Skip to main content

Posts

Showing posts from October 4, 2009

बाराका संचारकर्मीहरुद्वारा कालो दिवस

बीरगंज १८ असोज । बाारका पत्रकार वीरेन्द्र साहको आजकै दिन हत्या भएको विरोधमा नेपाल पत्रकार महासंघ बाराले कालो दिवस मनाएका छन्। आज बाराली संचारकर्मीहरुले हातमा कालोपट्टी बांधेर कालो विरोध प्रदर्शन गरे। एकिकृत नेकपा माओवादीले पत्रकार साहको दुइ वर्ष अघि अपहरण गरी हत्या गरेको बिरोधमा आजको दिनलाई कालो दिवशको रुपमा मनाइएको पत्रकार महासंघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले बताए। साहको हत्याका संलग्नहरुलाइ प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन।

भारतीय सुरक्ष्ँाकर्मीको यातनाबाट नेपालीको मृत्यु

रौतहट, १८ असोज । भारतीय सुरक्ष्ँाकर्मीको यातनाबाट एक नेपाली र्सवसाधारणको मृत्यु भएको छ। आज बिहान चार बजे सरमुजुवा-८ निवासी भजु राय यादवको छोरा वर्ष ३५ को भोकल राय यादवको मृत्यु भएको हो। नेपालबाट सुर्तिको डण्डी लिएर भारततर्फ गईरहेको अवस्थामा भारतीय एसएसबी र बिओपीले शनिवार जमुनीया बेश क्याम्पमा पक्राउ गरी चरम यातना दिएपछि यादवको मृत्यु भएको हो। घटनाको विरोधमा मृतकका आफन्तजनहरूले बजार बन्द गराएका छन्। लाशको पोष्टमार्टम गौर अस्पतालमा भएको थियो।

भारी परिमाणमा गहना पक्राउ

वीरगंज, १८ असोज । भारतबाट लुकाइ छिपाइ नेपाल भित्रयाउंदै गरेको भारी परिमाणमा गरगहना प्रहरीले पक्राउ गरेको छ। गए राति बीरगंज-१९ इनर्वा चौकीले ना.१च ७६७४ नंं.को मारुती भ्यानमा चेकजांच गर्दा मोटो पाउजु-५१ जोडी, पातलो पाउजु-४७३ जोडी, बाला-३२ जोर, पाउजुमा लगाउने छाडा-३ प्याकेट, झुम्का-४३ जोर, चांदीका सिक्का-७० पिस, लकेट सिक्री-४७ पिस, चांदीका तार-२ रोल, लकेटको टुप्पा-२२ पिस, बिछिया औठी-१ प्याकेट बरामद गरी चालक र मारुती भ्यानसमेत नियन्त्रणमा लिएको छ।

दुर्घटनामा दर्जनौं घाइते

वीरगंज, १८ असोज । विभिन्न स्थानमा दुर्घटना हुंदा दर्जनौं घाइते भएका छन्। आज बिहान धादिङको थाक्रे-९ स्थित पृथ्वी राजमार्गमा काठमाडौबाट चितवन तर्फआउ“दै गरेको ग.१ख ३०३५ नं.को बसले भारतबाट काठमाडौ तर्फजांदै गरेकोर् इन्डीयन बसलाई ठक्कर दिंदा एकजना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेको नाम, थर खुल्न नसकेको प्रहरीले जनाएको छ। आज बिहान चितवनको कविलास-२ दासढुंगा नजिकै नारायणगढबाट काठमाडौ जान लागेको ना.३ख ११८० नं.को बस र पोखराबाट बीरगंज तर्फजा“दै गरेको ग.१ख २६९० नं.को बस एकआपसमा ठक्कर खा“दा २९ जना यात्रु र्घाईते भएका छन् । घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने दुवै चालक फरार रहेको प्रहरीले जनाएको छ।

यातायात व्यवसायीद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, १८ असोज । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघ र स्वरोजगार यातायात व्यवसायी संघले आन्दोलनको चेतावनी दिएको छ। सरकारले तिन पांग्रे ग्याँस टेम्पो राजधानीबाट हटाउन गरेको निर्णय विरुद्ध उनीहरुले सरकारलाई सो चेतावनी दिएकाहुन्। जसअनुसार पहिलो चरणमा भोलि विहान ९ बजेदेखि काठमाण्डौंका प्रमुख स्थानमा शान्तिपुर्ण टेम्पो र्‍याली र २० गते यातायात व्यवस्था कार्यालय घेराउ गर्नेछन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च महासंघका सभापती विष्णु सिवाकोटीले विना कारण, विना क्षतिपुर्ति, गैरकानुनी तवरले गरेको निर्णय फिर्ता लिन सरकारसंग माग गरेकाछन्। उनले भने अन्यथा व्यवसायी माथी परेका अन्यायका विरुद्ध सशक्त आन्दोलनको विकल्प छैन। कार्यक्रममा स्वरोजगार यातायात व्यवसायी संघका अध्यक्ष रामकुमार म्लोनले ग्याँस टेम्पो हर्टाई डिजेलबाट चल्ने सवारी साधनले प्रदुषण बढाउने र १४ सिट क्षमताको टेम्पो हटाएर १४-१६ सिट क्षमताको सवारी भित्राउने निर्णय अव्यवहारिक हुने वताए। मजदुर र व्यवसायीका नेताहरुले सरकारलाई निर्णय फिर्ता लिन दवावका कार्यक्रम गर्नु परेको बताउँदै व्यवसायीलाई मार्ने काम नगर्न सरकारला

