Skip to main content

Posts

Showing posts from July 9, 2009

आगामी बजेटबारे छलफल

वीरगंज, २५ असार । उद्योग वाणिज्य महासंघ, रेडियो वीरगंज, बाइपास दैनिक र एबीसी टेलिभिजनको सहयोगमा बजेट विशेष कार्यक्रम सम्पन्न भयो। आज वीरगंज उद्योग वाणिज्य संघमा सम्पन्न सो कार्यक्रममा वीरगंज भंसार, उद्योग वाणिज्य संघ वीरगंज, आन्तरिक राजस्व कार्यालय पर्साबीच आगामी २०६६-०६७ को बजेटको बारेमा छलफल भएको थियो। कार्यक्रममा वीरगंज भंसार प्रमुख केवलप्रसाद भण्डारी, वीउवासंघका अध्यक्ष ओमप्रकाश सिकारिया, आन्तरिक राजस्व कार्यालय पर्साका सचिव सत्यनारायण मण्डल, स्थानीय संचारकर्मी, उद्योगी, व्यवसायीबीच बजेटबारेमा छलफल गरिएको थियो।

महोत्तरी र मकवानपुरमा दुइ शव

वीरगंज, २५ असार । महोत्तरी र मकवानपुरमा वेवारिसे अवस्थामा दुइ शव फेला परेको छ। मकवानपुरको हेटौडा -१ राप्तीखोलामा करिब ४२ वर्षीय मंगोलियन अनुहार भएको एक व्यक्तिको शव फेला परेको छ भने सागरनाथ बन परियोजना, हातीलेट-९ को जंगलको खोल्सामा बर्दिबास-६ बस्ने ६९ वर्षीय  गोविन्द बहादुर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

डांकाहरुको लुटपाट असफल

महोत्तरी, २५ असार । हतियारधारी डांकाहरुले लुटपाट गर्न खोज्दा स्थानीयवासीले होहल्ला गरेपछि डाकाहरु फरार भएका छन्। गए राति १ बजे महोत्तरीको डामीडमै-९ रतवाइ निवासी तेजना चौधरीको घरमा डांकाहरुले नलकटुवा बन्दूक देखाइ लुटपाट गर्न खोजेपछि गाउंलेहरुले होहल्ला गर्दा फरार भएका छन्। तेजना चौधरीलाइ सामान्य चोटपटक लागेको छ।

जताततै चक्काजाम, यात्रुलाइ सास्ती

वीरगंज, २५ असार । विभिन्न मांग राख्दै सडक अतिक्रमण गर्ने र चक्काजाम गर्ने कार्यले तीव्रता पाइरहेको छ। लगातार तीन दिनदेखि वीरगंज-पथलैया सडकखण्ड अवरुद्ध हुंदा हजारौं सवारीसाधनहरु अलपत्रमा परेका छन्। आज बिहान पनि औद्योगिक कोरिडोरको विभिन्न स्थानहरुमा प्रदर्शनकारीले चक्काजाम गरेका छन्। कारखाना व्यवस्थापन पक्षले मजदूरलाइ कुटपिट गरेको विरोधमा तीन दिनदेखि वीरगंजको बहुअरी स्थित नेशनल पोली प्लास्टका मजदूरहरुले वीरगंज-परवानीपुर सडकखण्डको गण्डकमा चक्काजाम गरेका छन्। कारखाना व्यवस्थापनले केही महिना अघी कामदारलाइ निकालेको बिषयमा व्यवस्थापन पक्ष र मजदुर पक्षबीच झडप हुंदा ३ जना मजदुर घाइते भएपछि उपचार खर्च कारखानाले नै उपलब्ध गराउनुपर्ने मांग गर्दै सडक अवरुद्ध गरेका हुन्। यसैगरी गए राति रामपुर टोकनी-३ नजिकै ना३ख ६६२८ नं.को बसले ना२प ९४४९ नं.को मोटरसाइकललाई ठक्कर दिंदा बारा, फत्तेपुर-३ बस्ने कर्ण कुमार राय र राजु राय र १४ वर्षीया करिष्मा राय घाइते भएपछि करिष्माको बाटोमा नै मृत्यु भएको थियो। सोही बिषयलाई लिएर पीडित पक्षले गए राति अवरुद्ध गरेको सडकखण्ड प्रहरीले सम्झाइबुझाइ सुचारु गरेको थियो। ठक्करद

