Skip to main content

Posts

Showing posts from October 29, 2009

चोरीको आरोप निराधार - यादव

वीरगंज, १२ कार्तिक । पर्सा, धोरे-१ निवासी दुर्गा प्रसाद यादवले आफू र आफनो परिवारमाथि जनार्दन यादव लगायतले चोरीको मुद्दा दर्ता गरी फसाउन खोजेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको एक साक्ष्ँँत्कार कार्यक्रममा बोल्दै उनले सोही गाउं निवासी गजेन्द्र राउत अहिर, कृष्णप्रसाद यादव र जनार्दन प्रसाद यादवले आफनै विधवा भाउजुको सम्पत्ति हडप्न खोजेपछि हामी विधवा आइमाइमाथि अन्याय गर्ने देवरविरुद्ध उत्रिएपछि उनीहरुले चोरीको आरोप आफूमाथि लगाएको बताए। जनार्दन यादव लगायतले आफू र आप\mनो परिवारलाई फसाउन खोजेको भन्दै न्यायको लागि पत्रकार, राजनीतिककर्मी, अधिकारकर्मी, लगायत संघसंस्थासंग आग्रह गरेको छ।

फ्री नेपाल डट कममा श्रम शोषण भएको दावी

काठमाडौं, १२ कार्तिक । विगत दश वर्षदेखि रुसबाट डा. मधुकृष्ण श्रेष्ठ र शम्भुप्रसाद रिजालले संचालन गर्दै आएको फ्री नेपाल डट कमका नेपालस्थित कार्यालयका पत्रकार तथा कर्मचारीहरुले साढे दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सामूहिक राजीनामा दिएका छन्। उनीहरुले एक वक्तव्यमार्फत पारिश्रमिक पाउनुपर्ने माग समेत गरेका छन्। दुई जना फोटोपत्रकारसहित लक्ष्मी कुवँर, सनमान लामा, मिना क्षेत्री र दिपक बस्नेतका नाममा जारी वक्तव्यमा उनीहरुले भनेका छन्, हामी ५ जना नेपाल कार्यालयमा काम गर्दै आएका स्टाफले विगत साढे दुई वर्षदेखि पारिश्रमिक पाएका छैनौ । आज हुन्छ भोलि हुन्छ भन्दै नेपालस्थित सम्पादक दिनेश बस्नेतको भनाइमा विश्वास गर्दै हामीले निरन्तर काम गरेका थियौ । तर, अहिलेसम्म पनि त्यस विषयमा कुनै सुनुवाई नभएकाले हामी बाध्य भएर यो निर्णयमा पुगेका हौं । वक्तव्यमा विगत २ वर्षदेखि पारिश्रमिक नदिइएको भन्दै विगतमा धेरै पटक स्वार्थपूर्ण समाचार तथा लेख रचना सम्प्रेषण गर्न बाध्य पारिएको समेत उल्लेख छ। वक्तव्यमा आजैका मितिबाट फ्री नेपाल डट कमबाट सामूहिक राजीनामा दिएका छौ भन्दै आफूहरुको श्रम शोषण भएको भन्दै पारिश्रमिक उप

माओवादी आन्दोलनले देशलाई सशस्त्र द्वन्द्वमा धकेल्छ-नागरिक समाज

काठमाडौं, कात्तिक १२ । नागरिक समाजका अगुवाहरुले एकीकृत नेकपा माओवादीको आन्दोलनले मुलुकलाई अर्को सशस्त्र द्वन्द्वमा धकेल्ने खतरा औल्याएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आन्दोलनले नागरिक सर्वोच्चता स्थापित हुनुको साटो भएका अधिकार समेत खोसिएर दक्षिणपन्थी शक्तिलाई बलियो बनाउनसक्ने बताए । नेपाल चिकित्सक संघका अध्यक्ष डा.केदारनरसिंह केसीले माओवादी ले मुठभेडको खतरा बढाउने बताए । तत्काल आन्दोलन फिर्ता लिएर सहमतिको बाटोमा आउन आग्रह गर्दै भने,'अहिले आन्दोलन गर्ने बेला होइन, सहमतिका साथ जानुहोस् ।' सरकारले पनि परिस्थितिको जटिलतालाई मनन गरेर माओवादीको जायज माग सम्बोधन गर्नेतिर ध्यान दिनुपर्ने बताए । माओवादीलाई हिंसात्मक गतिविधि त्याग्न केसीको आग्रह थियो । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवामाथिको माओवादी आक्रमणका अलावा अन्य हिंसात्मक घटनाको निन्दा गरे । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले माओवादी आन्दोलनले राजनीतिक अस्थिरतालाई बढवा दिने टिप्पणी गरे । उनले भने,'माओवादी आन्दोलन

