ज्ञानेन्द्र शर्मा
रोल्पा, १८ माघ। काहुराष्ट रोल्पाको आयोजनामा स्थानिय सरकारलाई पारदर्शी
र जवाफदेही बनाउने अभियानमा सुचनाको हक सम्वन्धि २ दिने परिचयात्मक तालिम
आज सम्पन्न भएको छ।
तालिममा सुचनाको हक सम्वन्धि बिभिन्न बिषय बस्तुमा केन्द्रीत रही
नागरिकलाई सूचनाको पहूँच र र्सार्वजनिक निकायमा हुने सबै किसिमका
गतिविधीको जानकारी पाउने अधिकारको बारेमा छलफल भएको थियो।
तालिमको सहजीकरण काहुराष्ट नेपालका केन्द्रीय महासचिव हुकुम पोख्रेलले
गर्नुभएको थियोे।
तालिममा काहुराष्ट नेपालका केन्द्रीय महासचिव हुकुम पोख्रेल, काहुराष्ट
नेपाल रोल्पाका अध्यक्ष मधुसुदन पोख्रेल, नेपाल पत्रकार महासंघ रोल्पाका
अध्यक्ष खेम बहादुर बुढा, नागरिक सरोकार समूह रोल्पाका प्रतिनिधी र
पत्रकारहरुको सहभागिता रहेको थियो।
काहुराष्ट नेपाल रोल्पाका सदस्य महेश न्यौपानेको संचालन गर्नुभएको
तालिममा ३१ जनाको सहभागिता रहेको थियो। तालिममा सहभागिहरुले सम्पर्ूण्ा
सरकारी तथा गैर सरकारी संघ सस्थाहरुमा सुचना पाउनको निम्ति पहल गर्ने
जिल्लामा सुचनाको हक सम्वन्धि होडिङ बोर्ड राख्ने बताएका छन्।
उनीहरुले सरकारी तथा गैर सरकारी संघ सस्थाहरुमा हुने भ्रष्टाचारको
जालोलाई स्थानिय स्तरबाट निर्मुल पार्दै केन्द्रसम्म पुर्याउने बताएका
छन्। काहुँराष्ट नेपालले हालसम्म कैलाली, डडेलधुरा, रोल्पा, दाङ,
नवलपरासी लगायत देशका १० जिल्लाहरुमा सूचनाको हक सम्बन्धी अभियान संचालन
गरिरहेको छ।

Comments
Post a Comment