नक्कली नोटसहित एक पक्राउ

धादिङ, २५ असार । नक्कली नोट लिएर सामान खरिद गरिरहेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। गए राति १० बजे गजुरी-२ मलेखु बजारमा किनमेल गरिरहेका प्यूठान, टोखान-८ बस्ने ४२ वर्षीय विवेक बिष्टलाइ प्रहरीले एक हजार नक्कली नोटसहित पक्राउ गरी अनुसन्धान गरिरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

रिसको झोंकमा पिता द्वारा दुइ वर्षीया छोरीको पछारेर हत्या

सर्लाही, २५ असार । आफनै दुइ वर्षीया छोरीको हत्याको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। गए राति छटौल-३ सोनाह टोल निवासी उपेन्द्र माझी र उनकी पत्नि सुमिन्द्रा देवीबीच झैझगडा हुंदा रिसको झोकमा उपेन्द्रले आफनै दुइ वर्षीया छोरी प्रतिमाको खुट्टा समातेर भुइमा पछारेर हत्या गरेका हुन्। प्रहरीले माझीलाइ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।

टेम्पो व्यवसायीद्धारा आन्दोलनको घोषणा

काठमाडौं, २५ असार । ग्याँस टेम्पो व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका ग्याँस टेम्पो समस्या समाधान समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । ग्याँस टेम्पोलाई उपत्यकाबाट विस्थापित गर्न लागिएको भन्दै आन्दोलन गर्न लागिएको समितिका संयोजक शान्ताप्रसाद तिमल्सिनाले बताए । टेम्पो विस्थापित गर्दा हजारौंको रोजगारी खोसिने, विकल्पका रुपमा उठाइएका प्रस्तावहरु मान्य नभएको बताउदै तत्काल निर्णय फिर्ता लिन आग्रह गरे । भोलि तीनकुनेबाट माइतीघरसम्म टेम्पोसहित प्रदर्शन गर्ने, २७ गते बैठक बसी २८ गते सबै रुटका टेम्पोहरुको तीनकुनेबाट बानेश्वर, थापाथली, त्रिपुरेश्वर हुँदै रत्नपार्कसम्म र्याली गरी कोणसभा गर्ने कार्यक्रम रहेको उल्लेख गरे । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष राप्रसाद सुवेदीले व्यवसायी र मजदूरलाई मार पर्नेगरी टेम्पो विस्थापित गर्न लागिएको भन्दै विरोध गरे । उनले विस्थापित गर्नुअघि शतप्रतिशत भन्सार छूटसहित सहुलियतमा ऋण दिएर सवारी झिकाउने अवसर दिइनुपर्ने बताए । यातायात व्यवसायी महासंघ अञ्चल समितिका संयोजक निररत्

तस्करी लाइन संचालन

वीरगंज, २५ असार। राजस्व चुहावट नियन्त्रणका लागि खटिएका वीरगंज भंसारका सशस्त्र प्रहरी नायब उपरीक्षक जनक बस्नेतले वीरगंज भंसारको कार्य सम्हालेको एक हप्ताभित्रै तस्करीको ठूलो लाइन संचालन गरेको भरपर्दो स्रोतबाट खुल्न आएको छ।  भारतको रक्सौलबाट बिलासिताका सामान, मोटरपार्टस एवं खाद्यान्न, लत्ताकपडा राजस्व छली वीरगंज भंसारको कम्पाउण्ड क्षेत्रबाहिर इनर्वा गाउंबाट नगरमा भित्र्याइने गरेको तस्करहरुले सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतलाई मोटो रकम नजराना चढाइ सो लाइन लिएको स्रोतको भनाइ छ।  साइकलबाट भारत, अहिरवा टोला बस्ने रुपन यादव, टेम्पोबाट मोटरपार्टसका सामान वीरगंज भित्र्याउने तस्कर आनन्द लामा, मुन्ना तेली, फैयाज ठकुराइ, बलरामपुर गाविस वडा नं. २ का शशि लोहार, तस्कर शत्रुघन, किशनदेव यादव, प्रमोद, सुबोध, वीरेन्द्र, भारत पन्टोकाका राजुले मासिक निश्चित रकम दिएर सो लाइन लिएको निजहरुकै समूहमा काम गर्ने नाम उल्लेख गर्न नचाहने एक स्रोतले जनाएका छन्।  राजस्व नियन्त्रणका नाममा खुलेयाम तस्करी गर्न लगाई व्यापक राजस्व छलेर निहित स्वार्थसिद्ध गर्न थालेका सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतको मिलीभगतले दैन

