Skip to main content

Posts

Showing posts from February 1, 2010

लोडसेडिङ्गले औद्योगिक उत्पादन प्रभावित

वीरगंज, १८ माघ/ देशको अर्थतन्त्रमा संकटको लक्षण देखा परिरहेको बेला लोडसेडिङ्गको कारण औद्योगिक उत्पादन पनि प्रभावित भएको छ। लोडसेडिङ्ग तालिकामा सुधार गरेर औद्योगिक उत्पादन माथि लोडसेडिङ्गको प्रभाव न्यून गर्ने उद्देश्यले संघका विद्युत तथा संचार समितिका सभापति ओमप्रकाश जायसवाल ज्यूको नेतृत्वमा एक टोली नेपाल विद्युतका क्षेत्रिय निर्देशक जयनारायण ठाकूर संग वाहाँकै कार्यकक्षमा भेट गरेको छ। देशमा विद्युतको माँग र आपर्ूर्तिमा रहेको फरको कारण लोडसेडिङ्गको कुल अवधि घटाउन नसकिने भएपनि औद्योगिक फिडरहरुमा ५ दिन लगातार विद्युत आपर्ूर्ति गरी २ दिन पूरै ब्ल्याक आउट गर्ने प्रस्ताव उद्योगिहरुले अघि सारेका छन्। घेटघाट गर्न गएको टोलिमा संघका सचिव दिपक टिवडेवाल, सदस्य अरविन्द्र आमात्य तथा संघका निर्देशक शम्भू प्रसाद चौरसियाको उपस्थिती रहेको थियो।

अन्तराष्ट्रियस्तरको प्रयोगशालामा विभिन्न विषयमा सोध

वीरगंज, १८ माघ । वीरगंजको हरिखेतान क्याम्पसमा निर्मित अन्तराष्ट्रियस्तरको आदर्श अनुसन्धान प्रयोगशालामा विभिन्न सोध-अनुसन्धान भइरहेको छ। आज क्याम्पस प्रमुख भगवान प्रसाद यादवले एक पत्रकार सम्मेलनको आयोजना गरी सोधकर्ताहरुले विभिन्न विषयमा अनुसन्धान गरेको जानकारी गराएका छन्। सोधकर्ता डा. उमेशप्रसाद श्रीवास्तवले एग्रो ब्याक्टेरिया बिएनटुए बारा जिल्लाबाट उत्पादन गरेका छन् भने १० वर्षसम्म पनि सेफटी टयांक भर्न नदिने एक ब्याक्टेरियाको अनुसन्धान गरिरहेको जानकारी बताए। त्यस्तै सोधकर्ता साहेब अलि, विश्वेश्वरप्रसाद यादव, डा. महेन्द्र प्रसाद गुप्ता, डा. पंकज कुमार, डा. मन्दिपकुमार रायले पनि विभिन्न विषयमा सोध गरिरहेको डा. भगवानप्रसाद यादवले जानकारी गराए।

सिन्धुपाल्चोक, महोत्तरी र काभ्रेको समाचार

वीरगंज, १८ माघ । सिन्धुपाल्चोकमा एक व्यक्तिको शव फेला परेको छ। आज मांखा जालबारी जोगीडांडाको खेतमा एक पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। यसैगरी काभ्रैको नासिका गाविसस्थित वडा नं. ४ को राजमार्ग क्षेत्रमा एक व्यक्तिको घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै महोत्तरीको पिगौना-९ नजिकैको खेतमा एक बालिका वेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी जलेश्वर अस्पतालमा बुझाएको छ।

मिलको पटामा बेरिएर महिलाको मृत्यु

वीरगंज, १८ माघ । मिलको पट्टामा बेरिएर एक महिलाको मृत्यु भएको छ। गए राति ९ः३० बजे पर्साको भिखमपुर-६ मा बस्ने वृज राउत कुर्मीको ४७ वर्षीया पत्नी शिव कुमारी देवीको मिलमा धान कुटाउन जाने क्रममा पटामा बेरिएर मृत्यु भएको हो। सोही गाविस वडा नं.-८ मा उमेश प्रसाद कुश्ावाहको सेलर मिलमा धान कुटाउन खाने क्रममा मिलको पट्टाले च्यापिएपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो।

