Skip to main content

Posts

Showing posts from December 21, 2009

आफनो जग्गा कब्जा भएको गुप्ताको आरोप

बीरगंज ६ पुस/ वीरगंज उपमहानगरपालिका वडा नं. ४ निवासी रमेशकुमार गुप्ताले आफनो जग्गा केही व्यक्तिहरुले कब्जा गरेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कारमा बोल्दै गुप्ताले आफनो बीरगंज बडा नम्बर १६ राधेमाई नजिक रहेको एक बिगाहा १३ धुर कित्ता नं. ७२, २६४, २६८, २६९, २७२, २७३ को जग्गा प्लटिङ गरी बेच्ने तयारी गरिरहदा स्थानीयवासीले आफूलाइ कुटपिट गरी जग्गाको कागजात जलाएको बताए। बीरगंज ४ निवासी पर्साका पूर्व सभापति स्व् राधा कृष्ण प्रसाद कल्वारको नाममा रहेको सो जग्गालाई, ब्रि्री गर्न प्लटिङ गर्दा स्थानिय बासीले परम्परागत रूपमा दाहा, मोहरम पर्व मनाउदै आएको भन्दै बिबाद गरि झन्डा गाडेका थिए। कल्वारका छोरा रमेश गुप्ताले बुबाको नाममा रहेको सो जग्गा नम्बरी दर्ता रहेकोले खाली अवस्थामा कसले के गरे भन्ने बिषय सरोकारको नभएको बताए। स्थानियबासीले भने लालपुर्जा जलाएर चाँद तारा अंकित हरियो झण्डा गाडेका थिए। घटना स्थालमा पुगेका संचारकर्मीहरूलाई त्यहाको फोटो नखीच्न चेतावनी दिदै अभद्र ब्यवहार समेत गरेका थिए ।

भारतले नेपालमा गृहयुद्ध निम्त्याउन चाहेको छ ः नारायणकाजी श्रेष्ठ

काठमाडौं, पुस ६। एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतका कारण नेपालमा गृहयुद्ध निम्त्याउने खतरा बढेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता श्रेष्ठले नेपालमा गृहयुद्ध निम्त्याउने कि सहमति बनाउने भन्ने कुरा पनि भारतकै हातमा रहेको दाबी गरे। सोमबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा उनले भारतीय शासकको विस्तारवादी हस्तक्षेप, इशारा र निर्देशनमा नेपालका यथास्थितिवादी र राष्ट्रिय आत्मर्समर्पणवादी दलहरुले शान्ति प्रक्रिया भंग गर्न र संविधानसभा विघटन गर्न चाहेको बताए। 'भारतीय शासकको विस्तारवादी हस्तक्षेप, इशारा र निर्देशनमा नेपालका यथास्थितिवादी र राष्ट्रिय आत्मर्समर्पणवादी दलहरुले शान्ति प्रक्रिया भंग गर्न र संविधानसभा विघटन गर्न खोजेका छन्,' श्रेष्ठले भने, 'त्यसलाई रोक्न ब्यापक जनदबाब सृष्टि गरी नयाँ स्तरको सहमति बनाउनुको विकल्प छैन।' कार्यक्रममा नेता श्रेष्ठले प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिमार्फत प्रतिक्रान्तिकारी षड्यन्त्र गरिएको आरोप लगाए। शान्ति र संविधानका लागि आप\mनो पार्ट

