Skip to main content

Posts

Showing posts from October 9, 2009

वीरगंज महोत्सवको दोश्रो चरण सुरु

वीरगंज, २३ असोज । हाम्रो वीरगंज - हाम्रो गौरव, नेपाली उद्योग नेपाली उत्पादनको संरक्षण गरौं र स्थानीय बजारमा किनमेल गरौं - स्थानीय बजारको पर््रबर्द्धन गरौं भन्ने मूल नाराका साथ वीरगंज महोत्सवको दोश्रो चरण आजदेखि सुरु भएको छ। कार्यक्रमको उद्घाटन गर्दै अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्ष्ँक टोपेन्द्रध्वज हमालले सुतेको वीरगंजलाई जगाउन महोत्सवले खोजेको बताए । उनले महोत्सव लगायत खेलकूद महोत्सवको साथै विविध कार्यक्रम गर्न जोड दिए। महोत्सव संयोजक अशोक टेमानीले यो महोत्सव हरेक वर्ष मनाउने प्रतिबद्धता जाहेर गरे। महोत्सवमा विभिन्न तयारी खाद्यान्न परिकार, विभिन्न वस्तुहरूको स्टल तथा सा"स्कृतिक कार्यक्रम हुनेछ । सो कार्यक्रम २८ गते बुधवार सम्म संचालन हुनेछ ।

कवाडीकरको विरोधमा चालकहरु सडकमा

वीरगंज, २३ असोज । गैरकानूनी रुपमा कवाडीकर उठाएको विरोधमा चालकहरुले आधा घण्टा वीरगंज-जीतपुर सडकखण्ड अवरुद्ध गरेका छन्। आज बिहान बाराको लिपनीमालमा चालकहरुले आधा घण्टा चक्काजाम गरेपछि प्रहरीले कर उठाउनेउपर कारबाही गर्ने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक सुचारु भएको हो। जिल्ला विकास समिति बाराले गैरकानूनी रुपमा कवाडीकर उठाएको चालकहरुले आरोप लगाए।

माधवकुमार नेपालको विकल्प छैन - न्याय तथा कानुनमन्त्री

काठमाडौं, २३ असोज। संसदमा प्रतिनिधित्व गर्ने साना दलका प्रमुख नेताहरुले वर्तमान सरकारको विकल्प नभएको बताएका छन्। उनीहरुले २२ दलको र्समर्थनमा बनेको सरकार ढाल्न कसैले नसक्ने जिकिर गरे। माओबादीको गलत निर्ण्र्ााा कारण मुलुक अनिर्ण्र्ााो बन्दी भएको बताउँदै संसदको गतिरोध कायमै राखिरहे अध्यादेश मार्फ बजेट अनुमोदन गर्न सक्ने कानुनी आधार रहेको समेत नेताहरुले बताएका छन्। न्याय तथा कानुनमन्त्री प्रेमबहादुर सिंहले प्रधानमन्त्री माधवकुमार नेपालको विकल्प खोजे मुलुकमा ठुलो दर्ुघाटना हुने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री सिंहले भने माओबादीको गैर जिम्मेवारपनले प्रधानमन्त्री नेपाल झन बलियो भएको बताए। माधवकुमार नेपालले नेतृत्व गरेको वर्तमान सरकारलाई २२ दलको पर्ुण्ा र्समर्थन छ। उनले भने सरकारले आफ्नो लक्ष्य संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निश्कर्षा पुर्‍याउने भएकोले सो पुरा गरेरै छाड्ने बताए। मन्त्री सिंहले ठुला दलहरुको कारण समयमै संविधान निर्माण कार्यलाई कठिन बनाएको बताउँदै माओबादीहरुले बाहिर नागरिक सर्वोच्चताको कुरा गर्दै भित्र-भित्र सत्ताको फो

विभिन्न स्थानमा दुर्घटना

वीरगंज, २३ असोज । चितवन, धनुषा र धादिङमा दुर्घटनामा परी आधा दर्जन घाइते भएका छन्। आज बिहान चितवनको दारेचोक-३ पृथ्वी राजमार्गको लेवाटार स्थित सडक खण्डमा ना.१ख ९१०३ नं.को ट्याङकर र ना.२ख १२१४ नं.को ट्रक एकआपसमा ठक्कर खाई पल्टिदा ट्याङकरको २ जना स्टाफ र्घाईते भएका छन्। घाइतेको स्थानीय मेडिकल कुरिनटारमा उपचार भइरहेको छ। यसैगरी धनुषाको लवटोली-५ स्थित महेन्द्र राजमार्गमा आज बिहान पूर्वबाट पश्चिम तर्फगईरहेको बा.२ख ३१७१ नंं.को बसले नामथर वतन नखुलेको बर्ष४० को पुरुष व्यक्तिलाई ठक्कर दिंदा गम्भीर घाइते भएका छन् । उनको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ। धादिङको थाक्रे-४ स्थित पृथ्वी राजमार्गमा काठमाडौबाट पोखरा तर्फगईरहेको ग.१ज ३९०७ नं.को माईक्रो बस सडक देखि दाहिने र्साईडमा रहेको सानोकान्छा तामाङको घरमा गई ठोक्किदा ५ जना यात्रु सामान्य र्घाईते भएका छन् । घाइतेको काठमाडौंमा उपचार भइरहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

व्यवस्थापन समितिको चुनावमा झडप

-अजय यादव बारा, २३ असोज । श्री नेरामावि हर्दिया ओरैयामा विद्यालयको व्यवस्थापन समितिको चुनावमा झडप भएको छ। प्रधानाध्यापक रामविलासप्रसाद यादवले गोप्यरुपले नोमिनेशन गरी चुनाव गराउन खोज्दा केही स्थानीयवासीहरुले थाहा पाएपछि विद्यालयमा गइ होहल्ला गरी नोमिनेशन रोक्न प्रअ यादवलाई आग्रह गरेका थिए तर प्रअ यादवले उनीहरुको कुरा नसुनी नोमिनेशन गराउन खोज्दा दुइ पक्षबीच झडप भएको हो। झडपको क्रममा कुनै हताहत नभएको समाचार प्राप्त भएको छ।

गांजा सहित एकजना पक्राउ

अजय यादव बारा, २३ असोज । १५ केजी गांजासहित एक भारतीय नागरिकलाइ प्रहरीले पक्राउ गरेको छ। आज बिहान भारत, बंगाल घर भएका राहुल साहलाइ मटिअर्वा प्रहरीले सुटकेशभित्र १५ किलो भन्दा बढी गांजासहित पक्राउ गरेको हो। साह मटिअर्वा हुंदै आदापुर गइरहेको बेला शंका लागी चेकजांच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।