Skip to main content

Posts

Showing posts from August 4, 2009

बेलुका ४।२८ बजेपछि मात्र राखी बांध्नुपर्ने ज्योतिषको सुझाव

वीरगंज, २० साउन । दाजु-बहिनी, दिदी-भाइको मायाको प्रतीक एवं तराइबासीको महान चाड रक्षा बन्धन -राखी) बुधवार हर्षोल्लासपूर्वक मनाइने भएको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै राष्ट्रिय ज्योतिष परिषद मध्यमाञ्चल क्षेत्रीय समितिका सदस्य ज्योतिष सम्राट प. पुरुषोत्तम दुबेले बेलुकी ४।२८ बजेपछि मात्र रक्षा बन्धन -राखी) बाध्न हुने बताएका छन्। रक्षा बन्धन मकर राशीमा हुनेछ, उत्तराषाड नक्षत्रमा परेको हुंदा भद्रादोष भएको कारणले बेलुकी ४ बजेर २८ मिनेटपछि मात्र राखी बांध्न अनुरोध गरेका छन्। नियम विपरित राखी बांधेमा ग्रहदोष लाग्नसक्ने उनले बताए।

बौधीमाइमा मेला

वीरगंज, २० साउन । हिन्दूहरुको महान पर्व जनै पुर्णिमा र रक्षा बन्धन बन्धनको ठिक एक दिन अघि वीरगंजको अशोकवाटिका बौधीमाइ मन्दिरमा मेला लाग्ने गर्दछ। आज बिहानैदेखि सो स्थानमा भक्तजनलगायतको घुइचो लागेको थियो। प्रत्येक वर्षको एकपटक लाग्ने मेलामा पानी पर्ने जनविश्वास छ। बिहानैदेखि भक्तजनहरु परेवा, हांस, बोका, कुखुराको बलि दिइने गरिन्छ। तराइमा झण्डै खडेरी लाग्ने अवस्था आइसकेको अवस्थामा पानी परोस् भन्ने कामनासहित सो मन्दिरमा ठूलो पूजासमेत भएपछि पानी परेको थियो त्यसपछि यस वर्षको बौधीमाइ मेलामा भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो।

नेकपा संयुक्तको आठौ महाधिवेशन फागुनमा

वीरगंज, २० साउन । नेपाल कम्युनिष्ट पार्टी -संयुक्त)का केन्द्रीय अध्यक्ष चन्द्रदेव जोशीले भारतीय हस्तक्षेप विरुद्ध सशक्त मुकाबला गर्न आग्रह गरेका छन्। आज नेपाल पत्रकार महासंघ पर्सामा नारायणी आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन्। २४ दलको एकता सहमति नै राष्ट्रिय सहमति नभएको दाबी गरे । पत्रकार सम्मेलनमा नेकपा -संयुक्त)को आठौं महाधिवेशन २०६६ फागुनमा गर्ने जानकारी दिइएको थियो। कार्यक्रममा नेकपा संयुक्तका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

आगलागीमा दुइजना घाइते

सर्लाही, २० साउन । सुन्दरपुर बसबरिया टोलमा आज बिहान घुरबाट आगलागी हुंदा दुइ व्यक्तिसहित तीन भैसी घाइते भएका छन्। श्री महत्तोको गोठबाट सल्किएको आगलागीबाट श्यामबाबु महतो र उनको पत्नी र श्री महतोको तीन भैसी घाइते भएका हुन्। घाइतेहरुको बरहथवामा उपचार भइरहेको छ। आजै बिहान पनैतीमा रहेको शिखर प्लाइ कारखानामा आगलागी भएपछि प्रहरी, सेना र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो। क्षतिको विवरण उपलब्ध हुन सकेको छैन।

सडक दुर्घटनामा एकजनाको मृत्यु

वीरगंज, २० साउन । बारा, धादिङमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु हुनुको साथै दर्जनौ घाइते भएका छन्। आज बिहान बारा, जीतपुर-३ नजिकै ना.१ह ११८९ नं.को टेम्पो आफै पल्टिदा सिमरा-५ बजनी बस्ने गोपाल थापा र ज्ञानेन्द्र दहाल घाइते भएका छन्। घाइतेको सिमरामा उपचार भइरहेको छ। गए राति ८।३० बजे सिमराको बजनी नजिकै रोकिराखेको ना.१ख ६५०० नं. ट्रकमा ना.४प २५७ नं.को मोटरसाइकल ठोक्किएपछि सिमरा ३ बस्ने केशव रिमाल र लोकेन्द्र रिमाल घाइते भएका छन्। दुवैले स्थानीय मेडिकलमा उपचार गराइरहेका छन्। आज बिहान धादिङ, कृष्णभीर नजिकै ना.३ख ९९५९ नं.को मिनी ट्रक सडकबाट त्रिशुली नदीमा खसेपछि ट्रक चालक काठमाण्डौ, जडीबुटी बस्ने बर्ष२३ को रमेश के.सी.को मृत्यु भएको छ भने भने खलासी झापा, दमक बस्ने प्रकाश वि.क.घाइते भएका छन्। गए राति चितवनको स्याउली बजारमा ना.३ख ६६८९ नं.को ट्रकले ना.३ख १०६९ नं.को ट्रकलाई ठक्कर दिदा ना.३ख ८४२० र ना.३ख १०६९ नं.को ट्रक क्षत्रि्रस्त हुनुको साथै ट्रक चालक घाइते भएका छन्।