बन्द, हडताल गरेर माओवादीले सत्ता नपाउने ठोकुवा

काठमाडौं, पुस ६। एमाले पोलिटब्युरो सदस्य केशव बडालले माओवादीले सडक आन्दोलनबाट कहिल्यै पनि सत्ता प्राप्त गर्न नसक्ने ठोकुवा गरेका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बडालले भने- त्यस्तो दिवास्वप्न कहिल्यै पूरा हुने छैन। सक्छ भने संसदमा ३०१ पुर्‍याऊ। नसके आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर सहमतिमा आउनुको विकल्प छैन। नेता बडालले सबै खाले सहमतिको बाधक माओवादी नै भएको आरोप लगाए। उनले भने- माओवादीको आम हडताल देशको आर्थिक अवस्था जर्जर पार्ने र मुलुकलाई सोमालिया बनाउने खेल हो। कांग्रेस नेता मनमोहन भट्टर्राईले माओवादी सत्ता कब्जाको नीति स्पष्ट भएकाले अव दलहरुसँग सत्ता छाडिदिने या भिड्नुको विकल्प नभएको बताए। माओवादी सडकबाट सत्ता कब्जा गरेर एकदलीय तानाशाही लाद्न चाहेकाले लोकतान्त्रिक शक्तिहरु माओवादीको फासीवादी चरित्र विरुद्ध भिड्नुपर्ने बेला आएको उनको भनाइ थियो। सोमबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा सद्भावना महासचिव अनिलकुमार झाले माओवादीले जतिसुकै बन्द, हडतालबाट कहिल्यै सत्ता पाउन नसक्ने बताए। उनले भने- माओवादीको आन्दो

बन्दको दोश्रो दिन साइकल पनि चल्न दिइएन

वीरगंज, ६ पुष । एकीकृत नेकपा माओवादीले आहवान गरेको बन्दका कारण आज पनि बारा, पर्सा र रौतहट लगायत देशभरको जनजीवन प्रभावित भएको छ। आज बिहानैदेखि माओवादीका कार्यकर्ताहरूले वीरगंज बजार बन्द गराएका छन् भने साइकल समेत चल्न दिएका छैनन्। बन्दका कारण यहांको शिक्षण संस्था, कलकारखाना, उद्योग प्रतिष्ठान ठप्प रहयो। लामो तथा छोटो दूरीको सवारीसाधन पनि ठप्प भएका छन्।

हात्तीले एकजनाको घर भत्कायो

धनुषा, ६ पुस । धनुषामा जंगली हात्तीले एकजनाको घर भत्काएको छ। गए राति गोदार, चिसापानीबाट आएको जंगली हात्तीले लब्टोली-५ पोर्ताहा निवासी सुरेश पासवानको एक तल्ले फुसको घर भत्काई दिएको हो। स्थानीय जनता, प्रहरीले चार राउन्ड हवाइ फायर गरेपछि हात्ती भागेको थियो।

बारामा आगलागी र गांजा बरामद

कलैया, ६ पुष । करेन्ट सट भइ आगलागी हुंदा तीनवटा घर जलेर नष्ट भएको छ। हिजो सांझ बाराको सिमरा-९ निवासी गणेश बहादुर के.सी.को घरमा करेन्ट सट भइ आगलागी हुंदा थप २ वटा घर जलेपछि करिब ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यसैगरी हिजो राति बाराको भोडाहा पोसाह खोलाको बगर हुंदै गइरहेको गांजा तस्करले प्रहरी देखेपछि १० केजी गांजा फालेर फरार भएको छ।

रौतहट र महोत्तरीमा दुर्घटना

रौतहट, ६ पुष । वीरेन्द्र राजमार्गको रौतहट, सन्तपुर-४ स्थित एक उखू लोड भएको ट्रक पल्टिदा एकजनाको घर भत्किएको छ। आज बिहान सर्लाहीबाट उखू लोड गरी गरुडा तर्फजांदै गरेको ना.२ख ८६३७ नं.को ट्रक पल्टिदा धनपती चिईमोरियाको घर भत्किएको हो। दुर्घटनामा मानविय क्षति नभएको तथा चालकलाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी टयाक्टर मरम्मत गर्ने क्रममा एकजना खसेर गम्भीर घाइते भएका छन्। महोत्तरीको भमरपुरा-३ बस्ने हैदर अलीले ज.१त ३६६६ नं.को ट्रयाक्टर बनाउने क्रममा टाउकोमा चोट लागेपछि गम्भीर घाइते भएपछि उनको जनकपुरमा उपचार भइरहेको छ।

