वीरगंज ३ भदौ । नारायणी रोडा उद्योग संघ अमलेखगंज- ३ बाराले २४ घण्टाभित्र आफूहरुको मांग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। आज होटल मकालु वीरगंजमा एक पत्रकार सम्मेलनमा बोल्दै सचिव दीपेन्द्र दारुकाले क्रसर उद्योगहरुबाट उत्पादन हुने वस्तुहरुमा लगाएको भन्सार दस्तुर वृद्धि गरेकोपछि नारायणी रोडा उद्योग संघ रुपन्देही क्रसर व्यवसायी संघ कपिलवस्तु क्रसर व्यवसायी संघ नेपालगंज क्रसर व्यवसायी संघ मोरङ क्रसर व्यवसायी संघहरुको संयुक्त डेलिगेशनले प्रधानमन्त्री अर्थमन्त्री उद्योगमन्त्री वनमन्त्रीलाइ जानकारी गराए पनि आफूहरुको समस्याप्रति सरकारले बेवास्ता गरेको हु।दा २४ घण्टाभित्र राज्यले आफूको मांग सम्बोधन नगरे भन्सार तथा सडक बन्द गर्ने चेतावनी दिएका छन्। सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा अठार सय करोडको लगानीमा स्थापित उद्योगहरु र दुइ सय करोड राजस्व तथा स्थानीय निकाय जिविस लगायत यससंग आबद्ध पन्चान्नबे हजार रोजगारीमाथि संकट पर्न गएको हुंदा सरकारको ध्यानाकर्ष गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको उल्लेख छ।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment