Skip to main content

सुजाताद्वारा समाचार खण्डन

काठमाडौं, कात्तिक १२। उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतका माओवादीहरुलाई हतियार सहयोग भएको आफूलाई थाहा भएको भनेर प्रकाशित समाचार असत्य भएको बताएकी छिन्। आज प्रेस विज्ञप्तिमार्फ आफूले बोल्दै नबोलेको विषय छापिएको भन्दै आपत्ती समेत प्रकट गरिन्।
'भारतका माओवादीहरुलाई हतियार सहयोग भएको मलाई थाहा छ भन्ने शिर्षमा स्थानीय दैनिक नयाँ पत्रिकारमा यही कार्तिक १० गते प्रकाशित समाचार र यही अक्टोबर २९ मा इण्डियन एक्सप्रेसमा प्रकाशित नेपाली माओवादीहरुले भारतीय माओवादीहरुलाई हतियार उपलब्ध गराएको भन्ने सम्बन्धि समाचार पर्ूण्ात असत्य छन्। ' समाचारहरु भ्रामक भएको भन्दै आफूले नेपालगञ्ज वा अन्य कुनै स्थानमा यस किसिमको कुरा नबोलेको बताइन्। आफूलाई विवादमा तान्ने ढंगले समाचार आएको उनको भनाई छ। समाचारहरु पर्ूण्ात निराधार र कपोकल्पित छन् भन्दै खण्डन गरेको जनाइन्। उनले आफूलाई बदनाम गराउने दुराशयले छापिएको भन्दै सशक्त प्रतिवाद गर्ने बताइन्।

Sujata rejected news publishe about her

Vice-President Sujata Koirala today rejected the news published by Naya Patirka and www.indianexpress.com. which is about the arms flow from Nepali Maoists to Indian. Publishing a press statement today, she explained that the alleged report about the arms flow from Nepali Maoists to Indian Maoists is totally false.
The statement explained,'The alleged report published in the www.indianexpress.com of 29 October 2009 about the arms flow from Nepali Maoists to Indian Maoists is totally false.' She denied that she has neither said anything of this nature in Nepalgunj or elsewhere.
She said,'I strongly and completely deny this report which is baseless and without an idea of truth. This was published only to malign my name, which I strongly reject.'

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।