ठूलाठालुद्वारा सडकमा फोहर फाल्ने प्रबृति

भक्तपुर, २५ असार । सहर बजारका सडक किनारामा ठूलाठालु र संस्थाहरूले समेत फोहर फाल्ने गरेको छ। सभासद लीला न्याइच्याइको घरबाट निस्कने फोहर भर्वाचो ढोका छेवैमा फाल्ने गरेको छ। यो ढोका भक्तपुर सहरमा पर्यटक भित्रिने ढोका मध्ये एक हो। सो स्थानमा पसल गरी बस्ने नारायणप्रसाद कोजुका अनुसार सभासद न्याइच्याइको घरबाट निस्कने फोहर हरेक दिन बिहान सभासदको सभासदको घरमा काम गर्ने मजदूरले फाल्न ल्याउने गरेको बताए। काठमाण्डांैको कमलादीमा पनि फोहर सडकमै थुपारेको देखिन्छ। प्रज्ञाभवन वरपर त फोहर थुपार्ने ठाउं नै भएको छ। कमलादीमा रहेको नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा पनि फोहर थुपारिएको छ। बानेश्वरको जनता बिकास बैक रहेको भवन अगाडि फोहर डंगुर देखिन्छ। सो स्थानका बिकास थापाले बैंकले धनसम्पति डिपोजिट गर्नु पर्ने हो तर यस जनता बैंकले त फोहर डिपोजिट गरिरहेको भनी ब्यङग्य गरे। त्रिबिबि ५० बर्षपुगेको अबसरमा किर्तिपुरमा स्वर्ण्र्ाार निमार्ण्र्ाारिएको छ। सोही स्वर्ण्र्ाारमा थुप्रिएको फोहरले ५० बर्षो बाषिर्कोत्सवको बारेमा रिर्पोटिङ गर्न आएका पत्रकारहरू प्रकृति अधिकारी, शेषकान्त पण्डित, शेखर चौलागाइ, जयराम बस्नेत, प्रमोद

नेपाल मुस्लिम इत्तेहाद संगठनको निर्णय

वीरगंज, २५ असार । नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रिय कमिटीको असार २३ र २४ गते सम्पन्न बैठकले चार बुंदे निर्णय गरेको छ। आज एक प्रेस विज्ञप्ति जारी गरी नेपाल मुस्लिम इत्तेहाद संगठनका उपाध्यक्ष रिजवान अन्सारीलाइ नेकपा एमालेले गृहमन्त्रीमा नियुक्त गरेकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ, नेपालको संविधानमा नेपाली मुस्लिमको स्पष्ट पहिचान तथा संवैधानिक अधिकारको सुनिश्चितताको लागि चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम तय गरेको छ जसअनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै प्रमुख शहरहरुमा विरोध सभा गर्ने, जिल्लास्तरीय कार्यकर्ता भेला, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा निजामति सेवामा अरु सरह छुट्टै कोटाको व्यवस्था, नेपालको अन्तरिम संविधान २०६३ मा जुन जुन ठाउंमा आदिवासी, जनजाति, दलित, महिला, मधेशी उल्लेख गरिएको स्थानहरुमा संशोधन गरी मुस्लिम समुदाय पनि थप गर्नुको साथै नयां संविधानमा पनि यसै माग अनुसार गर्नुपर्ने, उच्चस्तरीय मदरसा बोर्डको गठन, पछिल्लो वर्षनेपाल सरकारले यस संगठनका महासचिवको अध्यक्षतामा अस्थायी हज कमिटी गठन गरेकोमा अहिले लेखा समितिले हज यात्री व्यवस्थापनमा आर्थिक अनियम

