Skip to main content

Posts

Showing posts from August 19, 2009

चक्काजाम बन्द हडताल गर्नेमाथि कडा कारबाही

वीरगंज ३ भदौ । राजमार्गमा बन्द हडताल चक्काजाम गर्नेमाथि प्रहरी प्रशासनले कडा कारबाही गर्ने भएको छ। अाचल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्षक टोपेन्द्र ध्वज हमालले चक्काजाम बन्द हडताल गरी क्षतिपुर्ति मांग्नेहरुविरुद्ध नेपाल सरकारको नयां सुरक्षु योजना अन्तर्गत कडा कारबाही गर्ने बताए। उनले बढ्दो दण्डहीनतालाई निरुत्साहित गर्न र नयां सुरक्षा योजना कायर्ँन्वयन गर्न सो कदम चालिने बताए।

नेपाल मुस्लिम नागरिक समाजको माघ १६-१८ गते महाधिवेशन

वीरगंज ३ भदौ । नेपाल मुस्लिम नागरिक समाजको प्रथम महाधिवेशन माघ १६ १७ र १८ गते काठमाडौंमा हुने भएको छ। आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा एक पत्रकार सम्मेलन गरी मुस्लिम नागरिक समाजका अध्यक्ष मसरुदिन अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा पर्सा तथा बारा कार्य समितिलाइ खारेज गरी नयां कार्यकारी समिति एक साताभित्र गठन गर्ने बताए।

२४ घण्टाभित्र माग पूरा नभए सशक्त आन्दोलन

वीरगंज ३ भदौ । नारायणी रोडा उद्योग संघ अमलेखगंज- ३ बाराले २४ घण्टाभित्र आफूहरुको मांग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। आज होटल मकालु वीरगंजमा एक पत्रकार सम्मेलनमा बोल्दै सचिव दीपेन्द्र दारुकाले क्रसर उद्योगहरुबाट उत्पादन हुने वस्तुहरुमा लगाएको भन्सार दस्तुर वृद्धि गरेकोपछि नारायणी रोडा उद्योग संघ रुपन्देही क्रसर व्यवसायी संघ कपिलवस्तु क्रसर व्यवसायी संघ नेपालगंज क्रसर व्यवसायी संघ मोरङ क्रसर व्यवसायी संघहरुको संयुक्त डेलिगेशनले प्रधानमन्त्री अर्थमन्त्री उद्योगमन्त्री वनमन्त्रीलाइ जानकारी गराए पनि आफूहरुको समस्याप्रति सरकारले बेवास्ता गरेको हु।दा २४ घण्टाभित्र राज्यले आफूको मांग सम्बोधन नगरे भन्सार तथा सडक बन्द गर्ने चेतावनी दिएका छन्। सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा अठार सय करोडको लगानीमा स्थापित उद्योगहरु र दुइ सय करोड राजस्व तथा स्थानीय निकाय जिविस लगायत यससंग आबद्ध पन्चान्नबे हजार रोजगारीमाथि संकट पर्न गएको हुंदा सरकारको ध्यानाकर्ष गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको उल्लेख छ।

बेवारिसे शब फेला

वीरगंज ३ भदौ । बेवारिसे एक व्यक्तिको शव फेला परेको छ। आज बिहान वीरगंजको गोश्वारा रोड नजिकै मृत अवस्थामा फेला परेका करिब ४० वर्षीय व्यक्तिको सनाखत हुन सकेको छैन। शवको पोष्टमार्टमको लागि नाउक्षे अस्पताल वीरगंजमा लगिएको छ।

माइक्रो र ट्रक चालकको आन्दोलन

चितवन, ३ भदौ । माइक्रो बसका चालकहरुले नारायणगढसम्म जानुपर्ने मांग राख्दै आज चितवनमा हडताल गर्नुको साथै कुटपिट गर्नेलाइ कारबाहीको मांग गर्दै ट्रक व्यवसायीले पनि हडताल गरेका छन्। आज बिहान हडतालका कारण माइक्रोबस सो स्थानमा चल्न सकेका थिएनन् । चितवनको खैरहनी-४ चौविसकोटी चोकन नजिकै बिहान ना।२ख २२०५ नं।sाे ट्रकले लोकल प्यासेन्जर चढाएको भन्दै ना।३ख १२७२ नं।ाे माइक्रो बसका स्टाफहरुले ट्रक चालकलाई कुटपिट गरेका हुन्। कुटपिट गर्ने चालकलाई कारवाहीको मांग राख्दै पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रक चालकले अवरुद्ध गरेको सडक प्रहरीले दोषीलाइ कारबाही गर्ने शर्तमा सुचारु गराएको थियो। गत भदौ १ गते देखि पारस बसपार्कमा यातायात व्यवसायी संघ स्थानीयबासीहरुको संयुक्त छलफलमा टेप्पु बाहेक अन्य सवारीसाधन बसपार्क भन्दा अन्यत्र जान नपाउने निर्णय गरेपछि माइक्रो चालकहरुले हडताल गरेका हुन्।

नदीमा डुबेर बालक बेपत्ता बालिकाको उद्धार

वीरगंज ३ भदौ । सिरसिया पुलमा डुबेर एक बालक बेपत्ता भएका छन् भने एक बालिकाको उद्धार गरिएको छ। आज बिहान रामगढवा-८ रानीघाटको कच्ची पुल नजिकै खेलिरहेका कृष्ण साहको ३ वर्षीय छोराको करण साह र मगनि महत्तोको ४ वर्षीया छोरी धनमन्दि महत्तो नदीमा डुबेपछि स्थानीयवासीले धनमन्दीको सकुशल उद्धार गरेका छन् भने बालक करणलाइ नदीले बेपत्ता बनाएको छ। बालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

ठक्करबाट चालकको मृत्यु खलासी गम्भीर

धािदङ ३ भदौ । सडक दुर्घटनामा परी एक चालकको मृत्यु भएको छ भने खलासी घाइते भएका छन्। आज बिहान नौविसे २ वाहुनडांडा नजिकै सिमेन्ट लोड भएको ना१ख ४४६२ नं अनियन्त्रित भइ पल्टिएपछि चालक हेटौडा २ बस्ने मदन वाइवा र सहचालक दिपक िसंह गाडीबाट उत्रिदै गर्दा अर्को नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट चालकको घटनास्थलमै मृत्यु भएको छ भने खलासी थप घाइते भएका छन्। घाइतेको बीएण्ड बी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।