वीरगंज, १८ असोज। कोलकाता पोर्ट ट्रष्टबाट नेपाली व्यापारीहरुलाई उपलब्ध हुने गरेको सेवाको गुणस्तरीयताको कमीको कारणले प्रत्येक वर्षकरोडौं रुपैयाँको घाटा हुने गरेको छ। सो पोर्टलाई विलम्ब शुल्क -डिटेन्शन शुल्क) एवं स्थान शुल्क -वारफेज शुल्क) को रुपमा बुझाउनुपर्ने भएकोले आयातित वस्तुको मोल अप्रत्याशित रुपले आकासिन पुग्ने गरेको छ।
सो कोलकाता पोर्टमा रहेको लिफ्टर, स्टैकरहरु ज्यादै पुरानो भई जीर्ण अवस्थामा रहने गरेको कारण आवश्यक कागजातहरु समयमैं उक्त पोर्टका सम्बन्धित निकायमा प्रस्तुत गर्दा पनि निर्धारित समयभित्र सामान पास हुन नसक्दा नेपाली उद्यमी व्यवसायीहरुलाई नचाहिँदो रुपमा डिटेन्शन शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ।
उक्त पोर्टको काम कारवाही तथा उद्यमी व्यवसायीहरुले आफ्नो दुःखेसो पटक-पटक भारत सरकारका सम्बन्धित निकायहरु एवं नेपालका सरकारी निकायहरुलाई अनुरोध गर्दै आउँदा पनि वर्तमान अवस्थामा आइपुग्दा सम्म कुनै सुधारोन्मुख कार्य भई उद्यमी व्यवसायीहरुलाई राहतको अनुभूति सम्म हुन नसकेको देखिन्छ।
यस सम्बन्धमा स्थायी एवं ठोस निकासका लागि उद्यमी व्यवसायीहरुको नेपाल सरकारबाट भारतीय पक्षका सम्बद्ध निकायसँग सहकार्य एवं समन्वयको अपेक्षा रहेको छ।

Comments
Post a Comment