मधेश तराइ फोरमको निर्णय

वीरगंज, १२ कार्तिक । मधेश तराइ फोरमका अध्यक्ष अमर यादवले कार्तिक १०-११ गते वीरगंजमा सम्पन्न दोश्रो विस्तारित बैठकको निर्णयबारे जानकारी गराएको छ। आज रिपोर्टस क्लब नेपाल पर्सामा एक पत्रकारमा बोल्दै व्यवस्थापिका संसदबाट समग्र मधेश एक प्रदेशको घोषणा नगरिए कार्तिक १४ गते मधेशको हरेक जिल्लामा मशाल जुलुस, १५ गते मधेशको सदरमुकाम जनपर््रदर्शन, २८ गतेदेखि माघ ५ गतेसम्म मधेश तराइ युवा भेला भैरहवामा एवं विद्यार्थी भेला जनकपुरमा र माघ ५ गते लहानमा संकल्प सभा गर्ने निर्णय भएको यादवले जनाएका छन्।

सुजाताद्वारा समाचार खण्डन

काठमाडौं, कात्तिक १२। उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतका माओवादीहरुलाई हतियार सहयोग भएको आफूलाई थाहा भएको भनेर प्रकाशित समाचार असत्य भएको बताएकी छिन्। आज प्रेस विज्ञप्तिमार्फ आफूले बोल्दै नबोलेको विषय छापिएको भन्दै आपत्ती समेत प्रकट गरिन्। 'भारतका माओवादीहरुलाई हतियार सहयोग भएको मलाई थाहा छ भन्ने शिर्षमा स्थानीय दैनिक नयाँ पत्रिकारमा यही कार्तिक १० गते प्रकाशित समाचार र यही अक्टोबर २९ मा इण्डियन एक्सप्रेसमा प्रकाशित नेपाली माओवादीहरुले भारतीय माओवादीहरुलाई हतियार उपलब्ध गराएको भन्ने सम्बन्धि समाचार पर्ूण्ात असत्य छन्। ' समाचारहरु भ्रामक भएको भन्दै आफूले नेपालगञ्ज वा अन्य कुनै स्थानमा यस किसिमको कुरा नबोलेको बताइन्। आफूलाई विवादमा तान्ने ढंगले समाचार आएको उनको भनाई छ। समाचारहरु पर्ूण्ात निराधार र कपोकल्पित छन् भन्दै खण्डन गरेको जनाइन्। उनले आफूलाई बदनाम गराउने दुराशयले छापिएको भन्दै सशक्त प्रतिवाद गर्ने बताइन्। Sujata rejected news publishe about her Vice-President Sujata Koirala today rejected the news published by Naya Patirka and www.indianexpress.com. which is about

प्रथम मुख्य सचिव शर्माको निधन

काठमाडौं, कात्तिक १२। प्रथम मुख्य सचिव कुलशेखर शर्माको निधन भएको छ। उनको ८४ वर्षो उमेरमा आज पशुपति आर्यघाटमा निधन भएको हो। बानेश्वर हाइटमा बस्दै आएका उनका पत्नीसहित एक छोरा र चार छोरीहरु छन्। शर्मा पञ्चायतकालमा सरकारका मुख्य सचिवको जिम्मेवारी निभाएका थिए। पर्ूव गर्भर्नर, अमेरिकाका लागि पर्ूव राजदूतको जिम्मेवारी निभाएका उनी वीपी कोइरालासँग पनि लामो समय काम गरेका अनुभवी प्रशासक मानिन्थे। वीपीको निजी सचिव समेत रहेका उनी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहदा प्रशासनिक सुधार आयोगको उपाध्यक्ष रहेका थिए।

सरकार असफल भइसक्यो यादव

दिपक घिमिरे, भैरहवा, १२ कार्तिक। मधेशि जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल भइसकेको बताएका छन्। आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माणमा लाग्नुपर्ने बताए। सरकारले जिल्ला जिल्लामा हत्या, हिंसालाई प्रश्रय पनि दिएको आरोप लगाए। 'सरकार असफल भइसक्यो,' यादवले भने,'राष्ट्रिय संयुक्त सरकारको विकल्प छैन।' पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले वर्तमान सरकारले लोकतन्त्रको उपहास गरेको आरोप लगाए।। बिद्यमान समस्या तीन दलले मात्र समाधान गर्न नसक्ने भएकोले सहमतिका लागी अन्य दलहरुसँग पनि छलफल र संवाद जारी राख्नुपर्ने बताए। सहमतिका लागि माओवादी र अन्य दलहरु एक कदम पछाडि हट्नुपर्ने बताए। सरकारसंग भएका २२ बुदे सम्झौता कार्यान्वयन नभएकाले पार्टी मधेश आन्दोलनमा उत्रन लागेको बताए। आआप्fm्नै अडानले टुङगोमा नपुगिने हँुदा सहमतिका लागी सरकार र एकिकृत माओबादी एक एक कदम पछि हट्नु पर्ने समेत उल्लेख गर्नु भयो। यादवले सदन नचल्दा ठूलो समस्या श्रृजना भएको उल्लेख गर्दै माओबादीले जारी राखेका कतिपय कृयाकलाप अलोकतान्त्रिक तथा अप्र