कोलकाता पोर्टको उदासिनताको कारण व्यापारीहरुलाई करोडौंको घाटा

वीरगंज, १८ असोज। कोलकाता पोर्ट ट्रष्टबाट नेपाली व्यापारीहरुलाई उपलब्ध हुने गरेको सेवाको गुणस्तरीयताको कमीको कारणले प्रत्येक वर्षकरोडौं रुपैयाँको घाटा हुने गरेको छ। सो पोर्टलाई विलम्ब शुल्क -डिटेन्शन शुल्क) एवं स्थान शुल्क -वारफेज शुल्क) को रुपमा बुझाउनुपर्ने भएकोले आयातित वस्तुको मोल अप्रत्याशित रुपले आकासिन पुग्ने गरेको छ। सो कोलकाता पोर्टमा रहेको लिफ्टर, स्टैकरहरु ज्यादै पुरानो भई जीर्ण अवस्थामा रहने गरेको कारण आवश्यक कागजातहरु समयमैं उक्त पोर्टका सम्बन्धित निकायमा प्रस्तुत गर्दा पनि निर्धारित समयभित्र सामान पास हुन नसक्दा नेपाली उद्यमी व्यवसायीहरुलाई नचाहिँदो रुपमा डिटेन्शन शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ। उक्त पोर्टको काम कारवाही तथा उद्यमी व्यवसायीहरुले आफ्नो दुःखेसो पटक-पटक भारत सरकारका सम्बन्धित निकायहरु एवं नेपालका सरकारी निकायहरुलाई अनुरोध गर्दै आउँदा पनि वर्तमान अवस्थामा आइपुग्दा सम्म कुनै सुधारोन्मुख कार्य भई उद्यमी व्यवसायीहरुलाई राहतको अनुभूति सम्म हुन नसकेको देखिन्छ। यस सम्बन्धमा स्थायी एवं ठोस निकासका लागि उद्यमी व्यवसायीहरुको नेपाल सरकारबाट भारतीय पक्षका सम्बद्ध नि

गढीमाइ मन्दिरको भव्य तयारी

वीरगंज, १८ असोज । विश्वमा सबभन्दा बढी बली चढ्ने मन्दिरमा यसपालिको मेलामा धेरै श्रद्धालु भक्तजन आउने अनुमान गरिएको छ। मेलालाई आकर्षा बनाउन धमाधम काम भइरहेको स्थानीयवासीले जानकारी दिएका छन् । मेला सुरु हुनु अगावै दैनिक भक्तजनहरुको घुंइचो लाग्ने गरेको छ। हिजोआज पर्सर्ााबारा लगायत टाढा टाढाबाट भक्तजनहरु गढीमाइको दर्शन गर्न आइपुग्ने गरेका छन्। बाराको जीतपुर नजिकै रहेको अर्को गढीमाइ मन्दिरमा यही नवमीको दिन भव्य मेला लागेको थियो । बाराको बरियारपुर गाविसमा रहेको गढीमाइ मन्दिरबाट शोभा यात्रा निस्किएको थियो। यही मंसिरमा लाग्न गइरहेको सो मेलाको भव्य तयारीको क्रममा सो शोभायात्रा निकालिएको हो। क्ष्ँेत्र नं. २ का सभासद एवं एनेकपा माओवादीका नेता र मेलाका सदस्य शिवचन्द्रप्रसाद कुशवाहाका अनुसार अरू सालको तुलनामा यसपालिको मेलामा वैज्ञानिक ढंग अपनाइने, दर्शनार्थीहरू रहनको लागि बास स्थानको व्यवस्था बनाउने र मेलामा कुनै अप्रिय घटना घट्न नदिन मेला समिति, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत सबैले सुरक्ष्ँा दिने बताएका छन्। वीरगंज हु“दै सो शोभा यात्रा जीतपुर, सिमरा, कलैया पुगेर नगर परिक्रमा पश्चात भवानीपुर ह

