Skip to main content

Posts

Showing posts from January 25, 2010

महानगर कर्मचारी मंगलबारदेखि काममा र्फकने

काठमाडौं, माघ ११ । काठमाडौं महानगरपालिकाका कर्मचारी मंगलबारदेखि काममा र्फकने भएका छन् । सोमबार पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिका कर्मचारी संघ, नेपाल यातायात मजदुर संघ महानगरपालिका इकाई र नेपाल सफाइ श्रमिक संघको आन्दोलनमा सहभागी नहुने बताएका हुन् । काठमाडौं महानगरपालिका कर्मचारी संघका अध्यक्ष रामप्रसाद पौडेल, नेपाल यातायात मजदुर संघ महानगरपालिका इकाईका अध्यक्ष महेन्द्रमानसिंह डंगोल, नेपाल सफाइ श्रमिक संघका अध्यक्ष लोकेन्द्र गौतम, कार्यान्वयन समितिका अध्यक्ष शिवलाल पौडेल, जनस्वास्थ्य उपसमितिका अध्यक्ष कृष्णप्रसाद ढुंगाना, कार्यालय सहयोगथी समितिका अध्यक्ष श्याम पोडेद्वारा हस्ताक्षरित विज्ञप्तिमा फोहारमैला निजी क्षेत्रमा जाने निर्ण्र्ााफिर्ता गराउने बाहेक पेसागत माग र मुद्दाका सम्बन्धमा फोहोरमैला व्यवस्थापनलगायत अत्यावश्यक सेवा बन्द गर्ने जस्ता कार्यक्रम मान्य नहुने उल्लेख गरेका छन् । केन्द्रीय सम्झौता कर्मचारीको आम हितमा केन्द्रीय सम्झौता नभएको र सोबाट निर्माण हुने नियमावली समेत महानगर कर्मचारीको हितमा नभएको, फोहोरमैला व्यवस्थापन तथा मुलुकको राजधानी सहर र जनस्वास्थ्यमा लगायत अत्

मन्त्रीविरुद्ध प्रधानमन्त्रीकहाँ राज्यमन्त्रीहरुको उजुरी

काठमाडौं माघ ११ । विभिन्न मन्त्रालयका सात राज्यमन्त्रीहरुले अधिकार प्रत्यायोजनका निम्ति प्रधानमन्त्री माधवकुमार नेपालको ध्यानाकर्षण गराएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनीहरुले मन्त्री र राज्यमन्त्रीबीचका समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए । 'समस्या लुकाएर समाधान हुँदैन' गृहराज्यमन्त्री रिजवान अन्सारीले भने- मुलुकको अधिकारका लागि लड्नेले आफ्नो अधिकार निम्ति नलड्ने कुरा आउँदैन । अन्सारीले गृहमन्त्री भीम रावलसँग प्रहरी संगठनभित्र दण्ड र पुरस्कारका मामिलामा केही मतभेद रहे पनि बोलचालै बन्द नभएको बताए । उनले भने- अस्ति भारत जाँदा पनि फूलमालाले बिदाइ गरेँ अहिले फर्कदा पनि पुूलमालाले स्वागत गरेँ । तर केही मतभेद रहेकै हो । एक मधेस एक प्रंदेश स्वीकार्य नभएको अन्सारीले बताए । एउटा मधेस प्रदेश बनाउने र त्यसअन्तर्गत उपप्रदेश बनाएर अधिकार कम गर्ने पक्षमा आफ्नो दल नरहेकेा उनले स्पष्ट गरे । संयन्त्रमार्फत अनिश्चितकालीन बन्द फिर्ता लिएकोमा माओवादीलाई धन्यवाद समेत दिए । रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्ष

जाडोका कारण दुइजनाको मृत्यु

वीरगंज, ११ माघ । तराइमा बढ्दै गएको चिसो र शितलहरका कारण पुन दुइजनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। गए राति पर्साको पोखरीया गाविस-४ निवासी ५८ वर्षीय मोहन महतो नुनिया र लालपर्सा -२ निवासी ५५ वर्षीय नुर महमद मियांको जाडोले कठ्याङग्रिएर मृत्यु भएको हो। चिसोका कारण एक महिनाभित्र बारा, पर्सा र रौतहटमा दुइ दर्जनजतिको मृत्यु भइसकेको छ। भने अधिकांश रोगले पीडित भएका छन्।