आक्रोशित हुदै देउवा पत्रकार सम्मेलनबाट बाहिरिए

दीपक गौतम, बागलुङ, १२ कार्तिक। प्रेस युनियन बागलुङले आज बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थीत भएका नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा पत्रकारहरुले सुजाता कोईरालालाई उप-प्रधानमन्त्री बनाईएको बिषयमा प्रश्न गरेपछि कार्यक्रम छोडेर हिडेका छन्। हिजो बागलुङका आएका काग्रेसका बरिष्ठ नेतालाई सुजातालाई उप-प्रधानमन्त्री बनाईएको बिषयमा तपाईको भनाई के छ भनि प्रश्न सोधेपछि त्यस बिषयमा अहिले कुरा नगरौं भन्दै बाहिरिएका हुन्। कार्यक्रमबाट बाहिरिनु पर्ुव काग्रेस नेता देउवाले एकिकृत नेकपा माओवादीले अहिले आन्दोलन गर्ने समय नभएको भन्दै आन्दोलन छाडेर सहमतिमा आउन आग्रह गरेका छन्। सेनामा माओवादीले अनावश्यक हस्तक्षेप गरेपछि सेनालाई जोगाउन राष्ट्रपतिलाई १८ दलले आग्रह गरेकोले १८ दलले नैतिक आधारमा भएपनि राष्ट्रपतिको कदम सहि हो भन्नुपर्ने बताएका छन्। सेनापति प्रकणमा राष्ट्रपतिले चालेको कदम असंबैधानिक भएकोले त्यसलाई सच्चाउनु पर्ने बताउदै आन्दोलनमा उत्रिएको नेकपा माओवादीलाई प्रधानमन्त्रीको राजिनामा माग्ने अधिकार नभएको पनि उनले जिकिर गरे। माओवादीले कम्तीमा पनि स

नेरेसो रक्तसंचार केन्द्रमा रगतको अभाव

वीरगंज, १२ कार्तिक। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा संचालित रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएको छ। आज रक्तसंचार केन्द्र वीरगंजले एक अपिल प्रकाशित गरी विभिन्न संघसंस्था, जनसमुदायसंग रक्तदान गर्न आह्वान गरेको छ। विरामीहरुलाई मासिक ३ सय युनिट भन्दा बढी रगत वितरण हुंदै आइरहेकोमा दशैं, तिहार, इद तथा छठ पर्व जस्ता विभिन्न चाडहरु पर्न गइ रक्तदान कार्यक्रममा कमी भएको हुनाले रगतको अभावमा जीवन र मृत्युसंग जुद्धिरहेका विरामीहरुलाई आवश्यक मात्रामा रगत उपलब्ध गराउन कठिनाइ भइरहेको हुंदा रक्तदान गरी मानवीय सेवामा सहयोग गरी दिनहुन सामाजिक सेवामा समर्पित रक्तदाता संघ संस्था तथा जनसमुदायलाई रक्त संचार केन्द्रले हार्दिक अपिल गरेको छ।

तराइ टेलिभिजनको नियमित प्रशारण सुरु

वीरगन्ज, १२ कात्तिक । वीरगन्जको तराइ टेलिभिजनको नयाँ व्यवस्थापनले बुधबारबाट आफनो नियमित प्रसारण सुरु गरेको छ। मोफसलको पहिलो स्याटलाइट प्रबिधिमा खुलेको सो टेलिभिजन च्यानलले सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरुलाई समावेश गरी नियमित प्रसारण शुरु गरेको हो। तराइ टेलिभिजनले नेपाली र भोजपुरी भाषाका समाचारमूलक कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमहरु एकैसाथ प्रसारण शुरु गरेको छ। टेलिभिजनले साहित्य, संगीत, ज्ञानविज्ञान, भाषा-संस्कृति र सूचना-प्रविधिलगायतका पक्षलाई समेटेर कार्यक्रमहरु प्रस्तुत गर्ने प्रशारण उद्घाटनपछि टेलिभिजनका अध्यक्ष मनोजभक्त श्रेष्ठले जानकारी दिए। नियमित प्रसारण शुभारम्भका अवसरमा तर्राई टेलिभिजन नेर्टवर्क प्रालिले देश अहिले नयाँ संविधान निर्माण तथा राज्य पर्ुनर्संरचनाको प्रक्रियामा अघि बढिरहेको र लामो राजनीतिक जटिलतापछि देशले नयाँ सम्भावनाको खोजी गरिरहेको अवस्थामा टेलिभिजनले मुलुकले खोजेको सम्भावनाको ढोकालाई घच्घच्याउने प्रयास गर्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता ब्यक्त गरे। नेपाली सञ्चारजगतको इतिहासको पछिल्लो अध्याय थप्ने कार्यमा तर्राई टेलिभिजनले गरेको पहलमा सम