comments
Post a Comment