६ क्विन्टल खयरको काठ बरामद

वीरगंज, ११ माघ । काठ तस्करहरुले बन फडानी गरी ठूलो परिमाणमा खयरको काठ भारततर्फ लैजांदै गरेको अवस्थामा गए राति सशस्त्र प्रहरीले काठ बरामद गरेको छ। गए राति पर्साको मसिहानी गण्डक नहर छेउबाट करिब ६ क्विन्टल खयरको काठ भारततर्फ लैजादै गरेको अवस्थामा पोखरीया बेस क्याम्पको सशस्त्र प्रहरी टोलीले बरामद गरेपछि प्रहरीलाई देखेर काठतस्करहरु फरार भएका थिए। सो काठ इलाका बन कार्यालय पोखरीयामा बुझाएको प्रहरीले जनाएको छ।

हतियारधारी समूहद्वारा सचिव अन्सारी अपहरित

वीरगंज, ११ माघ । अज्ञात हतियारधारी समूहले बाराको गाविस सचिवको अपहरण गरेको प्रहरीले जनाएको छ। आज दिउंसो निजगढबाट रतनपुरी जांदै गरेका गाविस सचिव आश महम्मद अन्सारीलाइ बाराको निजगढ स्थित बकैया खोलाबाट हतियारधारी करिब ७ जनाले अपहरण गरेको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जनाएको छ। अन्सारीले रतनपुरी, सिंघौल र निजगढको गाविस हर्ेर्दै आएका थिए। अपहरित अन्सारीको खोजीको क्रममा जंगलबाट ना १३ प ८९३१ र ना २ प १५२२ नम्बरको दुइ वटा मोटरसाइकल बरामद गरिएको पनि प्रहरीले जनाएको छ।

हाजिरि जवाफ र लोक दोहोरी प्रतियोगिता, जन आन्दोलन समितीको घोषणा, गाउँ परिषद सम्पन्न बिद्युत प्राधिकरणको प्रशारण लाईन बन्द

हाजिरि जवाफ र लोक दोहोरी प्रतियोगिता ज्ञानेन्द्र शर्मा रोल्पा, ११ माघ। नेपाल परिवार स्वास्थ्य कार्यक्रम र भि.सि.पी रोल्पाको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा रोल्पाको बडाचौरमा उमाबिमा हाजिरि जवाफ र लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ। हाजिरी जवाफ प्रतियोगिता तर्फगौरी शंकर निमाबि प्रथम, उच्च माबि बडाचौर द्वितिय, सुर्योदय माबि मिझिङ तृतिय भएका छन्। यसैगरी लोकगित तर्फअनुराधा खड्का र कुशमला रोका पहिलो, कमला बिष्ट र प्रेम कुमारी बस्नेत दोस्रो र मिना केसी र दिलसरा रोका तेस्रो भएका छन्। साथै कार्यक्रममा महिलाको लागि स्थाई बन्ध्याकरण र अस्थायी परवार नियोजनका साधन राख्ने कार्यक्रम संचालन भइरहेको छ। अहिले सम्म ११ जना महिलाले स्थायी बन्ध्याकरण, २० जना महिलाले इम्प्लान्ट, आई.यु.सि.डी १२ जनाले लिएका छन्। कार्यक्रममा स्वास्थ्य पर्दशनीका साथै स्वास्थ्य सम्बन्धि भिडियो चित्र प्रस्तुुत गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा.युबराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दलबहादुर डागीँले गर्नुभएको थियो। बिद्युत प्राधिकरणको प्रशारण लाईन बन्द ज्ञानेन्द्र

फोहोरको आडमा माग पुर्‍याउन खोज्नु बेइमानी ः मन्त्रीहरु

दिपेश केसी काठमाडौं, माघ ११। कानुन मन्त्री प्रेमबहादुर सिंहले भोलिदेखि जसरी पनि राजधानीलगायतका सहरमा थुप्रिएका फोहोर उठाएर छाडिने बताएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री सिंहले नागरिकको जीवनमा असर पुग्ने र सहरलाई कुरुप बनेको अवस्थामा सरकारले वैकल्पिक बाटो अपनाएर भए पनि फोहोर उठाउने स्पष्ट पारे। 'सरकार काठमाडौं सहरलाई नरक बनाउन दिने पक्षमा छैन,' उनले भने- कर्मचारीले पनि फोहोरलाई अघि राखेर माग पूरा गर्न खोज्नुहुँदैन। विभिन्न माग राखेर स्थानीय निकायका कर्मचारीले मुलुकभरि तीनदेखि फोहोर उठाएका छैनन्। मन्त्री सिंहले जनताको सहयोग लिएर भए पनि फोहोर उठाउन सरकार अघि र्सर्ने बताए। थ्यगच दचयधकभच mबथ लयत कगउउयचत मष्कउबिथ या तजष्क imबनभ। उनले स्थानीय निकायका ७ हजार करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई स्थायी गर्दा १ लाख ७ हजार शिक्षक, चिकित्सक, प्राद्यापकको समेत माग पूरा गर्न अर्थतन्त्रले नधान्ने भएकाले समग्र अध्ययन गरी कदम चाल्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वात