एमालेको सडकमा नेमकिपाको सवारीलाई सास्ती

भक्तपुर, १८ असोज । भक्तपुरका सबैजसो पीच सडकहरूमा खाल्डकाखुल्डी परेका छन्। अरनिको राजमार्ग भएर ओहरदोहर गर्नेहरूलाई झनै सास्ती खेप्न पर्दै आएको छ। राजनितिका फोहरी खेलाडीहरूले सडकमा पनि राजनिति गर्ने भएकोले यसो भएको हो। भक्तपुरको एमाले को मुख्य चन्दादाताहरू सडक बनाउने ठेकेदारहरू हुन। नेमकिपाको चन्दादाता भट्टा साहु र ट्रक साहू हरू हुन। एमालेको राजनिती ठेकेदारसंग चन्दा माग गर्न मै सिमीत छ। यी ठेकेदारहरू भने एउटा महिनामा बनेको सडक अर्को महिना भत्किने किसिमले ममर्त गर्दछन्। यिनीहरू एउटै सडक बर्षरी मर्मत गर्दछन्। यसरी अनियमित ढंगले कमाएको पैसा एमालेलाई चन्दा दिन्छन्। बदलामा ठेकेदारहरूले ठेकेपट्टा पाउन एमालेका कार्यकर्ता परिचालन गर्न पाइरहेका छन्। यसरी नै बर्षौदेखि भक्तपुरका सडकहरूमा एमालेको चलखेल कायम छ। एमालेलाई चन्दा दिनु पर्ने ठेकेदारहरू कै कारण बिगत १५ बर्षेखि निमार्ण्र्ााालिएको भक्तपुरको रिङरोड हालसम्म पनि पुरा भएको छैन। भक्तपुर जिल्ला बिकास समितीले अगुवाइमा निमार्ण्र्ााैरहको सो सडकमा एमालेले बर्षौंदेखि चलखेल गर्दै आएको छ। ठेकेदारीमा चलखेल गर्न यहाँका ठेकेदारहरूले पाँच वटा चलखेल प्रधान

व्यापार चौपट पार्न नेताहरु उद्यत

-हेमशंकर सिंह, राजविराज, १८ असोज । नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष कुश कुमार जोशीले सडक आन्दोलन गरेर व्यवसायीहरूको व्यापार चौपट पार्न उद्यत नेताहरू नेपाली जनतालाई नचाहिएको बताउनुभएको छ। सप्तरी उद्योग वाणिज्य संघद्धारा दोषिको सम्मानमा राजविराजमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै वहा“ले सो कुरा बताउनुभएका हो। नेता तथा सभासदहरूले संविधानसभामा आन्देालन गर्नुको साटो पटक पटक सडकमा आन्दोलन गरी व्यवसायीहरूलाई दुःख दिने काम गरीरहेकोले सो तत्काल बन्द गर्न समेत वहा“ले माग गर्नुभयो। लगानीकर्तालाई निरूत्साहित गरिए विकास हुन नसक्ने कुरामा जोड दिंदै अध्यक्ष जोशीले राज्यमा ल एण्ड अर्डर कायम भए मात्र विकास हुन सक्ने बताउनुभयो। लगानी गर्नेले सोको प्रतिफल नपाई चन्दा आतंकको नाममा अरूले प्रतिफल लिन खोज्ने वातावरणको निर्माण भईरहे लगानी हुन नसक्नेमा जोड दिदै अध्यक्ष जोशीले चन्दा आतंक मचाउने उपर कारवाही भए मात्र लगानी भित्रिन सक्ने विश्वास व्यक्त गर्नुभयो। शान्ति सुरक्षा स्थापना गर्नुका साथै व्यवसायीहरूलाई समेत शान्ति सुरक्षा प्रदान गर्न गृहमन्त्रीको क्रियाकलाप सकारात्मक रहेको र शान्ति सुरक्