रौतहटमा माओवादीको शान्तिपुर्ण जुलुस, टयाक्टरमा आगजनी

रौतहट, ६ पुष । नेकपा माओवादीले आहवान गरेको तीन दिने नेपाल बन्दको दोश्रो दिन आज बिहान रौतहट, च.पुरबाट भोजपुरा राज्य समितीका केन्द्रिय सदस्य एकराज थापाको नेतृत्वमा निस्किएको शान्तिपूर्ण जुलुसले नगर परिक्रमा गरेको थियो। यसैगरी गए राति अज्ञात समूहले रौतहट, सुन्दरपर-५ बस्ने रामआधार राय यादवको ना.१त ५८५४ नं.को ट्याक्टरमा आगजनी गरेको छ। यसैवीच हिजो संयुक्त आन्दोलन संर्घष्ा समिति रौतहटले प्राधानाध्यापकको हत्यारालाइ कारबाहीको मांग गर्दै शान्तिपुर्ण जुलुस प्रदर्शन गरेको समाचार प्राप्त भएको छ। संयोजक असीत कुमार बैधको नेतृत्वमा शिक्ष्ँक विद्यार्थीहरुको जुलुसले प्राध्यापक मनोज पटेललाइ शहीद घोषणा र क्षतिपुर्तिको मांग गर्दै रयाली निकालेको हो।

बेवारिसे पेस्तोल बरामद, हतियारसहित एक पक्राउ

वीरगंज, ६ पुस । पर्सामा बेवारिसे अवस्थामा पेस्तोल फेला परेको छ भने धनुषामा गए राति गस्ती प्रहरीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले हतियारसहित एकजनालाइ पक्राउ गरेको छ। वीरगंज-१७ बाइपास स्थित रोड छेउमा बेवारिसे अवस्थामा नलकटुवा पेस्तोल १ थान गस्ती प्रहरीले फेला गरेको प्रहरीले आज जनाएको छ। त्यसैगरी धनुषा, चक्कर गा.वि.स.वडा नं.२ निवासी बर्ष ३५ को सकुर मन्सुरलाइ प्रहरीले हतियारसहित पक्राउ गरेको छ। उनले प्रहरी गस्ती टोलीको गाडी माथि गोली चलाएपछि प्रहरीले पनि एक गोली चलाएको थियो। मियांको साथबाट कटुवा पेस्तोल थान १, सोको गोली १ राउण्ड गोलीसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

ब्राउनसुगरसहित तीनजना पक्राउ

वीरगंज, ६ पुष । भारत, रक्सौलबाट ना ६ प ३६४१ नं.को मोटरसाइकलमा लुकाइ-छिपाइ ल्याएको ५ ग्राम लागूपदार्थ ब्राउनसुगर कलैया, वडा नं. ७ का लक्की र्सराफ एवं निर्मल लामालाई हिजो बेलुकी ५ बजे बसपार्क प्रहरीले शंका लागि चेकजांचको क्रममा पक्राउ गरेको छ। त्यसैगरी भारतको रक्सौलबाट २ ग्राम ब्राउनसुगर लिइ वीरगंजतर्फ आउंदै गरेका वीरगंज वडा नं.१८ बस्ने दीनानाथ महतोलाई नगवा प्रहरीले पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भुवनेश्वर साहले बताए।

नेपाली क्लब बहराइनको आठौं साधारण सभा सम्पन्न

सन्तोष दाहाल/बहराइन, ६ पुष। बहराइनमा नेपालीहरुको २०/२१ वटा संघ संगठन भएपनि बहराइन सरकार संग दता भएको भने यो एकमात्र नेपाली क्लब हो र यही क्लबको छातामुनी रहेर बिभिन्न संग संगठन नेपालीहरुले सञ्चालन गर्दैआएका छन्। बहराइनमा नेपाली दुताबास नभएकोले यो क्लबले बहराइनमा कार्यरत नेपालीहरुको बिभिन्न प्रकारका समस्याहरु समाधान गर्दै आएको छ। यो क्लबले सातौं वर्षपुरागरी आठौं वर्षा प्रवेश गरेको छ। यस क्लबले आठौं साधारण सभाको आयोजना गरेको थियो भने उक्त साधारण सभाका सभापतित्व क्लबका अध्यक्ष श्री टंक बस्नेत ज्युले गर्नु भएको थियो भने प्रमुख अतिथि क्लबका मानार्थ सदस्य श्री गम गुरुङ्ग ज्युले गर्नु भएको थियो। बिभिन्न संस्था बाट पाल्नु भएका अध्यक्षहरु अतिथिकोरुपमा रहनु भएको थियो। कार्यक्रम सञ्चालक क्लबका महासचिव श्री भेष बा. सेनले गर्नु भएको थियो। क्लबको एक वर्षो कार्यप्रगति क्लबका महासचिवले गर्नु भएको थियो भने क्लबको आर्थिक आय व्यय क्लबका कोषाध्यक्ष श्री दर्ुगा गिरीले गर्नु भएको थियो। र अहीले क्लबमा मौजत ५,१८३/- बहराइन डीनार -लगभग नेपाली रु. दशलाख छतीस हजार) रहेको कुरा बताउनु भयो। क्लबको आफ्नौ हलमा स