बाराको स्थानिय बिकाश अधिकारी माथी हातपात नगरेको मन्त्री पासवानद्धारा स्पष्टोक्ति

बीरगंज १८ माघ/ क्रियाशील युवा पत्रकार मञ्च नेपालद्धारा वीरगंजको होटल सम्झनामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवानले जिल्ला बिकास समितिमा भएको भ्रस्टाचारको बिरोधमा कडा रुपमा प्रस्तुत मात्र हुदा कर्मचारीहरु मार्फनै मिडीयामा अफवाह फैलाईएको आरोप लगाउनु भएको छ। उहाले आफूले बाराका स्थानिय बिकाश अधिकारी श्याम सुन्दर मिश्रा माथी हातपात नगरेको स्पष्टिकरण दिनु भएको छ। क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साका अध्यक्ष प्रणय कुमारको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै मन्त्री पासवानले बिभिन्न भुमीगत समुहको डरले दिनभर जिल्ला विकास समितिको कार्यालयमा उपस्थित नहुने तर राति अबेर सम्म जिल्ला बिकास समिति कार्यालय बसी भ्रस्टाचारको षड्यन्त्र रच्ने गरेको आरोप लगाउनु भयो। स्थानिय विकास अधिकारी, ठेकेदार, इन्जिनियर, राजनीतिक दलका प्रतिनिधिको मिलेमतोमा वीरगंजको यादव ट्रर्ेर्डसलाई दर्ुइ करोड रुपैया मिनाहा गर्न षड्यन्त्र भइरहेको जानकारी प्रहरीबाट पाएपछि आफूले हस्तक्षेप गरेको उहँ"को स्पष्टोक्ति थियो। उहाँ"ले दर्ुइ करोड रुपैयँ जनताको हितमा लगान

संविधानसभाको म्याद ६ महिना थप्ने तयारी ः मन्त्री खाँड

'कांग्रेसले सरकारको र्समर्थन फिर्ता लिए एमाले र माओवादीको गठबन्धन बन्छ' माओवादी नेतृत्वमा सरकार बन्दैन ः रायमाझी काठमाडौं, माघ १८। नेपाली कांग्रेसका नेता एवं सिंचाइ मन्त्री बालकृष्ण खा"डले संविधानसभाको म्याद ६ महिना थप्ने तयारी सकिने बताएका छन्। 'संविधानसभाको म्याद सकिँदैमा आकाश खस्ने र पाताल भासिने होइन। संविधानसभा र्सार्वभौम भएकाले यसले आफ्नो म्याद थप्न सक्छ,' सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खा"डले भने- संंविधानसभाको म्याद सकिँदैमा राष्ट्रपतीय शासन लाग्ने वा सेना सक्रिय हुने भन्ने कुरा अफवाह मात्र हो। दर्ुइ वर्षा संविधानसभाको म्याद नसकिने उनको जिकिर थियो। रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा मन्त्री खाँडले कांग्रेसले संस्थागत निर्ण्र्ाागरेर माधवकुमार नेपाल नेतृत्वको सरकारमा गएको तर अहिले सरकार परिवर्तनको बारेमा कुनै सोचाइ नभएको स्पष्ट पारे। 'अहिले एकल पार्टर्ीी देश चलाउन सक्तैन र एकल नेताले पार्टर्ीीलाउन पनि सक्तैन,' उनले भने- त्यसको वर्तमान सरकारको विकल्प छैन।

यातायात व्यवसायी संघद्वारा सुरक्षाको मांग

हेटौडा, १८ माघ। सरकारले सुदृढ सुरक्षा व्यवस्थाको वकालत गरिरहेको अवस्थामा राष्ट्रिय राजमार्गमा बढ्ने गरेको लुटपाट र असुरक्षाका घटनाले यातायात व्यवसायीहरु बारम्बार पीडित भएको भन्दै आज नारायणी यातायात व्यवसायी संघले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। विज्ञप्तिमा उल्लेख छ - घटनापश्चात ठूलो आर्थिक र मानसिक तनाव सहेर सुरक्षाका निमित्त हामीले सम्बन्धीत निकायमा हार गुहार गरे पनि त्यसको समयमै सुनुवाइ नहुँदा हामी थप तनाव सहन बाध्य छौँ। घटनाको छानविन र शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनसँग शान्तिपर्ूवक अनुनयविनयमा प्रस्तुत हुँदा हाम्रो पीडालाई उपहास गरिदिने जस्तो प्रबृत्तिले वास्तवमै हामीलाई चिन्तित र क्रुद्ध बनाउने गरेको छ। राष्ट्रिय राजमार्गमा गुडिरहेका सवारीसाधन अपहरणमा पर्छन्, लोड भएको सामान चोरिन्छ र मजदुरमाथि निर्ममतापर्ूवक आक्रमण हुन्छ ... हामी सम्बन्धित निकायहरुमा घटनाको छानविन र चोरिएको सामानको खोजी गरिदिन अनुरोध गर्र्छौ। तर दिन, महिना बित्छ तर घटना गुपचुप रहन्छ, अनुसन्धान वा प्रकृयाको नाममा घटनालाई बिर्सर्ााे प्रयास मात्र हुन थालेको हो कि भन्ने आशंकाले हामीलाई हिजोआज सताउने