खुकुरी प्रहारबाट तीनजना घाइते

मकवानपुर, २० साउन । अज्ञात लुटेरा समूहको खुकुरी प्रहार र कुटपिटबाट तीनजना गम्भीर घाइते भएका छन्। गए राति पालुङ-९ फेदी गाउं बस्ने राम थिङको घरमा खुकुरीसहित आएका एक समूहले राम, शेरबहादुर र छलीमाया थिङलाइ कुटपिट गर्नुको साथै धारिलो खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ।

अज्ञात समूहको गोलीबाट वृद्ध घाइते

वीरगंज, २० साउन । अज्ञात समूहको गोली लागी एक वृद्धा गम्भीर घाइते भएका छन्। गए राति १२ बजे महोत्तरीको सिंमटी बखरीटोल बस्ने योगेन्द्र मण्डललाइ अज्ञात चारजनाको समूहले १ राउन्ड गोली प्रहार गरी फरार भएका हुन्। घाइतेको जनकपुर अंचल अस्पतालमा उपचार गर्न पठाइएको प्राप्त जानकारीमा उल्लेख छ।

अंचल एवं जिल्ला प्रहरी प्रमुखका नाममा घुमुवा प्रहरीद्वारा जुवाको खाललाई संरक्षण

वीरगंज, २० साउन । अंचल प्रहरी कार्यालय वीरगंज एवं जिल्ला प्रहरी कार्यालय पर्साका घुमुवा प्रहरीहरूको संरक्षणमा वीरगंजको बाइपास सडक भिस्वा होटल अगाडि गुरूङ होटल नजिक सेतो कर्कटको गेट रहेको विद्युत् प्राधिकरण शाखा वीरगंजका कर्मचारी श्याम श्रेष्ठको घरमा ठूलो जुवाको खाल खेलाइने गरेको तथ्य खुल्न आएको छ । विगत करिब दुइ महिनादेखि जिल्ला विकास समिति पर्साका कर्मचारी धर्मराज, अमितसंगको साझेदारीमा १०० एवं २०० रूपैयां प्वाइन्ट म्यारिज जुवा पेशेवर हिसाबले खेलाइरहेका बाबू नाम गरेका जुवाडेले उक्त खाल संचालन राखेको भरपर्दो स्रोतबाट बुझिन आएको छ । अंचल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्ष्ँक एवं जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुखको नाममा मासिक रकम उठाइ लाने गरेका घुमुवा प्रहरीहरूले सो जुवाको खाललाई संचालन गर्न अनुमति दिएको स्रोतको दाबी छ । सम्बन्धित वडा प्रहरी कार्यालयका प्रहरी इन्चार्जलाई मासिक १५ हजार एवं सो एरियामा जाने प्रहरी गस्ती भ्यान टोलीसमेतलाई चिया नास्ताको खर्च मिलाउने गरेका बाबू समूहको जुवाको खालमा स्थानीय लगायत भारतका पेशेवर जुवाडेहरूको उपस्थिति रहने गरेको बताइन्छ ।

झूटा मुद्दा लगाउने कार्य भइरहेको आरोप

वीरगंज, २० साउन । थरुहट स्वायत्त राज्य परिषदले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारको गृह मन्त्रालय तथा नेपाल प्रहरीले सुरक्षा बिश्लेषण गर्दै बिभिन्न मिडियाहरु मार्फ पश्चिम तराइमा कार्यरत तथा संघर्षरत थरुहट स्वायत्त राज्य परिषद्बाट देशको सुरक्षामा आघात पुग्ने र बिभिन्न राजनीतिक दल तथा समूहका कार्यकर्ताहरुलाई भौतिक कारवाही गर्ने धम्की दिएको भन्ने आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ। थरुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारुले जारी गरेको विज्ञप्तिमा आई.एल.ओ. महासन्धि १६९ तथा आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रिय घोषणा पत्रको आधारमा तर्राईका आदिवासीहरुको अग्राधिकार कायम गर्न थरुहट सुरक्षा दल -यसलाई थरुहट सेना भनि प्रचारित गरिएको छ) स्थापना गरिएको जानकारी गराउदै थरुहट सुरक्षा दलले स्थानीय तहमा प्राकृतिक स्रोत साधन र सीमा सुरक्षामा योगदान पुर्‍याउनुका साथै थारु समुदाय उपर कहिं कतैबाट आक्रमण भएको अवस्थामा आत्मसुरक्षाको अधिकार अनुरुप थारु समुदाय र आप\mनो सुरक्षा गर्ने कार्य गर्दछ विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा बर्तमान सरकारले कैलाली, बर्दिया, बा“के, दाङ, कपिलवस्तु