भक्तपुरका आधुनिक दरवारहरू

भक्तपुर, १८ असोज । भक्तपुरमा पुराना मात्र हैन नयाँ नयाँ दरवारहरू पनि बन्न थालेका छन्। यी दरवारहरूको आ आफ्नो बिषेशताहरू रहेका छन्। खास गरी शैक्षिक संस्था चलाउन यी दरवारह बनेका हुन। केही दरवार भन्ने धनाढ्यहरूले आफ्नो धन देखाउन हिसावले निमार्ण्र्ाारेका हुन। लिवाली दरवार भक्तपुरको लिवाली आवस क्षेत्रमा यो दरवार अवस्थित छ। भक्तपुर नगरपालालिको स्मामित्वमा रहेको यो दरवार २०५७ सालमा निमार्ण्र्ााुरू भएको थियो। हाल यस दरवार भित्र पाँच वटा निमार्ण्र्ााइसकेका छन्। यस दरवार भित्र नेपाल मै सबैभन्दा कम मुल्यमा इन्जिनिरीयरीङ शिक्षा दिइदै आएको छ। त्रिभुवन बिश्वबिद्यालय, प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद र पर्ुवाञ्चल बिश्वबिद्यालयको सम्बन्धनमा यहाँ प्रमाणपत्र तह, स्नातक तह र स्नाकोतर तहमा इन्जिनीयरीङ शिक्षा दिइदे आएको छ। दक्षिण मोहडामा फर्केको दरवारको मुलगेट भने पश्चिम दिशामा छ। दरवारको पहिलो भवनमा दुइ वटा हलहरू छन्, यी हलहरूमा स्थानीय स्तरमा आयोजना गरिने कार्यक्रमहरू हुने गर्दछ। यो भवनमा यहाँ बिद्यार्थीहरूले बनाएका बास्तुशात्रका सामाग्रीहरू पर््रदर्शन गरिएका छन्। यो भवनको बिषेशता डिजाइन स्टुडि

गोली लागेर एकजनाको मृत्यु

रौतहट, १८ असोज । अज्ञात समूहले बुधवार राति रौतहटको कटहरियामा एकजनाको गोली हानी हत्या गरेको समाचार प्राप्त भएको छ। गोली लागी कटहरिया-९ का ३० वषर्ीय देवशरण महतोको मृत्यु भएको छ। घटनामा सन्तपुर दोस्तिया गाविस घर भइ कटहरिया -९ ससुराली घरमा बस्दै आएका जयमंगल राय यादव र कटहरिया गाविस बलुवा घर भएका महेश राय घाइते भएका छन्। कटहरिया बजारबाट भारतीय नम्बरको मोटरसाइकलमा सवार तीनजनालाई राति करिब ९ः३० बजे अज्ञात समूहले महतोको घर नजिकै गोली हानी फरार भएको इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते दुवैको अवस्था सामान्य छ। यता प्रहरीले हत्याको आरोपमा कटहरियाका बिगन महतो, लक्ष्मी महतो र भारत मोतीहरीका मुन्नाकुमार कुशवाहालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यादवले करोडौंको घोटाला गरेको आरोप

वीरगंज, १८ असोज । कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले उपेन्द्र यादवले शहीद, अपांगको नाममा करोडौं घोटाला गरेको आरोप लगाएकी छन्। असोज १६ गते फोरम नेपाल लोकतान्त्रिक पर्सर्ााजल्ला नगर कार्यसमिति गठन भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन- मधेशीको चाहना विपरित विदेशमा मधेशीलाई भजाउने काम भइरहेको छ। बेगमले हाम्रो कृपाले यादव अहिलेको ठाउँमा पुगेका हुन् तर उपेन्द्रले हामीहरू छैनौं। उपेन्द्र यादवले नै पार्टर्ीीmुटाएको आरोप लगाएकी छन्। मन्त्री बेगमले युवाहरू गाडीका टायर हुन्, गाडीमा जति तेल राख र चालकलाई चलाउन भन तर गाडी कुद्दैन जबसम्म गाडीको टायरमा हावा हुँदैन भन्नुभयो। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता लगायतको उपस्थिति थियो।

क्षतिपुर्तिको मांग गर्दै ज्रि्रका घेराउ

वीरगंज, १८ असोज । दोषीलाई कारबाही र उचित क्षतिपर्ूर्तिको मांग गर्दै पर्सर्ााे भौराटार गाविसका स्थानीयवासिन्दाले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सर्ाा धर्ना दिएका थिए। असोज १५ गते प्रहरीको गोली प्रहारबाट सो गाउँका दुइ युवक सहित एक प्रहरी सुराकीको मृत्यु भएको थियो। पर्सर्ााे सशस्त्र प्रहरी बागेश्वरी तित्रौना वेश क्याम्पबाट भौराटार निवासी मेघराज कानूको घरमा गाँजा छापामारी गर्न गएका सशस्त्र प्रहरीको गोली प्रहारबाट दुइजनाको मृत्यु हुनुको साथै तीनजना घाइते भएका छन्। प्रहरीको गोली प्रहारबाट भौराटार-७ निवासी रामाधार साह कानूका १८ वषर्ीय छोरा संदीप साह र ठग साहको ८ वषर्ीय छोरा रूपेश साहको मृत्यु भएको थियो भने शिवपूजन महतो कोइरी, गुडिया कुमारी र मनिषकुमार घाइते भएका छन्। घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ। घटनाको वस्तुस्थिति बुझ्न पर्सर्ाा प्रजिअ दर्ुगा भण्डारी, नेपाल प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुबोध घिमिरेलगायत घटनास्थल पुग्नुभएको थियो।