फोरम मधेशको आमसभा २८ गते

वीरगंज, २५ असार । मधेशी जन अधिकार फोरम मधेशको आमसभा यही असार २८ गते आइतवार सांझ ३ बजे हुने भएको छ। आज फोरम मधेशले एक प्रेस विज्ञप्ति जारी गरी मधेश र मधेशीउपर भइरहेको अन्याय, शोषण एवं हक अधिकारको हनन र मधेश मुक्तिउपर विशेष केन्द्रीय नेता, अध्यक्षहरुले सम्बोधन गर्ने जनाएको छ।

सुख्खा बन्दरगाह- जीतपुर सडकखण्ड निर्माणमा अवरोध

वीरगंज, २५ असार । सुख्खा बन्दरगाह वीरगंज- जीतपुर सडकखण्ड निर्माण तथा मर्मत कार्य तीव्र गतिम भइरहेको छ। सडकको निर्माण अवधि २००९ सम्म -एक वर्ष) भएकोमा अब बांकी ६ महिनाभित्र सो सडकको निर्माण तथा मर्मत कार्य पूरा हुने सबरिजनल ट्रान्सपोर्ट फयासिलिटेशन प्रोजेक्ट, हेटौडाले जनाएका छन्। एसियाली विकास बैंकको रु २९ करोड ऋण सहयोगमा निर्माण भइरहेको वीरगंज- जीतपुर सडकको लम्बाइ ८ किलोमिटरसम्म हुने, ७ गासिको ८० विघा धानखेत खरिद गरी सडक निर्माण कार्य तीब्र गतिमा भइरहेको बताइएको छ। सडक निर्माण गर्न त्रिभुवन राजपथको बिचविन्दूबाट दुवैतर्फ१५-१५ मिटर क्षेत्रभित्र पर्ने घर टहराको क्षतिपुर्ति दिइ खाली गराइ ३० मिटर चौडा पक्की सडक निर्माण हुनेमा २०५८ सालमा २५-२५ मिटर सडक क्ष्ँेत्रभित्र पर्ने पक्की घर, टहरा भत्काउने घरधनीहरुले क्षतिपुर्ति नपाएको विरोधमा सो सडक निर्माण अवरुद्ध गरेको छ। यसैवीच कलैया- बरियारपुर सडकखण्ड पनि कालो पत्रे हुने भएपछि नेपालकै सबैभन्दा ठूलो मेला लाग्ने गढीमाइ मन्दिर पुग्न सजिलो हुने भएकोछ। यही मंसिरमा गढीमाइ मन्दिरमा लाग्ने मेला नेपालकै सबैभन्दा ठूलो र एसियामा नै सबैभन्दा बढी

शंकराचार्य गेटमा सवारीहरुबाट गैरकानुनी कर असुली

वीरगंज, आषाढ २५/विगत केही दिनदेखि शंकराचार्य गेटनिर नेपालमा प्रवेश गर्ने गाडीहरुबाट गाडीपिच्छे रु.२० को रसिद काटी नेपाल तर्राई सवारी चालक संघ को नाउँबाट बलजफती कर चन्दा असुली भई रहेको समाचार प्राप्त भएको छ । वीरगंज शहरको मुख्य प्रवेश द्वारमा इनर्वा पुलिस चौकी हुँदाहुँदै उनीहरको आखा अगाडी नै यस किसिमले गैरकानुनी चन्दा रकम असुल गर्ने गरिएको र पुलिस प्रशासन मौन रहेको देख्दा स्थिती रहस्यमय बनेको छ । वीरगंजका सवारी धनीहरुबाट यस्ता धाँधलीपर्ूण्ा अनियमित कार्यवाही यथाशीघ्र रोक्नुपर्ने, गाडी चालकहरुलाई दुःख दिने कार्य अविलम्ब बन्द गर्नुपर्ने माग आइरहेकोमा यसतर्फप्रशासनले अविलम्ब छानबिन गरी यस्ता गैरकानूनी शुल्क असुली कार्य रोक्नुपर्ने धारणा नागरिक समाज, उद्यमी व्यवसायीहरुको रहेको छ । कुनै पनि र्सार्वभौम सत्ता सम्पन्न मुलुकमा राजमार्गमा यस प्रकारले कर उठाइनु राज्यको प्रशासनमा कमजोर पकडलाई दर्शाउंछ । विभिन्न यातायात व्यवसायी संध र उधोग बाणिज्य संधले तत्काल यो कार्य रोकाउन प्रशासन संग मांग गरेका छन ।