आन्दोलनमा भएको क्षत्रि्रति क्ष्ँमायाचना

वीरगंज, ६ पुष । संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल मकवानपुरले आन्दोलनमा भएको क्षत्रि्रति दुःख व्यक्त गरेको छ । सयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल मकवानपुरका संयोजक बलराम बलले एमाओवादीको आन्दोलनमा सहभागी भई आन्दोलन सफलतापुर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूरर््ण्ा उद्योगी, व्यवसायी, व्यापारी र आम जनता प्रति हार्दीक धन्यवाद व्यक्त गरेका छन् । उनले नारायणी संघ लगायतका कार्यालयहरुमा भएको आक्रमण प्रति क्षमा याचना गरेका छन्। संयोजक बलले नचाहँदा-नचाहदैं पनि यस्तो किसिमको दर्ुघटना भएको प्रति दुःख व्यक्त गर्दै एकिकृत नेकपा माआवादी मकवानपुरका जिल्लार् इन्चार्ज सोनाम सिं स्याङ्तान बिजयले आईतबार साँझ सञ्चारकर्मीसंग कुरा गर्दै पूर्व घोषित आन्दोलनमा केही व्यक्ति र व्यवसायीहरुले अवज्ञा गरेकोले केही क्षति भएको बताए। उनले आज र भोली हुने बांकी आम हड्तालमा सहभागी हुन र हड्ताल सफल पार्न सहयोग गर्नु हुन आम जनसमुदायमा आग्रह गरेका छन्। जिल्ला इन्चार्ज बिजयले को बाट कसरी यस्तो दुर्घटना भएको हो भन्ने बारे आवश्यक छानबिन भईरहेको बताए। उनले छानबिन पछि कारबाही समेत हुने बताए।

आन्दोलनमा सहभागी भए नो वर्क-नो पे

वीरगंज, ६ पुष। वीरगंज उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ति जारी गरी विभिन्न राजनीतिक दलहरुको आहवानमा बन्द हुने गरेको कारण औद्योगिक प्रतिष्ठानहरुलाई करोडौंको नोक्सानी व्यहोर्नुपर्ने रहेको तथा सरकारको करोडौको राजस्व ह्रास हुने गरेको कुरालाई दृष्टिगत गरी नेपाल उद्योग वाणिज्य महासंघ लगायत सम्बद्ध विभिन्न उद्योग वाणिज्य संघहरुले औद्योगिक प्रतिष्ठान बन्द गर्ने र बन्द गर्न लगाउने कार्यक्रममा कुनै पनि कामदारहरुले प्रतिष्ठानको काम छाडी बन्दका कार्यक्रममा भाग नलिन अनुरोध गरेको छ। विज्ञप्तिमा बन्द कार्यक्रमका सहभागीहरुबाट विभिन्न उद्योग प्रतिष्ठानहरुमा जोर जबरजस्ती गरी प्रतिष्ठानमा बिदा गर्न सूचना जारी गर्न लगाउने, हातपात गरी औद्योगिक प्रतिष्ठान बन्द गर्न लगाउने जस्ता अमर्यादित घटनाहरु जानकारीमा आएकोले यस्ता कुराको वीउवासंघले घोर भर्त्सना गरेको उल्लेख छ। साथै बन्दका कार्यक्रममा कुनै प्रतिष्ठानका कामदार कर्मचारीले काम छाडी भाग लिन गएमा वा उद्योग प्रतिष्ठानमा हड्ताल गराएको अवस्थामा श्रमिक, कामदारहरु गैरहाजिर भएको ठहर गरी उक्त दिनको पारिश्रमिक भुक्तानी नगर्न अर्थात् नो वर्क नो पे को सिद्धान्त ला