Skip to main content

मन्त्रीविरुद्ध प्रधानमन्त्रीकहाँ राज्यमन्त्रीहरुको उजुरी

काठमाडौं माघ ११ । विभिन्न मन्त्रालयका सात राज्यमन्त्रीहरुले अधिकार
प्रत्यायोजनका निम्ति प्रधानमन्त्री माधवकुमार नेपालको ध्यानाकर्षण
गराएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा
उनीहरुले मन्त्री र राज्यमन्त्रीबीचका समस्या समाधान गर्न प्रधानमन्त्री
सकारात्मक रहेको जानकारी दिए ।
'समस्या लुकाएर समाधान हुँदैन' गृहराज्यमन्त्री रिजवान अन्सारीले भने-
मुलुकको अधिकारका लागि लड्नेले आफ्नो अधिकार निम्ति नलड्ने कुरा आउँदैन ।
अन्सारीले गृहमन्त्री भीम रावलसँग प्रहरी संगठनभित्र दण्ड र पुरस्कारका
मामिलामा केही मतभेद रहे पनि बोलचालै बन्द नभएको बताए । उनले भने- अस्ति
भारत जाँदा पनि फूलमालाले बिदाइ गरेँ अहिले फर्कदा पनि पुूलमालाले स्वागत
गरेँ । तर केही मतभेद रहेकै हो ।
एक मधेस एक प्रंदेश स्वीकार्य नभएको अन्सारीले बताए । एउटा मधेस प्रदेश
बनाउने र त्यसअन्तर्गत उपप्रदेश बनाएर अधिकार कम गर्ने पक्षमा आफ्नो दल
नरहेकेा उनले स्पष्ट गरे । संयन्त्रमार्फत अनिश्चितकालीन बन्द फिर्ता
लिएकोमा माओवादीलाई धन्यवाद समेत दिए ।
रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
साक्षात्कार कार्यक्रममा ऊर्जा राज्यमन्त्री चन्द्रिसंह भट्टराईले
मन्त्री र राज्यमन्त्रीबीच अधिकारको लडाईंभन्दा पनि आफ्ना दायित्व पूरा
गर्न सकेको छ कि छैन भनेर खोज्नु उचित हुने बताए । 'कतिपय अधिकार
व्यक्तिको योग्यता र क्षमतामा पनि भरपर्छ' उनले भने ।
मुलुकको लोडसेडिङ कम गर्न भारतीय विदेशमन्त्री एसएम कृष्णा नेपाल आउँदा
थप ६० मेगावाट बिजुली किन्ने प्रस्ताव गरिएको उनले जानकारी दिए । उनले
भने- मुलुकमा प्राविधिक र मानवीय कारण विद्युत् चुहावट २७ प्रतिशत छ
तामाकोसीलगायत आयोजना सम्पन्न भएपछि लोडसेडिङमा केही सुधार हुन सक्छ ।
भट्टराईले एउटा मुलुक चलाउन नसकिरहेको अवस्थामा धेरै राज्य बनाएर मात्र
जनताको आकांक्षालाई मूर्त रुप दिन नसकिने बताए । माओवादीको अनिश्चितकालीन
आम हडताल फिर्ता संयन्त्रको सकारात्मक कदम भएको उनको धारणा थियो ।
कार्यक्रममा भौतिक योजना तथा निर्माण राज्यमन्त्री साजयकुमार साहले
मुलुकमा राज्यमन्त्रीको आवश्यकतै नभएको बताए । 'पार्टीभित्र चित्त बुझाउन
मन्त्रालयपिच्छे राज्यमन्त्री राखिएको छ' उनले भने- विना काम अनाहकमा
राज्यमन्त्री राखेर राज्यको ढिकुटी खर्च भइरहेकेा छ ।
उनले संघीयताविरोधीहरु राष्ट्रघाती भएको बताए । पूर्व मेचीदेखि पश्चिम
महाकालीसम्म एक मधेस प्रदेश हुनुपर्ने उनको धारणा थियो ।
उनले निश्चित विचार लिएर हिँडेका लडाकुलाई सेना समायोजन गरे मुलुकमा
लोकतन्त्र नरहने दाबी गरे । 'त्यसो भयो भने मुलुक कम्बोडिया बन्छ' उनले
भने ।
'मेरा मन्त्री शरदिसंह भण्डारी ग्रेट हुनुहुन्छ' कार्यक्रममा पर्यटन
राज्यमन्त्री शत्रुघ्नप्रसाद िसंह कोइरीले भने- उहाँसँग मेरो केही गुनासो
छैन । आफ्नो मन्त्रालय पर्यटन वर्ष २०११ सफल बनाउन लागिपरेको उनले
जानकारी दिए ।
कोइरीले मनपरी १४ वटा गणराज्य घोषणा गरेर माओवादीले जनतालाई मुर्ख बनाएको
बताए । उनले भने- मुलुकमा १४ वटा अाचल छँदैछन् तीनवटा प्रदेश छँदैछन्
जनतालाई किन झुक्काउने  उच्च संयन्त्रमा मधेसवादी मोर्चाका अध्यक्ष एवं
संविधानसभाको ठूलो दल फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारलाई
नसमेटेकोमा उनले आपत्ति जनाए ।
कार्यक्रममा शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले जेठ १४ मा संविधान जारी
नभए मुलुक गृहयुद्धमा फँस्ने दाबी गरे । 'समयमा संविधान जारी नहुने
स्थितिमा दलहरुले कि अन्तरिम संविधान संशोधन गर्नुपर् यो कि मुलुक
गृहयुद्धमा फँस्छ'. उनले भने । राज्यमन्त्री चौधरीले माओवादी लडाकुको
व्यवस्थापन नगरी संविधान बन्न नसक्ने स्पष्ट पारे । साथै उनले आफ्नो
मन्त्रालयमा अधिकारको बाँडफाँटमा कुनै समस्या नरहेको र मन्त्रीसँग
सन्तुष्ट रहेको बताए ।
कार्यक्रममा महिला तथा बालबालिका राज्यमन्त्री रामवचन ऐरीले लामो
संघर्षपछि मन्त्रीबाट आफ्नो टेबलमा फाइलहरु आउन थालेको बताए । उनले भने-
मुलुकमा कोही कसैसँग सन्तुष्ट हुने स्थिति छैन । मन्त्री राज्यमन्त्री र
सचिवका आआफ्ना कर्तव्य पालना गर्नुपर्ने र गल्ती भए सुधारेर अघि
बढ्नुपर्ने उनको धारणा थियो । ऐरीले प्रधानमन्त्री बन्ने होडबाजीले मुलुक
नबन्ने ठोकुवा गरे । उनले भने- नेताहरुमा त्यागको भावना छैन । अहिले उच्च
संयन्त्रका नाममा षड्यन्त्र भएको आरोप उनले लगाए ।
यस्तै उद्योग राज्यमन्त्री दानबहादुर चौधरीले मुलुकमा हिमाल पहाड र
तराईका तीन प्रदेश भए पुग्ने बताए । उनले भने- 'जनआकांक्षा पूरा गर्न
उपप्रदेशहरु थप्न सकिन्छ । '

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।