लडेर मृत्यु

ज्ञानेन्द्र शर्मा रोल्पा, १८ माघ। गत शनिवार घरजाने क्रममा लडेर मृत्यु भएका रोल्पा धवाङ गाविस वडा नं ३ निवासी ३५ बषिर्य मोहनलाल खत्रीको आज जिल्ला अस्पताल रेउघामा पोष्टमाटम गरिएको छ। शनिवार बेलुकी लिवाङबाट घर जाने क्रममा लिवाङ गाविस वडा नं ६ लहरीखोला नजिकै लडेर टाउँकोमा गम्भीर र्घाईते भएका खत्रीको उपचारको क्रममा जिल्ला अस्पताल रेउघामा आइतबार करिब दिउसो ३ बजेतिर मृत्यु भएको थियो। खत्रीको टाउँकोमा गम्भीर चोटँ लागेको र अत्याधिक रगत बगेकोले उपचारको क्रममा मृत्यु भएको उनका आफन्तजनहरुले जनाएका छन्। घटनाको अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

स्थानिय सरकारलाई पारदर्शी र जवाफदेही बनाउने

ज्ञानेन्द्र शर्मा रोल्पा, १८ माघ। काहुराष्ट रोल्पाको आयोजनामा स्थानिय सरकारलाई पारदर्शी र जवाफदेही बनाउने अभियानमा सुचनाको हक सम्वन्धि २ दिने परिचयात्मक तालिम आज सम्पन्न भएको छ। तालिममा सुचनाको हक सम्वन्धि बिभिन्न बिषय बस्तुमा केन्द्रीत रही नागरिकलाई सूचनाको पहूँच र र्सार्वजनिक निकायमा हुने सबै किसिमका गतिविधीको जानकारी पाउने अधिकारको बारेमा छलफल भएको थियो। तालिमको सहजीकरण काहुराष्ट नेपालका केन्द्रीय महासचिव हुकुम पोख्रेलले गर्नुभएको थियोे। तालिममा काहुराष्ट नेपालका केन्द्रीय महासचिव हुकुम पोख्रेल, काहुराष्ट नेपाल रोल्पाका अध्यक्ष मधुसुदन पोख्रेल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खेम बहादुर बुढा, नागरिक सरोकार समूह रोल्पाका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो। काहुराष्ट नेपाल रोल्पाका सदस्य महेश न्यौपानेको संचालन गर्नुभएको तालिममा ३१ जनाको सहभागिता रहेको थियो। तालिममा सहभागिहरुले सम्पर्ूण्ा सरकारी तथा गैर सरकारी संघ सस्थाहरुमा सुचना पाउनको निम्ति पहल गर्ने जिल्लामा सुचनाको हक सम्वन्धि होडिङ बोर्ड राख्ने बताएका छन्। उनीहरुले सरकारी तथा गैर सरकारी संघ सस्थाहरुमा हुने भ

जिल्ला प्रशासन कार्यालय रोल्पामा २ घण्टा घेराउ

ज्ञानेन्द्र शर्मा रोल्पा, १८ माघ। जातिय भेदभाव र छुवाछुट अन्त्यको निम्ति बिभिन्न राजनैतिक दलमा आवद्ध दलित संगठनहरुले आज जिल्ला प्रशासन कार्यालय रोल्पामा २ घण्टा घेराउ गरेका छन्। दिउसो १ बजेदेखी ३ बजे सम्म भएको सो धर्ना कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल रोल्पाका अध्यक्ष कर्मलाल परियारले अहिले सामान्य धर्ना कार्यक्रम मात्र रहेको तर समयमै सुनुवाई नभएमा कडा र्सघषमा उत्रने चेतावनी दिनुभएको छ। सो कार्यक्रम आज देशैभर सम्पन्न भएको पनि अध्यक्ष परियारले बताउनु भयो। धर्नामा सहभागी दलित प्रतिनिधीहरुले जातिय भेदभाव छुवाछुट सम्बन्धमा लेखिएको संबिधान २०६६ संसोधन गरियोस भन्ने माग रहेको बताएका छन्।

मिरुल जङ्गलमा मृत अबस्थामा फेला

ज्ञानेन्द्र शर्मा रोल्पा, १८ माघ। रोल्पाको थवाङ गाविस वडा नं ७ र्छर्ेलबाङ निवासी करिब १६ बषिर्य मुल चन्द्र पुन मिरुल ४ लाटाखोर जङ्गलमा मृत अबस्थामा फेला परेका छन्। गत माघ २ गतेदेखी हराएका मृतक मुल चन्द्रलाई अज्ञात समुहले हत्या गरेर ढुङ्गा माटोले पुरिएको अवस्थामा फेला परकोर् इलाका प्रहरी कार्यालय राणागाउँका प्रहरी सहायक निरिक्षक दामोदर अधिकारीले बताउनु भयो। प्रहरीले घटनाको छानबिनको लागि मिरुल ४ का कमल बहादुर रोका र निजका छोराहरु धन कुमार रोका, बिषम रोका र बिक्रम रोकालाई पक्राउ गरेको छ। मृतकको शब पोष्टमाटमको लागि जिल्ला अस्पताल रेउघामा ल्याईएको छ।